26 lines
2.0 KiB
Markdown
26 lines
2.0 KiB
Markdown
# कोरिन्थ, कोरिन्थीहरू
|
||
|
||
## परिभाषा:
|
||
|
||
कोरिन्थ एथेन्सबाट करिब ५० माइल पश्चिममा पर्ने ग्रिस देशको एउटा सहर थियो । कोरिन्थीहरू कोरिन्थमा बस्ने मानिसहरू थिए ।
|
||
|
||
* आदि ख्रीष्टियान मण्डलीहरूमध्ये एउटा कोरिन्थमा थियो ।
|
||
* नयाँ करारका दुईवटा पुस्तक १ कोरिन्थी र २ कोरिन्थी कोरिन्थमा रहेका ख्रीष्टियानहरूलाई पावलद्वारा लिखित पत्रहरू थिए ।
|
||
* आफ्नो दोस्रो मिसनरी यात्रामा पावल कोरिन्थमा करिब अठार महिना बसे ।
|
||
* पावल कोरिन्थमा छँदा तिनले विश्वासीहरू अकिलास र प्रिस्किलालाई भेटे ।
|
||
* कोरिन्थसित सम्बन्धित आदि मण्डलीका अन्य अगुवाहरूमा तिमोथी, तीतस, अपोल्लोस र सिलास थिए ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः अपोल्लोस, तिमोथी, तीतस)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* १ कोरिन्थी १ः३
|
||
* २ कोरिन्थी १ः२३-२४
|
||
* प्रेरित १८ः१
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: G28810, G28820
|