ne_tw/bible/names/bathsheba.md

35 lines
3.1 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# बतशेबा
## परिभाषा:
बतशेबा राजा दाऊदको सेनामा भर्ती भएका सिपाही उरियाहकी पत्‍नी थिइन् । उरियाहको मृत्युपश्‍चात् उनी दाऊदकी पत्‍नी र सोलोमनकी आमा बनिन् ।
* बतशेबा उरियाहकी पत्‍नी छँदा दाऊदले उनीसित व्यभिचार गरे ।
* बतशेबा दाऊदबाट गर्भवती भएपछि दाऊदले उरियाहलाई मार्न लगाए ।
* त्यसपछि दाऊदले बतशेबासित बिहे गरे, र उनले एउटा बच्‍चा जन्माइन् ।
* बच्‍चा जन्मेको केही दिनपश्‍चात् त्यसलाई मारी परमेश्‍वरले दाऊदको पापको लागि तिनलाई दण्ड दिनुभयो ।
* पछि, बतशेबाले अर्का छोरा सोलोमनलाई जन्माइन्, जो दाऊदपश्‍चात् राजा बने ।
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
हेर्नुहोस्ः दाउद, शोलोमन,उरियाह
## बाइबलका सन्दर्भहरूः
* १ इतिहास ३ः४-५
* १ राजा १ः११
* २ शामूएल ११ः३
* भजनसंग्रह ५१ः१-२
## बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* १७ः१० एक दिन, जब दाऊदका सबै सिपाहीहरू घरबाट टाढा लडाईमा थिए, उनी दिउसँको निद्राबाट बिउझिँए र एउटी सन्‍दरी स्‍त्रीलाई नुहाउँदै गरेको देखे। उनको नाउँ बतशेबा थियो।
* १७ः११ केही समयपछि बतशेबाले दाऊदलाई आफू गर्भवती भएको सन्‍देश पठाइन्।
* १७ः१२ बतशेबा पति, उरियाह नाउँ भएका मानिस, दाऊदका उत्‍कृष्‍ट सिपाहीहरूमध्‍ये एक थिए।
* १७ः१३ उरियाह मारिएपछि दाऊदले बतशेबासँग विवाह गरे।
* १७ः१४ पछी, दाऊद र बतशेबाको अर्को छोरो भयो, र तिनीहरूले उसको नाम शोलोमन राखे।
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H1339