ne_ta/translate/figs-123person/01.md

53 lines
10 KiB
Markdown

सामन्यतया बोल्‍ने व्यक्तिले आफैलाई 'म' भनेर सम्बोधन गर्छ र जोसँग ऊ बोल्छ उसलाई 'तँ/तिमी/तपाईं/हजुर' भनेर सम्बोधन गर्छ । बाइबलमा कहिलेकहिँ बोल्‍ने व्यक्तिले आफैंलाई र आफू जोसँग बोल्दै छ उक्त व्यक्तिलाई 'म' वा 'तँ/तिमी/तपाईं/हजुर' भनेर सम्बोधन नगरेको पाउँछौं ।
### विवरण
* **प्रथम पुरुष** - बोल्‍ने व्यक्तिले सामान्यतया यसरी आफैलाई सम्बोधन गर्छ । अँग्रेजीले 'म' र 'हामी' सर्वनाम प्रयोग गर्छ (मलाई, मेरो, हाम्रो पनि प्रयोग गरिएको पाइन्छ )
* **दोस्रो पुरुष** - बोल्ने व्यक्तिले अर्को वा आफूले बोलिरहेको व्यक्तिलाई जनाउन यसको प्रयोग गर्छ । अँग्रेजीमा 'तँ/तिमी/तपाईं/हजुर' को प्रयोग गरिएको पाइन्छ (तिम्रो, तपाईंको, हजुरको पनि प्रयोग गरिएको पाइन्छ)
* **तेस्रो पुरुष** - बोल्‍ने व्यक्तिले अर्को कसैलाई सम्बोधन गर्नु परेमा यसको प्रयोग गर्छ । अँग्रेजीमा 'ऊ/उहाँ/तिनी,' 'उनी',' 'तिनीहरू/उनीहरू/उहाँहरू' को प्रयोग भएको पाइन्छ । (यसका साथै उसको, उहाँको , उनको, तिनको, तिनीहरूको, उनीहरूको, उहाँहरूको पनि प्रयोग भएको पाइन्छ) । 'पुरुष' वा 'स्त्री' जस्ता शब्दहरू पनि तेस्रो पुरुष हुन् ।
### यो अनुवादको विषय हुनुका कारणहरू
कहिलेकहिँ बाइबलमा लेखक वा वक्ताले आफैंलाई वा आफूले बोलिरहेको व्यक्तिलाई तेस्रो पुरुषको रूपमा सम्बोधन गरेको पाइन्छ । पाठकहरूले वक्ताले अर्कै व्यक्तिलाई सम्बोधन गरेको ठान्‍न सक्छन् । तिनीहरूले त्यसको अर्थ 'म' वा तँ/तिमी/तपाईं/हजुर' हो भनेर नबुझ्‍न सक्छन् ।
### बाइबलबाट उदाहरणहरू
कहिलेकहिँ मानिसहरूले 'म' वा 'मेरो' को सट्टामा आफैलाई बुझाउनको निम्ति तेस्रो पुरुषको प्रयोग गरेको पाइन्छ ।
>तर दाऊदले शाऊललाई भने, “हजूर, <u>तपाईंको दासले</u> <u>उसका</u> पिताका भेडाहरूको हेरचाह गर्थ्यो ।” (१ शमूएल १७:३४)
दाऊदले यहाँ आफैंलाई तेस्रो पुरुषको रूपमा 'तपाईंको दास' र 'उसका' भनेर सम्बोधन गरे । तिनले शाऊलको अगाडि आफ्नो नम्रता देखाउनलाई आफैंलाई शाऊलको दास भने ।
>तब परमप्रभुले आँधीबेहरीबाट अय्‍यूबलाई फेरि यसो भनेर जवाफ दिनुभयो,
>“… के तेरो पाखुरा <u>परमेश्‍वरको</u> पाखुराजस्‍तै छ? के <u>उहाँको</u> सोरजस्‍तै तँ गर्जन सक्‍छस्‌? (अय्यूब ४०:६, ९)
परमेश्‍वरले आफैंलाई 'परमेश्‍वरको' र 'उहाँको' भनेर तेस्रो पुरुषको प्रयोग गर्नुभयो । उहाँले आफू परमेश्‍वर र शक्तिशाली हुनुहुन्छ भन्‍ने कुरालाई जोड दिन यसो गर्नुभयो ।
कहिलेकहिँ मानिसहरूले आफूले बोलिरहेको व्यक्तिलाई सम्बोधन गर्नको निम्ति 'तँ/तिमी/तपाईं/हजुर' वा 'तेरो/तिम्रो/तपाईंको/हजुरको' को साटो तेस्रो पुरुषको प्रयोग गर्छन् ।
>अब्राहामले भने, “हेर्नुहोस्, म केवल माटो र खरानी मात्र भएर पनि <u>परमप्रभुसँग</u> कुरा गर्न आँट गरेको छु । (उत्पत्ति १८:२७)
अब्राहाम परमप्रभुसँग बोल्दै थिए र तिनले परमप्रभुलाई 'तपाईंसँग' नभनी 'मेरो परमप्रभुसँग' भनेर सम्बोधन गरे । तिनले परमप्रभुको अगाडि आफ्नो नम्रता प्रदर्शन गर्न यसो गरे ।
><u>तिमीहरू हरेकले</u> <u>उसको आफ्‍नो</u> भाइलाई आफ्‍नो हृदयदेखि क्षमा गरेनौ भने, स्‍वर्गमा हुनुहुने मेरा पिताले पनि तिमीहरूसँग त्‍यसै गर्नुहुने छ । (मत्ती १८:३५)
'तिमीहरू हरेकले' भनिसकेपछि येशूले 'तिमीहरूको' नभनी 'उसको आफ्नो' भन्‍नुभयो ।
### अनुवाद रणनीति
यदि 'म' वा 'तँ/तिमी/तपाईं/हजुर' को साटो तेस्रो पुरुषको प्रयोग गर्दा तपाईंको आफ्नो भाषामा स्वभाविक सुनिन्छ र सही अर्थ दिन्छ भने त्यसकै प्रयोग गर्नुहोस् । यदि दिँदैन भने अन्य विकल्पहरू छन् ।
१. 'म' वा 'तँ/तिमी/तपाईं/हजुर' सँगै तेस्रो पुरुषको पनि प्रयोग गर्नुहोस् ।
२. तेस्रो पुरुषको साटो प्रथम पुरुष ('म') वा दोस्रो पुरुष ('तँ/तिमी/तपाईं/हजुर') कै प्रयोग गर्नुहोस् ।
### अनुवाद रणनीति प्रयोग गरिएका उदाहरणहरू
१. 'म' वा 'तँ/तिमी/तपाईं/हजुर' सँगै तेस्रो पुरुषको पनि प्रयोग गर्नुहोस् ।
* **तर दाऊदले शाऊललाई भने, “हजूर, <u>तपाईंको दासले</u> <u>उसका</u> पिताका भेडाहरूको हेरचाह गर्थ्यो ।”** (१ शमूएल १७:३४)
* तर दाऊदले शाऊललाई भने, “हजूर, <u>तपाईंको दासले</u> <u>मेरा</u> पिताका भेडाहरूको हेरचाह गर्थ्यो ।”
२. तेस्रो पुरुषको साटो प्रथम पुरुष ('म') वा दोस्रो पुरुष ('तँ/तिमी/तपाईं/हजुर') कै प्रयोग गर्नुहोस् ।
* **तब परमप्रभुले आँधीबेहरीबाट अय्‍यूबलाई फेरि यसो भनेर जवाफ दिनुभयो,“… के तेरो पाखुरा <u>परमेश्‍वरको</u> पाखुराजस्‍तै छ? के <u>उहाँको</u> सोरजस्‍तै तँ गर्जन सक्‍छस्‌?** (अय्यूब ४०:६, ९)
* तब परमप्रभुले आँधीबेहरीबाट अय्‍यूबलाई फेरि यसो भनेर जवाफ दिनुभयो,“… के तेरो पाखुरा <u>मेरो</u> पाखुराजस्‍तै छ? के <u>मेरो</u> सोरजस्‍तै तँ गर्जन सक्‍छस्‌? ?”
* **<u>तिमीहरू हरेकले</u> <u>उसको आफ्‍नो</u> भाइलाई आफ्‍नो हृदयदेखि क्षमा गरेनौ भने, स्‍वर्गमा हुनुहुने मेरा पिताले पनि तिमीहरूसँग त्‍यसै गर्नुहुने छ ।** (मत्ती १८:३५)
* <u>तिमीहरू हरेकले</u> <u>तिमीहरूको आफ्‍नो</u> भाइलाई आफ्‍नो हृदयदेखि क्षमा गरेनौ भने, स्‍वर्गमा हुनुहुने मेरा पिताले पनि तिमीहरूसँग त्‍यसै गर्नुहुने छ ।