ne_ta/translate/translate-numbers/01.md

75 lines
14 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

### विवरण
बाइबलमा थुप्रै सङ्ख्याहरू छन् । तिनीहरूलाई शब्दहरूमा लेख्‍न सकिन्छ, जस्तो कि, “पाँच” वा अङ्कमा, जस्तो कि, “५ ।” केही सङ्ख्याहरू धेरै ठूला छन्, जस्तो कि “दुई सय” (२००), “बाइस हजार” (२२,), वा “दश करोड” (१०,,, ।) केही भाषाहरूमा यी सबै सङ्ख्याहरूको लागि शब्दहरू नै हुँदैनन् । अनुवादकहरूले सङ्ख्याहरूलाई कसरी अनुवाद गर्ने र तिनीहरूलाई शब्दहरूमा लेख्‍ने वा अङ्कमा लेख्‍ने भनेर निधो गर्न जरुरी हुन्छ ।
केही सङ्ख्याहरू ठ्याक्‍कै त्यही हुन्छन् भने केहीलाई नजिकको पूर्ण सङ्ख्यामा मिलाएर राखिएको हुन्छ ।
>अब्राम <u>छयासी</u> वर्षका थिए जब हागारले अब्रामको लागि इश्‍माएललाई जन्माइन् । (उत्पत्ति १६:१६ यूएलटी)
छयासी (८६) ठ्याक्‍कै त्यति नै रहेको सङ्ख्या हो ।
>त्यस दिन मानिसहरूमध्येमा करिब <u>तीन हजार</u> पुरुषहरू मरे । (प्रस्थान ३२:2२८ यूएलटी)
यहाँ तीन हजार नजिकको पूर्ण सङ्ख्या हो । त्योभन्दा केही बढी पनि हुन सक्‍छ वा त्योभन्दा केही कम पनि हुन सक्‍छ । “करिब” शब्दले देखाउँछ कि त्यो ठ्याक्‍कै त्यति नै रहेको सङ्ख्या होइन ।
**अनुवादको विषय हुनुको कारण**: केही भाषाहरूमा यीमध्ये केही सङ्ख्याहरूका लागि शब्दहरू नै हुँदैनन् ।
#### अनुवादका सिद्धान्तहरू
* ठ्याक्‍कै भनिएको सङ्ख्याहरूलाई तिनीहरू हुन सकेसम्‍म नजिकबाट वा तोकेर अनुवाद गर्नुपर्छ ।
* नजिकको पूर्ण सङ्ख्यामा मिलाएर राखिएको सङ्ख्यालाई थप सामान्य रूपमा अनुवाद गर्न सकिन्छ ।
### बाइबलबाट उदाहरणहरू
>जब येरेदको उमेर <u>१६२</u> वर्षको भएको थियो, उनी हनोकका पिता भए । उनी हनोकका पिता भएपछि, येरेद <u>आठ सय</u> वर्षसम्‍म बाँचे । उनी थप छोराहरू र छोराहरूका पिता भए । येरेद <u>९६२</u> वर्षसम्‍म बाँचे, अनि तिनी मरे । (उत्पत्ति ५:१८-२० यूएलटी)
१६२, आठ सय, र ९६२ भन्‍ने सङ्ख्याहरू ठ्याक्‍कै भनिएका सङ्ख्याहरू हुन् र सम्भव भएसम्‍म ती सङ्ख्याहरूसँग नजिकैको केही कुराले अनुवाद गरिनुपर्छ ।
>हाम्री बहिनी, तिमी <u>हजारौँ दश हजार</u>का आमा होऊ (उत्पत्ति २४:६० यूएलटी)
यो नजिकैको पूर्ण सङ्ख्या मिलाएर राखिएको सङ्ख्या हो । तिनले कति धेरै सन्तान पाउनुपर्ने हो भनेर यसले बताउँदैन, तर त्यो तिनीहरूको ठूलो सङ्ख्या थियो ।
### अनुवादका रणनीतिहरू
१. सङ्ख्याहरूलाई अङ्कहरूको प्रयोग गरेर लेख्‍नुहोस् ।
२. सङ्ख्याहरूलाई तपाईंको भाषाका शब्दहरूलाई प्रयोग गरेर वा ती सङ्ख्याहरूका लागि भएका गेटवे भाषाका शब्दहरूलाई प्रयोग गरेर लेख्‍नुहोस् ।
३. सङ्ख्याहरूलाई शब्दहरूको प्रयोग गरेर लेख्‍नुहोस्, र तिनको पछाडि अङ्कहरूलाई कोष्‍ठकहरूमा राख्‍नुहोस् ।
४. ठूला सङ्ख्याहरूको लागि शब्दहरूको संयोजन गर्नुहोस् ।
५. नजिकैको पूर्ण सङ्ख्यामा मिलाएर राखिएका ठूला सङ्ख्याहरूको लागि सामान्य अभिव्यक्तिको प्रयोग गर्नुहोस् र अङ्कलाई पछि कोष्‍ठकहरूमा लेख्‍नुहोस् ।
### अनुवादका रणनीतिहरू लागु गरिएका उदाहरणहरू
हाम्रा उदाहरणहरूमा हामी निम्‍न पदलाई प्रयोग गर्नेछौँः
>अब हेर्, धेरै प्रयत्‍न गरेर मैले यहवेको घरको लागि <u>१,,</u> ट्यालेन्‍ट सुन, <u>दश लाख</u> ट्यालेन्‍ट चाँदी, अनि ठूला परिमाणहरूमा काँसा र फलाम तयार पारेको छु । (१ इतिहास २२:१४ यूएलटी) सङ्ख्याहरूलाई अङ्कहरूको प्रयोग गरेर लेख्‍नुहोस् ।
* मैले यहवेको घरको लागि <u>१,,</u> ट्यालेन्‍ट सुन, <u>१०,,</u> ट्यालेन्‍ट चाँदी, अनि ठूला परिमाणहरूमा काँसा र फलाम तयार पारेको छु ।
१. सङ्ख्याहरूलाई तपाईंको भाषाका शब्दहरूलाई प्रयोग गरेर वा ती सङ्ख्याहरूका लागि भएका गेटवे भाषाका शब्दहरूलाई प्रयोग गरेर लेख्‍नुहोस् ।
* मैले यहवेको घरको लागि <u>एक लाख</u> ट्यालेन्‍ट सुन, <u>दश लाख</u> ट्यालेन्‍ट चाँदी, अनि ठूला परिमाणहरूमा काँसा र फलाम तयार पारेको छु ।
२. सङ्ख्याहरूलाई शब्दहरूको प्रयोग गरेर लेख्‍नुहोस्, र तिनको पछाडि अङ्कहरूलाई कोष्‍ठकहरूमा राख्‍नुहोस् ।
* मैले यहवेको घरको लागि <u>एक लाख(१,,)</u> ट्यालेन्‍ट सुन, <u>दश लाख(१०,,)</u> ट्यालेन्‍ट चाँदी, अनि ठूला परिमाणहरूमा काँसा र फलाम तयार पारेको छु ।
३. ठूला सङ्ख्याहरूको लागि शब्दहरूको संयोजन गर्नुहोस् ।
* मैले यहवेको घरको लागि <u>एक सय हजार</u> ट्यालेन्‍ट सुन, <u>एक हजार गुणा हजार</u> ट्यालेन्‍ट चाँदी, अनि ठूला परिमाणहरूमा काँसा र फलाम तयार पारेको छु ।
४. नजिकैको पूर्ण सङ्ख्यामा मिलाएर राखिएका ठूला सङ्ख्याहरूको लागि सामान्य अभिव्यक्तिको प्रयोग गर्नुहोस् र अङ्कलाई पछि कोष्‍ठकहरूमा लेख्‍नुहोस् ।
* मैले यहवेको घरको लागि <u>धेरै परिमाणको सुन (१,, ट्यालेन्‍ट)</u>, <u>त्यसभन्दा दश गुणा बढी चाँदी (१०,, ट्यालेन्‍ट)</u>, अनि ठूला परिमाणहरूमा काँसा र फलाम तयार पारेको छु ।
#### एकनासपन
तपाईंका अनुवादहरूमा एकनासको हुनुहोस् । सङ्ख्याहरू वा अङ्कहरूको प्रयोग गर्दै, सङ्ख्याहरूको कसरी अनुवाद हुनेछ भनेर निधो गर्नुहोस् । एकनासको हुनलाई विभिन्‍न तरिकाहरू छन् ।
* हर समय सङ्ख्याहरूलाई प्रतिनिधित्व गर्न शब्दहरूको प्रयोग गर्नुहोस् । (तपाईंले धेरै लामा शब्दहरू पाउन सक्‍नुहुन्छ ।)
* हर समय सङ्ख्याहरूलाई प्रतिनिधित्व गर्न अङ्कहरूको प्रयोग गर्नुहोस् ।
* तपाईंको भाषामा शब्दहरू भएका सङ्ख्याहरूलाई प्रतिनिधित्व गर्नका लागि शब्दहरूको प्रयोग गर्नुहोस् अनि तपाईंको भाषामा शब्दहरू नभएका सङ्ख्याहरूको लागि अङ्कहरूको प्रयोग गर्नुहोस् ।
* साना सङ्ख्याहरूको लागि शब्दहरूको प्रयोग गर्नुहोस् अनि ठूला सङ्ख्याहरूको लागि अङ्कहरूको प्रयोग गर्नुहोस् ।
* थोरै शब्दहरू चाहिने सङ्ख्याहरूको लागि शब्दहरूको प्रयोग गर्नुहोस् अनि थोरै शब्दहरूभन्दा बढी शब्दहरू चाहिने सङ्ख्याहरूको लागि अङ्कहरूको प्रयोग गर्नुहोस् ।
* सङ्ख्याहरूलाई प्रतिनिधित्व गर्न शब्दहरूको प्रयोग गर्नुहोस्, अनि तिनको पछाडि कोष्‍ठकहरूमा अङ्कहरू लेख्‍नुहोस् ।
#### यूएलटी र यूएसटीमा भएको एकनासपन
न्फोल्‍डिङ्ग वोर्ड अक्षरशः रहेको खण्‍ड* (यूएलटी) अनि *अन्फोल्‍डिङ्ग वोर्ड सामान्यीकरण गरिएको खण्‍ड*ले (यूएसटी) एउटा वा दुईवटा मात्रै शब्दहरू चाहिने सङ्ख्याहरूको (नौ, सोह्र, तीन सय) लागि शब्दहरूको प्रयोग गर्छन् । तिनीहरूले दुईवटाभन्दा बढी शब्दहरू भएका सङ्ख्याहरूको लागि अङ्कहरूको प्रयोग गर्छन् (“एक सय तीस”को साटोमा अङ्कहरू “१३०”) ।
>जब आदम <u>१३०</u> वर्षका भएका थिए, उनी उनको आफ्‍नै स्वरूपमा भएको, उनकै प्रतिरूप पछिको छोराको बाबु बने, अनि उनले उसको नाउँ शेत राखे । आदम शेतको बाबु बनेपछि, उनी <u>आठ सय</u> वर्षसम्‍म बाँचे । उनी थप छोराहरू र छोरीहरूको बाबु बने । आदम <u>९३०</u> वर्षसम्‍म बाँचे, अनि उनी मरे । (उत्पत्ति ५:३-५ यूएलटी)