ne_ta/translate/writing-background/01.md

66 lines
18 KiB
Markdown

### विवरण
जब मानिसहरूले एउटा कथा भन्छन्, सामान्यतया घटना घटेको क्रम अनुसार भन्दछन् । घटनाहरूको क्रमले कहानी बनाउँछ । कहानी कार्य क्रियापदहरूले भरिएका हुन्छन् जसले कथालाई समयसँगै गतिशिल बनाउँछन् । तर कहिलेकाहिँ लेखकहरूले कहानीबाट विश्राम लिन सक्छन् र उनीहरूका स्रोताहरूलाई कथा रोम्रोसँग बुझ्‍न सजिलो होस् भनेर केही जानकारी दिन्छन् । यस्तो प्रकारको जानकारीलाई **पृष्ठभूमिको जानकारी** भनिन्छ । पृष्ठभूमिको जानकारी कथामा भनिएभन्दा पहिले घटेको हुनसक्छ । यो लेखकले कथामा भनेको भन्दा पहिले घटेका घटना वा पछि घट्ने घटनाहरूको बारेमा पनि हुनसक्छ ।
**उदाहारण** -तल दिइएको कथाका रेखाङ्कित वाक्यहरू सबै पृष्ठभूमि जानकारी हुन् ।
पिटर र जोन शिकार गर्नको लागि गए किनभने <u>तिनीहरूको गाउँमा अर्को दिन भोज हुन गइरहेको थियो</u><u>पिटर गाउँको सबैभन्दा राम्रो शिकारी थियो ।</u> <u>उसले एक पटक एकै दिन तिनवटा जङ्गली सुङ्गुरहरू मारेको थियो !</u> तिनीहरू एउट जङ्गली सुङ्गुरको आवाज नसुनेसम्म झाडीहरूमा हिँडे । सुङ्गुर भाग्यो, तर पनि तिनीहरूले सुङ्गुरलाई हानेर मार्न सफल भए । त्यसपछि त्यो सुङ्गुरका खुट्टाहरू <u>आफूसँगै ल्याएको डोरीले बाँधे</u> उनीहरूले खम्बामा बोकेर घरतिर लगे । जब तिनीहरूले त्यसलाई गाउँमा लगे, पिटरको भतिजाले त्यो सुङ्गुरलाई देख्यो र महसुस गर्‍यो कि <u>त्यो उसको आफ्नै सुङ्गुर थियो</u><u>पिटरले उसको भतिजाको सुङ्गुरलाई भुलबस मारेको थियो </u>
पृष्ठभूमि जानकारीले प्रायजसो पहिले नै घटेको घटनाको बारेमा वा पछि घट्ने घटनाको बारेमा बताउँछ । "तिनीहरूको गाउँले अर्को दिन भोजको आयोजना गर्न गइरहेको थियो," जो तिनीहरूले तिनीहरूसँग ल्याएका थिए," र "पिटरले भुलबस उसको भतिजाको सुङ्गुर मारेको थियो" यसका उदाहरणहरू हुन् ।
प्रायजसो पृष्ठभूमि जानकारीले कार्य क्रियापदहरू भन्दा पनि "थियो", र "थिए" जस्ता "हुनु" क्रियापदहरूको प्रयोग गर्छ । यिनीहरूका उदाहरणहरू "पिटर गाउँको सबैभन्दा राम्रो शिकार गर्ने मानिस <u>थियो</u> र "त्यो उसको आफ्नै सुङ्गुर <u>थियो</u>"
कुनै जानकारी कथाको घटनाको भाग होइन भन्‍ने जनाउने शब्दहरूको प्रयोग गरेर पनि पृष्ठभूमि जानकारीलाई जनाउन सकिन्छ । यो कथामा प्रयोग भएका केही त्यस्ता शब्दहरू "किनभने" "एक पटक" र "थियो" हुन् ।
#### एउट लेखकले निम्‍न प्रयोजनको निम्ति पृष्ठभूमि जानकारीको प्रयोग गर्न सक्छ
* कथामा उनीहरूका श्रोताहरूको चाख जनाउनको निम्ति
* उनीहरूका श्रोताहरूले कथाबाट केही बुझून् भनेर
* एउटा कथाको परिवेशको बारेमा जानकारी दिनलाई
* उनीहरूका श्रोताहरूलाई कथामा केही कुराहरू किन महत्त्वपूर्ण छन् भनी बुझाउनको निम्ति
* सेटिंगमा निम्‍न कुराहरू समावेश हुन्छन् :
* कथा कहाँको हो
* कथा कहिलेको हो
* कथा सुरु हुँदा को उपस्थित हुन्छ
* कथा सुरु हुँदा के भैरहेको छ
#### यो अनुवादको सवाल हुनुका कारणहरू
* पृष्ठभूमि र कहानी को जानकारी बनाउनको लागि भाषाहरूका आफ्नै तरिकाहरू हुन्छन् ।
* कुन जानकारी पृष्ठभूमि हो र कुन जानकारी कहानी हो भन्‍ने कुरा अनुवादकहरूले बाइबलमा भएका घटनाहरूको क्रमहरूबाट थाह पाउनुपर्छ ।
* अनुवादकहरूले कथालाई पृष्ठभूमि जानकारीलाई संकेत गर्ने तरिकाले अनुवाद गर्न आवश्यक हुन्छ जसको कारण पाठकहरूले पृष्ठभूमि जानकारी र कहानी बिचको फरक थाहा पाएर घटनाक्रमको बुझ्‍न सकून् ।
### बाइबलबाट उदाहरणहरू
><u>हागारले अब्रामको निम्‍ति इश्‍माएल जन्‍माउँदा अब्राम छयासी वर्ष पुगेका </u>थिए। (उत्पत्ति १६:१६ यूएलटी)
पहिजो वाक्यले दुईवट घटनाहरू बताउँछ । हागारले जन्म दिइन् र अब्रामले उसको छोराको नाम राखे । दोस्रो वाक्य अब्राम यी घटनाहरू घट्दा कति वर्षका थिए भन्‍ने बारेमा जानकारी दिनको लागि पृष्ठभूमि जानकारी हो ।
><u>येशूले आफ्‍नो सेवाकार्य आरम्‍भ गर्नुहुँदा उहाँ करीब तीस वर्षका </u> हुनुहुन्‍थ्‍यो । मानिसहरू उहाँ योसेफका छोरा <u>हुन्‌ </u> भन्‍ठान्‍थे। (लुका ३:२३ यूएलटी)
यो पदले येशूले कहिले बप्तिष्मा लिनु भएको थियो भन्‍ने बारेमा पहिले बताउँछ । यो वाक्यले येशूको उमेर र पुर्खाहरूको बारेमा पृष्ठभूमि जानकारीको परिचय गराउँदछ । यो कथा फेरी ४ अध्यायमा सुरु हुन्छ जहाँ येशू उजाड स्थानमा गैरहेको बारेमा बताउँछ ।
>अहिले <u> यो शबाथ </u>दिनमा उहाँ अन्‍नको खेतबाट <u> भएर </u> जाँदैहुनुहुन्‍थ्‍यो, र उहाँका चेलाहरूले बाली<u> टिपेर हातमा माड्‌दै खान लागे </u>। तर फरिसीहरूमध्‍ये कुनै-कुनैले तिनीहरूलाई भने,... (लुका ६:१-२क यूएलटी)
यी पदहरूले कथाको सेटिंगको बारेमा बताउँछन् । यो घटना शबाथको दिनमा अन्नको खेतमा घटेको थियो । येशू, उहाँका चेलाहरू र केही फरिसीहरू त्यहाँ थिए, यशूका चेलाहरूले चेलाहरूले अन्न टिपेर हातमा माड्‌दै खान लागे । यो कथामा मुख्य कार्य "तर फरिसीहरूमध्‍ये कुनै-कुनैले तिनीहरूलाई भने," भन्‍ने वाक्यबाट सुरु हुन्छ ।
### अनुवाद रणनीतिहरू
अनुवादहरूलाई स्पष्ट र स्वभाविक बनाउन तपाईको भाषामा मानिसहरूले कसरी कथाहरू भन्छन् भनेर अध्ययन गर्नु आवश्यक छ । तपाईंको भाषाले कसरी पृष्ठभूमि जानकारीलाई संकेत गर्छ भनेर अवलोकन गर्नुहोस् । यो अध्ययन गर्नको लागि तपाईले केही कथाहरू लेख्नुपर्ने हुनसक्छ । पृष्ठभूमि जानकारीको लागि तपाईंको भाषामा कस्ता प्रकारका क्रियापदहरू प्रयोग गर्छन्, र पृष्ठभूमि जानकारीको लागि कस्ता प्रकारका शब्दहरू वा अरू संकेतहरू प्रयोग गर्छन् अवलोकन गर्नुहोस् । तपाईंले अनुवाद गरेका त्यस्तै छन् भने, तपाईंले गरेको अनुवाद स्पष्ट र स्वभाविक छ र मानिसहरूले यसलाई सजिलै बुझ्‍न सक्छन् ।
१. कुनै जानकारी पृष्ठभूमि जानकारी हो भनेर देखाउने तपाईंको भाषाको तरिका प्रयोग गर्नुहोस् ।
२. पहिले घटेका घटनाहरू पहिले व्यक्त गर्ने गरी जानकारीहरूलाई पुनः क्रममा मिलाउनुहोस् । (पृष्ठभूमि जानकारी धेरै लामो भएको बेलामा यसो गर्नु सम्भव हुँदैन ।)
### अनुवाद रणनीति प्रयोगका उदाहरणहरू
१. कुनै जानकारी पृष्ठभूमि जानकारी हो भनेर देखाउने तपाईंको भाषाको तरिका प्रयोग गर्नुहोस् ।
* **<u>अहिले</u> येशू स्वयमले, जब उहाँले शिक्षा दिन थाल्नुभयो, उहाँ लगभग ३० वर्षको <u>हुनुहुन्‍थ्‍यो</u> । मानिसहरू उहाँ योसेफका छोरा <u> हुन्‌ </u> भन्‍ठान्‍थे ।** (लुका ३:2२३ यूएलटी)कथामा केही कुरा परिवर्तण भएको छ भन्‍ने देखाउन अग्रेजीमा "अहिले" शब्द प्रयोग गर्छन् । क्रिया "थियो" ले यो पृष्ठभूमि जानकारी हो भन्‍ने देखाउँदछ ।
* **यसरी अरू धेरै अर्तीहरूद्वारा शिक्षा दिएर यूहन्‍नाले मानिसहरूलाई सुसमाचार प्रचार गरे। तर शासक हेरोदले आफ्‍नो भाइकी पत्‍नी <u>हेरोदियासलाई </u>राखेको कारण र तिनले गरेका सबै दुष्‍कर्मका निम्‍ति यूहन्‍नाले तिनलाई हप्‍काएका थिए। तर यूहन्‍नालाई झ्‍यालखानमा थुनेर तिनले ती सबै दुष्‍कर्महरूमाथि अझ एउटा दुष्‍कर्म थपे।** (लुका ३:1१८-२० यूएलटी) रेखाङ्कित वाक्यसंशहरू यूहन्‍नाले हेरोदलाई हप्काउनु भन्दा अगाडि घटेका हुन् । अग्रेजीमा, सहयोगी क्रियापद “गरे” मा “गरेको ” ले हेरोदले यूहन्‍नाले उसलाई हप्काउनु भन्दा पहिले यस्तो गरेको देखाउँदछ ।
२. पहिले घटेका घटनाहरू पहिले व्यक्त गर्ने गरी जानकारीहरूलाई पुनः क्रममा मिलाउनुहोस् ।
* **हागारले अब्रामको निम्‍ति छोरा जन्माइन, अब्रामले छोराको नाम इश्‍माएल राखे । <u>हागारले इश्‍माएलाई जन्‍माउँदा </u>अब्राम छयासी वर्ष पुगेका थिए ।** (उत्पत्ति १६:१६ यूएलटी)
*<u>जब अब्राम छयासी वर्ष पुगेका थिए </u>,हागारले अब्रामको निम्‍ति छोरा जन्माइन, अब्रामले छोराको नाम इश्‍माएल राखे । ”
* **यसरी अरू धेरै अर्तीहरूद्वारा शिक्षा दिएर यूहन्‍नाले मानिसहरूलाई सुसमाचार प्रचार गरे। तर शासक <u>हेरोदले आफ्‍नो भाइकी पत्‍नी हेरोदियासलाई राखेको कारण र तिनले गरेका </u> <u>सबै दुष्‍कर्मका</u> निम्‍ति यूहन्‍नाले तिनलाई हप्‍काएका थिए। यूहन्‍नालाई झ्‍यालखानमा थुनेर तिनले ती सबै दुष्‍कर्महरूमाथि अझ एउटा दुष्‍कर्म थपे।** (लुका ३:१८-२० -) तलको अनुवादले यूहन्‍नाले हप्काएका र हेरोदको कामलाई पुनः क्रम मिलाएको छ ।
* “अहिले हेरोदले आफ्‍नो भाइकी पत्‍नी हेरोदियासलाई राखेको र उसले अरु धेरै दुष्‍कर्म गरेको कारण यूहन्‍नाले उसलाई हप्काए । तर हेरोदले अरु धेरै दुष्‍कर्म गर्‍यो । उसले यूहन्‍नालाई झ्यालखानामा बन्द गरेको थियो । ”