ne_tw/bible/names/amalekite.md

27 lines
3.0 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# अमालेक, अमालेकी
## परिभाषा:
अमालेकीहरू घुमन्ते जाति थिए, जो नेगेब उजाड-स्थानदेखि अरब देशसम्म कनानको दक्षिणी भागमा बस्थे । यो जाति एसावका नाति अमालेकका सन्तानहरूबाट बनेको थियो ।
* इस्राएलीहरू पहिलो पटक कनानमा बस्‍न आएको समयदेखि नै अमालेकीहरू तिनीहरूका कटु शत्रुहरू थिए ।
* सबै अमालेकीहरूलाई जनाउन कहिले काहीँ “अमालेक” शब्दलाई आलङ्कारिक रूपमा प्रयोग गरिएको छ । (हेर्नुहोस्ः अङ्गाङ्गी अलङ्कार)
* अमालेकीहरूको विरुद्धमा भएको एउटा युद्धमा मोशाले आफ्ना हात माथि उचाल्दा इस्राएलीहरू विजयी हुन्थे । थाकेर तिनले आफ्ना हात तल झार्दा तिनीहरू हार्न थाल्थे । त्यसैले, इस्राएली सेनाले अमालेकीहरूलाई पराजित नगरेसम्म हारून र हूरले मोशाका हात थामिराख्‍न मदत गरे ।
* राजा शाऊल र राजा दाऊद दुवैले अमालेकीहरूको विरुद्धमा सैनिक अभियानलाई अगुवाइ गरे ।
* एक पटक अमालेकीहरूमाथि विजय हासिल गरेपछि लुटका केही मालहरूलाई सुरक्षित राखेर र परमेश्‍वरले आज्ञालाई नमानी अमालेकी राजालाई नमारेर शाऊलले परमेश्‍वरको आज्ञा उल्लङ्घन गरे ।
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः अरेबिया, दाउद, एसाव, नेगेव, शाऊल (पुरानो करार))
## बाइबलका सन्दर्भहरूः
* १ इतिहास ४ः४३
* २ शामूएल १ः८
* प्रस्‍थान १७ः१०
* गन्‍ती १४ः२३-२५
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H6002, H6003