24 lines
2.3 KiB
Markdown
24 lines
2.3 KiB
Markdown
# हन्नास
|
||
|
||
## तथ्यहरूः
|
||
|
||
ईश्वी संवत ६-१५ सम्म लगभग १० वर्ष हन्नास यरूशलेममा यहूदी प्रधान पुजारी थिए । त्यसपछि तिनलाई रोमी सरकारद्वारा प्रधान पुजारीको पदबाट हटाइयो, यद्यपि यहूदीहरूका बिचमा तिनी अझै पनि एक प्रभावशाली अगुवा बनिरहे ।
|
||
|
||
* हन्नास कैयाफाका ससुरा थिए, जो येशूको सेवा-कार्यको समयका आधिकारिक प्रधान पुजारी थिए ।
|
||
* येशूलाई गिरफ्तार गरिँदा हन्नासका जुवाइँ कैयाफा आधिकारिक पुजारी थिए । हन्नासलाई पनि प्रधान पुजारी भनियो किनकि तिनी पहिलेका प्रधान पुजारी भएका हुनाले मानिसहरूमाथि तिनको अधिकार र शक्ति अझै रहेको थियो ।
|
||
* यहूदी अगुवाहरूको सामु येशूको जाँच पडतालको समयमा सोधपुछको लागि येशूलाई पहिले हन्नासकहाँ ल्याइयो ।
|
||
|
||
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
|
||
|
||
(यो पनि हेर्नुहोस्: [प्रधान पुजारी](../kt/highpriest.md), [पुजारी](../kt/priest.md))
|
||
|
||
## बाइबलका खण्डहरूः
|
||
|
||
* [प्रेरित ४ः५-७](rc://*/tn/help/act/04/05)
|
||
* [यूहन्ना १८ः२२-२४](rc://*/tn/help/jhn/18/22)
|
||
* [लूका ३ः२](rc://*/tn/help/luk/03/02)
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* Strong’s: G04520
|