ne_tw/bible/names/caesarea.md

29 lines
2.3 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# कैसरिया, कैसरिया फिलिप्पी
## परिभाषा:
कैसरिया भूमध्य सागरको तटमा अवस्थित एउटा महत्त्वपूर्ण सहर थियो, जुन कर्मेल पहाडबाट करिब ३९ किलोमिटर दक्षिणमा पथ्र्यो । कैसरिया फिलिप्पी हेर्मोन डाँडा नजिकै इस्राएलको उत्तर-पूर्वमा अवस्थित सहर थियो ।
* रोमी साम्राज्यमाथि शासन गर्ने कैसरहरूको नाउँमा यी सहरहरूका नाउँ राखिए ।
* तटवर्ती कैसरिया येशूको समयतिर रोमी प्रान्त यहूदियाको राजधानी सहर बन्यो ।
* प्रेरित पत्रुसले पहिलो पटक कैसरियामा नै गैरयहूदीहरूलाई प्रचार गरे ।
* पावलले कैसरियादेखि टार्सससम्म सामुद्रिक यात्रा गरे, र आफ्ना दुईवटा प्रचार यात्रामा तिनी यस सहर भएर गए ।
* येशू र उहाँका चेलाहरूले कैसरिया फिलिप्पीको क्षेत्रमा यात्रा गरे ।
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः कैसर, अन्‍यजाति, समुन्‍द्र, कार्मेल, हेर्मोन डाडाँ, रोम, टार्सस)
## बाइबलका सन्दर्भहरूः
* प्रेरित ९ः३०
* प्रेरित १०ः१-२
* प्रेरित २५ः१
* प्रेरित २५ः१४
* मर्कुस ८ः२७
* मत्ती १६ः१३-१६
## शब्‍दको आंकडाः
* Strongs: G25420, G53760