ne_tn/ne_tn_53-1TH.tsv

209 lines
109 KiB
Plaintext

Book Chapter Verse ID SupportReference OrigQuote Occurrence GLQuote OccurrenceNote
1TH front intro jp2y 0 # १ थेसलोनिकीहरूको परिचय

## भाग १: सामान्य परिचय

### १ थेसलोनिकीहरूको पुस्तकको रूपरेखा

१. अभिवादन (१:१)
१. थेसलोनिकी ख्रीष्‍टिएनहरूका लागि धन्यवादको प्रार्थना (१:२-१०)
१. थेसलोनिकेमा पावलको सेवकाइ (२:१-१६)
१. तिनीहरूको आत्मिक वृद्धिको लागि पावलको फिक्री
- आमा झैँ (२:७)
- बाबु झैँ (२:११)
१. पावलले तिमोथीलाई थेसलोनिकीहरूकहाँ पठाउँछन् र तिमोथीले पावललाई खबर पठाउँछन् (३:१-१३)
१. व्यवहारिक निर्देशनहरू
- परमेश्‍वरलाई खुशी बनाउन जिउने (४:१-१२)
- मरेकाहरूको सम्बन्धमा सान्तवना (४:१२-१८)
- ख्रीष्‍टको पुनरागमन धर्मी जीवनको जिउनको लागि हौसला हो (५:१-११)
१. आखिरी आशिष्, धन्यवाद, र प्रार्थनाहरू (५:१२-२८)

### १ थेसलोनिकी कसले लेखे ?

१ थेसलोनिकी पावलले लेखे । पावल तार्सस सहरका मानिस थिए । तिनको सुरुको जीवनमा तिनलाई साउल भन्‍थे । ख्रीष्‍टिएन बन्‍नुभन्‍दा पहिले पावल फरिसी थिए । त्‍यस बेला तिनले ख्रीष्‍टिएनहरूलाई सताए । तिनी ख्रीष्‍टिएन भएपछि, मानिसहरूलाई येशूको बारेमा प्रचार गर्दै रोमी साम्राज्‍यभरि तिनले धेरैपल्ट यात्रा गरे ।

पावल कोरिन्‍थ सहरमा बसेको समयमा तिनले यो पत्र लेखे । बाइबलमा भएका पावलका सबै पत्रमध्‍ये १ थेसलोनिकी नै तिनको पहिलो पत्र थियो भन्‍ने धेरै विद्वानहरूको विचार रहेको छ ।

### १ थेसलोनिकीहरूको पुस्तक केको बारेमा हो ?

पावलले यो पत्र थेसलोनिकी सहरका विश्‍वासीहरूलाई लेखे । सहरका यहूदीहरूले तिनलाई सहर छोड्न बाध्‍य पारेपछि तिनले तिनले यो पत्र लेखे । तिनलाई छोड्‍न बाध्‍य पारिएको भए तापनि तिनले थेसलोनिकीकहाँ गरेको भ्रमण सफल रह्‌यो भनी तिनले यो पत्रमा उल्‍लेख गरे ।

थेसलोनिकीका विश्‍वासीहरूका बारेमा तिमोथीले ल्‍याएको समाचार सुनेर पावलले जवाफ लेखे । त्यहाँका विश्‍वासीहरूले सतावटको सामना गरिरहेका थिए । यसर्थ, निरन्‍तर परमेश्‍वरलाई मनपर्दो जीवन बिताउन तिनले उनीहरूलाई उत्‍साह दिए । ख्रीष्‍टको दोस्रो आगमनभन्‍दा पहिले मर्ने विश्‍वासीहरूका बारेमा के हुन्‍छ भन्‍ने कुरा स्‍पष्‍ट पारेर तिनले उनीहरूलाई सान्त्‍वना दिए ।

### यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?

अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “१ थेसलोनिकीहरू” वा “पहिलो थेसलोनिकीहरू” भनेर बोलाउनलाई छान्‍न सक्छन् । तिनीहरूले त्यसको साटोमा अझ बढी स्‍पष्‍ट शीर्षक छान्‍न सक्छन्, जस्तै, “थेसलोनिकेमा भएको मण्‍डलीलाई पावलको पहिलो पत्र” वा “थेसलोनिकेमा भएका ख्रीष्‍टिएनहरूलाई पहिलो पत्र” । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]])

## भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू

### येशूको “दोस्रो आगमन” भनेको के हो ?

येशू फेरि यस पृथ्‍वीमा फर्केर आउनुहुने कुराका बारेमा पावलले धेरै कुरा लेखे । जब येशू फर्कनुहुन्‍छ, तब उहाँले सबै मानवजातिको न्‍याय गर्नुहुनेछ । उहाँले सृष्‍टिमाथि राज्‍य गर्नुहुन्‍छ र त्‍यस बेला सबैतिर शान्‍ति हुनेछ ।

### ख्रीष्‍टको पुनरागमनभन्दा अगाडि मरेकाहरूलाई के हुनेछ ?

ख्रीष्‍ट फेरि दोस्रोपटक आउनुभन्‍दा पहिले मर्नेहरूका जीवनमा फेरि फर्केर आउनेछन् र येशूको साथमा हुनेछन् भनेर पावलले स्‍पष्‍ट पारेका छन् । तिनीहरू सदासर्वदा मरिरहने छैनन् । थेसलोनिकीहरूलाई उत्‍साह दिनका लागि पावलले यो पत्र लेखे । किनभने मर्नेहरूले येशूको पुनरागमनको महान् दिनलाई देख्‍न पाउनेछैनन् भनेर तिनीहरूमध्‍ये कसैले चिन्‍ता गरेका थिए ।

## भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू

### पावलले “ख्रीष्‍टमा”, “प्रभुमा” जस्ता अभिव्यक्तिहरूले के अर्थ दिन खोजेका हुन् ?

ख्रीष्‍ट र विश्‍वासीहरूसँगको धेरै नजिकको एकताको विचारलाई पावलले व्यक्त गर्न खोजेका हुन् । कृपया यस प्रकारको अभिव्यक्तिको थप विस्तृत जानकारीको लागि रोमीहरूको पुस्तकको परिचयलाई हेर्नुहोस् ।

### १ थेसलोनिकीहरूको पुस्तकको पाठ्यसामग्रीमा भएका प्रमुख विषयहरू के-के हुन् ?

तलका पदहरूका लागि, बाइबलका आधुनिक अनुवादहरू पुराना अनुवादहरूभन्‍दा अलि फरक छन् । यूएलटीमा आधुनिक अनुवादका पदहरू लिएको छ, र पुरानो अनुवादलाई पादटिप्‍पणीमा राखेको छ । यदि कुनै क्षेत्रमा बाइबलका पुराना अनुवाद छन् भने, अनुवादकहरूले ती अनुवादमा पाइने पाठलाई विचार गरून् । अन्‍यथा, अनुवादकहरूले बाइबलका आधुनिक अनुवादहरू प्रयोग गरून् भन्‍ने सुझाव रहेको छ ।

* “तिमीहरूलाई अनुग्रह र शान्ति होस्” (१:१) । केही पुराना संस्करणहरूमा यसरी भनिएको छः “परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति भएको होस् ।”
* “बरु, एउटी आमाले तिनका आफ्‍नै छोराछोरीहरूलाई स्याहार-सुसार गरिरहेको झैँ गरेर हामी तिमीहरूको माझमा कोमल थियौँ ।” (२:७) अन्य नयाँ संस्करणहरू र पुराना संस्करणहरूमा यसरी भनिएको छ, “बरु, एउटी आमाले तिनका आफ्‍नै छोराछोरीहरूलाई स्याहार-सुसार गरेको बेलामा जस्तै हामी तिमीहरूको माझमा शिशुहरू झैँ थियौँ ।”
* “तिमोथी, हाम्रा भाइ र परमेश्‍वरको लागि सङ्गी सेवक” (३:२) । केही अरू संस्करणहरूमा यसरी भनिएको छः “तिमोथी, हाम्रो भाइ र परमेश्‍वरको दास ।”

(हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-textvariants]])
1TH 1 intro y8c5 0 # १ थेसलोनिकीहरू ०१ सामान्य टिपोटहरू

## संरचना र ढाँचा

पद १ ले औपचारिक रूपमा यो पत्रको परिचय गराउँछ । प्राचीन मध्‍यपूर्वका पत्र लेखकहरूले सामान्‍य रूपमा यस्‍तै किसिमका परिचय लेख्‍ने गर्थे ।

## यस अध्यायमा भएका विशेष अवधारणाहरू

### कठिनाइ
थेसलोनिकीमा भएका ख्रीष्‍टिएनहरूलाई अरू मानिसहरूले सताए । तर त्‍यहाँ भएका ख्रीष्‍टिएनहरूले त्‍यसलाई राम्रोसँग सम्‍हाले । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])
1TH 1 1 dp37 0 सामान्य जानकारीः पावलले आफूलाई यो पत्रका लेखकका रूपमा परिचय गराउँछन्, र थेसलोनिकीमा भएको मण्‍डलीलाई अभिवादन गर्दछन् ।
1TH 1 1 ms5e figs-explicit Παῦλος, καὶ Σιλουανὸς, καὶ Τιμόθεος; τῇ ἐκκλησίᾳ 1 पावल, सिलास र तिमोथीबाट, मण्डलीलाई यो पत्र लेख्‍ने पावल हुन् भनी युडीबीले स्पष्‍ट पार्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])
1TH 1 1 luw5 figs-metonymy χάρις ὑμῖν καὶ εἰρήνη 1 तिमीहरूलाई अनुग्रह र शान्‍ति भएको होस् मानिसहरूसँग दयापूर्व र शान्‍तिपूर्ण किसिमले व्‍यवहार गर्ने व्‍यक्‍तिलाई जनाउने लक्षणाका रूपमा “अनुग्रह” र “शान्‍ति” शब्‍दहरूको प्रयोग भएको छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरको दया तिमीहरूमा रहोस् र तिमीहरूलाई शान्‍ति होस्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
1TH 1 1 nn67 figs-you ὑμῖν 1 तिमीहरूलाई शान्ति होस् यहाँ “तिमीहरू” भन्‍ने शब्दले थेसलोनिकेका विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-you]])
1TH 1 2 y98w figs-exclusive 0 सामान्य जानकारीः यस पत्रमा अन्य किसिमले नबताइएसम्‍म, “हामी” र “हामीलाई” शब्‍दहरूले पावल, सिलास र तिमोथीलाई जनाउँछन् । साथै, “तिमीहरू” शब्‍द बहुवचन हो, र यसले थेसलोनिकीको मण्‍डलीमा भएका विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]] अनि [[rc://ne/ta/man/translate/figs-you]])
1TH 1 2 xud4 εὐχαριστοῦμεν τῷ Θεῷ πάντοτε 1 हामी सधैँ परमेश्‍वरलाई धन्यवाद दिन्छौँ यहाँ “सधैँ” भन्‍नाले यो बुझिन्छ कि जब पावल परमेश्‍वरलाई प्रार्थना गर्छन्, उनले थेसलोनिकीहरूलाई उनको प्रार्थनाहरूमा निरन्तर परमेश्‍वरकहाँ प्रस्तुत गर्थे ।
1TH 1 2 r3yd μνείαν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν, ἀδιαλείπτως 1 हामी तिमीहरूलाई हाम्रा प्रार्थनाहरूमा निरन्तर सम्झना गर्दछौँ “हामी निरन्तर तिमीहरूको निम्ति प्रार्थना गर्दछौँ”
1TH 1 3 bl7l τοῦ ἔργου τῆς πίστεως 1 विश्‍वासको काम परमेश्‍वरमा भरोसा भएको कारणले गरिएका कार्यहरू (युडीबी)
1TH 1 4 xky4 0 जोड्ने कथनः थेसलोनिकीमा भएका विश्‍वासीहरूलाई पावलले निरन्‍तर धन्‍यवाद दिन्‍छन् र परमेश्‍वरमा भएको तिनीहरूको विश्‍वासको लागि तिनीहरूको प्रशंसा गर्दछन् । परमेश्‍वरको वचन प्रचारको कार्यद्वारा मात्र होइन ।
1TH 1 4 erb6 ἀδελφοὶ 1 दाजुभाइहरू यहाँ यसको अर्थ पुरुष र महिला दुवै गरेर सङ्गी विश्‍वासीहरू हुन्छ ।
1TH 1 4 u5er figs-exclusive 1 हामीलाई थाहा छ “हामी” भन्‍ने शब्दले पावल, सिलास, र तिमोथीलाई जनाउँछ, तर थेसलोनिकेका विश्‍वासीहरूलाई होइन । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]])
1TH 1 5 ude4 οὐκ…ἐν λόγῳ μόνον 1 वचनमा मात्र होइन “हामीले भनेका कुरामा मात्र होइन”
1TH 1 5 h675 ἀλλὰ καὶ ἐν δυνάμει, καὶ ἐν Πνεύματι Ἁγίῳ 1 तर शक्तिमा पनि, पवित्र आत्मामा सम्भावित अर्थहरू हुन् १) पावल र उनका सहकर्मीहरूले पवित्र आत्माद्वारा सक्षम भएर शक्तिशाली रूपमा प्रचार गरे वा २) पवित्र आत्माले थेसलोनिकेका विश्‍वासीहरूको माझमा सुसमाचारको प्रचारको शक्तिशाली प्रभाव पर्न दिनुभयो वा ३) पवित्र आत्माले आश्‍चर्यकर्महरू, चिन्हहरू, र उदेकलाग्दा कार्यहरूको माध्यमद्वारा सुसमाचारको प्रचारको सत्यता प्रदर्शन गर्नुभयो ।
1TH 1 5 t1w3 figs-abstractnouns πληροφορίᾳ πολλῇ 1 धेरै निश्‍चयतामा भाववाचक नामपद शब्द “निश्‍चयता”लाई क्रियापदको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “त्यो सत्य थियो भनी परमेश्‍वरले तिमीहरूलाई निश्‍चित बनाउनुभयो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-abstractnouns]])
1TH 1 5 e889 οἷοι 1 कस्तो प्रकारका मानिसहरू “हामी आफैँले कसरी व्यवहार गर्‍यौँ जब”
1TH 1 6 cs49 ὑμεῖς μιμηταὶ…ἐγενήθητε 1 तिमीहरू अनुकरण गर्नेहरू भयौ “देखासिकी” गर्नुको अर्थ त्‍यस्‍तै काम गर्नु वा अर्को व्‍यक्तिको व्‍यवहारको नक्‍कल गर्नु हो ।
1TH 1 6 cl6r δεξάμενοι τὸν λόγον 1 वचन ग्रहण गर्‍यौ “सन्देशलाई स्वागत गर्‍यौ” वा “हामीले जे बताउनुपर्ने थियो सो स्वीकार गर्‍यौ”
1TH 1 6 q4gm ἐν θλίψει πολλῇ 1 ज्यादै कष्‍टहरूमा “ठुला-ठुला कष्‍टहरूको समयमा” वा “ज्यादै सतावटमा”
1TH 1 7 ml7u translate-names ἐν τῇ Ἀχαΐᾳ 1 अखैया यो एउटा प्राचीन प्रान्त हो, जहाँ अहिलेको ग्रिस पर्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]])
1TH 1 8 qyk6 figs-metonymy ὁ λόγος τοῦ Κυρίου 1 प्रभुको वचन यहाँ “वचन” भनेको “सन्देश”को लागि प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “प्रभुका शिक्षाहरू” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
1TH 1 8 sht4 figs-metaphor ἐξήχηται 1 घण्‍टी बजेको छ यहाँ थेसलोनिकीका विश्‍वासीहरूले उत्‍पन्‍न गरेका ख्रीष्‍टिएन साक्षी घण्‍टी बजाएको वा कुनै साङ्गीतिक बाजा बजाएको जस्‍तो गरी पावलले उल्‍लेख गरेका छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1TH 1 9 rd2b αὐτοὶ…ἀπαγγέλλουσιν 1 किनकि तिनीहरू आफैँले पावलले वरिपरिका क्षेत्रहरूमा पहिलेदेखि नै भएका मण्डलीहरूको उल्लेख गर्छन्, जसले थेसलोनिकीको विश्‍वासीहरूबारे सुनेका छन् ।
1TH 1 9 amc1 figs-rpronouns αὐτοὶ 1 तिनीहरू आफैँले यहाँ “तिनीहरू आफैँले” भन्‍ने शब्‍दले थेसलोनिकीका विश्‍वासीहरूका बारेमा सुनेकाहरूलाई जोड दिन प्रयोग भएको हो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-rpronouns]])
1TH 1 9 v145 figs-metonymy ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς 1 तिमीहरूको माझमा हामीले कस्तो प्रकारको स्वागत पाएका थियौँ भाववाचक नाउँ “स्‍वीकार” लाई क्रियापद “ग्रहण गर्‍यौ” वा “स्‍वागत गर्‍यौ,” लेख्‍न सकिन्‍छ । वैकल्पिक अनुवादः “तिमीहरूले हामीलाई कति न्‍यानो किसिमले ग्रहण गर्‍यौ” वा “तिमीहरूले कसरी हामीलाई न्यानो स्वागत गर्‍यौ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
1TH 1 9 u1um figs-metaphor ἐπεστρέψατε πρὸς τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων, δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ 1 तिमीहरू मूर्ति पूजा गर्न छोडेर जीवित र साँचो परमेश्‍वरको सेवा गर्न फर्क्‍यौ यहाँ “छोडेर ... फर्क्‍यौ” शब्‍द अलङ्कार हो, र यसको अर्थ कुनै व्‍यक्तिसँग निष्‍ठावन् हुन सुरु गर्ने र कसैसँग निष्‍ठावन् हुन छोड्‍ने कुरा हो । वैकल्‍पिक अनुवादः “मूर्तिपूजा गर्न छोड्‍यौ, र जीवित र साँचो परमेश्‍वरको सेवा गर्न सुरु गर्‍यौ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1TH 1 10 dg6a guidelines-sonofgodprinciples τὸν Υἱὸν αὐτοῦ 1 उहाँका पुत्र यो येशूको लागि एउटा महत्त्वपूर्ण नाउँ हो जसले परमेश्‍वरसँगको उहाँको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/guidelines-sonofgodprinciples]])
1TH 1 10 pmi8 ὃν ἤγειρεν 1 जसलाई उहाँले फेरि बिउँताउनुभयो “जसलाई परमेश्‍वरले फेरि जिउने तुल्याउनुभयो”
1TH 1 10 wba8 ἐκ τῶν νεκρῶν 1 मृतकबाट “र यसरी उहाँ फेरि मरेको हुनुहुन्‍न ।” यो वाक्‍यले मरेर पातालमा भएका सबै मानिसलाई एकसाथ जनाउँछ । तिनीहरूका बीचबाट फर्केर आउने कुरालाई पावलले फेरि जीवित हुने भनेका छन् ।
1TH 1 10 pt1s figs-exclusive τὸν ῥυόμενον ἡμᾶς 1 जसले हामीलाई छुटकारा दिनुहुन्छ यहाँ पावलले थेसलोनिकेका विश्‍वासीहरूलाई समेट्छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-inclusive]])
1TH 2 intro kt5l 0 # १ थेसलोनिकीहरू ०२ सामान्य टिपोटहरू

## यस अध्यायमा भएका विशेष अवधारणाहरू

### ख्रीष्‍टिएन साक्षी
पावलले उनको “ख्रीष्‍टिएन साक्षी”लाई सुसमाचारको सत्यताको प्रमाणको रूपमा महत्त्व दिन्छन् । पावल भन्‍दछन्, भक्त अर्थात् पवित्र हुनु भनेको गैर-ख्रीष्‍टिएनहरूलाई साक्षी दिनु पनि हो । पावलले आफ्‍नो चरित्रका बारेमा बचाउ गर्दछन्, र यसले तिनको साक्षीलाई प्रभाव पारेन । (हेर्नुहोस्ः [[rc://ne/tw/dict/bible/kt/testimony]] अनि [[rc://ne/tw/dict/bible/kt/godly]] अनि [[rc://ne/tw/dict/bible/kt/holy]])
1TH 2 1 pt75 0 जोड्ने कथनः विश्‍वासीहरूका लागि सेवा र इनामको बारेमा पावलले स्‍पष्‍ट पार्दछन् ।
1TH 2 1 gpr4 figs-rpronouns αὐτοὶ…οἴδατε 1 तिमीहरू आफैँ “तिमीहरू” र “तिमीहरू आफैँ” भन्‍ने शब्दहरूले थेसलोनिकेका विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-rpronouns]])
1TH 2 1 tdl3 ἀδελφοί 1 भाइहरू यहाँ यसले पुरुष र महिला दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरूलाई जनाउँछ ।
1TH 2 1 g6qq figs-exclusive τὴν εἴσοδον ἡμῶν 1 हाम्रो आगमन “हाम्रो” भन्‍ने शब्दले पावल, सिलास, र तिमोथीलाई जनाउँछ, तर थेसलोनिकेकी विश्‍वासीहरूलाई होइन । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]])
1TH 2 1 w584 figs-doublenegatives οὐ κενὴ γέγονεν 1 व्यर्थ भएन यसलाई सकारात्मक तवरमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवाद: “ज्यादै अर्थपूर्ण थियो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublenegatives]])
1TH 2 2 x6ez προπαθόντες καὶ ὑβρισθέντες 1 पहिले कष्‍ट भोगेका र लाजमर्दो व्यवहार गरिएका “दुर्व्यवहार र बेइज्जत गरिएका थिए”
1TH 2 2 v4dg ἐν πολλῷ ἀγῶνι 1 धेरै सङ्घर्षहरूमा “कठोर खेदोनिन्दा बीचको सङ्घर्षमा”
1TH 2 3 t7ty οὐκ ἐκ πλάνης, οὐδὲ ἐξ ἀκαθαρσίας, οὐδὲ ἐν δόλῳ 1 कुनै त्रुटी, वा अशुद्धता, वा छलबाट थिएन “सत्य, शुद्ध, र ईमानदार थियो”
1TH 2 4 is1a δεδοκιμάσμεθα ὑπὸ τοῦ Θεοῦ, πιστευθῆναι 1 भरोसा गरिनको लागि परमेश्‍वरद्वारा अनुमोदित गरिएको पावल परमेश्‍वरद्वारा जाँचिएका र भरोसायोग्‍य प्रमाणित गरिएका थिए ।
1TH 2 4 qqj2 figs-explicit λαλοῦμεν 1 हामी बोल्दछौँ पावलले सुसमाचारको सन्देश प्रचार गर्ने कुराका बारेमा उल्‍लेख गर्दै छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])
1TH 2 4 k1m9 figs-metonymy τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν 1 जसले हाम्रो हृदयहरूको जाँच गर्नुहुन्छ यहाँ “हृदय” कुनै व्‍यक्तिको इच्‍छाहरू र विचारहरूलाई जनाउने अलङ्कार शब्‍द हो । वैकल्पिक अनुवादः “जसले हाम्रा इच्छाहरू र विचारहरू जान्‍नुहुन्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
1TH 2 5 xcy6 0 सामान्य जानकारीः आफ्‍नो व्‍यवहार चाप्‍लुसी, लोभ वा आफ्‍नै महिमा गर्ने कुरामा आधारित थिएन भनेर पावलले थेसलोनिकीका विश्‍वासीहरूलाई भन्‍दछन् ।
1TH 2 5 i8cr οὔτε…ἐν λόγῳ κολακίας ἐγενήθημεν 1 हामीले कहिल्यै चाप्लुसीको बोलीसहित आएनौँ “हामीले कहिल्यै झुटो प्रशंसासाथ तिमीहरूसँग बोलेनौँ”
1TH 2 7 ag1l figs-simile ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα 1 आमाले आफ्नो बालकलाई सान्त्वना दिएजस्तै गरी जसरी आमाले आफ्नो बालकलाई कोमलतापूर्वक सान्त्वना दिन्छिन्, त्यसैगरी पावल, सिलास र तिमोथीले थेसलोनिकेका विश्‍वासीहरूसँग कोमलतासाथ बोले । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-simile]])
1TH 2 8 r8b4 οὕτως ὁμειρόμενοι ὑμῶν 1 यसरी तिमीहरूप्रति हाम्रो गहिरो प्रेम थियो “तिमीहरूप्रतिको हाम्रो गहिरो प्रेमलाई हामीले यसरी दर्सायौँ”
1TH 2 8 g73f ὁμειρόμενοι ὑμῶν 1 तिमीहरूप्रति हाम्रो स्‍नेह थियो “हामीले तिमीहरूलाई प्रेम गर्‍यौँ”
1TH 2 8 q86v figs-metaphor εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν, οὐ μόνον τὸ εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς 1 हामी तिमीहरूसँग परमेश्‍वरको सुसमाचार बाँड्‍न मात्र होइन, तर हाम्रो जीवन बाँड्‍न पनि खुसी थियौँ सुसमाचारको सन्देश र आफ्‍नो जीवन र तिनका साथमा भएका अरू मानिसहरूका जीवन कसैले अरूसँग बाँड्न मिल्‍ने भौतिक वस्‍तु हो झैँ गरी पावलले भनेका छन् । वैकल्‍पिक अनुवादः “तिमीहरूसँग परमेश्‍वरको सुसमाचार भन्‍न मात्र होइन तर तिमीहरूसँग समय बिताउन र तिमीहरूलाई मदत पुर्‍याउन पनि हामी आनन्दित थियौँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1TH 2 8 p4e4 ἀγαπητοὶ ἡμῖν ἐγενήθητε 1 हाम्रा निम्ति तिमीहरू ज्यादै प्यारो भएका थियौ “हामीले तिमीहरूलाई गहिरोसँग वास्ता गर्‍यौँ”
1TH 2 9 j9lu ἀδελφοί 1 भाइहरू यसले दुवै पुरुष र महिला गरेर सङ्गी ख्रीष्‍टिएनहरूलाई जनाउँछ ।
1TH 2 9 tc98 figs-doublet τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον 1 हाम्रो परिश्रम र मेहनत सामान्यतया “परिश्रम” र “मेहनत” भन्‍ने शब्दहरूको अर्थ उस्तै हुन्छ । पावलले तिनीहरूको निम्ति कति धेरै कडा परिश्रम गरेका थिए भन्‍ने कुरालाई जोड दिनको निम्ति ती शब्दहरू प्रयोग गरेका थिए । वैकल्पिक अनुवादः “हामीले कति कडा परिश्रम गर्‍यौँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublet]])
1TH 2 9 b16f νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν 1 हामीले दिन र रात परिश्रम गर्‍यौँ, ताकि तिमीहरूका लागि हाम्रो कुनै बोझ नहोस् “आफ्नो जीविकाको निम्ति हामीले कडा परिश्रम गर्‍यौँ, ताकि तिमीहरूले हामीलाई सहायता गर्नु नपरोस्”
1TH 2 10 il3e ὁσίως, καὶ δικαίως, καὶ ἀμέμπτως 1 पवित्र, धार्मिक, र दोषरहित तिनीहरूले थेसलोनिकेकी विश्‍वासीहरूलाई ज्यादै असल तरिकाले व्यवहार गरेका थिए भन्‍ने कुरा वर्णन गर्नलाई पावल यी तीनवटा शब्दको प्रयोग गर्छन् ।
1TH 2 11 i58m figs-metaphor ὡς πατὴρ τέκνα ἑαυτοῦ 1 पिता आफ्नै सन्तानहरूसँग जस्तो पावलले थेसलोनिकीहरूलाई कसरी उत्साह दिएका थिए भन्‍ने कुरालाई उनले पिताले आफ्ना सन्तानहरूलाई कसरी व्यवहार गर्ने भनेर सिकाएको कुरासँग तुलना गर्छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1TH 2 12 m91e figs-doublet παρακαλοῦντες ὑμᾶς, καὶ παραμυθούμενοι, καὶ μαρτυρόμενοι…ὑμᾶς 1 तिमीहरूलाई अर्ती दिदैँ र उत्साह दिदैँ र आग्रह गर्दै पावलले झुण्डले कसरी जोसका साथ थेसलोनिकेका विश्‍वासीहरूलाई उत्साह दिएका थिए भन्‍ने कुरालाई व्यक्त गर्न “अर्ती”, “उत्साह”, र “आग्रह” शब्दहरू सँगै प्रयोग गरिएका छन् । वैकल्पिक अनुवादः “हामीले तिमीहरूलाई जोडका साथ उत्साह दिइरहेका थियौँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublet]])
1TH 2 12 n8dr figs-hendiadys εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν 1 उहाँको आफ्नै राज्य र महिमामा “महिमा” भन्‍ने शब्दले “राज्य” भन्‍ने शब्दलाई वर्णन गर्दछ । वैकल्पिक अनुवादः “उहाँको आफ्नै महिमामय राज्यमा” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-hendiadys]])
1TH 2 12 qmc3 figs-metaphor εἰς τὸ περιπατεῖν ὑμᾶς ἀξίως τοῦ Θεοῦ 1 परमेश्‍वरको योग्‍यको भएर हिँड्नु यहाँ “हिँड्नु” भनेको “जिउनु”लाई जनाउने अलङ्कार हो । वैकल्‍पिक अनुवादः “जीवन बिताओ, र यसरी मानिसहरूले परमेश्‍वरको बारेमा असल कुरा भन्‍न सकून्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1TH 2 13 au3b 0 सामान्य जानकारीः आफू र आफूसँग भएका यात्रा सहकर्मीहरूलाई जनाउन “हामी” र थेसलोनिकीका विश्‍वासीहरूलाई जनाउन “तिमीहरू” शब्‍दहरूको प्रयोग पावलले निरन्‍तर रूपमा गरेका छन् ।
1TH 2 13 z53w καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ Θεῷ ἀδιαλείπτως 1 हामी परमेश्‍वरलाई निरन्तर धन्यवाद पनि दिन्छौँ पावलले तिनीहरूसँग बाँडेको सुसमाचारको सन्‍देशलाई तिनीहरूले स्‍वीकार गरेका कारणले तिनले परमेश्‍वरलाई निरन्‍तर धन्‍यवाद दिन्छन् ।
1TH 2 13 zj5f figs-synecdoche οὐ λόγον ἀνθρώπων 1 मानिसको वचन जसरी होइन “मानिस आफैँले प्रचार गरेको सन्‍देश” लाई जनाउन यहाँ “मानिसको वचन” उपलक्षणाको रूपमा प्रयोग भएको हो । वैकल्‍पिक अनुवादः “(यो) सन्‍देश मानिसले बनाएको सन्‍देश होइन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-synecdoche]])
1TH 2 13 rpb1 figs-metonymy λόγον Θεοῦ 1 तिमीहरूले परमेश्‍वरको वचनलाई यो वास्तवमा जस्तो हो त्यस्तै ग्रहण गर्‍यौ यहाँ “वचन” शब्‍द “सन्देश”लाई जनाउने उपलक्षणा हो । वैकल्‍पिक अनुवादः “तिमीहरूले परमेश्‍वरवाट आएको सन्देशलाई जस्‍ताको तस्‍तै ग्रहण गर्‍यौ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
1TH 2 13 ci1e figs-personification ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν 1 जसले तिमी विश्‍वास गर्नेहरूमा काम गर्दछ परमेश्‍वरको सुसमाचारको सन्‍देश काम गरिरहने कुनै व्‍यक्ति हो झैँ गरी पावलले भनेका छन् । “वचन” शब्‍द “सन्देश”लाई जनाउने उपलक्षणा हो । वैकल्‍पिक अनुवादः “तिमी विश्‍वास गर्नेहरूले सुन्‍छौ र आज्ञापालन गर्न सुरु गरेका छौ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-personification]] अनि [[rc://ne/ta/man/translate/figs-metonymy]])
1TH 2 14 s2mp ἀδελφοί 1 भाइहरू यहाँ यसको अर्थ पुरुष र महिला दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरू हुन्छ ।
1TH 2 14 mh8n μιμηταὶ ἐγενήθητε…τῶν ἐκκλησιῶν 1 मण्डलीहरूको अनुकरण गर्नेहरू भए थेसलोनिकी विश्‍वासीहरूले यहूदीयाका विश्‍वासीहरूको जस्तै सतावट भोगे । “मण्डलीहरू जस्तै भए”
1TH 2 14 cxm3 ὑπὸ τῶν ἰδίων συμφυλετῶν 1 तिमीहरूका आफ्नै देशवासीहरूबाट “अरू थेसलोनिकीहरूबाट”
1TH 2 16 rw7e κωλυόντων ἡμᾶς…λαλῆσαι 1 तिनीहरूले हामीलाई बोल्न मनाही गर्छन् “तिनीहरूले हामीलाई बोल्नलाई रोक्‍न खोज्छन्”
1TH 2 16 n2ue figs-metaphor εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε 1 तिनीहरू सधैँ आफ्नै पापहरू भर्छन् कुनै मानिसले पानीले भाँडो भरे झैँ गरी उसका आफ्‍नै पापहरूले भाँडो भर्न सक्‍ने जस्तै गरी पावलले बताउँदछन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1TH 2 16 fq9m ἔφθασεν…ἐπ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος 1 तिनीहरूलाई अन्तमा क्रोधले ढाक्नेछ मानिसहरूका पापका लागि परमेश्‍वरले आखिरीमा तिनीहरूको न्‍याय गर्नुहुने र दण्‍ड दिनुहुने कुरालाई यसले जनाउँछ ।
1TH 2 17 edb1 ἀδελφοί 1 भाइहरू यसको अर्थ पुरुष र महिला दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरू हुन्छ ।
1TH 2 17 vr7v figs-metonymy προσώπῳ οὐ καρδίᾳ 1 उपस्थितिमा, हृदयमा होइन यहाँ “हृदय” शब्‍दले विचारहरू र भावनाहरूलाई जनाउँछ । पावल र तिनका यात्रा सहकर्मीहरू भौतिक रूपमा थेसलोनिकीमा थिएनन् । तापनि तिनीहरूले निरन्‍तर रूपमा त्‍यहाँका विश्‍वासीहरूको वास्‍ता र विचार गर्दछन् । वैकल्पिक अनुवादः “शरीरमा, तर हामीले तिमीहरूको बारेमा निरन्तर सोच्यौँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
1TH 2 17 t5d5 figs-synecdoche τὸ πρόσωπον ὑμῶν ἰδεῖν 1 तिमीहरूको मुहार हेर्न यहाँ “तिमीहरूको मुहार” शब्‍दले सम्पूर्ण व्यक्तिको अर्थ दिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूलाई भेट्न” वा “तिमीहरूसँग हुन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-synecdoche]])
1TH 2 19 j7j5 figs-rquestion τίς γὰρ ἡμῶν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως? ἢ οὐχὶ καὶ ὑμεῖς, ἔμπροσθεν τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ, ἐν τῇ αὐτοῦ παρουσίᾳ? 1 किनकि प्रभु येशूको सामुन्‍ने उहाँको आगमनमा हाम्रो आशा, वा आनन्द, वा गौरवको मुकुट के हो ? तिमीहरू नै होइनौ र ? पावलले थेसलोनिकीका विश्‍वासीहरूसँग भेट गर्न जाने कारणमा जोड दिनलाई प्रश्‍नको प्रयोग गर्दछन् । वैकल्पिक अनुवादः “किनकि तिमीहरू, अरू विश्‍वासीहरू जस्तै, प्रभु येशूको सामुन्‍ने उहाँको आगमनमा भविष्यको निम्ति हाम्रो निश्‍चयता, र आनन्द, र गौरवको मुकुट हौ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-rquestion]])
1TH 2 19 mj9n figs-metonymy ἡμῶν ἐλπὶς…ἢ οὐχὶ καὶ ὑμεῖς 1 हाम्रो आशा ... के तिमीहरू नै होइनौ र परमेश्‍वरले आफ्‍नो कामको लागि इनाम दिनुहुन्‍छ भन्‍ने निश्‍चयता जनाउन पावलले “आशा” भनेका हुन् । तिनको आफ्‍नो आशाका लागि थेसलोनिकीका ख्रीष्‍टिएनहरू कारण हुन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
1TH 2 19 ty78 figs-metonymy ἢ χαρὰ 1 वा आनन्द थेसलोनिकीहरू उनको आनन्दको कारण हुन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
1TH 2 19 e7tl figs-metonymy στέφανος καυχήσεως 1 गौरवको मुकुट यहाँ “मुकुट” शब्‍दले विजयी खेलाडीहरूलाई सम्‍मान स्‍वरूप प्रदान गर्ने पात गाँसेर बनाएको मुकुटलाई जनाउँछ । “महिमाको मुकुट” को अर्थ विजयी भएको वा उत्तम नतिजा ल्‍याएको लागि दिने इनाम हो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
1TH 3 intro j379 0 # १ थेसलोनिकीहरू ०३ सामान्य टिपोटहरू

## यस अध्यायमा भएका विशेष अवधारणाहरू

### खडा रहने
यस अध्‍यायमा दह्रिलो हुने कुरालाई पावलले “स्‍थिर रहने” कुरा गर्दछन् । दह्रिलो हुने वा विश्‍वासयोग्य हुने कुरालाई स्‍पष्‍ट पार्ने यो सामान्‍य तरिका हो । दह्रिलो हुने कुराको विपरित अर्थ जनाउन पावलले “खलबलिने” शब्‍द प्रयोग गर्दछन् । (हेर्नुहोस्ः [[rc://ne/tw/dict/bible/kt/faithful]])
1TH 3 1 nal1 0 जोड्ने कथनः पावलले विश्‍वासीहरूलाई बताउँछन् कि तिनीहरूको विश्‍वासलाई बलियो बनाउनका लागि उनले तिमोथीलाई पठाएका छन् ।
1TH 3 1 fqe3 μηκέτι στέγοντες 1 हामीले यसलाई थप सहन सकेनौँ “हामी तिमीहरूको चिन्ता थप लिइरहन सकेनौँ”
1TH 3 1 t3vt ηὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μόνοι 1 एथेन्समा एकलै छोडिन असल ठान्यौँ “सिलास र मलाई एथेन्समा रहन असल लाग्यो”
1TH 3 1 qhj4 ηὐδοκήσαμεν 1 त्यो असल थियो “त्यो ठिक थियो” वा “त्यो सुहाउँदो थियो”
1TH 3 1 laf9 translate-names Ἀθήναις 1 एथेन्स अखैया प्रान्तमा रहेको एउटा सहर हो, जुन अहिलेको आधुनिक ग्रीसमा पर्दछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]])
1TH 3 2 d8yy τὸν ἀδελφὸν ἡμῶν, καὶ διάκονον 1 हाम्रा भाइ र सङ्गी सेवक यी दुवै वाक्‍यले तिमोथीलाई जनाउँछन् ।
1TH 3 3 y74m figs-idiom μηδένα σαίνεσθαι 1 ताकि कोही पनि नडग्‍मगाओस् “डग्‍मगाउने” शब्‍द डराउने जनाउने लक्षणा हो । वैकल्‍पिक अनुवादः “ख्रीष्‍टलाई विश्‍वास गर्न कोही पनि डराउने छैन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-idiom]])
1TH 3 3 rkx9 figs-explicit κείμεθα 1 हामी नियुक्त गरिएका छौँ परमेश्‍वरले नै पावललाई नियुक्त गर्नुभयो भनेर हरेक ख्रीष्‍टिएनलाई थाहा छ भन्‍ने अनुमान पावलले गर्दछन् । यसलाई स्‍पष्‍ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले हामीलाई नियुक्त गर्नुभएको छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])
1TH 3 4 nm1l θλίβεσθαι 1 कष्‍ट सहन “अरूहरूबाट दुर्व्यवहार गरिन”
1TH 3 5 st3d figs-idiom κἀγὼ μηκέτι στέγων 1 मैले थप खप्न सकिन पावलले एउटा लक्षणाको प्रयोग गरी तिनको आफ्‍नै भावनाहरूको वर्णन गरेका छन् । वैकल्‍पिक अनुवादः “मैले धैर्य गरी पर्खन सकिनँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-idiom]])
1TH 3 5 zn36 figs-explicit ἔπεμψα 1 मैले पठाएँ यसको अर्थ पावल आफैँले तिमोथीलाई पठाए । यसलाई स्‍पष्‍ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “मैले तिमोथीलाई पठाएँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])
1TH 3 5 g92s ὁ κόπος ἡμῶν 1 हाम्रो परिश्रम “तिमीहरूका बीचमा हामीले गरेका कडा मेहनतको काम” वा “हामीले तिमीहरूका बीचमा सिकाएका कुराहरू”
1TH 3 5 ne5x εἰς κενὸν 1 व्यर्थमा “बेकम्मा”
1TH 3 6 r4pa 0 जोड्ने कथनः तिमोथीले थेसलोनिकीसँग भेटघाट गरी फर्केर पावललाई खबर दिएपछि पावलले ती कुरा आफ्‍ना पाठकहरूलाई भनेका छन् ।
1TH 3 6 gci4 figs-exclusive πρὸς ἡμᾶς 1 हामीकहाँ आए “हामी” भन्‍ने शब्दले पावल र सिलासलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]])
1TH 3 6 tu8d figs-explicit τὴν πίστιν…ὑμῶν 1 तिमीहरूको विश्‍वासको सुसन्देश यस कुराले ख्रीष्‍टमा भएको विश्‍वासलाई जनाउँछ भन्‍ने बुझ्‍न सकिन्‍छ । यसलाई स्‍पष्‍ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूको विश्‍वासको असल प्रतिवेदन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])
1TH 3 6 e6kx ἔχετε μνείαν…ἀγαθὴν πάντοτε 1 तिमीहरूमा सधैँ असल सम्झना छ तिनीहरूले पावलका बारेमा विचार गर्दा तिनीहरूसँग सधैँ असल विचारहरू मात्र छन् ।
1TH 3 6 tx4h ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν 1 तिमीहरूले हामीलाई भेट्न चाहन्छौ “तिमीहरू हामीलाई भेट्ने इच्छुक छौ”
1TH 3 7 mqy5 ἀδελφοί 1 भाइहरू यहाँ “भाइहरू”को अर्थ सङ्गी ख्रीष्‍टिएनहरू हुन्छ ।
1TH 3 7 k54j figs-explicit διὰ τῆς ὑμῶν πίστεως 1 तिमीहरूको विश्‍वासको कारण यस कुराले ख्रीष्‍टमा भएको विश्‍वासलाई जनाउँछ । यसलाई स्‍पष्‍ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “ख्रीष्‍टमा तिमीहरूको विश्‍वासको कारण” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])
1TH 3 7 csz7 figs-doublet ἐπὶ πάσῃ τῇ ἀνάγκῃ καὶ θλίψει ἡμῶν 1 हाम्रा सबै कष्‍ट र हैरानीमा “कष्‍ट” भन्‍ने शब्दले तिनीहरू किन “हैरानीमा” छन् भन्‍ने कुरालाई व्याख्या गर्दछ । वैकल्पिक अनुवादः “हाम्रो कष्‍टहरूले दिएको हाम्रा सबै हैरानीहरूमा” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublet]])
1TH 3 8 x5xt figs-idiom ζῶμεν 1 हामी जिउँछौँ यो लक्षणा हो, र यसले सन्‍तुष्‍ट जीवन बिताउने कुराको बारेमा बताउँछ । वैकल्पिक अनुवादः “हामी ज्यादै उत्साहित भएका छौँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-idiom]])
1TH 3 8 x4zn figs-idiom ἐὰν ὑμεῖς στήκετε ἐν Κυρίῳ 1 यदि तिमी प्रभुमा स्थिरसँग खडा भयौ भने “स्थिरसँग खडा हुनु” एउटा उपमा हो जसको अर्थ निरन्तर विश्‍वासयोग्य रहनु हो । वैकल्पिक अनुवादः “यदि तिमीले प्रभुमा भरोसा गरिराख्यौ भने” (युडीबी) (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-idiom]])
1TH 3 9 pzq7 figs-rquestion τίνα γὰρ εὐχαριστίαν δυνάμεθα τῷ Θεῷ ἀνταποδοῦναι περὶ ὑμῶν, ἐπὶ πάσῃ τῇ χαρᾷ ᾗ χαίρομεν δι’ ὑμᾶς, ἔμπροσθεν τοῦ Θεοῦ ἡμῶν 1 तिमीहरूका कारण हामीमा भएको आनन्‍दको लागि परमेश्‍वरको सामु हामी कसरी परमेश्‍वरलाई धन्‍यवाद चढाउन सक्‍छौँ ? यस आलङ्कारिक प्रश्‍नलाई एउटा कथनको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिमीहरूका लागि जे गर्नुभएको छ, त्‍यसका लागि हामीले उहाँलाई दिनुपर्ने जति धन्‍यवाद दिन सक्‍दैनौँ ! हाम्रा परमेश्‍वरमा हामीले प्रार्थना चढाउँदा हामी धेरै आनन्‍दित हुन्‍छौँ !” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-rquestion]])
1TH 3 9 p5ka figs-metaphor ἔμπροσθεν τοῦ Θεοῦ ἡμῶν 1 हाम्रा परमेश्‍वरको सामु पावल र तिनका सहकर्मीहरू भौतिक रूपमा नै परमेश्‍वरको उपस्‍थितिमा भए झैँ तिनले कुरा गरेका छन् । तिनले शायद प्रार्थनाको कार्यकलापलाई जनाउन खोजेका हुन सक्‍छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1TH 3 10 k71n ὑπέρἐκπερισσοῦ 1 ज्यादै कडा “तीव्रताका साथ”
1TH 3 10 eb26 figs-synecdoche εἰς τὸ ἰδεῖν ὑμῶν τὸ πρόσωπον 1 तिम्रो मुहार हेर्न “मुहार” शब्‍दले तिनीहरूका सम्‍पूर्ण व्‍यक्तित्वलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीलाई भेट्न” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-synecdoche]])
1TH 3 11 tet9 0 सामान्य जानकारीः यी पदमा, “हाम्रा” शब्‍दले सधैँ एकै समूहका मानिसहरूलाई जनाउँदैन । कृपा गरी विशेष अर्थ बुझ्‍नलाई अनुवादका टिपोटहरूलाई हेर्नुहोस् ।
1TH 3 11 bql9 figs-exclusive ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν…ὁ Κύριος ἡμῶν 1 हाम्रा परमेश्‍वर ... हाम्रा प्रभु येशू पावलले आफ्‍नो सेवाकार्यको समूहभित्र थेसलोनिकीका विश्‍वासीहरूलाई समावेश गर्दछन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-inclusive]])
1TH 3 11 mc2m ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν…κατευθύναι 1 हाम्रा परमेश्‍वरले “हामी प्रार्थना गर्छौं कि हाम्रा परमेश्‍वरले”
1TH 3 11 um1c figs-metaphor κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς 1 तिमीहरूकहाँ हाम्रो बाटो निर्देशन गर्न थेसलोनिकीका ख्रीष्‍टिएनहरूसँग भेटघाट गर्न जान पावल र तिनका सहयात्री मित्रहरूलाई परमेश्‍वरले मार्गदर्शन गरून् भन्‍ने तिनको इच्‍छा रहेको छ । तिनले भन्‍न खोजेको कुराको अर्थ परमेश्‍वरले तिनीहरूलाई त्‍यसो गर्न सक्षम तुल्‍याउन् भन्‍ने हो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1TH 3 11 efl5 figs-exclusive τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς 1 तिमीहरूकहाँ हाम्रो बाटो निर्देशन गर्न “हाम्रो” भन्‍ने शब्दले पावल, सिलास, र तिमोथीलाई जनाउँछ, तर थेसलोनिकेका विश्‍वासीहरूलाई होइन । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]])
1TH 3 11 mp6s figs-rpronouns αὐτὸς…Πατὴρ 1 पिता आफैँ यहाँ “आफैँ” भन्‍ने शब्द जोड दिनको लागि फिर्ता पितालाई नै जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-rpronouns]])
1TH 3 12 f5z3 figs-metaphor ὑμᾶς…ὁ Κύριος πλεονάσαι καὶ περισσεύσαι τῇ ἀγάπῃ 1 वृद्धि हुने र प्रेममा प्रशस्त हुने प्रेम कुनै वस्तु हो र कसैले यसबाट धेरै प्राप्‍त गर्न सक्‍दछ भने झैँ गरी पावलले भनेका छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1TH 3 13 ly21 figs-metonymy εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας, ἀμέμπτους 1 तिमीहरूला हृदयहरूलाई बलिया पार, ताकि ती ... यहाँ “हृदय” चाहिँ कसैको विश्‍वास र कसैलाई बोध हुने कुराहरूलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “तिमीहरूलाई बलिया ... , ताकि तिमीहरू ... हुन सक” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
1TH 3 13 xsd3 ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ 1 हाम्रा प्रभु येशूको आगमनमा “जब येशू पृथ्वीमा फर्केर आउनुहुन्छ”
1TH 3 13 jlc5 μετὰ πάντων τῶν ἁγίων αὐτοῦ 1 उहाँका सबै सन्तहरूसँग “जो उहाँका हुन् ती सबैसँग”
1TH 4 intro b1z5 0 # १ थेसलोनिकीहरू ०४ सामान्य टिपोटहरू

## यस अध्यायमा भएका विशेष अवधारणाहरू

### यौन अनैतिकता
यौनको अनैतिकताका बारेमा भिन्‍नभिन्‍न संस्‍कृतिमा भिन्‍नभिन्‍न मानकहरू भएको पाइन्छ । यस्‍ता विभिन्‍न संस्‍कृतिक मानकले गर्दा यो खण्ड अनुवाद गर्न कठिनाइ पर्न सक्‍छ । संस्‍कृतिक रूपमा निषेधित कुराका बारेमा पनि अनुवादकहरू जानकार हुनुपर्दछ । यी शीर्षकमा छलफल गर्न समेत उचित मानिँदैन ।

### ख्रीष्‍टको दोस्रो आगमनभन्‍दा पहिला मृत्‍यु हुने
सुरुको मन्‍डलीमा, ख्रीष्‍टको दोस्रो आगमनभन्‍दा पहिला नै विश्‍वासीहरू मरे भने के हुने होला भनेर विश्‍वासीहरू अलमलमा परेका थिए । ख्रीष्‍टको दोस्रो आगमनभन्‍दा पहिला मर्ने विश्‍वासीहरू परमेश्‍वरको राज्‍यका सहभागीहरू होलान् कि नहोलान् भनेर तिनीहरू चिन्‍तामा परेका थिए । त्‍यो चासोको विषयमा पावलले जवाफ दिएका छन् ।

### “प्रभुलाई आकाशमा भेट्नलाई बादलमा लगिएका”
यो खण्‍डले येशूले उहाँमाथि विश्‍वास गर्नेहरूलाई आफूकहाँ बोलाउनुहुने समयलाई जनाउँछ । यसले येशूको आखिरी महिमामय पुनरागमनलाई जनाउँछ वा जनाउँदैन भन्‍ने बारेमा भने विद्वानहरूका बिचमा मतभेद भएको पाइन्‍छ । (हेर्नुहोस्ः [[rc://ne/tw/dict/bible/kt/believe]])
1TH 4 1 wk39 ἀδελφοί 1 भाइहरू यहाँ “भाइहरू”को अर्थ सङ्गी ख्रीष्‍टिएनहरू हुन्छ ।
1TH 4 1 u2lw figs-doublet ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν 1 हामी तिमीहरूलाई उत्साह र अर्ती दिन्छौँ पावलले तिनीहरूलाई अत्यन्तै उत्साह दिएका थिए भन्‍ने कुरालाई जोड दिनलाई “उत्साह” र “अर्ती” शब्दहरू प्रयोग गरेका हुन् । वैकल्पिक अनुवादः “हामी तिमीहरूलाई अत्यन्तै उत्साह दिन्छौँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublet]])
1TH 4 1 iij6 figs-activepassive παρελάβετε παρ’ ἡμῶν 1 तिमीहरूले हामीबाट निर्देशनहरू पायौ यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीले तिमीहरूलाई सिकायौँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
1TH 4 1 p4db figs-metaphor δεῖ ὑμᾶς περιπατεῖν 1 तिमीहरू हिँड्नैपर्छ यहाँ “हिँड्नु” भन्‍ने शब्दले एउटा मानिसले जिउने तरिकालाई व्यक्त गर्दछ । वैकल्पिक अनुवादः “तिमीहरू जिउनुपर्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1TH 4 2 vg16 figs-metaphor διὰ τοῦ Κυρίου Ἰησοῦ 1 हाम्रा प्रभु येशूद्वारा पावल आफूले दिने सुझावहरू स्‍वयम् येशूले नै दिनुभए झैँ गरी पावलले भनेका छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1TH 4 3 mw4j ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνείας 1 तिमीहरू यौन अनैतिकताबाट अलग बस्‍नू “तिमीहरू यौन अनैतिक कार्यहरूबाट टाढा रहनू”
1TH 4 4 f4ux εἰδέναι…τὸ ἑαυτοῦ σκεῦος, κτᾶσθαι 1 उसको आफ्नै भाँडालाई कसरी लिने हो थाहा पाउनु सम्भावित अर्थहरू हुन् १) “उसको आफ्नो श्रीमतीसँग कसरी जिउने थाहा पाउनु” वा २) “उसको आफ्नो शरिरलाई कसरी नियन्त्रण गर्ने थाहा पाउनु”
1TH 4 5 x2t7 ἐν πάθει ἐπιθυμίας 1 कामवासनाको आवेगमा “गलत यौन क्रियाकलापको चाहनासँग”
1TH 4 6 gn9i figs-gendernotations 1 मानिस होइन यहाँ “मानिस” शब्दले पुरुष वा स्‍त्रीलाई जनाउँछ । “कोही होइन” वा “कुनै व्यक्ति होइन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-gendernotations]])
1TH 4 6 a9st figs-doublet ὑπερβαίνειν καὶ πλεονεκτεῖν 1 अपराध गर्नु र गल्ती गर्नु यो एउटै कुरालाई दुई तवरले भनेर अवधारणालाई जोड दिने तरिका हो । वैकल्पिक अनुवादः “गलत कुराहरू गर्नु” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublet]])
1TH 4 6 q7bf figs-explicit ἔκδικος Κύριος 1 प्रभु बदला लिने व्यक्ति हुनुहुन्छ यसलाई स्‍पष्‍ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “अपराध गर्नेलाई प्रभुले दण्ड दिनुहुनेछ र अन्याय हुनेलाई उहाँले जोगाउनुहुनेछ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])
1TH 4 6 d1ip καὶ προείπαμεν ὑμῖν καὶ διεμαρτυράμεθα 1 तिमीहरूलाई अगिबाटै चेताउनी दिइसक्यौँ र गवाही दिइसक्यौँ “तिमीहरूलाई पहिल्यै बतायौँ र कडासँग चेताउनी दियौँ”
1TH 4 7 v3np figs-doublenegatives οὐ…ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐπὶ ἀκαθαρσίᾳ, ἀλλ’ ἐν ἁγιασμῷ 1 परमेश्‍वरले हामीलाई अशुद्धताको लागि होइन, तर पवित्रताको लागि बोलाउनुभएको हो यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले हामीलाई शुद्धता र पवित्रताको लागि बोलाउनुभयो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublenegatives]])
1TH 4 7 q4tj figs-exclusive οὐ…ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς 1 परमेश्‍वरले हामीलाई बोलाउनुभएन “हामीलाई” भन्‍ने शब्दले सबै विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-inclusive]])
1TH 4 8 mn5y ὁ ἀθετῶν 1 जसले यसलाई इन्कार गर्छ “जसले यो शिक्षालाई महत्त्व दिँदैन” वा “जसले यो शिक्षालाई बेवास्ता गर्छ”
1TH 4 8 su51 ἀθετῶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν 1 मानिसहरूलाई इन्कार गर्दैन, तर परमेश्‍वरलाई पावलले आफ्‍नो शिक्षा मानिसबाट होइन, तर परमेश्‍वरबाट नै आएको हो भन्‍ने कुरामा तिनले जोड दिएका छन् ।
1TH 4 9 uxn8 τῆς φιλαδελφίας 1 भातृ प्रेम “सङ्गी विश्‍वासीहरूको लागि प्रेम”
1TH 4 10 dec9 ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς, τοὺς ἐν ὅλῃ τῇ Μακεδονίᾳ 1 तिमीहरूले माकेडोनियामा भएका सबै भाइहरूका लागि यसै गर्छौ “तिमीहरूले माकेडोनियाभरी भएका सबै विश्‍वासीहरूलाई प्रेम देखाउँछौ”
1TH 4 10 jcg3 ἀδελφοὺς 1 भाइहरू यहाँ “भाइहरू”को अर्थ सङ्गी ख्रीष्‍टिएनहरू हुन्छ ।
1TH 4 11 d2fg φιλοτιμεῖσθαι 1 आकाङ्क्षा राख्‍न “कोसिस गर्न”
1TH 4 11 j4c7 figs-metaphor ἡσυχάζειν 1 शान्त तवरमा जिउनु कसैले आफ्‍नो समुदायसँग शान्‍तिपूर्ण किसिमले जिउने र झगडा उत्‍पन्‍न नगर्ने कुरालाई स्‍पष्‍ट पार्न पावलले “शान्‍त तवरमा” भन्‍ने शब्‍द प्रयोग गर्दछन् । वैकल्‍पिक अनुवादः “शान्‍त र व्‍यवस्‍थित किसिमले जिउने” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1TH 4 11 jmt9 figs-explicit πράσσειν τὰ ἴδια 1 तिमीहरूको आफ्नै जिम्मेवारीहरूमा ध्यान देओ “तिमीहरूको आफ्नै काम गर” वा “तिमीहरू जिम्मेवार भएका कुराहरूको ख्याल गर ।” यसको अर्थ हामीले अरू मानिसको चासोमा निन्‍दा र हस्‍तक्षेप पनि गर्न हुँदैन । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])
1TH 4 11 bz8s figs-metaphor ἐργάζεσθαι ταῖς ἰδίαις χερσὶν ὑμῶν 1 तिम्रै हातले काम गर उत्‍पादनशील जीवन यापन गर्नका लागि यो एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “आफ्नो जीविकाको निम्ति खाँचो पर्ने थोकहरू कमाउनको निम्ति तिमीहरूको आफ्नै पेशा गर” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1TH 4 12 hp6g figs-metaphor περιπατῆτε εὐσχημόνως 1 ठिकसँग हिँड यहाँ “हिँड्नु” शब्‍द चाहिँ “जिउने” वा “व्‍यवहार गर्ने” कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “ठीकसँग व्यवहार गर” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1TH 4 12 yl36 εὐσχημόνως 1 ठीकसँग अरूहरूलाई आदर देखाउने र तिनीहरूको आदर कमाउने तरिकामा
1TH 4 12 k59r figs-metaphor πρὸς τοὺς ἔξω 1 बाहिरकाहरूको अगाडि ख्रीष्‍टलाई विश्‍वास नगर्नेहरूका बारेमा तिनीहरू विश्‍वासीहरू बसेका ठाउँदेखि बाहिर र टाढा छन् भनेजस्‍तो गरी पावलले कुरा गरेका छन् । “तिनीहरूको नजरमा जसले ख्रीष्‍टमा विश्‍वास गर्दैनन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1TH 4 13 j68e 0 सामान्य जानकारीः मृत्‍यु भइसकेका ख्रीष्‍टिएन विश्‍वासीहरू, अझै जिवित रहेका ख्रीष्‍टिएनहरू, र ख्रीष्‍टको पुनरागमनको समयमा जीवित रहेका ख्रीष्‍टिएनहरूको विषयमा पावलले कुरा गर्छन् ।
1TH 4 13 d9g4 οὐ θέλομεν…ὑμᾶς ἀγνοεῖν 1 हामी तिमीहरू अन्जान हौ भन्‍ने चाहँदैनौँ यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी तिमीहरूले जानेको चाहन्छौँ” वा “हामी तिमीहरूले थाहा पाएको चाहन्छौँ”
1TH 4 13 wt7l ἀδελφοί 1 भाइहरू यहाँ “भाइहरू”को अर्थ सङ्गी ख्रीष्‍टिएनहरू हुन्छ ।
1TH 4 13 zqz6 figs-euphemism τῶν κοιμωμένων 1 तिनीहरू जो सुत्छन् यहाँ “सुत्नु” भनेको मृत रहेको कुरालाई जनाउने मृदुभाषी शब्द हो । वैकल्‍पिक अनुवादः “तिनीहरू जो मरेका छन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-euphemism]])
1TH 4 13 r9f8 ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ 1 ताकि तिमीहरूले बाँकीले जस्तै शोक नमनाओ “किनभने हामी तिमीहरूले बाँकीले जस्तै शोक मनाएको चाहँदैनौँ”
1TH 4 13 qt5b μὴ λυπῆσθε 1 दुःख मान्नु शोक मनाउनु, केही कुराको लागि निरास हुनु
1TH 4 13 rl73 figs-explicit καθὼς καὶ οἱ λοιποὶ, οἱ μὴ ἔχοντες ἐλπίδα 1 आशा नभएका बाँकी मानिसहरू जस्तै “भविष्यको प्रतिज्ञामा विश्‍वास नभएका मानिसहरूजस्‍ता ।” ती मानिसले जे कुरामा विश्‍वास गर्दैनन्, त्‍यो स्‍पष्‍ट रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “मृत्‍युबाट आफ्‍नो पुनरुत्थान हुन्‍छ भनेर दृढ भरोसा नभएका मानिसहरूजस्‍ता” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])
1TH 4 14 ybz6 figs-exclusive εἰ…πιστεύομεν 1 यदि हामी विश्‍वास गर्छौ भने यहाँ “हामी”ले पावल र उनका श्रोतागणलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-inclusive]])
1TH 4 14 kmk2 ἀνέστη 1 फेरि जिइ उठ्नुभयो “फेरि जिउनको लागि उठ्नुभयो”
1TH 4 14 bi9w figs-euphemism τοὺς κοιμηθέντας 1 तिनीहरू जो उहाँमा निदाएका छन् यहाँ “निदाएका” भनेको मरेको कुरालाई जनाउने नरम शैली हो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-euphemism]])
1TH 4 15 ni3m figs-metonymy ἐν λόγῳ Κυρίου 1 प्रभुको वचनद्वारा “वचन” शब्‍द लक्षणा हो, र यसले सन्देशलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “प्रभुका शिक्षाहरूलाई बुझ्‍ने माध्यमद्वारा” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
1TH 4 15 b786 εἰς τὴν παρουσίαν τοῦ Κυρίου 1 प्रभुको आगमनमा “जब प्रभु फर्कनुहुन्छ”
1TH 4 16 ah7p αὐτὸς ὁ Κύριος…καταβήσεται 1 प्रभु स्वयम् ओर्ली आउनुहुनेछ “प्रभु स्वयम् तल आउनुहुनेछ”
1TH 4 16 z9ka ἀρχαγγέλου 1 प्रधान स्वर्गदूत “मुख्य स्वर्गदूत”
1TH 4 16 dr89 figs-explicit οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον 1 ख्रीष्‍टमा मरेकाहरू पहिला जिई उठ्नेछन् “ख्रीष्‍टमा मरेकाहरू” भन्‍नाले बितेर गएका विश्‍वासीहरू हुन् । वैकल्पिक अनुवादः “येशू ख्रीष्‍टमा विश्‍वास गर्नेहरू, जो पहिल्यै मरिसकेका छन्, तिनीहरू पहिले जिई उठ्नेछन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])
1TH 4 17 l5l1 figs-exclusive ἡμεῖς οἱ ζῶντες 1 हामी जो जीवित छौँ यहाँ “हामी”ले सबै विश्‍वासीहरूलाई जनाउँछ जो मरेका छैनन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-inclusive]])
1TH 4 17 wvi8 σὺν αὐτοῖς 1 तिनीहरूसँग “तिनीहरू” शब्दले मरेका विश्‍वासीहरूलाई जनाउँछ, जो फेरि जीवित बनाइएका थिए ।
1TH 4 17 se1y ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα 1 आकाशमा प्रभुलाई भेट्न बादलमा उठाइ लगिनु “प्रभु येशूलाई आकाशमा भेट्नु”
1TH 5 intro ay3d 0 # १ थेसलोनिकीहरू 05 सामान्य टिपोटहरू

## संरचना र ढाँचा

विशेष गरी प्रचीन मध्‍यपूर्वमा चलेको चलनजस्‍तै गरी पावलले आफ्‍नो पत्रको समापन गरेका छन् ।

## यस अध्यायमा भएका विशेष अवधारणाहरू

### प्रभुको दिन
प्रभुको आगामी दिनको ठिक समय संसारका लागि अचानक हुनेछ । “राती चोर आए झैँ गरी” भन्‍ने उपमाको अर्थ यही हो । यसैकारणले ख्रीष्‍टिएनहरूले प्रभुको आगमनको लागि तयार जीवन जिउनुपर्छ । (हेर्नुहोस्ः [[rc://ne/tw/dict/bible/kt/dayofthelord]] अनि [[rc://ne/ta/man/translate/figs-simile]])

### आत्‍मालाई निभाउनु
यसको अर्थ चाहिँ पवित्र आत्माको अगुवाइ र कामलाई बेवास्ता गर्नु वा त्यसको विरुद्धमा काम गर्नु भन्‍ने हुन्छ ।
1TH 5 1 i2vm figs-exclusive 0 सामान्य जानकारीः अन्य किसिमले नबताइएसम्‍म, यस अध्यायमा प्रयोग भएका “हामी” र “हामीलाई” भन्‍ने शब्‍दहरूले पावल, सिलास र तिमोथीलाई जनाउँछन् । साथै, “तिमीहरू” शब्‍द बहुवचन हो, र यसले थेसलोनिकीको मण्‍डलीमा भएका विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]] अनि [[rc://ne/ta/man/translate/figs-you]])
1TH 5 1 z1s6 0 जोड्ने कथनः पावलले निरन्‍तर रूपमा येशू आउनुहुने दिनको बारेमा कुरा गर्दछन् ।
1TH 5 1 h84m τῶν χρόνων καὶ τῶν καιρῶν 1 समयहरू र ऋतुहरू यसले प्रभु येशूको दोस्रो आगमन हुनुअगिका घटनाहरूलाई सङ्केत गर्दछ ।
1TH 5 1 uq3n ἀδελφοί 1 भाइहरू यहाँ “भाइहरू”ले सङ्गी ख्रीष्‍टिएनहरूलाई जनाउँछ ।
1TH 5 2 mcq9 ἀκριβῶς 1 पूर्ण रूपमा असल “ज्यादै असल” वा “ठ्याक्कै मिल्ने गरेर”
1TH 5 2 tmj3 figs-simile ὡς κλέπτης ἐν νυκτὶ οὕτως 1 रातमा आउने चोरजस्तै जसरी कुन चाहिँ रातमा चोर आउँछ होला भनेर कसैले पनि जान्‍न सक्‍दैन, त्‍यसै गरी कुन दिनमा प्रभु आउनुहुन्‍छ भनेर हामीले जान्‍न सक्‍दैनौँ । वैकल्पिक अनुवादः “अपेक्षा नगरे झैँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-simile]])
1TH 5 3 p1wi ὅταν λέγωσιν 1 जब तिनीहरूले भन्छन् “जब मानिसहरूले भन्दछन्”
1TH 5 3 ne9n τότε αἰφνίδιος…ὄλεθρος 1 त्यसपछि अचानक नाश हुन्छ “त्यसपछि नसोचिएको प्रकारले नाश हुन्छ”
1TH 5 3 f1xr figs-simile ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ 1 गर्भवती महिलाको प्रसव-वेदनाजस्तै जसरी गर्भवती महिलामा अचानक प्रसव-वेदना आउँछ र बच्‍चा नजन्मेसम्म त्यो रोकिँदैन, त्यसरी नै विनाश आउनेछ र मानिसहरू उम्कन पाउनेछैनन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-simile]])
1TH 5 4 rr9j ὑμεῖς…ἀδελφοί 1 तिमी, भाइहरू यहाँ “भाइहरू”को अर्थ सङ्गी ख्रीष्‍टिएनहरू हुन्छ ।
1TH 5 4 b6lv figs-metaphor οὐκ ἐστὲ ἐν σκότει 1 अन्धकारमा छैनन् परमेश्‍वरको विरुद्धमा दुष्‍ट हुने वा अज्ञानी हुने कुरालाई पावलले अन्‍धकार भनेका छन् । वैकल्पिक अनुवादः “तिमीहरू अन्जान छैनौ, अन्धकारमा बस्‍ने मानिसहरू झैँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1TH 5 4 elp9 figs-simile ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτας καταλάβῃ 1 ताकि त्यो दिनले तिमीहरूलाई चोर आए जसरी पक्रनेछ जुन दिन प्रभु आउनुहुन्छ त्यो दिन विश्‍वासीहरूको लागि कुनै अचम्मको कुरा हुनुहुँदैन । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-simile]])
1TH 5 5 zp3z figs-metaphor πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε, καὶ υἱοὶ ἡμέρας 1 किनकि तिमीहरू सबै ज्योतिका छोराहरू हौ र दिनका छोराहरू हौ पावलले सत्‍य कुरालाई ज्‍योति र दिन भनेका छन् । वैकल्‍पिक अनुवादः “किनकि ज्‍योतिमा जिउने मानिस, दिनमा काम गर्ने मानिस झैँ तिमीहरू सत्‍य जान्दछौ (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1TH 5 5 d6fm figs-metaphor οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους 1 हामी रात वा अन्धकारका छोराहरू होइनौ परमेश्‍वरको विरुद्धमा दुष्‍ट हुने वा अज्ञानी हुने कुरालाई पावलले अन्‍धकार भनेका छन् । वैकल्‍पिक अनुवादः “हामी अन्धकारमा जिउने मानिसहरू झैँ, रातमा काम गर्ने मानिसहरू झैँ अन्जान छैनौँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1TH 5 6 us6s figs-metaphor μὴ καθεύδωμεν ὡς οἱ λοιποί 1 अरूहरू झैँ गरी हामी नसुतौँ पावलले आत्मिक अचेतनालाई त्यो कुनै सुताइ जस्तो हो भनेर बताउँछन् । वैकल्पिक अनुवादः “हामी अरूहरू जस्तो नहोऔँ जो येशू फर्केर आउँदै हुनुहुन्छ भनेर सचेत छैनन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1TH 5 6 gu51 figs-exclusive μὴ καθεύδωμεν 1 आऔँ हामी “हामी” भन्‍ने शब्दले सबै विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-inclusive]])
1TH 5 6 d2aj figs-metaphor γρηγορῶμεν καὶ νήφωμεν 1 जागा रहौँ र होसमा होऔँ आत्‍मिक रूपमा जानकार हुने कुरालाई पावलले सुत्‍ने र मद्यपान गर्ने कुराको विपरीत अर्थमा स्‍पष्‍ट पार्ने काम गरेका छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1TH 5 7 s253 figs-metaphor οἱ γὰρ καθεύδοντες, νυκτὸς καθεύδουσιν 1 किनकि सुत्नेहरू रातैमा सुत्छन् जसरी मानिसहरू जब सुत्छन् र के भइरहेको छ भनी थाहा पाउँदैनन्, त्यसरी नै यो संसारका मानिसहरूले ख्रीष्‍ट आउनुहुनेछ भनी जान्दैनन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1TH 5 7 exa8 figs-metaphor οἱ μεθυσκόμενοι, νυκτὸς μεθύουσιν 1 मद्य पिएर मात्नेहरू रातैमा मात्छन् पावल बताउँदैछन् कि त्यो रातमा हो जब मानिसहरू मद्य पिएर मात्छन्, त्यसैले जब मानिसहरू ख्रीष्‍टको पुनरागमनको बारेमा सचेत हुँदैनन् तिनीहरू आत्मसंयमी जीवन जिउँदैनन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1TH 5 8 zj9r figs-exclusive 0 सामान्य जानकारीः ८-१० का पदहरूमा, “हामी” शब्‍दले सारा विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-inclusive]])
1TH 5 8 wh3g figs-metaphor ἡμεῖς…ἡμέρας ὄντες 1 हामी दिनका हौँ परमेश्‍वरको सत्‍यता जान्‍ने कुरा दिनको कुरा भए झैँ गरी पावलले बताएका छन् । वैकल्‍पिक अनुवादः “हामी सत्‍य जान्‍दछौँ” वा “हामीले सत्‍यताको ज्‍योति पाएका छौँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1TH 5 8 i8j1 figs-metaphor νήφωμεν 1 हामी होसमा रहनुपर्छ शान्‍त हुने कुरालाई पावलले आत्म-संयम् हुने कुरासँग तुलना गर्दछन् । वैकल्पिक अनुवादः “हामी आत्मसंयमलाई अभ्यास गरौँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1TH 5 8 ev6i figs-metaphor ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης 1 विश्‍वास र प्रेमलाई छाती-पाताको रूपमा धारण गर्नु सिपाहीले आफ्नो शरीरको सुरक्षा गर्न छाती-पाता धारण गरे झैँ, विश्‍वास र प्रेमद्वारा जिउने विश्‍वासी सुरक्षित हुनेछ । वैकल्पिक अनुवादः “विश्‍वास र प्रेमद्वारा हामीले आफैँलाई जोगाउने” वा “ख्रीष्‍टलाई भरोसा र प्रेम गरेर हामीले आफैँलाई जोगाउने” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1TH 5 8 fk6r figs-metaphor περικεφαλαίαν, ἐλπίδα σωτηρίας 1 हाम्रो टोपको लागि उद्धारको आशा टोपले सिपाहीको सुरक्षा गरे झैँ मुक्तिको विश्‍वस्तताले विश्‍वासीलाई सुरक्षा दिन्छ । वैकल्‍पिक अनुवादः “ख्रीष्‍टले हामीलाई बचाउनुहुनेछ भन्‍ने कुरामा ढुक्‍क भएर हामीले आफूलाई सुरक्षित राख्‍ने” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1TH 5 10 w59c figs-euphemism εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν 1 चाहे हामी जागा होऔँ वा सुतिरहेका होऔँ यी जीवित वा मृतलाई जनाउने नरम तरिकाहरू हुन् । वैकल्पिक अनुवादः “चाहे हामी जीवित होऔँ वा मृत होऔँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-euphemism]])
1TH 5 11 r921 figs-metaphor οἰκοδομεῖτε εἷς τὸν ἕνα 1 एकले अर्कालाई निर्माण गर यहाँ “निर्माण” शब्‍द उत्‍साह दिनु भन्‍नका लागि अलङ्कार हो । वैकल्पिक अनुवादः “एकले अर्कालाई उत्साह देओ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1TH 5 12 pd47 0 सामान्य जानकारीः पावलले थेसलोनिकीको मण्‍डलीलाई आफ्‍नो आखिरी सुझावहरू दिन सुरु गर्छन् ।
1TH 5 12 rka4 ἀδελφοί 1 भाइहरू यहाँ “भाइहरू”को अर्थ सङ्गी विश्‍वासीहरू हुन्छ ।
1TH 5 12 ksp2 εἰδέναι τοὺς κοπιῶντας 1 परिश्रम गर्नेहरूलाई स्वीकार गर्नु “अगुवाइमा सहभागी हुनेहरूलाई सम्मान र कदर गर्नु”
1TH 5 12 fqh3 προϊσταμένους ὑμῶν ἐν Κυρίῳ 1 जो प्रभुमा तिमीहरूमाथि छन् यसले विश्‍वासीहरूको स्थानीय समूहको अगुवाहरूको रूपमा सेवा गर्न परमेश्‍वरले नियुक्त गर्नुभएको मानिसहरूलाई जनाउँछ ।
1TH 5 13 c966 ἡγεῖσθαι αὐτοὺς ὑπέρἐκπερισσοῦ ἐν ἀγάπῃ, διὰ τὸ ἔργον αὐτῶν 1 तिनीहरूको कामको कारण तिनीहरूलाई प्रेमसाथ उच्‍च आदर गर आफ्‍ना मण्‍डलीका अगुवाहरूप्रति प्रेम र आदर गर्न पावलले विश्‍वासीहरूलाई प्रोत्‍साहन दिन्‍छन् ।
1TH 5 16 chw9 πάντοτε χαίρετε 1 सधैँ आनन्द गर सबै कुराहरूमा आनन्दित हुने आत्मिक स्वभावलाई कायम राख्‍न पावलले विश्‍वासीहरूलाई अर्ती दिँदै छन् ।
1TH 5 17 l63i ἀδιαλείπτως προσεύχεσθε 1 निरन्तर प्रार्थना गर प्रार्थनाद्वारा सतर्क हुन पावलले विश्‍वासीहरूलाई अर्ती दिँदै छन् ।
1TH 5 18 z9gg ἐν παντὶ εὐχαριστεῖτε 1 सबै कुरामा धन्यवाद देओ सबै थोकप्रति धन्यवाद व्यक्त गर्न पावलले विश्‍वासीहरूलाई अर्ती दिँदै छन् ।
1TH 5 18 bt5q ἐν παντὶ 1 सबै कुरामा सबै परिस्थितिहरूमा
1TH 5 18 l3sk τοῦτο γὰρ θέλημα Θεοῦ 1 किनभने यो परमेश्‍वरको इच्छा हो पावलले भर्खर उल्‍लेख गरेका व्‍यवहार नै विश्‍वासीहरूका लागि परमेश्‍वरको इच्‍छा हो भनेर जनाइरहेका छन् ।
1TH 5 19 j1ei τὸ Πνεῦμα μὴ σβέννυτε 1 आत्मालाई ननिभाओ “तिमीहरूका माझमा पवित्र आत्मालाई काम गर्नको निम्ति नरोक”
1TH 5 20 iv1n προφητείας μὴ ἐξουθενεῖτε 1 अगमवाणीलाई तुच्छ नठान “अगमवाणीहरूको लागि तिरस्कार नराख” वा “कसैलाई पवित्र आत्माले भन्‍नुभएको कुरालाई घृणा नगर”
1TH 5 21 wx69 πάντα δοκιμάζετε 1 सबै कुराहरूको जाँच गर “परमेश्‍वरबाट आएको जस्तो देखिने सबै सन्देशहरू साँच्चै उहाँबाटै आएको हो भन्‍ने कुरामा पक्‍का गर”
1TH 5 21 r12r figs-metaphor τὸ καλὸν κατέχετε 1 जे असल हो त्यसलाई पक्रिराख पवित्र आत्‍माका सन्देशहरू कसैले हातले समात्‍न सक्‍ने वस्‍तुहरू भए झैँ गरी पावलले भनेका छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1TH 5 23 gu2c ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς 1 तिमीहरूलाई पूर्ण रूपले चोखो तुल्याऊन् यसले परमेश्‍वरले कुनै व्‍यक्तिलाई आफ्‍नो दृष्‍टिमा पापरहित र सिद्ध बनाउनुहुने कुरालाई जनाउँछ ।
1TH 5 23 s36k figs-activepassive ὁλόκληρον ὑμῶν τὸ πνεῦμα, καὶ ἡ ψυχὴ, καὶ τὸ σῶμα, ἀμέμπτως…τηρηθείη 1 तिमीहरूको सम्पूर्ण आत्मा, प्राण, र शरीर दोषरहित भएर संरक्षित रहून् यहाँ “आत्‍मा, प्राण र शरीर” ले सम्‍पूर्ण व्‍यक्तिलाई जनाउँछ । यदि तपाईंको भाषामा यी तीन भागका लागि शब्‍दहरू छैनन् भने, तपाईंले यसलाई “तिमीहरूका सम्‍पूर्ण जीवन” वा “तिमीहरू” भनेर लेख्‍न सक्‍नुहुन्‍छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिमीहरूका सम्‍पूर्ण जीवनलाई पापरहित बनाउनुभएको होस्” वा “परमेश्‍वरले तिमीहरूलाई पूर्ण रूपले दोषरहित राख्‍नुभएको होस्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
1TH 5 24 mq2u πιστὸς ὁ καλῶν ὑμᾶς 1 तिमीहरूलाई बोलाउनुहुने विश्‍वासयोग्य हुनुहुन्छ “उहाँ विश्‍वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई बोलाउनुहुन्छ”
1TH 5 24 c3jg ὃς καὶ ποιήσει 1 उहाँले जसले यो गर्नु पनि हुनेछ “उहाँले तिमीहरूलाई सहायता गर्नुहुनेछ”
1TH 5 25 q8ki 0 सामान्य जानकारीः पावलले उनको टुङ्ग्याउने भनाइहरू दिन्छन् ।
1TH 5 26 qa1c ἀδελφοὺς 1 भाइहरू यहाँ “भाइहरू”ले सङ्गी ख्रीष्‍टिएनहरूलाई जनाउँछ ।
1TH 5 27 n5cn figs-activepassive ἐνορκίζω ὑμᾶς τὸν Κύριον, ἀναγνωσθῆναι τὴν ἐπιστολὴν 1 म तिमीहरूलाई प्रभुद्वारा गम्भीरतापूर्वक खटाउँछु कि यो पत्र पढेर सुनाइदेओ यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “म निवेदन गर्दछु, मानौँ प्रभु आफैँ तिमीहरूसँग बोलिरहनुभएको थियो झैँ गरी म निवेदन गर्दछु कि मानिसहरूलाई यो पत्र पढेर सुनाउन लगाओ” वा “प्रभुको अधिकारमा म तिमीहरूलाई यो पत्र पढ्‍न निर्देशन दिन्‍छु” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])