ne_tw/bible/names/balaam.md

28 lines
2.8 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# बालाम
## परिभाषा:
बालाम एक गैरयहूदी अगमवक्ता थिए । कनान देशमा प्रवेश गर्ने तयारी गर्दै उत्तरी मोआबको यर्दन नदीमा शिविर खडा गरी बसेका इस्राएलीहरूलाई सराप दिन राजा बालाकले बालामलाई भाडामा लिए ।
* बालाम पतोर सहरका थिए, जुन मोआबभन्दा चार समय माइल टाढा यूफ्रेटिस नदीको क्षेत्रवरिपरि अवस्थित थियो ।
* मिद्यानका राजा बालाक इस्राएलीहरूको शक्ति र सङ्ख्यादेखि डराए । त्यसैले, तिनले उनीहरूलाई सराप दिन बालामलाई भाडामा ल्याए ।
* बालाम इस्राएलतर्फ यात्रा गरिरहँदा परमेश्‍वरका एक स्वर्गदूत तिनको बाटोमा यसरी खडा भए, कि बालामको गधा रोकियो । परमेश्‍वरले गधालाई बालामसित बोल्ने क्षमता दिनुभयो ।
* इस्राएलीहरूलाई सराप दिन परमेश्‍वरले बालामलाई अनुमति दिनुभएन । त्यसको साटो, तिनीहरूलाई आशिष् दिन उहाँले तिनलाई आज्ञा दिनुभयो ।
* तरै पनि पछि बालामले इस्राएलीहरूलाई झुटो देवता बाल-पोरलाई पूजा गर्न प्रभावित तुल्याउँदा तिनीहरूमाथि खराबी ल्याए ।
अनुवादका लागि सुझावहरूः (नामहरू अनुवाद गर्ने)
(हेर्नुहोस्ः आशिर्वाद, कनान, श्राप, गधा, यूफ्रेटिस नदि, यर्दन नदी, मिधान, मोआब, पोर)
## बाइबलका सन्दर्भहरूः
* २ पत्रुस २ः१६
* व्‍यवस्‍था २३ः३-४
* यहोशू १३ः२२-२३
* गन्‍ती २२ः५
* प्रकाश २ः१४
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H1109, G09030