ne_tn/ne_tn_66-JUD.tsv

40 KiB

1BookChapterVerseIDSupportReferenceOrigQuoteOccurrenceGLQuoteOccurrenceNote
2JUDfrontintroxh5n0

यहूदाको परिचय

भाग १: सामान्य परिचय

यहूदाको पुस्तकको रूपरेखा

१. परिचय (१:१-२ १. झूटा शिक्षकहरूको विरुद्धमा चेतावनी (1:३-४) १. पुरानो करारका उदाहरणहरू (१:५-१६) १. उचित प्रतिक्रिया (१:१७-२३) १. परमेश्‍वरलाई प्रशंसाहरू (१:२४-२५)

यहूदाको पुस्तक कसले लेखे ?

लेखकले आफैँलाई याकूबका भाइ यहूदाको रूपमा परिचय गराए । यहूदा र याकूब दुवै येशूका अर्ध-भाइहरू थिए । यो कुनै खास मण्‍डलीको लागि थियो वा के थियो भनेर जानिएको छैन ।

यहूदाको पुस्तक केको बारेमा हो ?

यस पत्रको उद्देश्‍य भनेको विश्‍वासीहरूलाई झूटा शिक्षकहरूको विरुद्धमा चेतावनी दिनु हो । यहूदाले उनका तर्कहरूलाई समर्थन प्रदान गर्नलाई पुरानो करारका विवरणहरूलाई उल्‍लेख गर्छन् । यसकारण, लेखकले यहूदी ख्रीष्‍टिएन श्रोताहरूलाई लेखिरहेका हुन सक्छन् । यस पत्रमा स्‍वर्गदूतहरू, दुष्‍टताको चिन्हस्‍वरूप सदोम र गमोरा, झूटा शिक्षकहरूको विरुद्धमा चेतावनीहरू जस्ता अवधारणाहरू २ पत्रुसमा भएको जस्तै छ । यहूदाले यो पत्र झूटा शिक्षकहरूको विषयमा विश्‍वासीहरूलाई चेतावनी दिनलाई लेखे । यहूदाले धेरैपटक पुरानो करारलाई उल्‍लेख गरे । यसले सुझाव दिन सक्छ कि यहूदाले यो पत्र यहूदी ख्रीष्‍टिएन पाठकहरूलाई लेखिरहेका थिए । यो पत्र र २ पत्रुसमा भएका खण्‍डहरू समान तवरका छन् । तिनीहरू दुवैले स्वर्गदूतहरू, सदोम र गमोरा, र झूटा शिक्षकहरूको विषयमा कुरा गर्छन् ।

यस पुस्तकको शीर्षकको कसरी अनुवाद हुनुपर्छ ?

अनुवादकहरूले यसलाई यसको पारम्परिक नाम, “यहूदा” भनेर बोलाउनलाई छान्‍न सक्छन् । अथवा तिनीहरूले अझ स्‍पष्‍ट शीर्षक छान्‍न सक्छन्, जस्तै, “यहूदाबाटको पत्र” वा “यहूदाले लेखेको पत्र” । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]])

भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू

यहूदाले कुन मानिसहरूको विरुद्धमा बोलेका थिए ?

यो सम्भव छ कि यहूदाले ती मानिसहरूको विरुद्धमा बोलेका थिए जसलाई पछि गएर “नोस्‍टिकहरू” भनेर चिनिने थियो । यी शिक्षकहरूले तिनीहरूको आफ्‍नै फाइदाको निमित्त धर्मशास्‍त्रको शिक्षाहरूलाई बङ्गाए । तिनीहरू अनैतिक तवरले जिउँथे र अरूहरूलाई पनि त्यसै गर्न सिकाउँथे ।

3JUD11ek3qfigs-123personἸούδας1सामान्य जानकारीः

यहूदाले आफैँलाई यस पुस्तकका लेखकको रूपमा चिनाउँछन् र आफ्ना पाठकहरूलाई अभिवादन गर्दछन् । सम्भवतः उनी येशूका सौतेनी भाइ थिए । नयाँ करारमा अन्य दुई जना यहूदा पनि उल्लेख गरिएका छन् । यहाँ शब्द “तिमीहरू” ले ती ख्रीष्‍टियानहरूलाई जनाउँछ जसलाई यहूदाले यो पत्र लेखेका थिए र यो शब्द सधैँ बहुवचन हुनुपर्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-you]])

4JUD11npc3translate-namesἸούδας1यहूदा, ... को एक सेवक

यहूदा याकूबका भाइ हुन् । वैकल्पिक अनुवादः “म ... को सेवक, यहूदा हुँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]])

5JUD11m3v1figs-explicitἀδελφὸς…Ἰακώβου1याकूबका भाइ

याकूब र यहूदा येशूका सौतेनी भाइहरू हुन् ।

6JUD12r5aefigs-abstractnounsἔλεος ὑμῖν, καὶ εἰρήνη, καὶ ἀγάπη πληθυνθείη1दया, शान्ति र प्रेम तिमीहरूका निम्ति प्रशस्त हुँदै जाओस्

“कृपा, शान्ति, र प्रेम तिमीहरूका निम्ति प्रशस्त मात्रामा बढ्दै जाओस् ।” आकार र सङ्ख्यामा बढ्न सक्‍ने वस्तुहरूका रूपमा यी विचारहरूलाई उल्लेख गरिएको छ । भाववाचक नामपद शब्दहरू जस्तै “दया”, “शान्ति”, र “प्रेम”लाई हटाउनको लागि यसलाई फरक भनाइमा पुनः बताउन सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वर तिमीहरूप्रति दयालु भइरहनुभएको होस् ताकि तिमीहरू शान्तिपूर्ण ढङ्गले जिउन सक र एक अर्कालाई अझै बढी र अझै बढी प्रेम गर्न सक” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-abstractnouns]])

7JUD13kjk6figs-exclusiveἡμῶν1सामान्य जानकारीः

यस पत्रमा प्रयोग भएको शब्द “हामी” ले यहूदा र विश्‍वासी दुवैलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-inclusive]])

8JUD13yfa8πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν1जोड्ने कथनः

यहूदाले यस पत्र लेख्‍नुका कारणहरू विश्‍वासीहरूलाई बताउँछन् ।

9JUD13mi3wπερὶ τῆς κοινῆς ἡμῶν σωτηρίας1हाम्रो साझा मुक्ति

“हामी सबैको एउटै मुक्ति”

10JUD13si1ufigs-abstractnounsἀνάγκην ἔσχον γράψαι1मलाई लेख्‍न आवश्यक थियो

“मैले यो लेख्‍नुको ठूलो आवश्‍यकता महसुस गरेँ” वा “मैले यो लेख्‍नु अत्यावश्‍यक भएको महसुस गरेँ”

11JUD13yyf4grammar-connect-logic-goalπαρακαλῶν ἐπαγωνίζεσθαι τῇ…πίστει1विश्‍वासको लागि साँचो रूपमा सङ्घर्ष गर्न उपदेश दिनलाई

“साँचो शिक्षाको सुरक्षा गर्नको निम्ति तिमीहरूलाई उत्साह दिनलाई”

12JUD13j67uἅπαξ1एकपटक सबैका लागि

“अन्ततः र पूर्णरूपमा”

13JUD14v94iπαρεισέδυσαν γάρ τινες ἄνθρωποι1किनकि तिमीहरूका माझमा केही मानिसहरू गुप्‍त रूपमा घुसेका छन्

“किनकि केही मानिसहरूले आफूपहरूप्रति ध्यानाकर्षण नगराईकन नै तिनीहरू विश्‍वासीहरूका माझमा आएका छन्”

14JUD14wwz3figs-activepassiveοἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα1ती मानिसहरू हुन् जो दण्डको निम्ति चुनिएका थिए

यसलाई कर्तृवाच्यमा पनि उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ती मानिसहरू जसलाई परमेश्‍वरले दण्ड दिनको निम्ति चुन्‍नुभयो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])

15JUD14c642figs-metaphorτὴν τοῦ Θεοῦ ἡμῶν χάριτα μετατιθέντες εἰς ἀσέλγειαν1जसले परमेश्‍वरको अनुग्रहलाई कामुकताको निम्ति भ्रष्‍ट पार्दछन्

परमेश्‍वरको अनुग्रहलाई यस्तो वस्तुको रूपमा उल्लेख गरिएको छ जसलाई कुनै खराब कुरामा परिणत गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसले परमेश्‍वरको अनुग्रहले मानिसलाई व्यभिचारमा लागिरहन अनुमति दिन्छ भनेर सिकाउँछन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

16JUD14ws1bτὸν μόνον Δεσπότην καὶ Κύριον ἡμῶν, Ἰησοῦν Χριστὸν, ἀρνούμενοι1हाम्रा एक मात्र मालिक र प्रभु येशू ख्रीष्‍टलाई इन्कार गर्दछन्

सम्भावित अर्थहरू हुन् १) उहाँ परमेश्‍वर हुनुहुन्‍न भनेर तिनीहरूले सिकाउँछन् वा २) यी मानिसहरूले येशू ख्रीष्‍टको आज्ञा मान्दैनन् ।

17JUD15fa5efigs-explicitπάντα1जोड्ने कथनः

प्रभुलाई नपछ्याएकाहरूको बारेमा यहूदाले पुराना घटनाहरूबाट उदाहरण दिन्छन् ।

18JUD15f4mmfigs-explicitλαὸν ἐκ γῆς Αἰγύπτου σώσας1येशूले मिश्र देशबाट मानिसहरूलाई बचाउनुभयो

“प्रभुले इस्राएलीहरूलाई धेरै समय अगि नै मिश्र देशबाट बचाउनुभयो”

19JUD16pt1kτὴν ἑαυτῶν ἀρχὴν1तिनीहरूको आफ्नो अधिकारको स्थान

“परमेश्‍वरले तिनीहरूलाई दिनुभएका जिम्मेवारीहरू”

20JUD16s3cnwriting-pronounsδεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν1परमेश्‍वरले तिनीहरूलाई अनन्तका साङ्लाहरूमा, घोर अन्धकारमा राख्‍नुभएको छ

“परमेश्‍वरले यी स्वर्गदूतहरूलाई यस्तो अन्धकारमय कैदखानामा राख्‍नुभएको छ जहाँबाट तिनीहरू कहिल्यै पनि निस्कनेछैनन्”

21JUD16s1j9figs-metonymyὑπὸ ζόφον1घोर अन्धकार

यहाँ “अन्धकार” भनेको एउटा प्रतिस्थापन शब्द हो जसले मृतकहरूको स्थान वा नरकलाई प्रतिनिधित्व गर्दछ । वैकल्पिक अनुवादः “नरकमा घोर अन्धकारमा” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])

22JUD16ccz6figs-explicitμεγάλης ἡμέρας1त्यस महान् दिन

परमेश्‍वरले सबै जनाको इन्साफ गर्नुहुने त्यो अन्तिम दिन

23JUD17yn36figs-metonymyΣόδομα καὶ Γόμορρα, καὶ αἱ περὶ αὐτὰς πόλεις1तिनीहरूको वरिपरिका सहरहरू

यहाँ शब्द “सहरहरू”ले त्यहाँ बस्‍ने मानिसहरूलाई जनाउँछ ।(हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])

24JUD17r3e9writing-pronounsτὸν ὅμοιον τρόπον τούτοις ἐκπορνεύσασαι1आफैँलाई संलग्‍न पनि गराए

सदोम र गमोराका कामुक पापहरू ती स्वर्गदूतहरूका दुष्‍ट मार्गहरू जस्तै उहि प्रकारको विद्रोहको परिणाम हो ।

25JUD17pi4tfigs-explicitπρόκεινται δεῖγμα1दण्‍डभोग गर्नेहरूको उदाहरण स्वरूप

सदोम र गमोराका मानिसहरूको विनाशचाहिँ परमेश्‍वरलाई इन्कार गर्नेहरू सबैको अन्तिम नतिजाको निम्ति एउटा उदाहरण बन्यो ।

26JUD18ujs2writing-pronounsοὗτοι ἐνυπνιαζόμενοι1यी सपना देख्‍नेहरू

ती मानिसहरू जसले परमेश्‍वरको आज्ञालाई पालन गर्दैनन्, किनभने तिनीहरूले यस्ता दर्शनहरू देखे भनेर दाबी गरे जुन दर्शनहरूले तिनीहरूलाई त्यसो गर्ने अधिकार दिए

27JUD18ez4lfigs-metonymyσάρκα μὲν μιαίνουσιν1तिनीहरूका शरीरहरूलाई दुषित गर्दछन्

यस अलङ्कारले भन्छ, कि तिनीहरूका पापहरूले तिनीहरूका शरीरहरू अर्थात् तिनीहरूका व्यवहारहरूलाई अस्वीकार्य बनाउँदछ्न् जसरी खोलामा मिसाइएको फोहोरले त्यहाँको पानी पिउनको निम्ति अयोग्य बनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

28JUD18e73k1निन्दा गर्ने कुराहरू भन्‍नु

“अपमानजनक कुराहरू बोल्नु”

29JUD18pn3jδόξας1महिमितहरू

यसले आत्मिक प्राणीहरूलाई जनाउँछ, जस्तै स्वर्गदूतहरू ।

30JUD19rmg90सामान्य जानकारीः

बालाम एक अगमवक्ता थियो जसले एक शत्रुको निम्ति इस्राएललाई सराप्‍न इन्कार गर्‍यो, तर पछि मानिसहरूलाई, विश्‍वास नगर्नेहरूसँग विवाह गर्न लगाउन र मूर्तिपूजकहरू बनाउन त्यस शत्रुलाई सिकायो । कोरह त्यो व्यक्ति थियो जसले मोशाको अगुवापन र हारूनको पूजाहारीगिरीको विरुद्धमा विद्रोह गर्‍यो ।

31JUD19uzj1figs-metaphorκρίσιν ἐπενεγκεῖν βλασφημίας1ल्याउने साहस गरेनन्

“आफैँलाई नियन्त्रण गरे । तिनले ल्याएनन्” वा “ल्याउने इच्छा गरेनन्”

32JUD19kib41निन्दा गर्ने इन्साफ

“खराब बोलीको इन्साफ” वा “खराब इन्साफ”

33JUD19v9fhfigs-abstractnounsκρίσιν ἐπενεγκεῖν βλασφημίας1तिनीहरूको विरुद्धमा निन्दापूर्ण इन्साफ ल्याउनु

“ ... बारेमा दुष्‍ट, असत्य कुराहरू भन्‍नु”

34JUD110h6sqwriting-pronounsοὗτοι1यी मानिसहरू

ईश्‍वरहीन मानिसहरू

35JUD110fjm5ὅσα…οὐκ οἴδασιν1तिनीहरूले नबुझ्ने जे पनि कुराहरू

“ती सबै कुराहरू जसको अर्थ तिनीहरूलाई थाहै छैन ।” सम्भावित अर्थहरू हुन् १) “ती सबै असल कुराहरू जुन तिनीहरूले बुझ्दैनन्” वा २) “ती महिमितहरू, जसलाई तिनीहरूले बुझ्दैनन्” (यहूदा १:८

36JUD111j3g9figs-metaphorτῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν1कयिनको मार्गमा हिँडे

यहाँ “मार्गमा हिँडे” भनेको “उही तरिकाले जिए” भन्‍ने कुराको लागि अलङ्कार हो । वैकल्पिक अनुवादः “कयिनको जिएकै तरिकाले जिए” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

37JUD112s4az0जोड्ने कथनः

ईश्‍वरहीन मानिसहरूका विषयमा बयान गर्न यहूदाले लगातार केही अलङ्कारहरूलाई प्रयोग गर्दछन् । विश्‍वासीहरूले आफ्ना माझमा यस्ता मानिसहरूलाई कसरी चिन्‍न सक्छन् भनी उनले तिनीहरूलाई भन्छन् ।

38JUD112r875writing-pronounsοὗτοί1यी तिनीहरू नै हुन्

यहाँ “यिनीहरू” शब्दले यहूदा १:४ मा उल्लिखित “ईश्‍वरहीन मानिसहरूलाई” जनाउँछ ।

39JUD112e25dfigs-metaphorσπιλάδες1लुकेका समुद्री चट्टानहरू

यसले समुद्रको पानीको सतहको नजिक रहेका ठूला चट्टानहरूलाई जनाउँछ । डुङ्गा चलाउनेहरूले ती चट्टानहरूलाई देख्‍न सक्दैनन्, यसैकारणले ती धेरै खतरनाक हुन्छन् । डुङ्गाहरू यस चट्टानमा ठोक्‍किए भने, ती सजिलैसोत ध्वस्त हुन सक्छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

40JUD112zk57δὶς ἀποθανόντα ἐκριζωθέντα1दुई पटक मरिसकेका छन्, र जराहरूसितै उखेलिएका छन्

कसैले जराहरूसितै उखेलेको रूख मृत्युको निम्ति एउटा अलङ्कार हो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

41JUD112t28pfigs-metaphorἐκριζωθέντα1जराहरूसितै उखेलिएका

जसरी रूखहरूलाई तिनीहरूका जराहरूसँगै जमिनबाट बाहिर उखेलिन्छ, त्यसरी नै ईश्‍वरहीन मानिसहरू परमेश्‍वरबाट अलग गरिएका छन्, जो जीवनको स्रोत हुनुहुन्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

42JUD113e4rmfigs-metaphorκύματα ἄγρια θαλάσσης1समुद्रका भयङ्कर छालहरू

जसरी समुद्रका छालहरूलाई शक्तिशाली आँधीले चलाउँछ, त्यसरी नै ईश्‍वरहीन मानिसहरू सजिलैसित विभिन्‍न दिशाहरूमा बहकाइन्छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

43JUD113fgr9figs-metaphorἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας1तिनीहरूका आफ्नै निर्लज्‍जताको फिँज निकाल्दै

जसरी अनियन्त्रित छालहरूमा आँधीले फोहोर फिँज निकाल्दछ, त्यसरी नै यी मानिसहरूले तिनीहरूका झुटा शिक्षा र व्यवहारहरूले आफैँलाई लाजमा पार्दछन् । वैकल्पिक अनुवादः “जसरी छालहरूले फिँज र फोहोर निकाल्छन्, यी मानिसहरूले आफ्ना लाजपूर्ण कुराहरूद्वारा अरूहरूलाई पनि दूषित पार्दछन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

44JUD113r6rjfigs-metaphorἀστέρες πλανῆται1तिनीहरू बत्तिएका ताराहरू हुन्

प्राचीन समयमा ताराहरूलाई अध्ययन गर्ने मानिसहरूले यस्तो विचार गर्थे, कि आज हामीले जे कुरालाई ग्रहहरू भनेर भन्छौँ, ती ग्रहहरूचाहिँ ताराहरूजस्तै गरी हिँड्दैनथे । वैकल्पिक अनुवादः “तिनीहरू हिँडिरहने ताराहरू जस्तै हुन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

45JUD113djm4figs-activepassiveοἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται1जसको निम्ति अनन्तको निम्ति घोर अन्धकारको अँध्यारो साँचेर राखिएको छ

यहाँ “अन्धकार” भनेको एउटा प्रतिस्थापन शब्द हो जसले मृतकहरूको स्थान वा नरकलाई प्रतिनिधित्व गर्दछ । यहाँ “घोर अन्धकार” भनेको एउटा वाक्पद्धति हो जसको अर्थ “धेरै अँध्यारो” भन्‍ने हुन्छ । “साँचिएको छ” भन्‍ने वाक्यांशलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “र परमेश्‍वरले तिनीहरूलाई नरकको नैराश्‍यता र अन्धकारमा सदाको लागि राख्‍नुहुनेछ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]] अनि [[rc://ne/ta/man/translate/figs-idiom]] अनि [[rc://ne/ta/man/translate/figs-activepassive]])

46JUD114e5wvἕβδομος ἀπὸ Ἀδὰμ1आदमदेखिको सातौँ पुस्ता

यदि आदमलाई मानिव-जातिको पहिलो पुस्ता भनेर मानियो भने, हनोकचाहिँ सातौँ पुस्ताका हुन् । यदि आदमको छोरालाई पहिलो मानियो भने, हनोकचाहिँ छैटौँ हुन्छन् ।

47JUD114lu2yfigs-metaphorἰδοὺ1हेर

“सुन” वा “मैले अब भन्‍न गइरहेको यस महत्त्वपूर्ण कुरामाथि ध्यान लगाओ”

48JUD115bl4qfigs-abstractnounsποιῆσαι κρίσιν κατὰ1... माथि इन्साफ गर्न

“... माथि न्याय गर्न” वा “न्याय गर्न”

49JUD116zs28οὗτοί εἰσιν γογγυσταί μεμψίμοιροι1गनगन गर्नेहरू, गुनासो गर्नेहरू

ती मानिसहरू जसले आज्ञाको पालना गर्न चाहँदैनन् र ‍ईश्‍वरीय अधिकारको विरुद्धमा बोल्दछन् । ती मानिसहरू जसले आज्ञाको पालना गर्न चाहँदैनन् र ‍ईश्‍वरीय अधिकारको विरुद्धमा बोल्दछन् । “गनगन गर्नेहरू” मन्द रूपमा बोल्दछन्, तर “गुनासो गर्नेहरू” खुला रूपमा बोल्दछन् ।

50JUD116eaf2λαλεῖ ὑπέρογκα1ठूला-ठूला शेखी गर्नेहरू

अरू मानिसहरूले सुनून् भनेर आफ्नै प्रशंसा गर्ने मानिसहरू ।

51JUD116j8rhfigs-metonymyθαυμάζοντες πρόσωπα1अरूहरूको चापलुसी गर्दछन्

“अरूहरूको झुटो प्रशंसा गर्दछन्”

52JUD118w1mxfigs-metaphorκατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν1जसले तिनीहरूका आफ्नै ईश्‍वरहीन अभिलाषाहरूलाई पछ्याउनेछन्

यी मानिसहरूका विषयमा यसरी बोलिएको छ, कि तिनीहरूका इच्छाहरू राजाहरू झैँ हुन् जसले तिनीहरूमाथि शासन गर्दछन् । वैकल्पिक अनुवादः “तिनीहरूले अभिलाषा गरेका दुष्‍ट कुराहरूलाई तिनीहरूले निरन्तर रूपमा गरेर परमेश्‍वरको अनादर गर्ने कामलाई कहिल्यै पनि अन्त गर्न सक्दैनन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

53JUD118j5m4κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν1तिनीहरूका आफ्नै ईश्‍वरहीन अभिलाषाहरूलाई पछ्याउनेछन्

ईश्‍वरहीन अभिलाषाहरूलाई कुनै व्यक्तिले पछ्याउने बाटो भए झैँ गरी बोलिएको छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

54JUD119r28jwriting-pronounsοὗτοί1यो यिनीहरू हुन्

“यो यिनै गिल्‍ला गर्नेहरू हुन्” वा “यी गिल्‍ला गर्नेहरू ती व्यक्तिहरू हुन्”

55JUD119ba6ufigs-metonymyψυχικοί1सांसारिक छन्

अरू ईश्‍वरहीन मानिसहरूले विचार गरेजस्तै गरी विचार गर्दछन्, विश्‍वास नगर्ने मानिसहरूले मूल्यवान् ठान्‍ने कुराहरूलाई तिनीहरू पनि मूल्यवान् ठान्दछन् (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

56JUD119qn4pfigs-metaphorΠνεῦμα μὴ ἔχοντες1तिनीहरूसँग आत्मा छैन

पवित्र आत्माको विषयमा यसरी बोलिएको छ, कि उहाँ कुनै यस्तो वस्तु हुनुहुन्छ जसलाई मानिसहरूले प्राप्‍त गर्न सक्छन् । वैकल्‍पिक अनुवादः “आत्मा तिनीहरूभित्र हुनुहुन्‍न”

57JUD120e3ga0जोड्ने कथनः

विश्‍वासीहरू कसरी जिउनुपर्छ र विश्‍वासीहरूले अरूहरूलाई कसरी व्यवहार गर्नुपर्छ भनेर यहूदाले तिनीहरूलाई बताउँछन् ।

58JUD120xm93figs-explicitἀγαπητοί1तर, तिमी मेरा प्रियहरू हो

“प्रियहरू हो, तिनीहरूजस्ता नहोओ । बरु”

59JUD120cc68figs-metaphorἐποικοδομοῦντες ἑαυτοὺς τῇ ἁγιωτάτῃ ὑμῶν πίστει1तिमीहरू आफैँलाई निर्माण गर

परमेश्‍वरलाई बढ्दो रूपमा भरोसा गर्न सक्‍नु र उहाँको आज्ञा पालन गर्ने कुरालाई त्यो कुनै भवन निर्माण गर्ने प्रक्रिया भए झैँ गरी बोलिएको छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

60JUD121zd2cfigs-metaphorἑαυτοὺς ἐν ἀγάπῃ Θεοῦ τηρήσατε1तिमीहरू आफैँलाई परमेश्‍वरको प्रेममा राख

परमेश्‍वरको प्रेमलाई स्वीकार्नको निम्ति सक्षम रहनु भन्‍ने कुरालाई कोही एक जनाले आफैँलाई कुनै ठाउँमा राखेको झैँ गरी बोलिएको छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

61JUD121s6w6προσδεχόμενοι τὸ ἔλεος τοῦ Κυρίου ἡμῶν1...का लागि प्रतिक्षा गर

“ ... को निम्ति उत्सुक भएर प्रतिक्षा गर”

62JUD121p3bwfigs-abstractnounsτὸ ἔλεος τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ1हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह जसले तिमीहरूकहाँ अनन्त जीवन ल्याउँदछ

यहाँ “कृपा” शब्दले येशू ख्रीष्‍ट आफैँलाई जनाउँछ, जसले विश्‍वासीहरूलाई अनन्तको लागि उहाँसँगै बस्‍ने बनाउनुभएर आफ्नो कृपा तिनीहरूलाई देखाउनुहुन्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])

63JUD122wbr5οὓς…διακρινομένους1शङ्का गर्नेहरू

“जसले येशू परमेश्‍वर हुनुहुन्छ भनेर अझै विश्‍वास गर्दैनन्”

64JUD123wkj9figs-metaphorἐκ πυρὸς ἁρπάζοντες1तिनीहरूलाई आगोबाट तानी बाहिर निकालेर

यो मानिसहरूलाई आगोबाट जल्नुभन्दा अगाडि बाहिर तानेर निकाल्दै गरेको चित्रण हो । वैकल्पिक अनुवादः “ख्रीष्‍टबाट अलग भएर मर्नबाट तिनीहरूलाई बचाउनलाई तिनीहरूका निम्ति जे गर्न आवश्‍यक छ त्यो गर्नु । यो तिनीहरूलाई आगोबाट तानेर निकालेको जस्तै हो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

65JUD123ign7figs-abstractnounsἐλεᾶτε1अरूहरूसँग भयका साथ दयालु होओ

“अरूहरूप्रति दयालु होओ, तर तिनीहरूले गरेजस्तो गरी पाप गर्न डराओ”

66JUD123u4pxfigs-hyperboleμισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα1शरीरद्वारा कलङ्‌कित भएको वस्‍त्रलाई समेत घृणा गर

तिनीहरू पनि ती पापीहरू जस्तै हुन सक्छन् भनेर यहूदाले उनका पाठकहरूलाई चेतावनी दिनको निमित्त अतिरञ्‍जित गर्छन् । वैकल्पिक अनुवादः “तिमीहरूले तिनीहरूका वस्‍त्रहरू छोयौ मात्र भने पनि तिमीहरू पापको दोषी हुन्छौ भने जस्तो गरी तिनीहरूसँग व्यवहार गर” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-hyperbole]])

67JUD124r3jxfigs-explicitτῷ δὲ δυναμένῳ φυλάξαι ὑμᾶς ἀπταίστους1जोड्ने कथनः

यहूदाले आशिष्‌द्वारा अन्त्य गर्दछन् ।

68JUD124w1dcfigs-abstractnounsστῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ1उहाँको महिमामय उपस्थितिको सामु तिमीलाई उभिन सक्षम बनाउन

उहाँको महिमा तेजस्वी प्रकाश हो जसले उहाँको महानताको प्रतिनिधित्व गर्दछ । वैकल्पिक अनुवादः “र तिमीहरूलाई उहाँको महिमाको आनन्द लिन र आराधना गर्न अनुमति दिन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

69JUD124gq9eἐν ἀγαλλιάσει1दागरहित र ... साथ महिमामय उपस्थिति

यहाँ पापलाई कुनै व्यक्तिको शरीरमा भएको फोहोर वा त्रुटी भए झैँ गरी बोलिएको छ । वैकल्‍पिक अनुवादः “महिमामय उपस्थिति, जहाँ तिमीहरू पापरहित हुनेछौ र ... ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

70JUD125a3uaμόνῳ Θεῷ Σωτῆρι ἡμῶν1येशू ख्रीष्‍ट, हाम्रा प्रभुद्वारा एकमात्र परमेश्‍वर हाम्रा उद्धारकलाई

“केवल एक मात्र परमेश्‍वरलाई, जसले येशू ख्रीष्‍टले हाम्रा निम्ति गर्नुभएका कुराहरूद्वारा हामीलाई बचाउनुभयो ।” यसले यो कुरालाई जोड दिन्छ कि परमेश्‍वर पिता र पुत्र, दुवै नै मुक्तिदाता हुनुहुन्छ ।

71JUD125kql5figs-abstractnounsμόνῳ Θεῷ…δόξα, μεγαλωσύνη, κράτος, καὶ ἐξουσία1सारा समयभन्दा पहिलेदेखि, अहिले र अनन्तसम्म महिमा, गरिमा, प्रभुत्व, र शक्ति भएको होओस्

सबै कुराहरूमा परमेश्‍वरको महिमा, पूर्ण प्रभुत्व र नियन्त्रण पहिलेदेखि थियो, अहिले छ, र सधैँ रहिरहनेछ ।