ne_tw/bible/names/asaph.md

26 lines
2.2 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# आसाप
## परिभाषा:
आसाप एक लेवीय पूजाहारी र सिपालु सङ्गीतकार थिए, जसले राजा दाऊदका लागि भजनहरू रचे । तिनले आफ्नै भजनहरू पनि लेखे ।
* राजा दाऊदद्वारा नियुक्त गरिएका तिन जना सङ्गीतकारमध्ये आसाप एक थिए । मन्दिरमा आराधनाको लागि गीतहरू उपलब्ध गराउनु यी सङ्गीतकारहरूको जिम्मेवारी थियो । यी केही गीतहरू भविष्यवाणीहरू पनि थिए ।
* आसापले आफ्ना छोराहरूलाई तालिम दिए, र तिनीहरूले साङ्गीतिक वाद्यवादनहरू बजाएर र मन्दिरमा भविष्यवाणी गरेर यस जिम्मेवारीलाई सम्हाले ।
* वीणा, तुरही वा झ्याली केही साङ्गीतिक वाद्यवादनहरू थिए ।
* भनिन्छ, भजनसंग्रह ५० र ७३-८३ का भजनहरू आसापका हुन् । यीमध्ये केही भजनहरूलाई तिनको परिवारका सदस्यहरूले लेखेका हुन सक्छन् ।
अनुवादका लागि सुझावहरूः (नामहरू अनुवाद गर्ने)
(हेर्नुहोस्ः वंशज, वीणा, अगमवक्‍ता, भजन, तुरही)
## बाइबलका सन्दर्भहरूः
* १ इतिहास ६ः३९-४३
* २ इतिहास ३५ः१५
* नहेम्‍याह २ः८
* भजनसंग्रह ५०ः१-२
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H0623