29 lines
2.4 KiB
Markdown
29 lines
2.4 KiB
Markdown
# अबीमेलेक
|
||
|
||
## परिभाषा:
|
||
|
||
अबीमेलेक एक पलिश्ती राजा थिए । अब्राहाम र इसहाक कनान देशमा बस्दा तिनले गरारमा शासन गरिरहेका थिए ।
|
||
|
||
* सारा आफ्नी पत्नी नभई बहिनी हुन् भनेर अब्राहामले अबीमेलेकलाई छल गरे ।
|
||
* बेर्शेबामा भएका इनारहरूको स्वामित्वको सम्बन्धमा अब्राहाम र अबीमेलेकले एउटा सहमति जनाए ।
|
||
* वर्षौंपश्चात् रिबेका आफ्नी पत्नी नभई बहिन् हुन् भनेर इसहाकले पनि अबीमेलेक र गरारका मानिसहरूलाई छल गरे ।
|
||
* आफूलाई झुट बोलेकामा राजा अबीमेलेकले अब्राहाम र पछि इसहाकलाई हप्काए ।
|
||
* अबीमेलेक नाउँ भएका अर्का मानिस गिदोनका छोरा र योतामका भाइ थिए । तिनी राजा अबीमेलेकभन्दा फरक व्यक्ति हुन् भनी प्रस्ट पार्न केही अनुवादहरूले तिनको नाउँको लागि अलि फरक हिज्जेको प्रयोग गर्न सक्छन् ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः बेर्शेबा, गरार, गिदोन, योताम, पलिश्तीहरू)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* २ शामूएल ११ः२१
|
||
* उत्पत्ति ११ः२१
|
||
* उत्पत्ति २०ः५
|
||
* उत्पत्ति २१ः२२
|
||
* उत्पत्ति २६ः११
|
||
* न्यायकर्ताहरू ९ः५४
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H0040
|