2.7 KiB
2.7 KiB
दानिएल
परिभाषा:
दानिएल इस्राएलका एक अगमवक्ता थिए जसलाई ई. पू. ६०० मा उनको जबान अवस्थामा बेबिलोनका राजा नबूकदनेसरले बन्दी बनाएर लगेका थिए ।
- यो समयमा यहूदाका अन्य धेरै इस्राएलीहरू बेबिलोनाद्वारा ७० वर्षसम्म बन्दी बनाइएका थिए ।
- दानिएललाई बेलतसजर (बेबिलोनी नाम) नाम दिइएको थियो ।
- दानिएल परमेश्वरको आज्ञा पालन गर्ने एक आदरणीय र धर्मी जबान थिए ।
- परमेश्वरले दानिएललाई बेबिलोनका राजाहरूका थुप्रै सपना र दर्शनहरूको अर्थ खोल्ने क्षमता दिनुभयो ।
- उनको यो क्षमता र उनको आदरणीय चरित्रको कारणले दानिएललाई बेबिलोनमा उच्च तहमा नेतृत्व गर्ने मौका दिइयो ।
- धेरै वर्षपछि दानिएलका शत्रुहरूले बेबिलोनका राजा दारालाई राजाबाहेक अरू कसैको पनि आराधना गर्न नपाउने गरी नियम बनाउन उक्साए । दानिएलले निरन्तर रूपमा परमेश्वरसँग प्रार्थना गरे । यसैकारण, उनलाई पक्राउ गरियो र सिंहको खोरभित्र फालियो । तर परमेश्वरले उनको उद्धार गर्नुभयो र उनलाई केही पनि भएन ।
अनुवादका लागि सुझावहरूः (नामहरू अनुवाद गर्ने)
(हेर्नुहोस्ः बेबिलोन, नबूकदनेसर)
बाइबलका सन्दर्भहरूः
- दानिएल १ः६-७
- दानिएल ५ः२९
- दानिएल ७ः२८
- इजकिएल १४ः१२-१४
- मत्ती २४ः१५
शब्द तथ्याङ्क:
- स्ट्रोंग्स: H1840, H1841, G11580