ne_ta/translate/translate-bmoney/01.md

71 lines
8.4 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

### वर्णन
पुरानो करारको समयमा सुन र चाँदी जस्ता उनीहरूका धातुहरूलाई तौलन्थे र कुनै कुरा किन्‍नको निम्ति त्यसको निश्‍चित तौल दिन्थे । पछि मानिसहरूले खास धातुको सर्वस्वीकृत मात्रा भएका सिक्काहरू बनाउन थाले । तीमध्ये एउटा डेरिक थियो । नयाँ करारको समयमा मानिसहरूले चाँदी र तामाका सिक्काहरूको प्रयोग गर्थे ।
तल दिइएका दुई वटा तालिकामा पुरानो करार र नयाँ करारमा केही प्रचलित रुपियाँ पैसाका एकाइहरू दिइएका छन् । पुरानो करारको एकाइको तालिकाले कस्तो किसिमको धातु प्रयोग गरिएको थियो र त्यसको तौल कति थियो भन्‍ने देखाउँछ । नयाँ करारको एकाइको तालिकाले कस्तो किसिमको धातु प्रयोग गरिएको थियो र दिनको ज्यालाको हिसाबले त्यसको मूल्य कति थियो भनी देखाउँछ ।
| पुरानो करारको एकाइ | धातु | तौल |
| -------- | -------- | -------- |
| डेरिक | सुनको सिक्का | ८.४ ग्राम |
| शेकेल | विभिन्‍न किसिमका धातुहरू | ११ ग्राम |
| तोडा | विभिन्‍न किसिमका धातुहरू | ३३ किलोग्राम|
| नयाँ करारको एकाइ | धातु | १ दिनको ज्याला |
| -------- | -------- | -------- |
| दिनार/दिनारी | चाँदीको सिक्‍का | १ दिन |
| ड्रेक्मा | चाँदीको सिक्‍का | १ दिन |
| माइट | तामाको सिक्का| १/६४ दिन |
| शेकेल | चाँदीको सिक्‍का | ४ दिनहरू |
| तोडा | चाँदी | ६, दिनहरू |
#### अनुवादको सिद्धान्त
आधुनिक रुपियाँ पैसाको मूल्य प्रयोग नगर्नुहोस् किनकि यिनीहरूको मूल्य वर्ष-वर्षमा बदलिरहन्छन् । यिनीहरूको प्रयोग गर्नाले बाइबलको अनुवादलाई पुरानो र गलत तुल्याउँछ ।
### अनुवादका रणनीतिहरू
पुरानो करारको रुपियाँ पैसाको मूल्य त्यसको तौलमा आधारित थियो । त्यसैले पुरानो करारका तौलहरू अनुवाद गर्दा [बाइबलीय तौल](../translate-bweight/01.md) हेर्नु होला ।
नयाँ करारको रुपियाँ पैसाको मूल्यलाई अनुवाद गर्ने रणनीतिहरू तल दिइएको छन् ।
१. बाइबलको शब्द प्रयोग गर्नुहोस् र यसको उच्चारणसँग मिल्ने किसिमले हिज्‍जे पनि उल्लेख गर्नुहोस् । ([शब्दहरूको नक्कल वा सापटी](../translate-transliterate/01.md) हेर्नुहोस्)
२. यो कस्तो किसिमको धातुले बनेको थियो र कति वटा सिक्‍काहरू प्रयोग गरिएका थिए त्यसको हिसाबले रुपियाँ पैसाको मूल्य बताउनुहोस् ।
३. बाइबलको समयका मानिसहरूले एक दिन काम गर्दा आर्जन गर्न सक्‍ने ज्यालाको हिसाबमा रुपियाँ पैसाको मूल्य बताउनुहोस् ।
४. बाइबलका शब्दहरू प्रयोग गर्नुहोस् र पाठ्यांश वा पादटिप्पणीमा सो सरहको परिमाण दिनुहोस् ।
५. बाइबलको शब्द प्रयोग गर्नुहोस् र पादटिप्पणीमा त्यसको व्याख्या गर्नुहोस् ।
### अनुवाद रणनीतिहरू
अनुवादका रणनीतिहरूलाई लूका ७:४१ मा प्रयोग गरिएको छ ।
* **एउटाले पाँच सय दिनारी र अर्काले पचास दिनारी ऋण लिएका थिए ।** (लूका ७:४१ यूएलटी)
१. बाइबलको शब्द प्रयोग गर्नुहोस् र यसको उच्चारणसँग मिल्ने किसिमले हिज्‍जे पनि उल्लेख गर्नुहोस् । ([शब्दहरूको नक्कल वा सापटी शब्दहरू](../translate-transliterate/01.md) हेर्नुहोस्)
> > “एउटाले **५०० दिनारी** र अर्काले **५० दिनारी** ऋण लिएका थिए ।” (लूका ७:४१ यूएलटी)
२. यो कस्तो किसिमको धातुले बनेको थियो र कति वटा सिक्‍काहरू प्रयोग गरिएका थिए त्यसको हिसाबले रुपियाँ पैसाको मूल्य बताउनुहोस् ।
> > “एउटाले **५०० चाँदीको सिक्का** र अर्काले **५० चाँदीको सिक्का** ऋण लिएका थिए ।” (लूका ७:४१ यूएलटी)
३. बाइबलको समयका मानिसहरूले एक दिन काम गर्दा आर्जन गर्न सक्‍ने ज्यालाको हिसाबमा रुपियाँ पैसाको मूल्य बताउनुहोस् ।
> > “एउटाले **५०० दिनको ज्याला** र अर्काले **५० दिनको ज्याला** ऋण लिएका थिए ।”
४. बाइबलका शब्दहरू प्रयोग गर्नुहोस् र पाठ्यांश वा पादटिप्पणीमा सो सरहको परिमाण दिनुहोस् ।
> > “एउटाले **५०० दिनारी**१ र अर्काले **५० दिनारी**२ ऋण लिएका थिए । “
पादटिप्‍पणी यस्तो देखिन्छः
> > [१] ५०० दिनको ज्याला [२] ५० दिनको ज्याला
५. बाइबलको शब्द प्रयोग गर्नुहोस् र पादटिप्पणीमा त्यसको व्याख्या गर्नुहोस् ।
> > “एउटाले **५०० दिनारी**१ र अर्काले **५० दिनारी** ऋण लिएका थिए ।” (लूका ७:४१ यूएलटी)
> > <sup> [१]</sup> एक दिनार एक जना मानिसले एक दिनमा कमाउने चाँदीको मात्रा थियो ।