ne_ta/translate/translate-kinship/01.md

75 lines
13 KiB
Markdown

### वर्णन
कुटुम्ब शब्दलाई पारिवारिक सम्बन्धहरूले आपसमा जोडिएका मानिसहरूबारे बताउन प्रयोग गरिन्छ । यी शब्दावलीहरू भाषैपिच्छे यिनीहरूका विशिष्टतामा व्यापक रूपमा फरक हुन्छन् । यिनीहरूले (पश्‍चिमी) पति, पत्‍नी र उनीहरूमा आश्रित छोराछोरीहरूको परिवार वा सन्‍निकट परिवार (बुबा-छोरा, पति-पत्‍नी) देखि लिएर अन्य संस्कारहरूमा व्यापक कुलीय सम्बन्धसम्म समेट्छन् ।
#### यो अनुवादको विषय हुनुको कारण
अनुवादकहरूले भाषाअनुरूप उपयुक्त कुटुम्ब सम्बन्ध जनाउन निर्दिष्ट शब्दावलीहरू प्रयोग गर्नुपर्ने हुन सक्छ । कुनै भाषाहरूमा सहोदार दाजुभाइको जन्मक्रमको आधारमा विभिन्‍न शब्दावलीहरू प्रयोग गर्न सकिन्छ । अरूहरूमा परिवार (बुबा, आमा), उमेर, वैवाहिक अवस्थिति आदिले शब्दावलीहरू निर्धारण गर्न सक्छ । विभिन्‍न शब्दावलीहरूलाई वक्ता वा सम्बोधन गरिएको व्यक्तिको लिङ्‌गअनुसार प्रयोग गर्न सकिन्छ । उपयुक्त शब्दावली पत्ता लगाउन अनुवादकले बाइबलका दुई जना सम्बन्धित मानिसहरूको सम्बन्ध थाहा पाउनुपर्ने हुन्छ । कहिलेकाहीँ यी शब्दावलीहरू आफ्नो मातृभाषा बोल्नेहरूलाई पनि सम्झन कठिन हुन्छन् र अनुवादकहरूले उपयुक्त शब्द प्राप्‍त गर्न समुदयाको सहायता लिनुपर्ने हुन सक्छ । अर्को जटिल कुराचाहिँ बाइबल जुन भाषामा अनुवाद भइरहेको छ त्यसको निम्ति अनुवादकलाई उपयुक्त शब्दावली निर्धारण गर्नलाई आवश्यकपर्ने सम्बन्धबारे पर्याप्‍त जानकारी बाइबले नदिन सक्छ । यस्तो अवस्थामा, अनुवादकले प्रचलित सामान्य शब्द वा उपलब्ध सिमित जानकारीको आधारमा सन्तोषजनक शब्द चुनेर प्रयोग गर्नुपर्ने हुन्छ ।
कहिलेकाहीँ कुटुम्बलाई जनाउने जस्ता शब्दावलीहरू सम्बन्ध नै नभएका व्यक्तिहरूका निम्ति प्रयोग गरिन्छ । उदाहरणको निम्ति, एक जना वृद्ध व्यक्तिले सानो केटा वा केटीलाई "छोरो" वा "छोरी" भन्‍न सक्छ ।
### बाइबलबाट लिइएका उदाहरणहरू
> तब परमप्रभुले कयिनलाई सोध्‍नुभयो, “**तेरो भाइ** हाबिल कहाँ छ?” तिनले भने, "मलाई थाहा छैन । के म **मेरो भाइको** गोठालो हुँ?" (उत्पत्ति ४ः९ यूएलटी)
हाबिल कयिनका भाइ थिए ।
> यसकारण याकूबले राहेल र लेआलाई आफ्‍ना बगाल भएको खर्कमा बोलाइपठाए, र तिनीहरूलाई भने, “**तिमीहरूका बुबाको** मप्रतिको भावना पहिलेजस्‍तै नभएको म देख्‍दैछु । तर मेरा पिताका परमेश्‍वर मसँग हुनुभएको छ । (उत्पत्ति ३१ः४-५ यूएलटी)
यकूबले यहाँ आफ्ना ससुराको बारे कुरा गर्दैछन् । केही भाषाहरूमा मानिसको ससुराको निम्ति खास शब्द हुन सक्छ, यद्यपि, याकूब लाबनदेखि टाढिन खोज्दा यो शब्दावली प्रयोग गरेका हुनाले यहाँ "तिमीहरूका बुबा" नै राख्‍नु उपयुक्त हुन्छ ।
> मोशाले **आफ्‍ना ससुरा** मिद्यानका पूजाहारी यित्रोका भेड़ाबाख्रा चराइरहेका थिए । (प्रस्थान ३ः१क यूएलटी)
यो अघिल्लो उदाहरणभन्दा भिन्‍न भएको हुनाले, यदि तपाईंको भाषामा ससुराको निम्ति खास शब्दावली छ भने यहाँ प्रयोग गर्नु राम्रो हुन्छ ।
> अनि तिनकी दिदीचाहिँ त्‍यसलाई के हुँदोरहेछ भनेर हेर्नलाई टाढ़ामा उभिरही । (प्रस्थान २ः४ यूएलटी)
हामीले सन्दर्भबाट थाहा पाउन सक्छौँ कि यिनी मोशाकी दिदी मिरियम थिइन् । केही भाषामा यसको निम्ति निर्दिष्ट शब्दावली आवश्यक पर्न सक्छ । अरूहरूमा दिदी शब्द बाहिनीले वा सानो उमेर भएको व्यक्तिले सम्बोधन गर्दा मात्र प्रयोग गर्न सकिन्छ ।
> तब नाओमी र **तिनका बुहारीहरू** मोआबको मुलुकबाट घर फर्कन उठे । (रूथ १ः६ख)
रूथ र ओर्पा नाओमीका बुहारीहरू हुन् ।
> तब तिनले भनिन्, “हेर त, तिम्री बहिनी त आफ्‍ना मानिसहरू र आफ्‍ना देवताहरूकहाँ फर्केर गई। ” (रूथ १ः१५ यूएलटी)
ओर्पा रूथको पतिको भाइको पत्‍नी थिइन् । तपाईंको भाषामा रूथको पतिको बहिनी भएकोभन्दा फरक शब्दावली हुन सक्छ ।
> तब बोअजले रूथलाई भने, “ए **मेरी छोरी**, मेरो कुरा सुन त ।" (रूथ २ः८क यूएलटी)
बोअज रूथको बुबा होइन, तिनले आफूभन्दा सानो उमेरकी महिलालाई सम्बोधन गर्न मात्र प्रयोग गरिरहेका छन् ।
> हेर, **तिम्री नातेदार** एलीशिबाले पनि तिनको वृद्धावस्‍थामा छोरो गर्भधारण गरेकी छिन्, र जो बाँझी कहलाइएकी थिइन्, तिनी अहिले छैटौँ महिनामा छिन्‌। (लूका १ः३६, यूएलटी)
केजेभीले यसलाई **काका वा काकीको छरीको** रूपमा अनुवाद गर्छ, जुन शब्दको अर्थ नातेदार महिला मात्र हुन्छ ।
### अनुवादका रणनीतिरहरू
१. निर्दिष्ट गरिएको खास सम्बन्ध पत्ता लगाउनुहोस् र आफ्नो भाषामा प्रयोग गरिने शब्द प्रयोग गरेर अनुवाद गर्नुहोस् ।
२. यदि उक्त खण्डले सम्बन्धलाई तपाईंको भाषामा जस्तो स्पष्ट रूपमा उल्लेख गर्दैन भनेः
क. प्रचलित सामान्य शब्द चुन्‍नुहोस् ।
ख. आफ्नो भाषामा आवश्यक पर्छ नै भने सबैभन्दा बढी उपयुक्त शब्द चुनेर प्रयोग गर्नुहोस् ।
### अनुवाद रणनीतिहरू प्रयोग गरिएका
यो अंग्रेजी भाषाको विषय होइन, त्यसैले तलका उदाहरणहरू अरू भाषाहरूतिर आकर्षित हुन्छन् ।
कोरियाली भाषामा दाजुभाइ र दिदीबहिनीको निम्ति केही शब्दहरू छन्, तिनीहरूको प्रयोग वक्ताको लिङ्ग र जन्मक्रममा निर्भर हुन्छ । यी उदाहरणहरू biblegateway.com मा उपलब्ध लिभिङ्‌ बाइबलबाट लिइएका हुन् ।
> उत्पत्ति ३०ः१, राहेलले आफ्‍नी "एओन्नी"सित डाह गर्न लागिन्‌, जुन आफूभन्दा ठुलो दिदीको निम्ति प्रयोग गरिन्छ ।
>
> उत्पत्ति ३४ः३१, शिमियोन र लेवीले दीनालाई "नुइ" भन्छन्, जुन बाहिनीको निम्ति एउटा सामान्य शब्द हो ।
>
> उत्पत्ति ३७ः१६, योसेफले आफ्ना दाजुहरूलाई "ह्येओङ" भन्छन्, जुन भाइले ठुला दाजु(हरू)को निम्ति प्रयोग गर्ने शब्द हो ।
>
> उत्पत्ति ४५ः१२, योसेफले बेन्यामीनलाई "डोङ्सायङ्‌" भन्छन्, जसले रूखो रूपमा सहोदर वा सामान्यतयाः भाइलाई जनाउँछ ।
रसियनमा, ज्वाइँ वा बुहारीको निम्ति प्रयोग गरिने शब्दहरू जटिल छन् । उदाहरणको लागि, "नेभेस्त्का" दाजुभाइको पत्‍नी (वा ज्वाइँ) हो; महिलाले उही शब्द बुहारीको निम्ति प्रयोग गर्छिन् तर उक्त महिलाको पतिले उही बुहारीलाई "स्‍नोक्‍सा" भन्छ ।
रसियन सिनोडल संस्करणबाट लिइएको उदारहणहरू ।
> उत्पत्ति ३८ः२५ तामारले उनका ससुरा यहूदालाई सन्देश पठाउँछिन् । त्यहाँ "स्भेकोर" शब्द प्रयोग गरिएको छ । यो महिलाको ससुराको निम्ति प्रयोग गरिन्छ ।
>
> प्रस्थाब ३ः१ मोशाले आफ्ना ससुराका भेडाहरू चराइरहेका छन् । यहाँ "टेस्ट" शब्द प्रयोग गरिएको छ । यो पुरुषको पतिको बुबाको निम्ति प्रयोग गरिन्छ ।