ne_tw/bible/names/colossae.md

24 lines
2.4 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# कलस्से, कलस्सीहरू
## परिभाषा:
कलस्से नयाँ करारको समयमा रोमी प्रान्त फ्रिगियामा अवस्थित थियो, जुन क्षेत्र अहिले टर्की देशको दक्षिण-पश्‍चिममा पर्छ । कलस्सेमा बस्‍ने मानिसहरूलाई कलस्सीहरू भनिन्थ्यो ।
* भूमध्य सागरबाट करिब १०० माइल टाढा अवस्थित कलस्से एफिसस सहर र यूफ्रेटिस नदीको बिचमा पर्ने एउटा महत्त्पूर्ण व्यापारिक मार्ग थियो ।
* रोमको झ्यालखानामा हुँदा पावलले कलस्सेका विश्‍वासीहरूका बिचमा देखा परेका झुटा शिक्षाहरूलाई सच्‍च्याउन “कलस्सीहरू” लाई एउटा पत्र लेखे ।
* पावलले यो पत्र लेख्दा तिनी अझै पनि कलस्सेको मण्डलीमा पुगेका थिएनन, तर तिनका सहकर्मी इपाफ्रासबाट तिनले त्यहाँका विश्‍वासीहरूको बारेमा सुनेका थिए ।
* एपाफ्रास सम्भवतः कलस्सेको मण्डली सुरु गर्ने एक ख्रीष्‍टियान सेवक थिए ।
* फिलेमोनको पुस्तक पावलद्वारा कलस्सेका दासको मालिकलाई सम्बोधन गरिएको पत्र थियो ।
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः एफिसी, पावल)
## बाइबलका सन्दर्भहरूः
* कलस्‍सी १ः३
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स:  G28570