ne_tw/bible/names/adam.md

39 lines
4.1 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# आदम
## परिभाषा:
आदम प्रथम व्‍यक्‍ति थिए, जसलाई परमेश्‍वरले सृष्‍टि गर्नुभयो । तिनी र तिनकी पत्‍नी हव्वा परमेश्‍वरको स्वरूपमा बनाइए ।
* परमेश्‍वरले आदमलाई धूलोबाट बनाउनुभयो, र तिनमा जीवन फुकिदिनुभयो ।
* आदमको नाउँ “रातो धूलो” वा “भूमि” को लागि प्रयोग गरिने हिब्रू शब्दसित उस्तै सुनिन्छ ।
* “आदम” को नाउँ र “मानव-जाति” वा “मानवीय प्राणी” को लागि प्रयोग गरिने पुरानो करारको शब्द उही नै हो ।
* सबै मानिसहरू आदम र हव्वाका सन्तानहरू हुन् ।
* आदम र हव्वाले परमेश्‍वरको आज्ञा उल्लङ्घन गरे । यसले तिनीहरूलाई परमेश्‍वरबाट अलग गर्‍यो । परिणामस्वरूप संसारमा पाप र मृत्यु आए ।
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः मृत्‍यु, सन्‍तान, हव्‍वा, परमेश्‍वरको स्‍वरूप, जीवन)
## बाइबलका सन्दर्भहरूः
* १ तिमोथी २ः१४
* उत्‍पत्ति ३ः१७
* उत्‍पत्ति ५ः१
* उत्‍पत्ति ११ः५
* लूका ३ः३८
* रोमी ५ः१५
## बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* १ः९ तब परमेश्‍वरले भन्‍नुभयो, "हाम्रो स्‍वरूपमा मानिसहरूलाई हामीजस्‍तै बनाऔँ।"
* १ः१० यो मानिसहरको नाउँ आदम थियो। परमेश्‍वरले आदम बस्‍न सक्‍ने एउटा बगैँचा बनाउनुभयो र त्‍यसको हेरचाह गर्नलाई त्‍यहाँ मानिसहलाई राख्‍नुभयो।
* १ः१२ तब परमेश्‍वरले भन्‍नुभयो, "मानिसहरू एक्‍लो हुन राम्रो होइन।" तर कुनै पनि जनावर आदमको सहयोगी हुन सकेन।
* २ः११ अनि  परमेश्‍वरले आदम र हव्‍वालाई जनावरको छाला पहिराउनुभयो।
* २ः१२ त्‍यसैले परमेश्‍वरले आदम र हव्‍वालाई सुन्‍दर बगैँचाबाट टाढा पठाउनुभयो।
* ४९ः८ जब आदम र हव्‍वाले पाप गरे, यसले तिनीहरूका सबै सन्‍तानलाई असर गर्यो।
* ५०ः१६ किनभने आदम र हव्‍वाले परमेश्‍वरको आज्ञा पालन गरेनन् र यस संसारमा पाप ल्‍याए, परमेश्‍वरले तिनीहरूलाई श्राप दिनुभयो र यसलाई नष्‍ट गर्ने निर्णय गर्नुभयो।
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H0120, G00760