25 lines
1.7 KiB
Markdown
25 lines
1.7 KiB
Markdown
# बाशा
|
||
|
||
## परिभाषा:
|
||
|
||
बाशा इस्राएलका दुष्ट राजाहरूमध्ये एक थिए, जसले इस्राएलीहरूलाई मूर्तिहरूको पूजा गर्न प्रभाव पारे ।
|
||
|
||
* बाशा इस्राएलका तेस्रा राजा थिए, र तिनले आसा यहूदाका राजा हुँदा चौबिस वर्ष राज्य गरे ।
|
||
* तिनी सैनिक सेनापति थिए । अगिल्ला राजा नादाबको हत्या गरी तिनी राजा बनेका थिए ।
|
||
* बाशाको शासनकालमा इस्राएल र यहूदा राज्यका बिचमा धेरै युद्धहरू भए । खास गरी, यहूदाका राजा आसासित युद्ध भएको थियो ।
|
||
* बाशाका धेरै पापको कारणले गर्दा परमेश्वरले तिनलाई तिनको मृत्युद्वारा पदबाट हटाइदिनुभयो ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः नामहरू अनुवाद गर्ने
|
||
|
||
हेर्नुहोस्ः आसा, झूटा देवता
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* १ राजा १५ः१७
|
||
* २ राजा ९ः९
|
||
* यर्मिया ४१ः९
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H1201
|