ne_tw/bible/names/babel.md

24 lines
2.3 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# बाबेल
## परिभाषा:
बाबेल मेसोपोटामियाको दक्षिणी भागमा पर्ने शिनार क्षेत्रको मुख्य सहर थियो । शिनारलाई पछि बेबिलोन भनियो ।
* हामका पनाति निम्रोदले बाबेल सहर स्थापित गरेका थिए, जसले शिनारको क्षेत्रमाथि शासन गर्थे ।
* शिनारका मानिसहरू घमन्डी बने, र तिनीहरूले स्वर्गसम्मै पुग्‍ने एउटा अग्लो धरहरा बनाउने निधो गरे । यसलाई पछि “बाबेलको धरहरा” भनेर चिनियो ।
* परमेश्‍वरको आज्ञामुताबिक धरहरा बनाउने मानिसहरू फैलन नचाहेकाले तिनीहरूले बोलेका कुरा एक अर्काले नबुझून् भनेर उहाँले तिनीहरूको भाषा खल्बल्याइदिनुभयो । तिनीहरू बाध्य भएर पृथ्वीका विभिन्‍न भूभागहरूमा गएर बस्‍न लागे ।
* “बाबेल” को लागि प्रयोग गरिने मूल शब्दको अर्थ हुन्छ, “भ्रम ।” परमेश्‍वरले मानिसहरूको भाषा खल्बल्याइदिनुहुँदा त्यस ठाउँको नाउँ बाबेल रहेको थियो ।
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः बेबिलोन, हाम, मेसोपोटामिया)
## बाइबलका सन्दर्भहरूः
* उत्‍पत्ति १०ः८-१०
* उत्‍पत्ति ११ः९
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H0894