ne_tw/bible/names/amaziah.md

28 lines
2.3 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# अमस्याह
## परिभाषा:
आफ्ना पिता राजा योआश मारिएपछि अमस्याह यहूदा राज्यको राजा बने ।
* राजा अमस्याहले यहूदामाथि २९ वर्ष अर्थात् ७९६-७६७ ख्रीष्‍टपूर्वसम्म शासन गरे ।
* तिनी एक असल राजा थिए । तर तिनले मूर्तिहरूको पूजा गरिने उच्‍च स्थानहरूलाई भने भत्काएनन् ।
* आफ्ना पिताको हत्याको लागि जिम्मेवार सबै मानिसहरूलाई अन्त्यमा अमस्याहले मारे ।
* तिनले विद्रोही एदोमीहरूलाई पराजित गरे, र तिनीहरूलाई यहूदा राज्यको नियन्‍त्रणमुनि ल्याए ।
* तिनले इस्राएलका राजा यहोआशलाई युद्धको लागि चुनौती दिए, तर तिनी हारे । यरूशलेमका पर्खालहरूको भाग नष्‍ट पारिए, अनि मन्दिरमा भएका चाँदी र सुनका भाँडाहरू चोरिए ।
* वर्षौंपश्‍चात् राजा अमस्याह यहोवे परमेश्‍वरबाट तर्के, र यरूशलेममा भएका केही मानिसहरू मिलेर षड्यन्‍त्र गरी तिनको हत्या गरे ।
अनुवादका लागि सुझावहरूः (नामहरू अनुवाद गर्ने)
(हेर्नुहोस्ः योआश, एदोम)
## बाइबलका सन्दर्भहरूः
* १ इतिहास ३ः१०-१२
* १ इतिहास ४ः३४
* २ इतिहास २५ः९-१०
* २ राजा १४ः१०
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H0558