60 lines
11 KiB
Markdown
60 lines
11 KiB
Markdown
### वर्णन
|
|
|
|
"जानु" वा "आउनु" मध्ये कुनचाहिँको प्रयोग गर्ने भन्ने बारेमा फरक-फरक भाषाहरूका फरक-फरक तरिकाहरू छन् र गतिको बारेमा कुरा गर्दा "लानु" वा "ल्याउनु" मध्ये कुन प्रयोग गर्ने भन्नने बारेमा पनि आ-आफ्नै तरिका छन्। उदाहरणको लागि, अङ्ग्रेजी बोल्नेहरूले आफूलाई बोलाउने व्यक्ति भएको ठाउँमा पुग्नै लाग्दा "म आउँदैछु" भन्छन् तर स्पानिस् भाषा बोल्नेहरूले "म जाँदैछु" भन्छन्। "आउनु" वा "जानु" ("लैजानु" र "ल्याउनु") को अनुवाद गर्दा आफ्ना पाठकहरूले बुझ्ने गरी गर्नुहोस्।
|
|
|
|
### यो अनुवादको विषय हुनुको कारण
|
|
|
|
फरक भाषाहरूले गतिलाई फरक तरिकाले व्यक्त गर्छन्। "जानु" र "आउनु" वा "लैजानु" र "ल्याउनु" को प्रयोग गर्ने तरिका बाइबलीय भाषा वा स्रोत भाषा र तपाईंको भाषामा फरक पर्न सक्छ। यदि यी शब्दहरूको अनुवाद गर्दा तपाईंको भाषामा स्वभाविक लाग्दैन भने तपाईंका पाठकहरू अलमलमा पर्न सक्छन्।
|
|
|
|
### बाइबलबाट उदाहरणहरू
|
|
|
|
> तब परमप्रभुले नोआलाई भन्नुभयो, “तँ र तेरा सबै जहान जहाजभित्र **आओ**।(उत्पत्ति ७:१ यूएलटि)
|
|
|
|
केही भाषाहरूमा परमेश्वर जहाजभित्र हुनुहुन्थ्यो भन्ने अर्थ पनि लाग्न सक्छ।
|
|
|
|
> जब तँ मेरो कुटुम्बकहाँ **आउने छस्** तब मेरो यस शपथबाट छुट्ने छस्। अनि तिनीहरूले केटी दिएनन् भने पनि मेरो यस शपथबाट तँ छुट्ने छस्। (उत्पत्ति २४:४१ यूएलटि)
|
|
|
|
अब्राहाम आफ्नो नोकरसँग कुरा गर्दै थिए। अब्राहामका कुटुम्बहरू अब्राहाम र नोकर उभिएको ठाउँबाट टाढा बस्थे, त्यसैले तिनी आफ्नो नोकर तिनी भएको ठाउँमा **आएको** होइन, तिनीहरूकहाँ **गएको** चाहन्थे।
|
|
|
|
> परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने देशमा **आएर** त्यो अधिकार गरी त्यहाँ बसोबास गर्न लागेपछि “हाम्रा वरिपरिका सबै जातिहरूले गरेझैँ हामी पनि हामीमाथि एउटा राजा नियुक्त गरौं” भनी भन्यौ भने … (व्यवस्था १७:१४क यूएलटि )
|
|
|
|
मोशा उजाडस्थानमा आफ्ना मानिसहरूसँग कुरा गरिरहेका छन्। तिनीहरू परमेश्वरले तिनीहरूलाई दिनुभएको देशमा पुगेका थिएनन्। केही भाषाहरूमा यसलाई, परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने देशमा **गएर**… भन्नु अझ अर्थपूर्ण हुन्छ।
|
|
|
|
> योसेफ र मरियमले उहाँलाई परमप्रभुको सामुन्ने समर्पण गर्न यरूशलेममा **ल्याए**। (लूका १:२२ यूएलटि)
|
|
|
|
केही भाषाहरूमा, योसेफ र मरियमले उहाँलाई **लगे** भन्नु अर्थपूर्ण हुन्छ।
|
|
|
|
> याइरस नाउँका एक जना सभाघरका शासक आएर येशूका पाउमा परे, र तिनको घरमा **आउनुहोस्** भनी उहाँलाई बिन्ती गरे, (लूका ८:४१ यूएलटि)
|
|
|
|
येशूसँग कुरा गर्दा याइरस आफ्नो घरमा थिएनन्। येशू आफ्नो घर **गएको** तिनी चाहन्थे।
|
|
|
|
> यसपछि तिनकी पत्नी एलीशिबा गर्भवती भइन्, र पाँच महिनासम्म सार्वजनिक रूपमा बाहिर **गइनन्**। (लूका १:२४ यूएलटि)
|
|
|
|
केही भाषाहरूमा, एलीशिबा बाहिर **आइनन्** भन्नु उपयुक्त हुन्छ।
|
|
|
|
### अनुवादका रणनीतिहरू
|
|
|
|
यदि प्रयोग गरिएको शब्द स्वभाविक लाग्छ र सही अर्थ दिन्छ भने त्यसको प्रयोग गर्नुहोस्। यदि यसो होइन भने, अन्य रणनीतिहरू तल दिइएका छन्।
|
|
|
|
(१) तपाईंको भाषामा "जानु," "आउनु," वा "ल्याउनु," वा "लैजानु" कुन शब्दको प्रयोग स्वभाविक हुन्छ, त्यसैको प्रयोग गर्नुहोस्।
|
|
|
|
(२) सही अर्थ दिने अर्को शब्दको प्रयोग गर्नुहोस्।
|
|
|
|
### अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू
|
|
|
|
१. तपाईंको भाषामा "जानु," "आउनु," वा "ल्याउनु," वा "लैजानु" कुन शब्दको प्रयोग स्वभाविक हुन्छ, त्यसैको प्रयोग गर्नुहोस् ।
|
|
|
|
* **जब तँ मेरो कुटुम्बकहाँ <u>आउने छस्</u> तब मेरो यस शपथबाट छुट्ने छस् । अनि तिनीहरूले केटी दिएनन् भने पनि मेरो यस शपथबाट तँ छुट्ने छस् ।** (उत्पत्ति २४:४१ )
|
|
* जब तँ मेरो कुटुम्बकहाँ <u>जाने छस्</u> तब मेरो यस शपथबाट छुट्ने छस् । अनि तिनीहरूले केटी दिएनन् भने पनि मेरो यस शपथबाट तँ छुट्ने छस् ।.
|
|
* **यसपछि तिनकी पत्नी एलीशिबा गर्भवती भइन्, र पाँच महिनासम्म सार्वजनिक रूपमा बाहिर <u>गइनन्</u>** (लूका १:२४ )
|
|
* यसपछि तिनकी पत्नी एलीशिबा गर्भवती भइन्, र पाँच महिनासम्म सार्वजनिक रूपमा बाहिर <u>आइनन्</u>
|
|
|
|
२. सही अर्थ दिने अर्को शब्दको प्रयोग गर्नुहोस् ।
|
|
|
|
* **परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने देशमा <u>आएर</u> त्यो अधिकार गरी त्यहाँ बसोबास गर्न लागेपछि “हाम्रा वरिपरिका सबै जातिहरूले गरेझैँ हामी पनि हामीमाथि एउटा राजा नियुक्त गरौं” भनी भन्यौ भने ...** (व्यवस्था १७:१४ )
|
|
* “परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने देशमा <u>पुगेर</u> त्यो अधिकार गरी त्यहाँ बसोबास गर्न लागेपछि “हाम्रा वरिपरिका सबै जातिहरूले गरेझैँ हामी पनि हामीमाथि एउटा राजा नियुक्त गरौं” भनी भन्यौ भने ...”
|
|
* **तब परमप्रभुले नोआलाई भन्नुभयो, “तँ र तेरा सबै जहान जहाजभित्र <u>आओ</u> ...** (उत्पत्ति ७:१ )
|
|
* “तब परमप्रभुले नोआलाई भन्नुभयो, “तँ र तेरा सबै जहान जहाजभित्र <u>प्रवेश गर</u> ...”
|
|
* **यसपछि तिनकी पत्नी एलीशिबा गर्भवती भइन्, र पाँच महिनासम्म सार्वजनिक रूपमा बाहिर <u>गइनन्</u> ।** (लूका १:२४ )
|
|
* यसपछि तिनकी पत्नी एलीशिबा गर्भवती भइन्, र पाँच महिनासम्म पाँच महिनासम्म सार्वजनिक रूपमा बाहिर <u>देखा परिनन्</u> ।
|