ne_tw/bible/names/amorite.md

31 lines
3.6 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# एमोरी
## परिभाषा:
एमोरीहरू एउटा शक्तिशाली जाति थियो, जो नोआका नाति कनानका सन्तानहरू थिए ।
* तिनीहरूको नाउँको अर्थ हुन्छ‒ “उच्‍च जन/ठाउँ ।” यसले तिनीहरू बस्‍ने पहाडी क्षेत्रहरूलाई उल्लेख गर्न सक्छ, वा शारीरिक उचाइको लागि तिनीहरू प्रसिद्ध थिए भन्‍ने सत्यतालाई पनि उल्लेख गर्न सक्छ ।
* एमोरीहरू यर्दन नदीको दुवैपट्टिको किनाराका क्षेत्रहरूमा बसोबास गर्थे ।
* ऐ सहरमा एमोरीहरू नै बस्थे ।
* परमेश्‍वरले “एमोरीहरूको पाप” भनी उल्लेख गर्नुभएको छ, जसमा तिनीहरूले झुटा देवताहरूलाई गरेको पूजा र त्यसमा सम्मिलित पापपूर्ण अभ्यासहरू पर्छन् ।
* परमेश्‍वरले आज्ञा गर्नुभएअनुसार एमोरीहरूलाई नष्‍ट गर्न यहोशूले इस्राएलीहरूलाई अगुवाइ गरे ।
## बाइबलका सन्दर्भहरूः
* आमोस २ः९
* इजकिएल १६ः३
* उत्‍पत्ति १०ः१६
* उत्‍पत्ति १५ः१४-१६
* यहोशू ९ः१०
## बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* १५ः७ केही समय पछि, कनानमा अर्को समूहका मानिसहरूका राजा, एमोरीहरूले , गिबोनीहरूले इस्राएलीहरूसँग शान्‍ति सन्‍धि गरेको सुने, त्‍यसैले तिनीहरूले आफ्‍ना सेनाहरूलाई एउटा ठूलो सेना बनाएर गिबोन माथि आक्रमण गरे।
* १५ः८ बिहानै तिनीहरूले एमोरी सेनाहरूलाई छक्‍क पारे र तिनीहरूलाई आक्रमण गरे।
* १५ः९ त्‍यस दिन परमेश्‍वरले इस्राएलको निम्ति लड्नुभयो। उहाँले एमोरीहरूलाई अलमलमा पार्नुभयो र उहाँले ठूला-ठूला असिनाहरू पठाउनुभयो जसले धेरै एमोरीहरूलाई मारे।
* १५ः१० परमेश्‍वरले सूर्यलाई आकाशमा एकै ठाउँमा स्‍थिर राख्‍नुभयो ताकि इस्राएलले एमोरीहरूलाई पूर्ण रूपमा पराजित गर्न पर्याप्‍त समय मिलोस्।
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H0567,