ne_ta/translate/translate-symaction/01.md

10 KiB

विवरण

प्रतीकात्मक कार्य भनेको केही त्यस्तो कुरा हो जुन कसैले कुनै खास अवधारणालाई व्यक्त गर्नका लागि गर्छ। उदाहरणका लागि, केही समाजहरूमा मानिसहरूले “हो” भन्‍नका लागि टाउको माथि तल हल्‍लाउँछन् वा “होइन” भन्‍नका लागि टाउकोलाई यताउता फर्काउँछन्। प्रतीकात्मक कार्यहरूको अर्थ सबै समाजहरूमा एउटै हुँदैन। बाइबलमा, कहिलेकाहीँ मानिसहरूले प्रतीकात्मक कार्य गर्छन् र कहिलेकाहीँ तिनीहरूले प्रतीकात्मक कार्यलाई केवल जनाउँछन्।

प्रतीकात्मक कार्यहरूका उदाहरणहरू

  • केही समाजहरूमा मानिसहरूले कसैलाई भेट्दा तिनीहरू मैत्रीपूर्ण हुन राजी भइरहेका छन् भनेर देखाउनका लागि हात मिलाउँछन्।
  • केही समाजहरूमा मानिसहरूले कसैलाई भेट्दा एक अर्कालाई आदर देखाउन निहुरिन्छन्।

यो अनुवादको विषय हुनुको कारण

कुनै कार्यको एउटा समाजमा एउटा अर्थ हुन सक्‍छ, र अर्को समाजमा फरक अर्थ वा बिल्‍कुलै कुनै अर्थ बिनाको हुन सक्‍छ। उदाहरणका लागि, केही समाजहरूमा आँखीभौँ उचाल्‍नुको अर्थ “म अचम्‍मित भएको छु” वा “तिमीले के भन्यौ?” भन्‍ने हुन्छ । अन्यमा यसको अर्थ “हो” भन्‍ने हुन्छ।

बाइबलमा मानिसहरूले त्यस्ता कार्यहरू गर्थे जसको तिनीहरूको संस्कारमा केही खास अर्थहरू हुन्थ्यो। जब हामीले बाइबललाई पढ्छौँ, यदि हामीले कार्यलाई त्यसको अर्थ हाम्रो आफ्‍नै समाजमा के हुन्छ भनेर उल्‍था गर्‍यौँ भने, कसैले के भन्‍न खोजेको थियो भनेर हामीले नबुझ्‍न सक्‍छौँ।

बाइबलमा भएका मानिसहरूले प्रतीकात्मक कार्यहरूको प्रयोग गर्दा तिनीहरूले के भन्‍न खोजेका थिए भनेर अनुवादकहरूले बुझ्‍न जरुरी हुन्छ। यदि त्यो कार्यको अर्थ तिनीहरूको आफ्‍नो समाजमा एउटै हुँदैन भने, त्यो कार्यले दिएको अर्थलाई कसरी अनुवाद गर्ने भनेर तिनीहरूले पत्ता लगाउनुपर्छ।

बाइबलबाट उदाहरणहरू

अनि हेर, एक जना मानिस आयो जसको नाउँ याइरस थियो, र ऊ सभाघरको शासक थियो। अनि येशूको पाउमा लडेर उसलाई आफ्नो घरमा आउन बिन्ती गरे। (लूका ८:४१ यूएलटि)

प्रतीकात्मक कार्यको अर्थः उनले येशूलाई महान् आदर देखाउनलाई यसो गरे।

हेर, म ढोकमा उभिन्छु र ढकढक्याउँछु। यदि कसैले मेरो स्वर सुन्छ र ढोका खोल्‍छ भने, म उसको घरभित्र आउनेछु, र उससँग भोजन खानेछु, र उसले मसँग खानेछ। (प्रकाश ३:२० यूएलटि)

प्रतीकात्मक कार्यको अर्थः जब मानिसहरूले कसैले तिनीहरूलाई आफ्‍नो घरमा स्वागत गरेको चाहन्थे, तिनीहरू ढोकामा उभिन्थे र त्यसमा ढकढक्याउँथे।

अनुवादका रणनीतिहरू

यदि कुनै प्रतीकात्मक कार्यले बाइबलमा भएका मानिसहरूलाई भनेको अर्थलाई मानिसहरूले ठीक तरिकाले बुझ्‍छन् भने, त्यसलाई प्रयोग गर्ने बारेमा विचार गर्नुहोस्। यदि त्यसो होइन भने, त्यसलाई अनुवाद गर्नका लागि यहाँ केही रणनीतिहरू दिइएका छन्।

(१) त्यो व्यक्तिले के गर्‍यो र उसले त्यो किन गर्‍यो भनेर बताउनुहोस्।

(२) त्यो व्यक्तिले के गर्‍यो भनेर नभन्‍नुहोस्, तर उसले भन्‍न खोजेको के थियो भनेर बताउनुहोस्।

(३) तपाईंको आफ्‍नै समाजबाटको कार्यलाई प्रयोग गर्नुहोस् जसको उही अर्थ हुन्छ। यस्तो चाहिँ कविता, दृष्‍टान्तहरू, र प्रवचनहरूमा मात्रै गर्नुहोस्। यस्तो तब नगर्नुहोस् जब त्यहाँ साँच्‍चै कोही व्यक्ति थियो जसले कुनै खास कार्य गर्‍यो।

अनुवादका रणनीतिहरू लागु गरिएका उदाहरणहरू

(१) त्यो व्यक्तिले के गर्‍यो र उसले त्यो किन गर्‍यो भनेर बताउनुहोस्।

  • याइरस येशूको पाउमा परे। (लूका ८:४१ यूएलटि)
  • याइरसले येशूलाई धेरै आदर गर्थे भनेर देखाउनका लागि तिनी उहाँको पाउमा परे।
  • हेर, म ढोकमा उभिन्छु र ढकढक्याउँछु। (प्रकाश ३:२० यूएलटि)
  • हेर, मलाई भित्र आउन देऊ भनी तिमीलाई भन्दै म ढोकामा उभिन्छु र त्यसमा ढकढक्याउँछु।

(२) त्यो व्यक्तिले के गर्‍यो भनेर नभन्‍नुहोस्, तर उसले भन्‍न खोजेको के थियो भनेर बताउनुहोस्।

  • याइरस येशूको पाउमा परे। (लूका ८:४१)
  • याइरसले येशूलाई महान् आदर देखाए।
  • हेर, म ढोकमा उभिन्छु र ढकढक्याउँछु। (प्रकाश ३:२०)
  • हेर, म ढोकामा उभिन्छु र मलाई भित्र आउन देऊ भनी तिमीलाई अनुरोध गर्छु।

(३) तपाईंको आफ्‍नै समाजबाटको कार्यलाई प्रयोग गर्नुहोस् जसको उही अर्थ हुन्छ।

  • याइरस येशूको पाउमा परे। (लूका ८:४१ यूएलटी) - किनकि याइरसले वास्तवमै यो कार्य गरेका हुन्, हामी हाम्रो आफ्‍नो समाजबाटको कुनै कार्यलाई यसमा राख्‍नेछैनौँ।
  • हेर, म ढोकमा उभिन्छु र ढकढक्याउँछु। (प्रकाश ३:२० यूएलटी) - येशू कुनै वास्तविक ढोकाको अगाडि उभिरहनुभएको थिएन। बरु उहाँले मानिसहरूसँग सम्बन्ध बनाउने चाहनाको विषयमा कुरा गरिरहनुभएको थियो। यसैले ती समाजहरूमा जहाँ घरभित्र प्रवेश पाउने इच्‍छा गर्दा गला सफा गरेको आवाज निकाल्‍नु नम्रता मानिन्छ, तपाईंले त्यसलाई प्रयोग गर्न सक्‍नुहुन्छ।
  • हेर, म ढोकामा उभिन्छु र मेरो गला सफा गरेको आवाज निकाल्‍छु।