25 lines
1.9 KiB
Markdown
25 lines
1.9 KiB
Markdown
# ऐ
|
||
|
||
## परिभाषा:
|
||
|
||
पुरानो करारको समयमा ऐ कनानी नगरको नाउँ थियो, जुन बेथेलको दक्षिणपट्टि र यरीहोभन्दा ८ किलोमिटर उत्तर-पश्चिममा अवस्थित थियो ।
|
||
|
||
* यरीहोलाई पराजित गरेपछि यहोशूले इस्राएलीहरूलाई ऐमाथि आक्रमण गर्न अगुवाइ गरे । तर तिनीहरू सजिलै सित पराजित भए, किनकि परमेश्वर तिनीहरूसित प्रसन्न हुनुभएको थिएन ।
|
||
* आकान नाउँ गरेका एक इस्राएलीले यरीहोबाट लुटिएको माललाई चोरेका थिए । त्यसैले, तिनी र तिनको परिवार मारिऊन् भनी परमेश्वरले आज्ञा दिनुभयो । त्यसपछि ऐका मानिसहरूलाई पराजित गर्न परमेश्वरले इस्राएलीहरूलाई मदत गर्नुभयो ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः बेथेल, यरिहो)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* एज्रा २ः२७-३०
|
||
* उत्पत्ति २ः२७-३०
|
||
* उत्पत्ति १३ः३-४
|
||
* यहोशू ७ः३
|
||
* यहोशू ८ः१२
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H5857
|