26 lines
2.9 KiB
Markdown
26 lines
2.9 KiB
Markdown
# बेथेल
|
||
|
||
## परिभाषा:
|
||
|
||
बेथेल कनान देशमा यरूशलेमको उत्तरपट्टि अवस्थित सहर थियो । यसलाई पहिले “लूज” भनिन्थ्यो ।
|
||
|
||
* पहिलो पटक परमेश्वरका प्रतिज्ञाहरू प्राप्त गरेपछि अब्राम (अब्राहाम) ले बेथेल नजिकै उहाँको निम्ति एउटा वेदी खडा गरे । त्यस बेला यस सहरको वास्तविक नाउँ अझै बेथेल भइसकेको थिएन, तर यसलाई “बेथेल” भनिन थालियो जुन नाउँबाट यो ठाउँ परिचित भयो ।
|
||
* आफ्ना दाजु एसावबाट भाग्दा याकूबले यही सहर नजिकै रात बिताएका थिए, र तिनी खुला मैदानमा नै सुतेका थिए । सुतिरहँदा तिनले एउटा सपना देखे, जसमा आकाससम्मै खडा गरिएको भर्याङमा स्वर्गदूतहरू तल झर्ने र माथि उक्लने गर्दै थिए ।
|
||
* याकूबले यस ठाउँलाई “बेथेल” नाउँ नराखेसम्म यसको नाउँ बेथेल भएको थिएन । यसलाई प्रस्ट पार्न अब्राहामको बारेमा भएका खण्डहरू र याकूब पहिलो पटक आउँदा बयान गर्ने खण्डहरू (तिनको नाउँ परिवर्तन गरिनुअगि) केही अनुवादहरूले यसलाई “लूज (पछि बेथेल भनिएको)” भनी अनुवाद गर्न सक्छन् ।
|
||
* पुरानो करारमा बेथेल अक्सर उल्लेख भएको छ, र यही ठाउँमा नै धेरै महत्त्वपूर्ण घटनाहरू घटे ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः अब्राहाम, वेदी, याकूब, यरूशलेम)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* उत्पत्ति १२ः८-९
|
||
* उत्पत्ति ३५ः१
|
||
* होशे १०ः१५
|
||
* न्यायकर्ताहरू १ः२३
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H1008
|