27 lines
2.0 KiB
Markdown
27 lines
2.0 KiB
Markdown
# कल्दी
|
||
|
||
## परिभाषा:
|
||
|
||
कल्दी मेसोपोटामिया वा बेबिलोनको दक्षिणी भागमा अवस्थित क्षेत्र थियो । यस क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई कल्दीहरू भनिन्थ्यो ।
|
||
|
||
* ऊर सहर जहाँबाट अब्राहाम आएका थिए, त्यो कल्दीमा अवस्थित थियो । यसलाई अक्सर “कल्दीहरूको ऊर” भनी उल्लेख गरिएको छ ।
|
||
* बेबिलोनका राजाहरू बन्ने मनग्गे कल्दीहरूमध्ये नबूकदनेसर एक थिए ।
|
||
* वर्षौंपश्चात् लगभग ६०० ख्रीष्टपूर्वतिर “कल्दी” को अर्थ “बेबिलोन” हुन आयो ।
|
||
* दानिएलको पुस्तकमा “कल्दी” शब्दले उच्च शिक्षा हासिल गरेका र ताराहरूको अध्ययन गर्ने विशेष मानिसहरूको वर्गलाई पनि जनाउँछ ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः अब्राहाम, बेबिलोन, शिनार, उर)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* प्रेरित ७ः४-५
|
||
* इजकिएल १ः१
|
||
* उत्पत्ति ११ः२७-२८
|
||
* उत्पत्ति१५ः६-८
|
||
* यशैया १३ः१९
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H3679, H3778, H3779, G54660
|