ne_tw/bible/names/baal.md

4.4 KiB

बाल

परिभाषा:

“बाल” को अर्थ “प्रभु” वा “मालिक” हुन्छ । बाल कनानीहरूद्वारा पूजिने मुख्य झुटो देवताको नाउँ थियो ।

  • केही स्थानीय झुटा देवताहरूको नाउँमा पनि “बाल” जोडिएको थियो, जस्तैः “पोरको बाल ।” कहिले काहीँ यी सबै देवताहरूलाई “बालहरू” भनी उल्लेख गरिन्थ्यो ।
  • केही मानिसहरूका नाउँमा पनि “बाल” समावेश थियो ।
  • बालको पूजामा बाल बलिसाथै वेश्यावृत्तिहरूजस्ता दुष्‍ट अभ्यासहरू समावेश हुन्थे ।
  • इस्राएलीहरूको इतिहासको विभिन्‍न कालखण्डमा तिनीहरूका वरिपरि भएका गैरयहूदी जातिहरूको उदाहरणको अनुसरण गर्दै तिनीहरू पनि बालको पूजामा बढी नै संलग्‍न भए ।
  • बाल अस्तित्वमा छैन र यहोवे मात्र एक साँचो परमेश्‍वर हुनुहुन्छ भनी मानिसहरूलाई प्रमाणित गर्न राजा आहाबको समयमा परमेश्‍वरका अगमवक्ता एलियाले एउटा जाँच गरे । परिणामस्वरूप, बालका अगमवक्ताहरू मारिए, र मानिसहरूले फेरि यहोवेको आराधना गर्न थाले ।

अनुवादका लागि सुझावहरूः (नामहरू अनुवाद गर्ने)

(हेर्नुहोस्ः आहाब, अशेराह, एलिया, झूटा देवता, वेश्‍या, यहोवा)

बाइबलका सन्दर्भहरूः

  • १ राजा १६ः३१
  • १ शामूएल ७ः३-४
  • यर्मिया २ः७-८
  • न्‍यायकर्ताहरू २ः११
  • गन्‍ती २२ः४१

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • १९ः२ आहाब एक दुष्‍ट मानिस थिए जसले मानिसहरूलाई बाल नामको झूटा देवताको उपासना गर्न कर लगाउथेँ।
  • १९ः६ बालका ४५० अगमवक्‍ताहरू सहित सम्‍पूर्ण इस्राएल राज्‍यका सबै मानिसहरू कर्मेल पर्वतमा आए। एलियाले मानिसहरूलाई भने, "कहिलेसम्‍म तिमीहरू आफ्‍नो मन परिवर्तन गरिरहनेछौ? यदि यहोवा परमेश्‍वर हुनुहुन्‍छ भने, उहाँको सेवा गर! यदि बाल ईश्‍वर हो भने, उहाँको सेवा गर।"
  • १९ः७ तब एलियाले बालका अगमवक्‍ताहरूलाई भने, "एउटा साढेँ मारेर बलिदानको रूपमा तयार गर, तर आगो नबाल।"
  • १९ः८ तब बालका अगमवक्‍ताहरूले बाललाई प्रार्थना गरे, "हे बाल, हाम्रो कुरा सुन्‍नुहोस"
  • १९ः१२ यसरी मानिसहरूले बालका अगमवक्‍ताहरूलाई पक्रे। तब एलियाले तिनीहरूलाई त्‍यहाँबाट लगेर मारे।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1120, G08960