ne_tn/ne_tn_53-1TH.tsv

107 KiB

1BookChapterVerseIDSupportReferenceOrigQuoteOccurrenceGLQuoteOccurrenceNote
21THfrontintrojp2y0

१ थेसलोनिकीहरूको परिचय

भाग १: सामान्य परिचय

१ थेसलोनिकीहरूको पुस्तकको रूपरेखा

१. अभिवादन (१:१) १. थेसलोनिकी ख्रीष्‍टिएनहरूका लागि धन्यवादको प्रार्थना (१:२-१०) १. थेसलोनिकेमा पावलको सेवकाइ (२:१-१६) १. तिनीहरूको आत्मिक वृद्धिको लागि पावलको फिक्री

  • आमा झैँ (२:७)

  • बाबु झैँ (२:११) १. पावलले तिमोथीलाई थेसलोनिकीहरूकहाँ पठाउँछन् र तिमोथीले पावललाई खबर पठाउँछन् (३:१-१३) १. व्यवहारिक निर्देशनहरू

  • परमेश्‍वरलाई खुशी बनाउन जिउने (४:१-१२)

  • मरेकाहरूको सम्बन्धमा सान्तवना (४:१२-१८)

  • ख्रीष्‍टको पुनरागमन धर्मी जीवनको जिउनको लागि हौसला हो (५:१-११) १. आखिरी आशिष्, धन्यवाद, र प्रार्थनाहरू (५:१२-२८)

१ थेसलोनिकी कसले लेखे ?

१ थेसलोनिकी पावलले लेखे । पावल तार्सस सहरका मानिस थिए । तिनको सुरुको जीवनमा तिनलाई साउल भन्‍थे । ख्रीष्‍टिएन बन्‍नुभन्‍दा पहिले पावल फरिसी थिए । त्‍यस बेला तिनले ख्रीष्‍टिएनहरूलाई सताए । तिनी ख्रीष्‍टिएन भएपछि, मानिसहरूलाई येशूको बारेमा प्रचार गर्दै रोमी साम्राज्‍यभरि तिनले धेरैपल्ट यात्रा गरे ।

पावल कोरिन्‍थ सहरमा बसेको समयमा तिनले यो पत्र लेखे । बाइबलमा भएका पावलका सबै पत्रमध्‍ये १ थेसलोनिकी नै तिनको पहिलो पत्र थियो भन्‍ने धेरै विद्वानहरूको विचार रहेको छ ।

१ थेसलोनिकीहरूको पुस्तक केको बारेमा हो ?

पावलले यो पत्र थेसलोनिकी सहरका विश्‍वासीहरूलाई लेखे । सहरका यहूदीहरूले तिनलाई सहर छोड्न बाध्‍य पारेपछि तिनले तिनले यो पत्र लेखे । तिनलाई छोड्‍न बाध्‍य पारिएको भए तापनि तिनले थेसलोनिकीकहाँ गरेको भ्रमण सफल रह्‌यो भनी तिनले यो पत्रमा उल्‍लेख गरे ।

थेसलोनिकीका विश्‍वासीहरूका बारेमा तिमोथीले ल्‍याएको समाचार सुनेर पावलले जवाफ लेखे । त्यहाँका विश्‍वासीहरूले सतावटको सामना गरिरहेका थिए । यसर्थ, निरन्‍तर परमेश्‍वरलाई मनपर्दो जीवन बिताउन तिनले उनीहरूलाई उत्‍साह दिए । ख्रीष्‍टको दोस्रो आगमनभन्‍दा पहिले मर्ने विश्‍वासीहरूका बारेमा के हुन्‍छ भन्‍ने कुरा स्‍पष्‍ट पारेर तिनले उनीहरूलाई सान्त्‍वना दिए ।

यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?

अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “१ थेसलोनिकीहरू” वा “पहिलो थेसलोनिकीहरू” भनेर बोलाउनलाई छान्‍न सक्छन् । तिनीहरूले त्यसको साटोमा अझ बढी स्‍पष्‍ट शीर्षक छान्‍न सक्छन्, जस्तै, “थेसलोनिकेमा भएको मण्‍डलीलाई पावलको पहिलो पत्र” वा “थेसलोनिकेमा भएका ख्रीष्‍टिएनहरूलाई पहिलो पत्र” । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]])

भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू

येशूको “दोस्रो आगमन” भनेको के हो ?

येशू फेरि यस पृथ्‍वीमा फर्केर आउनुहुने कुराका बारेमा पावलले धेरै कुरा लेखे । जब येशू फर्कनुहुन्‍छ, तब उहाँले सबै मानवजातिको न्‍याय गर्नुहुनेछ । उहाँले सृष्‍टिमाथि राज्‍य गर्नुहुन्‍छ र त्‍यस बेला सबैतिर शान्‍ति हुनेछ ।

ख्रीष्‍टको पुनरागमनभन्दा अगाडि मरेकाहरूलाई के हुनेछ ?

ख्रीष्‍ट फेरि दोस्रोपटक आउनुभन्‍दा पहिले मर्नेहरूका जीवनमा फेरि फर्केर आउनेछन् र येशूको साथमा हुनेछन् भनेर पावलले स्‍पष्‍ट पारेका छन् । तिनीहरू सदासर्वदा मरिरहने छैनन् । थेसलोनिकीहरूलाई उत्‍साह दिनका लागि पावलले यो पत्र लेखे । किनभने मर्नेहरूले येशूको पुनरागमनको महान् दिनलाई देख्‍न पाउनेछैनन् भनेर तिनीहरूमध्‍ये कसैले चिन्‍ता गरेका थिए ।

भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू

पावलले “ख्रीष्‍टमा”, “प्रभुमा” जस्ता अभिव्यक्तिहरूले के अर्थ दिन खोजेका हुन् ?

ख्रीष्‍ट र विश्‍वासीहरूसँगको धेरै नजिकको एकताको विचारलाई पावलले व्यक्त गर्न खोजेका हुन् । कृपया यस प्रकारको अभिव्यक्तिको थप विस्तृत जानकारीको लागि रोमीहरूको पुस्तकको परिचयलाई हेर्नुहोस् ।

१ थेसलोनिकीहरूको पुस्तकको पाठ्यसामग्रीमा भएका प्रमुख विषयहरू के-के हुन् ?

तलका पदहरूका लागि, बाइबलका आधुनिक अनुवादहरू पुराना अनुवादहरूभन्‍दा अलि फरक छन् । यूएलटीमा आधुनिक अनुवादका पदहरू लिएको छ, र पुरानो अनुवादलाई पादटिप्‍पणीमा राखेको छ । यदि कुनै क्षेत्रमा बाइबलका पुराना अनुवाद छन् भने, अनुवादकहरूले ती अनुवादमा पाइने पाठलाई विचार गरून् । अन्‍यथा, अनुवादकहरूले बाइबलका आधुनिक अनुवादहरू प्रयोग गरून् भन्‍ने सुझाव रहेको छ ।

  • “तिमीहरूलाई अनुग्रह र शान्ति होस्” (१:१) । केही पुराना संस्करणहरूमा यसरी भनिएको छः “परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति भएको होस् ।”
  • “बरु, एउटी आमाले तिनका आफ्‍नै छोराछोरीहरूलाई स्याहार-सुसार गरिरहेको झैँ गरेर हामी तिमीहरूको माझमा कोमल थियौँ ।” (२:७) अन्य नयाँ संस्करणहरू र पुराना संस्करणहरूमा यसरी भनिएको छ, “बरु, एउटी आमाले तिनका आफ्‍नै छोराछोरीहरूलाई स्याहार-सुसार गरेको बेलामा जस्तै हामी तिमीहरूको माझमा शिशुहरू झैँ थियौँ ।”
  • “तिमोथी, हाम्रा भाइ र परमेश्‍वरको लागि सङ्गी सेवक” (३:२) । केही अरू संस्करणहरूमा यसरी भनिएको छः “तिमोथी, हाम्रो भाइ र परमेश्‍वरको दास ।”

(हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-textvariants]])

31TH1introy8c50

१ थेसलोनिकीहरू ०१ सामान्य टिपोटहरू

संरचना र ढाँचा

पद १ ले औपचारिक रूपमा यो पत्रको परिचय गराउँछ । प्राचीन मध्‍यपूर्वका पत्र लेखकहरूले सामान्‍य रूपमा यस्‍तै किसिमका परिचय लेख्‍ने गर्थे ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

कठिनाइ

थेसलोनिकीमा भएका ख्रीष्‍टिएनहरूलाई अरू मानिसहरूले सताए । तर त्‍यहाँ भएका ख्रीष्‍टिएनहरूले त्‍यसलाई राम्रोसँग सम्‍हाले । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])

41TH11dp370सामान्य जानकारीः

पावलले आफूलाई यो पत्रका लेखकका रूपमा परिचय गराउँछन्, र थेसलोनिकीमा भएको मण्‍डलीलाई अभिवादन गर्दछन् ।

51TH11ms5efigs-ellipsisΠαῦλος, καὶ Σιλουανὸς, καὶ Τιμόθεος; τῇ ἐκκλησίᾳ1पावल, सिलास र तिमोथीबाट, मण्डलीलाई

यो पत्र लेख्‍ने पावल हुन् भनी युडीबीले स्पष्‍ट पार्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])

61TH11luw5translate-blessingχάρις ὑμῖν καὶ εἰρήνη1तिमीहरूलाई अनुग्रह र शान्‍ति भएको होस्

मानिसहरूसँग दयापूर्व र शान्‍तिपूर्ण किसिमले व्‍यवहार गर्ने व्‍यक्‍तिलाई जनाउने लक्षणाका रूपमा “अनुग्रह” र “शान्‍ति” शब्‍दहरूको प्रयोग भएको छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरको दया तिमीहरूमा रहोस् र तिमीहरूलाई शान्‍ति होस्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])

71TH11nn67figs-youὑμῖν1तिमीहरूलाई शान्ति होस्

यहाँ “तिमीहरू” भन्‍ने शब्दले थेसलोनिकेका विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-you]])

81TH12y98wfigs-exclusive0सामान्य जानकारीः

यस पत्रमा अन्य किसिमले नबताइएसम्‍म, “हामी” र “हामीलाई” शब्‍दहरूले पावल, सिलास र तिमोथीलाई जनाउँछन् । साथै, “तिमीहरू” शब्‍द बहुवचन हो, र यसले थेसलोनिकीको मण्‍डलीमा भएका विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]] अनि [[rc://ne/ta/man/translate/figs-you]])

91TH12xud41हामी सधैँ परमेश्‍वरलाई धन्यवाद दिन्छौँ

यहाँ “सधैँ” भन्‍नाले यो बुझिन्छ कि जब पावल परमेश्‍वरलाई प्रार्थना गर्छन्, उनले थेसलोनिकीहरूलाई उनको प्रार्थनाहरूमा निरन्तर परमेश्‍वरकहाँ प्रस्तुत गर्थे ।

101TH12r3yd1हामी तिमीहरूलाई हाम्रा प्रार्थनाहरूमा निरन्तर सम्झना गर्दछौँ

“हामी निरन्तर तिमीहरूको निम्ति प्रार्थना गर्दछौँ”

111TH13bl7l1विश्‍वासको काम

परमेश्‍वरमा भरोसा भएको कारणले गरिएका कार्यहरू (युडीबी)

121TH14xky40जोड्ने कथनः

थेसलोनिकीमा भएका विश्‍वासीहरूलाई पावलले निरन्‍तर धन्‍यवाद दिन्‍छन् र परमेश्‍वरमा भएको तिनीहरूको विश्‍वासको लागि तिनीहरूको प्रशंसा गर्दछन् । परमेश्‍वरको वचन प्रचारको कार्यद्वारा मात्र होइन ।

131TH14erb6figs-metaphorἀδελφοὶ1दाजुभाइहरू

यहाँ यसको अर्थ पुरुष र महिला दुवै गरेर सङ्गी विश्‍वासीहरू हुन्छ ।

141TH14u5erfigs-exclusive1हामीलाई थाहा छ

“हामी” भन्‍ने शब्दले पावल, सिलास, र तिमोथीलाई जनाउँछ, तर थेसलोनिकेका विश्‍वासीहरूलाई होइन । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]])

151TH15ude4grammar-connect-logic-contrastτὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον, ἀλλὰ καὶ ἐν δυνάμει, καὶ ἐν Πνεύματι Ἁγίῳ, καὶ πληροφορίᾳ πολλῇ1वचनमा मात्र होइन

“हामीले भनेका कुरामा मात्र होइन”

161TH15h675ἀλλὰ καὶ ἐν δυνάμει, καὶ ἐν Πνεύματι Ἁγίῳ1तर शक्तिमा पनि, पवित्र आत्मामा

सम्भावित अर्थहरू हुन् १) पावल र उनका सहकर्मीहरूले पवित्र आत्माद्वारा सक्षम भएर शक्तिशाली रूपमा प्रचार गरे वा २) पवित्र आत्माले थेसलोनिकेका विश्‍वासीहरूको माझमा सुसमाचारको प्रचारको शक्तिशाली प्रभाव पर्न दिनुभयो वा ३) पवित्र आत्माले आश्‍चर्यकर्महरू, चिन्हहरू, र उदेकलाग्दा कार्यहरूको माध्यमद्वारा सुसमाचारको प्रचारको सत्यता प्रदर्शन गर्नुभयो ।

171TH15t1w3figs-abstractnounsπληροφορίᾳ πολλῇ1धेरै निश्‍चयतामा

भाववाचक नामपद शब्द “निश्‍चयता”लाई क्रियापदको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “त्यो सत्य थियो भनी परमेश्‍वरले तिमीहरूलाई निश्‍चित बनाउनुभयो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-abstractnouns]])

181TH15e8891कस्तो प्रकारका मानिसहरू

“हामी आफैँले कसरी व्यवहार गर्‍यौँ जब”

191TH16cs49figs-abstractnounsκαὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ Κυρίου1तिमीहरू अनुकरण गर्नेहरू भयौ

“देखासिकी” गर्नुको अर्थ त्‍यस्‍तै काम गर्नु वा अर्को व्‍यक्तिको व्‍यवहारको नक्‍कल गर्नु हो ।

201TH16cl6r1वचन ग्रहण गर्‍यौ

“सन्देशलाई स्वागत गर्‍यौ” वा “हामीले जे बताउनुपर्ने थियो सो स्वीकार गर्‍यौ”

211TH16q4gm1ज्यादै कष्‍टहरूमा

“ठुला-ठुला कष्‍टहरूको समयमा” वा “ज्यादै सतावटमा”

221TH17ml7utranslate-names1अखैया

यो एउटा प्राचीन प्रान्त हो, जहाँ अहिलेको ग्रिस पर्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]])

231TH18qyk6figs-metonymyὁ λόγος τοῦ Κυρίου1प्रभुको वचन

यहाँ “वचन” भनेको “सन्देश”को लागि प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “प्रभुका शिक्षाहरू” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])

241TH18sht4figs-metaphorἐξήχηται1घण्‍टी बजेको छ

यहाँ थेसलोनिकीका विश्‍वासीहरूले उत्‍पन्‍न गरेका ख्रीष्‍टिएन साक्षी घण्‍टी बजाएको वा कुनै साङ्गीतिक बाजा बजाएको जस्‍तो गरी पावलले उल्‍लेख गरेका छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

251TH19rd2bfigs-rpronounsαὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν1किनकि तिनीहरू आफैँले

पावलले वरिपरिका क्षेत्रहरूमा पहिलेदेखि नै भएका मण्डलीहरूको उल्लेख गर्छन्, जसले थेसलोनिकीको विश्‍वासीहरूबारे सुनेका छन् ।

261TH19amc1figs-rpronouns1तिनीहरू आफैँले

यहाँ “तिनीहरू आफैँले” भन्‍ने शब्‍दले थेसलोनिकीका विश्‍वासीहरूका बारेमा सुनेकाहरूलाई जोड दिन प्रयोग भएको हो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-rpronouns]])

271TH19v145figs-abstractnounsὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς1तिमीहरूको माझमा हामीले कस्तो प्रकारको स्वागत पाएका थियौँ

भाववाचक नाउँ “स्‍वीकार” लाई क्रियापद “ग्रहण गर्‍यौ” वा “स्‍वागत गर्‍यौ,” लेख्‍न सकिन्‍छ । वैकल्पिक अनुवादः “तिमीहरूले हामीलाई कति न्‍यानो किसिमले ग्रहण गर्‍यौ” वा “तिमीहरूले कसरी हामीलाई न्यानो स्वागत गर्‍यौ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])

281TH19u1umfigs-metaphorἐπεστρέψατε πρὸς τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων1तिमीहरू मूर्ति पूजा गर्न छोडेर जीवित र साँचो परमेश्‍वरको सेवा गर्न फर्क्‍यौ

यहाँ “छोडेर ... फर्क्‍यौ” शब्‍द अलङ्कार हो, र यसको अर्थ कुनै व्‍यक्तिसँग निष्‍ठावन् हुन सुरु गर्ने र कसैसँग निष्‍ठावन् हुन छोड्‍ने कुरा हो । वैकल्‍पिक अनुवादः “मूर्तिपूजा गर्न छोड्‍यौ, र जीवित र साँचो परमेश्‍वरको सेवा गर्न सुरु गर्‍यौ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

291TH110dg6aguidelines-sonofgodprinciples1उहाँका पुत्र

यो येशूको लागि एउटा महत्त्वपूर्ण नाउँ हो जसले परमेश्‍वरसँगको उहाँको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/guidelines-sonofgodprinciples]])

301TH110pmi8writing-pronounsὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, Ἰησοῦν,1जसलाई उहाँले फेरि बिउँताउनुभयो

“जसलाई परमेश्‍वरले फेरि जिउने तुल्याउनुभयो”

311TH110wba81मृतकबाट

“र यसरी उहाँ फेरि मरेको हुनुहुन्‍न ।” यो वाक्‍यले मरेर पातालमा भएका सबै मानिसलाई एकसाथ जनाउँछ । तिनीहरूका बीचबाट फर्केर आउने कुरालाई पावलले फेरि जीवित हुने भनेका छन् ।

321TH110pt1sfigs-exclusiveἡμᾶς1जसले हामीलाई छुटकारा दिनुहुन्छ

यहाँ पावलले थेसलोनिकेका विश्‍वासीहरूलाई समेट्छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-inclusive]])

331TH2introkt5l0

१ थेसलोनिकीहरू ०२ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

ख्रीष्‍टिएन साक्षी

पावलले उनको “ख्रीष्‍टिएन साक्षी”लाई सुसमाचारको सत्यताको प्रमाणको रूपमा महत्त्व दिन्छन् । पावल भन्‍दछन्, भक्त अर्थात् पवित्र हुनु भनेको गैर-ख्रीष्‍टिएनहरूलाई साक्षी दिनु पनि हो । पावलले आफ्‍नो चरित्रका बारेमा बचाउ गर्दछन्, र यसले तिनको साक्षीलाई प्रभाव पारेन । (हेर्नुहोस्ः [[rc://ne/tw/dict/bible/kt/testimony]] अनि [[rc://ne/tw/dict/bible/kt/godly]] अनि [[rc://ne/tw/dict/bible/kt/holy]])

341TH21pt750जोड्ने कथनः

विश्‍वासीहरूका लागि सेवा र इनामको बारेमा पावलले स्‍पष्‍ट पार्दछन् ।

351TH21gpr4figs-rpronounsαὐτοὶ…οἴδατε1तिमीहरू आफैँ

“तिमीहरू” र “तिमीहरू आफैँ” भन्‍ने शब्दहरूले थेसलोनिकेका विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-rpronouns]])

361TH21tdl3figs-metaphorἀδελφοί1भाइहरू

यहाँ यसले पुरुष र महिला दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरूलाई जनाउँछ ।

371TH21g6qqfigs-exclusiveτὴν εἴσοδον ἡμῶν τὴν…ὅτι1हाम्रो आगमन

“हाम्रो” भन्‍ने शब्दले पावल, सिलास, र तिमोथीलाई जनाउँछ, तर थेसलोनिकेकी विश्‍वासीहरूलाई होइन । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]])

381TH21w584figs-litotesοὐ κενὴ γέγονεν1व्यर्थ भएन

यसलाई सकारात्मक तवरमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवाद: “ज्यादै अर्थपूर्ण थियो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublenegatives]])

391TH22x6ez1पहिले कष्‍ट भोगेका र लाजमर्दो व्यवहार गरिएका

“दुर्व्यवहार र बेइज्जत गरिएका थिए”

401TH22v4dgfigs-abstractnounsἐν πολλῷ ἀγῶνι1धेरै सङ्घर्षहरूमा

“कठोर खेदोनिन्दा बीचको सङ्घर्षमा”

411TH23t7tyfigs-litotesοὐκ ἐκ πλάνης, οὐδὲ ἐξ ἀκαθαρσίας, οὐδὲ ἐν δόλῳ1कुनै त्रुटी, वा अशुद्धता, वा छलबाट थिएन

“सत्य, शुद्ध, र ईमानदार थियो”

421TH24is1agrammar-connect-logic-contrastἀλλὰ καθὼς1भरोसा गरिनको लागि परमेश्‍वरद्वारा अनुमोदित गरिएको

पावल परमेश्‍वरद्वारा जाँचिएका र भरोसायोग्‍य प्रमाणित गरिएका थिए ।

431TH24qqj2figs-explicitλαλοῦμεν1हामी बोल्दछौँ

पावलले सुसमाचारको सन्देश प्रचार गर्ने कुराका बारेमा उल्‍लेख गर्दै छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])

441TH24k1m9figs-metonymy1जसले हाम्रो हृदयहरूको जाँच गर्नुहुन्छ

यहाँ “हृदय” कुनै व्‍यक्तिको इच्‍छाहरू र विचारहरूलाई जनाउने अलङ्कार शब्‍द हो । वैकल्पिक अनुवादः “जसले हाम्रा इच्छाहरू र विचारहरू जान्‍नुहुन्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])

451TH25xcy60सामान्य जानकारीः

आफ्‍नो व्‍यवहार चाप्‍लुसी, लोभ वा आफ्‍नै महिमा गर्ने कुरामा आधारित थिएन भनेर पावलले थेसलोनिकीका विश्‍वासीहरूलाई भन्‍दछन् ।

461TH25i8cr1हामीले कहिल्यै चाप्लुसीको बोलीसहित आएनौँ

“हामीले कहिल्यै झुटो प्रशंसासाथ तिमीहरूसँग बोलेनौँ”

471TH27ag1lfigs-simileὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα1आमाले आफ्नो बालकलाई सान्त्वना दिएजस्तै गरी

जसरी आमाले आफ्नो बालकलाई कोमलतापूर्वक सान्त्वना दिन्छिन्, त्यसैगरी पावल, सिलास र तिमोथीले थेसलोनिकेका विश्‍वासीहरूसँग कोमलतासाथ बोले । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-simile]])

481TH28r8b4figs-abstractnounsοὕτως ὁμειρόμενοι ὑμῶν1यसरी तिमीहरूप्रति हाम्रो गहिरो प्रेम थियो

“तिमीहरूप्रतिको हाम्रो गहिरो प्रेमलाई हामीले यसरी दर्सायौँ”

491TH28g73f1तिमीहरूप्रति हाम्रो स्‍नेह थियो

“हामीले तिमीहरूलाई प्रेम गर्‍यौँ”

501TH28q86vfigs-metaphorτὰς ἑαυτῶν ψυχάς1हामी तिमीहरूसँग परमेश्‍वरको सुसमाचार बाँड्‍न मात्र होइन, तर हाम्रो जीवन बाँड्‍न पनि खुसी थियौँ

सुसमाचारको सन्देश र आफ्‍नो जीवन र तिनका साथमा भएका अरू मानिसहरूका जीवन कसैले अरूसँग बाँड्न मिल्‍ने भौतिक वस्‍तु हो झैँ गरी पावलले भनेका छन् । वैकल्‍पिक अनुवादः “तिमीहरूसँग परमेश्‍वरको सुसमाचार भन्‍न मात्र होइन तर तिमीहरूसँग समय बिताउन र तिमीहरूलाई मदत पुर्‍याउन पनि हामी आनन्दित थियौँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

511TH28p4e41हाम्रा निम्ति तिमीहरू ज्यादै प्यारो भएका थियौ

“हामीले तिमीहरूलाई गहिरोसँग वास्ता गर्‍यौँ”

521TH29j9lu1भाइहरू

यसले दुवै पुरुष र महिला गरेर सङ्गी ख्रीष्‍टिएनहरूलाई जनाउँछ ।

531TH29tc98figs-doubletτὸν κόπον ἡμῶν καὶ τὸν μόχθον1हाम्रो परिश्रम र मेहनत

सामान्यतया “परिश्रम” र “मेहनत” भन्‍ने शब्दहरूको अर्थ उस्तै हुन्छ । पावलले तिनीहरूको निम्ति कति धेरै कडा परिश्रम गरेका थिए भन्‍ने कुरालाई जोड दिनको निम्ति ती शब्दहरू प्रयोग गरेका थिए । वैकल्पिक अनुवादः “हामीले कति कडा परिश्रम गर्‍यौँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublet]])

541TH29b16f1हामीले दिन र रात परिश्रम गर्‍यौँ, ताकि तिमीहरूका लागि हाम्रो कुनै बोझ नहोस्

“आफ्नो जीविकाको निम्ति हामीले कडा परिश्रम गर्‍यौँ, ताकि तिमीहरूले हामीलाई सहायता गर्नु नपरोस्”

551TH210il3efigs-litanyὡς ὁσίως, καὶ δικαίως, καὶ ἀμέμπτως, ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν1पवित्र, धार्मिक, र दोषरहित

तिनीहरूले थेसलोनिकेकी विश्‍वासीहरूलाई ज्यादै असल तरिकाले व्यवहार गरेका थिए भन्‍ने कुरा वर्णन गर्नलाई पावल यी तीनवटा शब्दको प्रयोग गर्छन् ।

561TH211i58mfigs-simileὡς πατὴρ τέκνα ἑαυτοῦ1पिता आफ्नै सन्तानहरूसँग जस्तो

पावलले थेसलोनिकीहरूलाई कसरी उत्साह दिएका थिए भन्‍ने कुरालाई उनले पिताले आफ्ना सन्तानहरूलाई कसरी व्यवहार गर्ने भनेर सिकाएको कुरासँग तुलना गर्छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

571TH212m91eπαρακαλοῦντες ὑμᾶς, καὶ παραμυθούμενοι, καὶ μαρτυρόμενοι…ὑμᾶς1तिमीहरूलाई अर्ती दिदैँ र उत्साह दिदैँ र आग्रह गर्दै

पावलले झुण्डले कसरी जोसका साथ थेसलोनिकेका विश्‍वासीहरूलाई उत्साह दिएका थिए भन्‍ने कुरालाई व्यक्त गर्न “अर्ती”, “उत्साह”, र “आग्रह” शब्दहरू सँगै प्रयोग गरिएका छन् । वैकल्पिक अनुवादः “हामीले तिमीहरूलाई जोडका साथ उत्साह दिइरहेका थियौँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublet]])

581TH212n8drfigs-hendiadys1उहाँको आफ्नै राज्य र महिमामा

“महिमा” भन्‍ने शब्दले “राज्य” भन्‍ने शब्दलाई वर्णन गर्दछ । वैकल्पिक अनुवादः “उहाँको आफ्नै महिमामय राज्यमा” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-hendiadys]])

591TH212qmc3figs-metaphor1परमेश्‍वरको योग्‍यको भएर हिँड्नु

यहाँ “हिँड्नु” भनेको “जिउनु”लाई जनाउने अलङ्कार हो । वैकल्‍पिक अनुवादः “जीवन बिताओ, र यसरी मानिसहरूले परमेश्‍वरको बारेमा असल कुरा भन्‍न सकून्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

601TH213au3bgrammar-connect-logic-resultκαὶ διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ Θεῷ ἀδιαλείπτως1सामान्य जानकारीः

आफू र आफूसँग भएका यात्रा सहकर्मीहरूलाई जनाउन “हामी” र थेसलोनिकीका विश्‍वासीहरूलाई जनाउन “तिमीहरू” शब्‍दहरूको प्रयोग पावलले निरन्‍तर रूपमा गरेका छन् ।

611TH213z53w1हामी परमेश्‍वरलाई निरन्तर धन्यवाद पनि दिन्छौँ

पावलले तिनीहरूसँग बाँडेको सुसमाचारको सन्‍देशलाई तिनीहरूले स्‍वीकार गरेका कारणले तिनले परमेश्‍वरलाई निरन्‍तर धन्‍यवाद दिन्छन् ।

621TH213zj5fgrammar-connect-logic-contrastἀλλὰ καθὼς ἀληθῶς ἐστὶν1मानिसको वचन जसरी होइन

“मानिस आफैँले प्रचार गरेको सन्‍देश” लाई जनाउन यहाँ “मानिसको वचन” उपलक्षणाको रूपमा प्रयोग भएको हो । वैकल्‍पिक अनुवादः “(यो) सन्‍देश मानिसले बनाएको सन्‍देश होइन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-synecdoche]])

631TH213rpb1figs-metonymy1तिमीहरूले परमेश्‍वरको वचनलाई यो वास्तवमा जस्तो हो त्यस्तै ग्रहण गर्‍यौ

यहाँ “वचन” शब्‍द “सन्देश”लाई जनाउने उपलक्षणा हो । वैकल्‍पिक अनुवादः “तिमीहरूले परमेश्‍वरवाट आएको सन्देशलाई जस्‍ताको तस्‍तै ग्रहण गर्‍यौ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])

641TH213ci1efigs-personificationὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν1जसले तिमी विश्‍वास गर्नेहरूमा काम गर्दछ

परमेश्‍वरको सुसमाचारको सन्‍देश काम गरिरहने कुनै व्‍यक्ति हो झैँ गरी पावलले भनेका छन् । “वचन” शब्‍द “सन्देश”लाई जनाउने उपलक्षणा हो । वैकल्‍पिक अनुवादः “तिमी विश्‍वास गर्नेहरूले सुन्‍छौ र आज्ञापालन गर्न सुरु गरेका छौ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-personification]] अनि [[rc://ne/ta/man/translate/figs-metonymy]])

651TH214s2mp1भाइहरू

यहाँ यसको अर्थ पुरुष र महिला दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरू हुन्छ ।

661TH214mh8nwriting-background0मण्डलीहरूको अनुकरण गर्नेहरू भए

थेसलोनिकी विश्‍वासीहरूले यहूदीयाका विश्‍वासीहरूको जस्तै सतावट भोगे । “मण्डलीहरू जस्तै भए”

671TH214cxm31तिमीहरूका आफ्नै देशवासीहरूबाट

“अरू थेसलोनिकीहरूबाट”

681TH216rw7e1तिनीहरूले हामीलाई बोल्न मनाही गर्छन्

“तिनीहरूले हामीलाई बोल्नलाई रोक्‍न खोज्छन्”

691TH216n2uefigs-metaphorεἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε1तिनीहरू सधैँ आफ्नै पापहरू भर्छन्

कुनै मानिसले पानीले भाँडो भरे झैँ गरी उसका आफ्‍नै पापहरूले भाँडो भर्न सक्‍ने जस्तै गरी पावलले बताउँदछन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

701TH216fq9mgrammar-connect-words-phrasesδὲ1तिनीहरूलाई अन्तमा क्रोधले ढाक्नेछ

मानिसहरूका पापका लागि परमेश्‍वरले आखिरीमा तिनीहरूको न्‍याय गर्नुहुने र दण्‍ड दिनुहुने कुरालाई यसले जनाउँछ ।

711TH217edb1grammar-connect-logic-contrastἡμεῖς δέ, ἀδελφοί1भाइहरू

यसको अर्थ पुरुष र महिला दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरू हुन्छ ।

721TH217vr7vfigs-metonymyπροσώπῳ οὐ καρδίᾳ1उपस्थितिमा, हृदयमा होइन

यहाँ “हृदय” शब्‍दले विचारहरू र भावनाहरूलाई जनाउँछ । पावल र तिनका यात्रा सहकर्मीहरू भौतिक रूपमा थेसलोनिकीमा थिएनन् । तापनि तिनीहरूले निरन्‍तर रूपमा त्‍यहाँका विश्‍वासीहरूको वास्‍ता र विचार गर्दछन् । वैकल्पिक अनुवादः “शरीरमा, तर हामीले तिमीहरूको बारेमा निरन्तर सोच्यौँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])

731TH217t5d5figs-synecdoche1तिमीहरूको मुहार हेर्न

यहाँ “तिमीहरूको मुहार” शब्‍दले सम्पूर्ण व्यक्तिको अर्थ दिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूलाई भेट्न” वा “तिमीहरूसँग हुन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-synecdoche]])

741TH219j7j5figs-rquestion0किनकि प्रभु येशूको सामुन्‍ने उहाँको आगमनमा हाम्रो आशा, वा आनन्द, वा गौरवको मुकुट के हो ? तिमीहरू नै होइनौ र ?

पावलले थेसलोनिकीका विश्‍वासीहरूसँग भेट गर्न जाने कारणमा जोड दिनलाई प्रश्‍नको प्रयोग गर्दछन् । वैकल्पिक अनुवादः “किनकि तिमीहरू, अरू विश्‍वासीहरू जस्तै, प्रभु येशूको सामुन्‍ने उहाँको आगमनमा भविष्यको निम्ति हाम्रो निश्‍चयता, र आनन्द, र गौरवको मुकुट हौ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-rquestion]])

751TH219mj9nfigs-personificationἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως1हाम्रो आशा ... के तिमीहरू नै होइनौ र

परमेश्‍वरले आफ्‍नो कामको लागि इनाम दिनुहुन्‍छ भन्‍ने निश्‍चयता जनाउन पावलले “आशा” भनेका हुन् । तिनको आफ्‍नो आशाका लागि थेसलोनिकीका ख्रीष्‍टिएनहरू कारण हुन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])

761TH219ty78figs-metonymy1वा आनन्द

थेसलोनिकीहरू उनको आनन्दको कारण हुन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])

771TH219e7tlfigs-metonymyστέφανος καυχήσεως1गौरवको मुकुट

यहाँ “मुकुट” शब्‍दले विजयी खेलाडीहरूलाई सम्‍मान स्‍वरूप प्रदान गर्ने पात गाँसेर बनाएको मुकुटलाई जनाउँछ । “महिमाको मुकुट” को अर्थ विजयी भएको वा उत्तम नतिजा ल्‍याएको लागि दिने इनाम हो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])

781TH3introj3790

१ थेसलोनिकीहरू ०३ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

खडा रहने

यस अध्‍यायमा दह्रिलो हुने कुरालाई पावलले “स्‍थिर रहने” कुरा गर्दछन् । दह्रिलो हुने वा विश्‍वासयोग्य हुने कुरालाई स्‍पष्‍ट पार्ने यो सामान्‍य तरिका हो । दह्रिलो हुने कुराको विपरित अर्थ जनाउन पावलले “खलबलिने” शब्‍द प्रयोग गर्दछन् । (हेर्नुहोस्ः [[rc://ne/tw/dict/bible/kt/faithful]])

791TH31nal10जोड्ने कथनः

पावलले विश्‍वासीहरूलाई बताउँछन् कि तिनीहरूको विश्‍वासलाई बलियो बनाउनका लागि उनले तिमोथीलाई पठाएका छन् ।

801TH31fqe3grammar-connect-logic-resultδιὸ μηκέτι στέγοντες, ηὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μόνοι,1हामीले यसलाई थप सहन सकेनौँ

“हामी तिमीहरूको चिन्ता थप लिइरहन सकेनौँ”

811TH31t3vt1एथेन्समा एकलै छोडिन असल ठान्यौँ

“सिलास र मलाई एथेन्समा रहन असल लाग्यो”

821TH31qhj41त्यो असल थियो

“त्यो ठिक थियो” वा “त्यो सुहाउँदो थियो”

831TH31laf9translate-names1एथेन्स

अखैया प्रान्तमा रहेको एउटा सहर हो, जुन अहिलेको आधुनिक ग्रीसमा पर्दछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]])

841TH32d8yyfigs-distinguishτὸν ἀδελφὸν ἡμῶν, καὶ διάκονον τοῦ Θεοῦ1हाम्रा भाइ र सङ्गी सेवक

यी दुवै वाक्‍यले तिमोथीलाई जनाउँछन् ।

851TH33y74mfigs-idiom1ताकि कोही पनि नडग्‍मगाओस्

“डग्‍मगाउने” शब्‍द डराउने जनाउने लक्षणा हो । वैकल्‍पिक अनुवादः “ख्रीष्‍टलाई विश्‍वास गर्न कोही पनि डराउने छैन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-idiom]])

861TH33rkx9figs-explicitκείμεθα1हामी नियुक्त गरिएका छौँ

परमेश्‍वरले नै पावललाई नियुक्त गर्नुभयो भनेर हरेक ख्रीष्‍टिएनलाई थाहा छ भन्‍ने अनुमान पावलले गर्दछन् । यसलाई स्‍पष्‍ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले हामीलाई नियुक्त गर्नुभएको छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])

871TH34nm1lwriting-backgroundκαὶ γὰρ ὅτε πρὸς ὑμᾶς ἦμεν, προελέγομεν ὑμῖν ὅτι μέλλομεν θλίβεσθαι, καθὼς καὶ ἐγένετο καὶ οἴδατε.1कष्‍ट सहन

“अरूहरूबाट दुर्व्यवहार गरिन”

881TH35st3dfigs-hyperboleκἀγὼ μηκέτι στέγων1मैले थप खप्न सकिन

पावलले एउटा लक्षणाको प्रयोग गरी तिनको आफ्‍नै भावनाहरूको वर्णन गरेका छन् । वैकल्‍पिक अनुवादः “मैले धैर्य गरी पर्खन सकिनँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-idiom]])

891TH35zn36figs-explicitἔπεμψα1मैले पठाएँ

यसको अर्थ पावल आफैँले तिमोथीलाई पठाए । यसलाई स्‍पष्‍ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “मैले तिमोथीलाई पठाएँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])

901TH35g92s1हाम्रो परिश्रम

“तिमीहरूका बीचमा हामीले गरेका कडा मेहनतको काम” वा “हामीले तिमीहरूका बीचमा सिकाएका कुराहरू”

911TH35ne5x1व्यर्थमा

“बेकम्मा”

921TH36r4pagrammar-connect-words-phrasesἄρτι δὲ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφ’ ὑμῶν1जोड्ने कथनः

तिमोथीले थेसलोनिकीसँग भेटघाट गरी फर्केर पावललाई खबर दिएपछि पावलले ती कुरा आफ्‍ना पाठकहरूलाई भनेका छन् ।

931TH36gci4figs-exclusiveπρὸς ἡμᾶς1हामीकहाँ आए

“हामी” भन्‍ने शब्दले पावल र सिलासलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]])

941TH36tu8dfigs-abstractnounsτὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν1तिमीहरूको विश्‍वासको सुसन्देश

यस कुराले ख्रीष्‍टमा भएको विश्‍वासलाई जनाउँछ भन्‍ने बुझ्‍न सकिन्‍छ । यसलाई स्‍पष्‍ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूको विश्‍वासको असल प्रतिवेदन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])

951TH36e6kxfigs-abstractnounsκαὶ ὅτι ἔχετε μνείαν ἡμῶν ἀγαθὴν πάντοτε1तिमीहरूमा सधैँ असल सम्झना छ

तिनीहरूले पावलका बारेमा विचार गर्दा तिनीहरूसँग सधैँ असल विचारहरू मात्र छन् ।

961TH36tx4h1तिमीहरूले हामीलाई भेट्न चाहन्छौ

“तिमीहरू हामीलाई भेट्ने इच्छुक छौ”

971TH37mqy51भाइहरू

यहाँ “भाइहरू”को अर्थ सङ्गी ख्रीष्‍टिएनहरू हुन्छ ।

981TH37k54jfigs-explicit1तिमीहरूको विश्‍वासको कारण

यस कुराले ख्रीष्‍टमा भएको विश्‍वासलाई जनाउँछ । यसलाई स्‍पष्‍ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “ख्रीष्‍टमा तिमीहरूको विश्‍वासको कारण” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])

991TH37csz7figs-hendiadysἐπὶ πάσῃ τῇ ἀνάγκῃ καὶ θλίψει ἡμῶν1हाम्रा सबै कष्‍ट र हैरानीमा

“कष्‍ट” भन्‍ने शब्दले तिनीहरू किन “हैरानीमा” छन् भन्‍ने कुरालाई व्याख्या गर्दछ । वैकल्पिक अनुवादः “हाम्रो कष्‍टहरूले दिएको हाम्रा सबै हैरानीहरूमा” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublet]])

1001TH38x5xtfigs-idiom1हामी जिउँछौँ

यो लक्षणा हो, र यसले सन्‍तुष्‍ट जीवन बिताउने कुराको बारेमा बताउँछ । वैकल्पिक अनुवादः “हामी ज्यादै उत्साहित भएका छौँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-idiom]])

1011TH38x4znfigs-idiomἐὰν ὑμεῖς στήκετε ἐν Κυρίῳ1यदि तिमी प्रभुमा स्थिरसँग खडा भयौ भने

“स्थिरसँग खडा हुनु” एउटा उपमा हो जसको अर्थ निरन्तर विश्‍वासयोग्य रहनु हो । वैकल्पिक अनुवादः “यदि तिमीले प्रभुमा भरोसा गरिराख्यौ भने” (युडीबी) (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-idiom]])

1021TH39pzq7figs-rquestionτίνα γὰρ εὐχαριστίαν δυνάμεθα τῷ Θεῷ ἀνταποδοῦναι περὶ ὑμῶν, ἐπὶ πάσῃ τῇ χαρᾷ ᾗ χαίρομεν δι’ ὑμᾶς, ἔμπροσθεν τοῦ Θεοῦ ἡμῶν.1तिमीहरूका कारण हामीमा भएको आनन्‍दको लागि परमेश्‍वरको सामु हामी कसरी परमेश्‍वरलाई धन्‍यवाद चढाउन सक्‍छौँ ?

यस आलङ्कारिक प्रश्‍नलाई एउटा कथनको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिमीहरूका लागि जे गर्नुभएको छ, त्‍यसका लागि हामीले उहाँलाई दिनुपर्ने जति धन्‍यवाद दिन सक्‍दैनौँ ! हाम्रा परमेश्‍वरमा हामीले प्रार्थना चढाउँदा हामी धेरै आनन्‍दित हुन्‍छौँ !” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-rquestion]])

1031TH39p5kafigs-idiomχαίρομεν…ἔμπροσθεν τοῦ Θεοῦ ἡμῶν1हाम्रा परमेश्‍वरको सामु

पावल र तिनका सहकर्मीहरू भौतिक रूपमा नै परमेश्‍वरको उपस्‍थितिमा भए झैँ तिनले कुरा गरेका छन् । तिनले शायद प्रार्थनाको कार्यकलापलाई जनाउन खोजेका हुन सक्‍छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

1041TH310k71nfigs-hyperboleνυκτὸς καὶ ἡμέρας, ὑπέρἐκπερισσοῦ δεόμενοι1ज्यादै कडा

“तीव्रताका साथ”

1051TH310eb26figs-idiomεἰς τὸ ἰδεῖν ὑμῶν τὸ πρόσωπον1तिम्रो मुहार हेर्न

“मुहार” शब्‍दले तिनीहरूका सम्‍पूर्ण व्‍यक्तित्वलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीलाई भेट्न” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-synecdoche]])

1061TH311tet9translate-blessingδὲ…κατευθύναι1सामान्य जानकारीः

यी पदमा, “हाम्रा” शब्‍दले सधैँ एकै समूहका मानिसहरूलाई जनाउँदैन । कृपा गरी विशेष अर्थ बुझ्‍नलाई अनुवादका टिपोटहरूलाई हेर्नुहोस् ।

1071TH311bql9figs-exclusiveἡμῶν…ἡμῶν…ἡμῶν1हाम्रा परमेश्‍वर ... हाम्रा प्रभु येशू

पावलले आफ्‍नो सेवाकार्यको समूहभित्र थेसलोनिकीका विश्‍वासीहरूलाई समावेश गर्दछन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-inclusive]])

1081TH311mc2mfigs-rpronounsαὐτὸς1हाम्रा परमेश्‍वरले

“हामी प्रार्थना गर्छौं कि हाम्रा परमेश्‍वरले”

1091TH311um1cfigs-metaphorκατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς.1तिमीहरूकहाँ हाम्रो बाटो निर्देशन गर्न

थेसलोनिकीका ख्रीष्‍टिएनहरूसँग भेटघाट गर्न जान पावल र तिनका सहयात्री मित्रहरूलाई परमेश्‍वरले मार्गदर्शन गरून् भन्‍ने तिनको इच्‍छा रहेको छ । तिनले भन्‍न खोजेको कुराको अर्थ परमेश्‍वरले तिनीहरूलाई त्‍यसो गर्न सक्षम तुल्‍याउन् भन्‍ने हो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

1101TH311efl5figs-exclusive1तिमीहरूकहाँ हाम्रो बाटो निर्देशन गर्न

“हाम्रो” भन्‍ने शब्दले पावल, सिलास, र तिमोथीलाई जनाउँछ, तर थेसलोनिकेका विश्‍वासीहरूलाई होइन । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]])

1111TH311mp6sfigs-rpronouns1पिता आफैँ

यहाँ “आफैँ” भन्‍ने शब्द जोड दिनको लागि फिर्ता पितालाई नै जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-rpronouns]])

1121TH312f5z3figs-metaphor1वृद्धि हुने र प्रेममा प्रशस्त हुने

प्रेम कुनै वस्तु हो र कसैले यसबाट धेरै प्राप्‍त गर्न सक्‍दछ भने झैँ गरी पावलले भनेका छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

1131TH313ly21figs-metaphorεἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας1तिमीहरूला हृदयहरूलाई बलिया पार, ताकि ती ...

यहाँ “हृदय” चाहिँ कसैको विश्‍वास र कसैलाई बोध हुने कुराहरूलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “तिमीहरूलाई बलिया ... , ताकि तिमीहरू ... हुन सक” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])

1141TH313xsd31हाम्रा प्रभु येशूको आगमनमा

“जब येशू पृथ्वीमा फर्केर आउनुहुन्छ”

1151TH313jlc51उहाँका सबै सन्तहरूसँग

“जो उहाँका हुन् ती सबैसँग”

1161TH4introb1z50

१ थेसलोनिकीहरू ०४ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

यौन अनैतिकता

यौनको अनैतिकताका बारेमा भिन्‍नभिन्‍न संस्‍कृतिमा भिन्‍नभिन्‍न मानकहरू भएको पाइन्छ । यस्‍ता विभिन्‍न संस्‍कृतिक मानकले गर्दा यो खण्ड अनुवाद गर्न कठिनाइ पर्न सक्‍छ । संस्‍कृतिक रूपमा निषेधित कुराका बारेमा पनि अनुवादकहरू जानकार हुनुपर्दछ । यी शीर्षकमा छलफल गर्न समेत उचित मानिँदैन ।

ख्रीष्‍टको दोस्रो आगमनभन्‍दा पहिला मृत्‍यु हुने

सुरुको मन्‍डलीमा, ख्रीष्‍टको दोस्रो आगमनभन्‍दा पहिला नै विश्‍वासीहरू मरे भने के हुने होला भनेर विश्‍वासीहरू अलमलमा परेका थिए । ख्रीष्‍टको दोस्रो आगमनभन्‍दा पहिला मर्ने विश्‍वासीहरू परमेश्‍वरको राज्‍यका सहभागीहरू होलान् कि नहोलान् भनेर तिनीहरू चिन्‍तामा परेका थिए । त्‍यो चासोको विषयमा पावलले जवाफ दिएका छन् ।

“प्रभुलाई आकाशमा भेट्नलाई बादलमा लगिएका”

यो खण्‍डले येशूले उहाँमाथि विश्‍वास गर्नेहरूलाई आफूकहाँ बोलाउनुहुने समयलाई जनाउँछ । यसले येशूको आखिरी महिमामय पुनरागमनलाई जनाउँछ वा जनाउँदैन भन्‍ने बारेमा भने विद्वानहरूका बिचमा मतभेद भएको पाइन्‍छ । (हेर्नुहोस्ः [[rc://ne/tw/dict/bible/kt/believe]])

1171TH41wk391भाइहरू

यहाँ “भाइहरू”को अर्थ सङ्गी ख्रीष्‍टिएनहरू हुन्छ ।

1181TH41u2lwfigs-doubletἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν1हामी तिमीहरूलाई उत्साह र अर्ती दिन्छौँ

पावलले तिनीहरूलाई अत्यन्तै उत्साह दिएका थिए भन्‍ने कुरालाई जोड दिनलाई “उत्साह” र “अर्ती” शब्दहरू प्रयोग गरेका हुन् । वैकल्पिक अनुवादः “हामी तिमीहरूलाई अत्यन्तै उत्साह दिन्छौँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublet]])

1191TH41iij6figs-activepassive1तिमीहरूले हामीबाट निर्देशनहरू पायौ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीले तिमीहरूलाई सिकायौँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])

1201TH41p4dbfigs-metaphorτὸ πῶς δεῖ ὑμᾶς περιπατεῖν1तिमीहरू हिँड्नैपर्छ

यहाँ “हिँड्नु” भन्‍ने शब्दले एउटा मानिसले जिउने तरिकालाई व्यक्त गर्दछ । वैकल्पिक अनुवादः “तिमीहरू जिउनुपर्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

1211TH42vg16figs-metaphorδιὰ τοῦ Κυρίου Ἰησοῦ1हाम्रा प्रभु येशूद्वारा

पावल आफूले दिने सुझावहरू स्‍वयम् येशूले नै दिनुभए झैँ गरी पावलले भनेका छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

1221TH43mw4jτοῦτο γάρ ἐστιν θέλημα τοῦ Θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν1तिमीहरू यौन अनैतिकताबाट अलग बस्‍नू

“तिमीहरू यौन अनैतिक कार्यहरूबाट टाढा रहनू”

1231TH44f4uxfigs-metaphorτὸ ἑαυτοῦ σκεῦος, κτᾶσθαι1उसको आफ्नै भाँडालाई कसरी लिने हो थाहा पाउनु

सम्भावित अर्थहरू हुन् १) “उसको आफ्नो श्रीमतीसँग कसरी जिउने थाहा पाउनु” वा २) “उसको आफ्नो शरिरलाई कसरी नियन्त्रण गर्ने थाहा पाउनु”

1241TH45x2t71कामवासनाको आवेगमा

“गलत यौन क्रियाकलापको चाहनासँग”

1251TH46gn9ifigs-gendernotations1मानिस होइन

यहाँ “मानिस” शब्दले पुरुष वा स्‍त्रीलाई जनाउँछ । “कोही होइन” वा “कुनै व्यक्ति होइन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-gendernotations]])

1261TH46a9stfigs-doublet1अपराध गर्नु र गल्ती गर्नु

यो एउटै कुरालाई दुई तवरले भनेर अवधारणालाई जोड दिने तरिका हो । वैकल्पिक अनुवादः “गलत कुराहरू गर्नु” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublet]])

1271TH46q7bfgrammar-connect-logic-resultδιότι ἔκδικος Κύριος περὶ πάντων τούτων1प्रभु बदला लिने व्यक्ति हुनुहुन्छ

यसलाई स्‍पष्‍ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “अपराध गर्नेलाई प्रभुले दण्ड दिनुहुनेछ र अन्याय हुनेलाई उहाँले जोगाउनुहुनेछ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])

1281TH46d1ipwriting-backgroundκαθὼς καὶ προείπαμεν ὑμῖν καὶ διεμαρτυράμεθα1तिमीहरूलाई अगिबाटै चेताउनी दिइसक्यौँ र गवाही दिइसक्यौँ

“तिमीहरूलाई पहिल्यै बतायौँ र कडासँग चेताउनी दियौँ”

1291TH47v3npfigs-litotesοὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐπὶ ἀκαθαρσίᾳ, ἀλλ’ ἐν ἁγιασμῷ1परमेश्‍वरले हामीलाई अशुद्धताको लागि होइन, तर पवित्रताको लागि बोलाउनुभएको हो

यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले हामीलाई शुद्धता र पवित्रताको लागि बोलाउनुभयो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublenegatives]])

1301TH47q4tjfigs-exclusiveἡμᾶς1परमेश्‍वरले हामीलाई बोलाउनुभएन

“हामीलाई” भन्‍ने शब्दले सबै विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-inclusive]])

1311TH48mn5ygrammar-connect-words-phrasesτοιγαροῦν1जसले यसलाई इन्कार गर्छ

“जसले यो शिक्षालाई महत्त्व दिँदैन” वा “जसले यो शिक्षालाई बेवास्ता गर्छ”

1321TH48su511मानिसहरूलाई इन्कार गर्दैन, तर परमेश्‍वरलाई

पावलले आफ्‍नो शिक्षा मानिसबाट होइन, तर परमेश्‍वरबाट नै आएको हो भन्‍ने कुरामा तिनले जोड दिएका छन् ।

1331TH49uxn8figs-explicitπερὶ δὲ τῆς φιλαδελφίας1भातृ प्रेम

“सङ्गी विश्‍वासीहरूको लागि प्रेम”

1341TH410dec9grammar-connect-words-phrasesκαὶ γὰρ1तिमीहरूले माकेडोनियामा भएका सबै भाइहरूका लागि यसै गर्छौ

“तिमीहरूले माकेडोनियाभरी भएका सबै विश्‍वासीहरूलाई प्रेम देखाउँछौ”

1351TH410jcg31भाइहरू

यहाँ “भाइहरू”को अर्थ सङ्गी ख्रीष्‍टिएनहरू हुन्छ ।

1361TH411d2fgκαὶ φιλοτιμεῖσθαι, ἡσυχάζειν1आकाङ्क्षा राख्‍न

“कोसिस गर्न”

1371TH411j4c7figs-explicitπράσσειν τὰ ἴδια1शान्त तवरमा जिउनु

कसैले आफ्‍नो समुदायसँग शान्‍तिपूर्ण किसिमले जिउने र झगडा उत्‍पन्‍न नगर्ने कुरालाई स्‍पष्‍ट पार्न पावलले “शान्‍त तवरमा” भन्‍ने शब्‍द प्रयोग गर्दछन् । वैकल्‍पिक अनुवादः “शान्‍त र व्‍यवस्‍थित किसिमले जिउने” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

1381TH411jmt9figs-idiomἐργάζεσθαι ταῖς ἰδίαις χερσὶν ὑμῶν1तिमीहरूको आफ्नै जिम्मेवारीहरूमा ध्यान देओ

“तिमीहरूको आफ्नै काम गर” वा “तिमीहरू जिम्मेवार भएका कुराहरूको ख्याल गर ।” यसको अर्थ हामीले अरू मानिसको चासोमा निन्‍दा र हस्‍तक्षेप पनि गर्न हुँदैन । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])

1391TH411bz8sfigs-distinguishκαθὼς ὑμῖν παρηγγείλαμεν1तिम्रै हातले काम गर

उत्‍पादनशील जीवन यापन गर्नका लागि यो एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “आफ्नो जीविकाको निम्ति खाँचो पर्ने थोकहरू कमाउनको निम्ति तिमीहरूको आफ्नै पेशा गर” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

1401TH412hp6gfigs-metaphorπεριπατῆτε εὐσχημόνως1ठिकसँग हिँड

यहाँ “हिँड्नु” शब्‍द चाहिँ “जिउने” वा “व्‍यवहार गर्ने” कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “ठीकसँग व्यवहार गर” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

1411TH412yl361ठीकसँग

अरूहरूलाई आदर देखाउने र तिनीहरूको आदर कमाउने तरिकामा

1421TH412k59rfigs-metaphorπρὸς τοὺς ἔξω1बाहिरकाहरूको अगाडि

ख्रीष्‍टलाई विश्‍वास नगर्नेहरूका बारेमा तिनीहरू विश्‍वासीहरू बसेका ठाउँदेखि बाहिर र टाढा छन् भनेजस्‍तो गरी पावलले कुरा गरेका छन् । “तिनीहरूको नजरमा जसले ख्रीष्‍टमा विश्‍वास गर्दैनन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

1431TH413j68efigs-euphemismτῶν κοιμωμένων1सामान्य जानकारीः

मृत्‍यु भइसकेका ख्रीष्‍टिएन विश्‍वासीहरू, अझै जिवित रहेका ख्रीष्‍टिएनहरू, र ख्रीष्‍टको पुनरागमनको समयमा जीवित रहेका ख्रीष्‍टिएनहरूको विषयमा पावलले कुरा गर्छन् ।

1441TH413d9g41हामी तिमीहरू अन्जान हौ भन्‍ने चाहँदैनौँ

यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी तिमीहरूले जानेको चाहन्छौँ” वा “हामी तिमीहरूले थाहा पाएको चाहन्छौँ”

1451TH413wt7l1भाइहरू

यहाँ “भाइहरू”को अर्थ सङ्गी ख्रीष्‍टिएनहरू हुन्छ ।

1461TH413zqz6figs-euphemism1तिनीहरू जो सुत्छन्

यहाँ “सुत्नु” भनेको मृत रहेको कुरालाई जनाउने मृदुभाषी शब्द हो । वैकल्‍पिक अनुवादः “तिनीहरू जो मरेका छन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-euphemism]])

1471TH413r9f8figs-nominaladjκαθὼς καὶ οἱ λοιποὶ1ताकि तिमीहरूले बाँकीले जस्तै शोक नमनाओ

“किनभने हामी तिमीहरूले बाँकीले जस्तै शोक मनाएको चाहँदैनौँ”

1481TH413qt5bfigs-explicitπερὶ1दुःख मान्नु

शोक मनाउनु, केही कुराको लागि निरास हुनु

1491TH413rl73figs-explicit1आशा नभएका बाँकी मानिसहरू जस्तै

“भविष्यको प्रतिज्ञामा विश्‍वास नभएका मानिसहरूजस्‍ता ।” ती मानिसले जे कुरामा विश्‍वास गर्दैनन्, त्‍यो स्‍पष्‍ट रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “मृत्‍युबाट आफ्‍नो पुनरुत्थान हुन्‍छ भनेर दृढ भरोसा नभएका मानिसहरूजस्‍ता” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])

1501TH414ybz6figs-exclusiveπιστεύομεν1यदि हामी विश्‍वास गर्छौ भने

यहाँ “हामी”ले पावल र उनका श्रोतागणलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-inclusive]])

1511TH414kmk2grammar-connect-logic-resultοὕτως…ὁ Θεὸς1फेरि जिइ उठ्नुभयो

“फेरि जिउनको लागि उठ्नुभयो”

1521TH414bi9wfigs-euphemism1तिनीहरू जो उहाँमा निदाएका छन्

यहाँ “निदाएका” भनेको मरेको कुरालाई जनाउने नरम शैली हो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-euphemism]])

1531TH415ni3mfigs-metonymyἐν λόγῳ Κυρίου1प्रभुको वचनद्वारा

“वचन” शब्‍द लक्षणा हो, र यसले सन्देशलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “प्रभुका शिक्षाहरूलाई बुझ्‍ने माध्यमद्वारा” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])

1541TH415b786figs-idiomεἰς τὴν παρουσίαν τοῦ Κυρίου1प्रभुको आगमनमा

“जब प्रभु फर्कनुहुन्छ”

1551TH416ah7pgrammar-connect-words-phrasesὅτι1प्रभु स्वयम् ओर्ली आउनुहुनेछ

“प्रभु स्वयम् तल आउनुहुनेछ”

1561TH416z9kaἀρχαγγέλου1प्रधान स्वर्गदूत

“मुख्य स्वर्गदूत”

1571TH416dr89figs-explicitοἱ νεκροὶ1ख्रीष्‍टमा मरेकाहरू पहिला जिई उठ्नेछन्

“ख्रीष्‍टमा मरेकाहरू” भन्‍नाले बितेर गएका विश्‍वासीहरू हुन् । वैकल्पिक अनुवादः “येशू ख्रीष्‍टमा विश्‍वास गर्नेहरू, जो पहिल्यै मरिसकेका छन्, तिनीहरू पहिले जिई उठ्नेछन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])

1581TH417l5l1figs-exclusiveἡμεῖς οἱ ζῶντες1हामी जो जीवित छौँ

यहाँ “हामी”ले सबै विश्‍वासीहरूलाई जनाउँछ जो मरेका छैनन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-inclusive]])

1591TH417wvi81तिनीहरूसँग

“तिनीहरू” शब्दले मरेका विश्‍वासीहरूलाई जनाउँछ, जो फेरि जीवित बनाइएका थिए ।

1601TH417se1y1आकाशमा प्रभुलाई भेट्न बादलमा उठाइ लगिनु

“प्रभु येशूलाई आकाशमा भेट्नु”

1611TH5introay3d0

१ थेसलोनिकीहरू 05 सामान्य टिपोटहरू

संरचना र ढाँचा

विशेष गरी प्रचीन मध्‍यपूर्वमा चलेको चलनजस्‍तै गरी पावलले आफ्‍नो पत्रको समापन गरेका छन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

प्रभुको दिन

प्रभुको आगामी दिनको ठिक समय संसारका लागि अचानक हुनेछ । “राती चोर आए झैँ गरी” भन्‍ने उपमाको अर्थ यही हो । यसैकारणले ख्रीष्‍टिएनहरूले प्रभुको आगमनको लागि तयार जीवन जिउनुपर्छ । (हेर्नुहोस्ः [[rc://ne/tw/dict/bible/kt/dayofthelord]] अनि [[rc://ne/ta/man/translate/figs-simile]])

आत्‍मालाई निभाउनु

यसको अर्थ चाहिँ पवित्र आत्माको अगुवाइ र कामलाई बेवास्ता गर्नु वा त्यसको विरुद्धमा काम गर्नु भन्‍ने हुन्छ ।

1621TH51i2vmfigs-explicitπερὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν1सामान्य जानकारीः

अन्य किसिमले नबताइएसम्‍म, यस अध्यायमा प्रयोग भएका “हामी” र “हामीलाई” भन्‍ने शब्‍दहरूले पावल, सिलास र तिमोथीलाई जनाउँछन् । साथै, “तिमीहरू” शब्‍द बहुवचन हो, र यसले थेसलोनिकीको मण्‍डलीमा भएका विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]] अनि [[rc://ne/ta/man/translate/figs-you]])

1631TH51z1s60जोड्ने कथनः

पावलले निरन्‍तर रूपमा येशू आउनुहुने दिनको बारेमा कुरा गर्दछन् ।

1641TH51h84m1समयहरू र ऋतुहरू

यसले प्रभु येशूको दोस्रो आगमन हुनुअगिका घटनाहरूलाई सङ्केत गर्दछ ।

1651TH51uq3n1भाइहरू

यहाँ “भाइहरू”ले सङ्गी ख्रीष्‍टिएनहरूलाई जनाउँछ ।

1661TH52mcq9grammar-connect-logic-resultγὰρ1पूर्ण रूपमा असल

“ज्यादै असल” वा “ठ्याक्कै मिल्ने गरेर”

1671TH52tmj3figs-simileὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται1रातमा आउने चोरजस्तै

जसरी कुन चाहिँ रातमा चोर आउँछ होला भनेर कसैले पनि जान्‍न सक्‍दैन, त्‍यसै गरी कुन दिनमा प्रभु आउनुहुन्‍छ भनेर हामीले जान्‍न सक्‍दैनौँ । वैकल्पिक अनुवादः “अपेक्षा नगरे झैँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-simile]])

1681TH53p1wifigs-hypoὅταν λέγωσιν, εἰρήνη καὶ ἀσφάλεια1जब तिनीहरूले भन्छन्

“जब मानिसहरूले भन्दछन्”

1691TH53ne9nfigs-parallelismτότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος1त्यसपछि अचानक नाश हुन्छ

“त्यसपछि नसोचिएको प्रकारले नाश हुन्छ”

1701TH53f1xrfigs-simileὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ; καὶ οὐ μὴ ἐκφύγωσιν1गर्भवती महिलाको प्रसव-वेदनाजस्तै

जसरी गर्भवती महिलामा अचानक प्रसव-वेदना आउँछ र बच्‍चा नजन्मेसम्म त्यो रोकिँदैन, त्यसरी नै विनाश आउनेछ र मानिसहरू उम्कन पाउनेछैनन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-simile]])

1711TH54rr9j1तिमी, भाइहरू

यहाँ “भाइहरू”को अर्थ सङ्गी ख्रीष्‍टिएनहरू हुन्छ ।

1721TH54b6lvfigs-metaphorοὐκ ἐστὲ ἐν σκότει1अन्धकारमा छैनन्

परमेश्‍वरको विरुद्धमा दुष्‍ट हुने वा अज्ञानी हुने कुरालाई पावलले अन्‍धकार भनेका छन् । वैकल्पिक अनुवादः “तिमीहरू अन्जान छैनौ, अन्धकारमा बस्‍ने मानिसहरू झैँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

1731TH54elp9grammar-connect-logic-resultἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτας καταλάβῃ1ताकि त्यो दिनले तिमीहरूलाई चोर आए जसरी पक्रनेछ

जुन दिन प्रभु आउनुहुन्छ त्यो दिन विश्‍वासीहरूको लागि कुनै अचम्मको कुरा हुनुहुँदैन । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-simile]])

1741TH55zp3zfigs-metaphorπάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε, καὶ υἱοὶ ἡμέρας1किनकि तिमीहरू सबै ज्योतिका छोराहरू हौ र दिनका छोराहरू हौ

पावलले सत्‍य कुरालाई ज्‍योति र दिन भनेका छन् । वैकल्‍पिक अनुवादः “किनकि ज्‍योतिमा जिउने मानिस, दिनमा काम गर्ने मानिस झैँ तिमीहरू सत्‍य जान्दछौ (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

1751TH55d6fmfigs-metaphorοὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους1हामी रात वा अन्धकारका छोराहरू होइनौ

परमेश्‍वरको विरुद्धमा दुष्‍ट हुने वा अज्ञानी हुने कुरालाई पावलले अन्‍धकार भनेका छन् । वैकल्‍पिक अनुवादः “हामी अन्धकारमा जिउने मानिसहरू झैँ, रातमा काम गर्ने मानिसहरू झैँ अन्जान छैनौँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

1761TH56us6sfigs-metaphor1अरूहरू झैँ गरी हामी नसुतौँ

पावलले आत्मिक अचेतनालाई त्यो कुनै सुताइ जस्तो हो भनेर बताउँछन् । वैकल्पिक अनुवादः “हामी अरूहरू जस्तो नहोऔँ जो येशू फर्केर आउँदै हुनुहुन्छ भनेर सचेत छैनन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

1771TH56gu51figs-inclusive1आऔँ हामी

“हामी” भन्‍ने शब्दले सबै विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-inclusive]])

1781TH56d2ajfigs-metaphorμὴ καθεύδωμεν ὡς οἱ λοιποί1जागा रहौँ र होसमा होऔँ

आत्‍मिक रूपमा जानकार हुने कुरालाई पावलले सुत्‍ने र मद्यपान गर्ने कुराको विपरीत अर्थमा स्‍पष्‍ट पार्ने काम गरेका छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

1791TH57s253figs-metaphorοἱ γὰρ καθεύδοντες, νυκτὸς καθεύδουσιν1किनकि सुत्नेहरू रातैमा सुत्छन्

जसरी मानिसहरू जब सुत्छन् र के भइरहेको छ भनी थाहा पाउँदैनन्, त्यसरी नै यो संसारका मानिसहरूले ख्रीष्‍ट आउनुहुनेछ भनी जान्दैनन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

1801TH57exa8figs-metaphorοἱ μεθυσκόμενοι, νυκτὸς μεθύουσιν1मद्य पिएर मात्नेहरू रातैमा मात्छन्

पावल बताउँदैछन् कि त्यो रातमा हो जब मानिसहरू मद्य पिएर मात्छन्, त्यसैले जब मानिसहरू ख्रीष्‍टको पुनरागमनको बारेमा सचेत हुँदैनन् तिनीहरू आत्मसंयमी जीवन जिउँदैनन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

1811TH58zj9rfigs-inclusive0सामान्य जानकारीः

८-१० का पदहरूमा, “हामी” शब्‍दले सारा विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-inclusive]])

1821TH58wh3ggrammar-connect-logic-contrastδὲ1हामी दिनका हौँ

परमेश्‍वरको सत्‍यता जान्‍ने कुरा दिनको कुरा भए झैँ गरी पावलले बताएका छन् । वैकल्‍पिक अनुवादः “हामी सत्‍य जान्‍दछौँ” वा “हामीले सत्‍यताको ज्‍योति पाएका छौँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

1831TH58i8j1figs-metaphor1हामी होसमा रहनुपर्छ

शान्‍त हुने कुरालाई पावलले आत्म-संयम् हुने कुरासँग तुलना गर्दछन् । वैकल्पिक अनुवादः “हामी आत्मसंयमलाई अभ्यास गरौँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

1841TH58ev6ifigs-metaphorἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης, καὶ περικεφαλαίαν, ἐλπίδα σωτηρίας1विश्‍वास र प्रेमलाई छाती-पाताको रूपमा धारण गर्नु

सिपाहीले आफ्नो शरीरको सुरक्षा गर्न छाती-पाता धारण गरे झैँ, विश्‍वास र प्रेमद्वारा जिउने विश्‍वासी सुरक्षित हुनेछ । वैकल्पिक अनुवादः “विश्‍वास र प्रेमद्वारा हामीले आफैँलाई जोगाउने” वा “ख्रीष्‍टलाई भरोसा र प्रेम गरेर हामीले आफैँलाई जोगाउने” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

1851TH58fk6rfigs-metaphor1हाम्रो टोपको लागि उद्धारको आशा

टोपले सिपाहीको सुरक्षा गरे झैँ मुक्तिको विश्‍वस्तताले विश्‍वासीलाई सुरक्षा दिन्छ । वैकल्‍पिक अनुवादः “ख्रीष्‍टले हामीलाई बचाउनुहुनेछ भन्‍ने कुरामा ढुक्‍क भएर हामीले आफूलाई सुरक्षित राख्‍ने” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

1861TH510w59cfigs-metaphorεἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν1चाहे हामी जागा होऔँ वा सुतिरहेका होऔँ

यी जीवित वा मृतलाई जनाउने नरम तरिकाहरू हुन् । वैकल्पिक अनुवादः “चाहे हामी जीवित होऔँ वा मृत होऔँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-euphemism]])

1871TH511r921grammar-connect-words-phrasesδιὸ1एकले अर्कालाई निर्माण गर

यहाँ “निर्माण” शब्‍द उत्‍साह दिनु भन्‍नका लागि अलङ्कार हो । वैकल्पिक अनुवादः “एकले अर्कालाई उत्साह देओ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

1881TH512pd47grammar-connect-words-phrasesδὲ1सामान्य जानकारीः

पावलले थेसलोनिकीको मण्‍डलीलाई आफ्‍नो आखिरी सुझावहरू दिन सुरु गर्छन् ।

1891TH512rka41भाइहरू

यहाँ “भाइहरू”को अर्थ सङ्गी विश्‍वासीहरू हुन्छ ।

1901TH512ksp21परिश्रम गर्नेहरूलाई स्वीकार गर्नु

“अगुवाइमा सहभागी हुनेहरूलाई सम्मान र कदर गर्नु”

1911TH512fqh3figs-distinguishτοὺς κοπιῶντας ἐν ὑμῖν, καὶ προϊσταμένους ὑμῶν ἐν Κυρίῳ, καὶ νουθετοῦντας ὑμᾶς1जो प्रभुमा तिमीहरूमाथि छन्

यसले विश्‍वासीहरूको स्थानीय समूहको अगुवाहरूको रूपमा सेवा गर्न परमेश्‍वरले नियुक्त गर्नुभएको मानिसहरूलाई जनाउँछ ।

1921TH513c9661तिनीहरूको कामको कारण तिनीहरूलाई प्रेमसाथ उच्‍च आदर गर

आफ्‍ना मण्‍डलीका अगुवाहरूप्रति प्रेम र आदर गर्न पावलले विश्‍वासीहरूलाई प्रोत्‍साहन दिन्‍छन् ।

1931TH516chw9figs-hyperboleπάντοτε1सधैँ आनन्द गर

सबै कुराहरूमा आनन्दित हुने आत्मिक स्वभावलाई कायम राख्‍न पावलले विश्‍वासीहरूलाई अर्ती दिँदै छन् ।

1941TH517l63ifigs-hyperboleἀδιαλείπτως προσεύχεσθε1निरन्तर प्रार्थना गर

प्रार्थनाद्वारा सतर्क हुन पावलले विश्‍वासीहरूलाई अर्ती दिँदै छन् ।

1951TH518z9gg1सबै कुरामा धन्यवाद देओ

सबै थोकप्रति धन्यवाद व्यक्त गर्न पावलले विश्‍वासीहरूलाई अर्ती दिँदै छन् ।

1961TH518bt5qfigs-nominaladjἐν παντὶ1सबै कुरामा

सबै परिस्थितिहरूमा

1971TH518l3skgrammar-collectivenounsτοῦτο γὰρ θέλημα Θεοῦ1किनभने यो परमेश्‍वरको इच्छा हो

पावलले भर्खर उल्‍लेख गरेका व्‍यवहार नै विश्‍वासीहरूका लागि परमेश्‍वरको इच्‍छा हो भनेर जनाइरहेका छन् ।

1981TH519j1eifigs-metaphorτὸ Πνεῦμα μὴ σβέννυτε1आत्मालाई ननिभाओ

“तिमीहरूका माझमा पवित्र आत्मालाई काम गर्नको निम्ति नरोक”

1991TH520iv1nfigs-litotesμὴ ἐξουθενεῖτε1अगमवाणीलाई तुच्छ नठान

“अगमवाणीहरूको लागि तिरस्कार नराख” वा “कसैलाई पवित्र आत्माले भन्‍नुभएको कुरालाई घृणा नगर”

2001TH521wx69figs-metaphorπάντα δοκιμάζετε1सबै कुराहरूको जाँच गर

“परमेश्‍वरबाट आएको जस्तो देखिने सबै सन्देशहरू साँच्चै उहाँबाटै आएको हो भन्‍ने कुरामा पक्‍का गर”

2011TH521r12rfigs-metaphor1जे असल हो त्यसलाई पक्रिराख

पवित्र आत्‍माका सन्देशहरू कसैले हातले समात्‍न सक्‍ने वस्‍तुहरू भए झैँ गरी पावलले भनेका छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

2021TH523gu2c1तिमीहरूलाई पूर्ण रूपले चोखो तुल्याऊन्

यसले परमेश्‍वरले कुनै व्‍यक्तिलाई आफ्‍नो दृष्‍टिमा पापरहित र सिद्ध बनाउनुहुने कुरालाई जनाउँछ ।

2031TH523s36kfigs-merismὁλόκληρον ὑμῶν τὸ πνεῦμα, καὶ ἡ ψυχὴ, καὶ τὸ σῶμα1तिमीहरूको सम्पूर्ण आत्मा, प्राण, र शरीर दोषरहित भएर संरक्षित रहून्

यहाँ “आत्‍मा, प्राण र शरीर” ले सम्‍पूर्ण व्‍यक्तिलाई जनाउँछ । यदि तपाईंको भाषामा यी तीन भागका लागि शब्‍दहरू छैनन् भने, तपाईंले यसलाई “तिमीहरूका सम्‍पूर्ण जीवन” वा “तिमीहरू” भनेर लेख्‍न सक्‍नुहुन्‍छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिमीहरूका सम्‍पूर्ण जीवनलाई पापरहित बनाउनुभएको होस्” वा “परमेश्‍वरले तिमीहरूलाई पूर्ण रूपले दोषरहित राख्‍नुभएको होस्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])

2041TH524mq2u1तिमीहरूलाई बोलाउनुहुने विश्‍वासयोग्य हुनुहुन्छ

“उहाँ विश्‍वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई बोलाउनुहुन्छ”

2051TH524c3jgwriting-pronounsὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει1उहाँले जसले यो गर्नु पनि हुनेछ

“उहाँले तिमीहरूलाई सहायता गर्नुहुनेछ”

2061TH525q8ki0सामान्य जानकारीः

पावलले उनको टुङ्ग्याउने भनाइहरू दिन्छन् ।

2071TH526qa1c1भाइहरू

यहाँ “भाइहरू”ले सङ्गी ख्रीष्‍टिएनहरूलाई जनाउँछ ।

2081TH527n5cnfigs-explicitἀναγνωσθῆναι τὴν ἐπιστολὴν1म तिमीहरूलाई प्रभुद्वारा गम्भीरतापूर्वक खटाउँछु कि यो पत्र पढेर सुनाइदेओ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “म निवेदन गर्दछु, मानौँ प्रभु आफैँ तिमीहरूसँग बोलिरहनुभएको थियो झैँ गरी म निवेदन गर्दछु कि मानिसहरूलाई यो पत्र पढेर सुनाउन लगाओ” वा “प्रभुको अधिकारमा म तिमीहरूलाई यो पत्र पढ्‍न निर्देशन दिन्‍छु” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])