ne_ta/translate/figs-exclusive/01.md

36 lines
6.4 KiB
Markdown

### वर्णन
केही भाषाहरूमा "हामीः" का एकभन्दा बढी रूप हुन्छन्। "म र तँ/तिमी/तपाईं/हजुर" लाई जनाउनेलाई समावेशी र "म र अरू कोहीलाई जनाउने तर "तँ/तिमी/तपाईं/हजुरलाई" नजाउनेलाई असमावेशी भनिन्छ। असमावेशीले जोसँग बोलिन्छ उसलाई समावेश गर्दैन। समावेशीले जोसँग बोलिन्छ उसलाई र अन्यलाई पनि समेट्छ। "हामी," र "हाम्रो," मा पनि यही कुरा लागु हुन्छ। केही भाषाहरूमा यी सबैका समावेशी र असमावेशी दुबै रूप हुन्छन्। समावेशी र असमावेशी दुबै फरक भएका भाषामा अनुवाद गर्नुपर्ने अनुवादकहरूले वक्ताले भन्‍न खोजेको कुरा बुझेर कुन रूपको प्रयोग गर्ने भन्‍ने निर्णय गर्नुपर्छ।
तस्बिरहरू हेर्नुहोस्। वक्ता दायाँ तर्फ दिइएका मानिसहरूसँग बोलिरहेका छन्। पहेंलो हाइलाइटले समावेशी "हामी" र असमावेशी "हामी" ले बुझाउने व्यक्तिलाई जनाउँछ।
![](https://cdn.door४३.org/ta/jpg/vocabulary/we_us_inclusive.jpg)
![](https://cdn.door४३.org/ta/jpg/vocabulary/we_us_exclusive.jpg)
### यो अनुवादको विषय हुनुको कारण
बाइबललाई सुरुमा हिब्रू, अरामाइक र ग्रीक भाषाहरूमा लेखिएको थियो। अंग्रेजींमा जस्तो यी भाषाहरूमा "हामी" का फरक फरक समावेशी र असमावेशी छैनन्। भाषामा समावेशी र असमावेशी दुबै रूप भएका अनुवादकहरूले वक्ताले भन्‍न खोजेको कुरा राम्ररी बुझ्‍न जरूरी छ, ताकि "हामी" को कुन रूप प्रयोग गर्ने हो सो स्पष्ट हुन सकोस्।
### बाइबलबाट उदाहरणहरू
#### असमावेशी
> तिनीहरूले भने, “**हामी**हरूसित पाँच वटा रोटी र दुई वटा माछा मात्र छन्, नभए हामी गएर यी सबै मानिसका लागि भोजन किन्‍नुपर्ला। (लूका ९:१३ यूएलटि)
पहिलो उपवाक्यमा, चेलाहरूले तिनीहरूसँग भएको खानेकुराको बारेमा येशूलाई बताउँदै छन्, यसैले यहाँ प्रयोग भएको "हामी" समावेशी र असमावेशी दुबै हुन सक्छ। दोस्रो उपवाक्यमा तिनीहरूमध्ये केही खानेकुरा किन्‍न जाने कुरा छ, यसैले यहाँ प्रयोग भएको "हामी" "असमावेशी" हो, किनकि येशू तिनीहरूसँग जानुहुने थिएन।
> यो जीवन प्रकट भयो, र **हामीले** देख्‍यौं, र **हामी** गवाही दिन्‍छौं, र तिमीहरूलाई त्‍यस अनन्‍त जीवनको सन्‍देश सुनाउँछौं, जो पितासँग थियो, र **हामीकहाँ** प्रकट भयो। (१ यूहन्‍ना १:२ यूएलटि)
यूहन्‍नाले आफूले र अरू प्रेरितहरूले देखेका तर अरूले नदेखेका येशूको बारेमा मानिसहरूलाई बताइरहेका छन्। असमावेशी रूप प्रयोग गरिने भाषाहरूमा "हामी" र "हामीसँग" का **असमावेशी** रूपको प्रयोग गर्न सकिन्छ।
#### समावेशी
> गोठालाहरूले आपसमा भने, “आओ, हामी बेथलेहेमसम्‍म **जाऔं**, र त्‍यहाँ घटेको यो घटना र परमप्रभुले **हामीलाई** बताउनुभएको कुरा गएर हेरौं।” (लूका २:१५ख यूएलटि)
गोठालाहरू एकापसमा कुरा गरिरहेका थिए। यहाँ तिनीहरूले "हामी" शब्दको प्रयोग गर्दा तिनीहरूले कुरा गरिरहेका मानिसहरूलाई पनि **समेटेका** थिए।
> एक दिन उहाँ आफ्‍ना चेलाहरूसँग डुङ्गामा चढ्‌नुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “**हामी** तालको पारिपट्टि जाऔं।” र उहाँहरू डुङ्गामा चढी जानुभयो। (लूका ८:२२ यूएलटि)
येशूले "हामी" भनेर आफू र आफूले कुरा गरिरहनु भएका चेलाहरूलाई जनाउनुभयो, यसैले यो **समावेशी** रूप हो।