28 lines
1.8 KiB
Markdown
28 lines
1.8 KiB
Markdown
# एसिया
|
||
|
||
## परिभाषा:
|
||
|
||
बाइबलको समयमा “एसिया” रोमी साम्राज्यको प्रान्तलाई दिइएको नाउँ थियो । यो आधुनिक टर्की देशको पश्चिम भागमा अवस्थित थियो ।
|
||
|
||
* पावलले एसियामा यात्रा गरी त्यहाँका विभिन्न सहरहरूमा सुसमाचार बाँडे । एफिसस र कलस्से ती सहरहरूमध्ये थिए ।
|
||
* आधुनिक एसियासित भ्रममा नपरोस् भन्नाका लागि यसलाई “एसिया भनिने प्राचीन रोमी प्रान्त” वा “एसिया प्रान्त” भनेर अनुवाद गर्नुपर्ने हुन सक्छ ।
|
||
* प्रकाशको पुस्तकमा उल्लिखित सबै मण्डलीहरू रोमी प्रान्तको एसियामा थिए ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः रोमि, पावल, एफिसी)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* १ कोरिन्थी १६ः१९-२०
|
||
* १ पत्रुस १ः१-२
|
||
* २ तिमोथी १ः१५-१८
|
||
* प्रेरित ६ः८-९
|
||
* प्रेरित २७ः१-२
|
||
* प्रकाश १ः४-६
|
||
* रोमी १६ः५
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: G07730
|