22 lines
1.5 KiB
Markdown
22 lines
1.5 KiB
Markdown
# बनायाह
|
||
|
||
## परिभाषा:
|
||
|
||
बनायाह पुरानो करारमा केही मानिसहरूका नाउँ थियो ।
|
||
|
||
* यहोयादाका छोरा बनायाह दाऊदका शक्तिशाली मानिसहरूमध्ये एक थिए । तिनी सिपालु योद्धा थिए, र तिनलाई दाऊदको अङ्गरक्षकको जिम्मा दिइयो ।
|
||
* सोलोमन राजा बनाइँदै गर्दा तिनका शत्रुहरूलाई पराजित गर्न बनायाहले तिनको मदत गरे । अन्त्यमा, तिनी इस्राएली सेनाका सेनापति बने ।
|
||
* पुरानो करारमा बनायाह नाउँ गरेका अन्य मानिसहरूमा तिन जना लेवी पर्छन्ः पूजाहारी, सङ्गीतकार र आसापका सन्तान ।
|
||
|
||
(हेर्नुहोसः आसाप, यहोआइदा, लेवी, शलोमोन)
|
||
|
||
## बाइबलका सन्दर्भहरू:
|
||
|
||
* १ इतिहास ४ः३६
|
||
* १ राजा १ः८
|
||
* २ शामुयल २३ः२०-२१
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H1141
|