224 lines
36 KiB
Markdown
224 lines
36 KiB
Markdown
### विवरण
|
|
|
|
सांस्कृतिक नमुनाहरू जीवन वा व्यवहारका पक्षहरूका मानसिक तस्बिरहरू हुन् । यी तस्बिरहरूले हामीलाई ती कुराहरूको बारेमा कल्पना गर्न र बातचित गर्न मदत गर्छन् । उदाहरणको निम्ति, अमेरिकीहरूले विवाह र मित्रताजस्ता धेरै कुराहरूलाई मेशिनहरूका रूपमा सोच्छन् । अमेरिकीहरूले यस्ता वाक्यहरूको प्रयोग गर्छन्, "उसको विवाह टुट्यो," वा "तिनीहरूको मित्रता तिब्र गतिमा बढिरहेको छ ।" यस उदाहरणमा, मानवीय सम्बन्धहरूलाई मेशिनको रूपमा लिइएको छ ।
|
|
|
|
बाइबलमा पाइने केही सांस्कृतिक नमुनाहरू वा मानसिक तस्बिरहरूको सूची तल दिइएको छ । सबैभन्दा पहिले परमेश्वरको निम्ति दिइएको नमुनाहरू, त्यसपछि मानव, वस्तुहरू र अनुभवहरूको लागि नमुनाहरू दिइएका छन् । सूचीमा प्रयोग भएका नमुनाहरूले विचारको प्रतिनिधित्व गर्छन् । नमुनाको प्रयोग भएका हरेक पदमा उक्त शब्द देखा नपर्न सक्छ, तर त्यस शब्दले प्रतिनिधित्व गर्ने विचारको उपश्थितीचाहिँ अवश्य हुन्छ ।
|
|
|
|
#### परमेश्वरलाई मानिसको नमुनाको रूपमा लिइएको छ
|
|
|
|
बाइबलले परमेश्वर मानिस हुनुहुन्छ भन्ने कुरालाई स्पष्ट रूपमा इन्कार गरेता पनि उहाँ कार्यहरूलाई प्रायः मानिसले गर्ने कुराका रूपमा लिइएको पाइन्छ । तर परमेश्वर मानव हुनुहुन्न, त्यसैले बाइबलमा परमेश्वर बोल्नुभएको कुरा पढ्दा उहाँसँग ध्वनी उत्पन्न गर्ने स्वरयन्त्र छ भन्ने सोच्नुहुन्न । बाइबलमा उहाँको हातले केही कुरा गरेको कुरा बताउँदा उहाँसँग शारीरिक हात छ भन्ने सोच्नु हुन्न ।
|
|
|
|
>यदि परमप्रभु <u>हाम्रा परमेश्वरको सोर</u> हामीले अझै सुन्यौं भनेता हामी मर्ने छौं! (व्यवस्था ५:२५)
|
|
|
|
<blockquote>परमप्रभु <u>मेरा परमेश्वरको हात</u> ममाथि रहेको छ भनी जानेर मैले साहस गरें । (एज्रा ७:२८)</blockquote>
|
|
|
|
>यसबाहेक राजा र तिनका अधिकारीहरूले परमप्रभुको वचनअनुसार दिएको हुकुम एकमत भई पालन गर्न <u>परमेश्वरको हातले</u> यहूदाका मानिसहरूलाई उक्साए । (२ इतिहास ३०:१२)
|
|
|
|
यहाँ प्रयोग गरिएको शब्द "हात" को प्रयोग परमेश्वरको शक्ति जनाउनको निम्ति लक्षणाको रूपमा गरिएको छ । (हेर्नुहोस्ः [लक्षणा](../figs-metonymy/01.md))
|
|
|
|
#### परमेश्वरलाई राजाको नमुनाको रूपमा लिइएको छ
|
|
|
|
> किनकि सारा पृथ्वीका <u>राजा</u> परमेश्वर नै हुनुहुन्छ । (भजनसंग्रह ४७:७)
|
|
|
|
>किनभने <u>राज्य</u> त परमप्रभुकै हो,
|
|
>र सबै जातिहरूमाथि उहाँले नै <u>शासन</u> गर्नुहुन्छ । (भजनसंग्रह २२:२८)
|
|
|
|
>हे परमेश्वर, तपाईंको <u>सिंहासन</u> सदासर्वदाको निम्ति रहिरहन्छ,
|
|
>र न्यायको <u>राजदण्ड</u> तपाईंका <u>राज्यको</u> राजदण्ड हुने छ । (भजनसंग्रह ४५:६)
|
|
|
|
>परमप्रभु यसो भन्नुहुन्छ,
|
|
>"स्वर्ग मेरो <u>सिंहासन</u> हो, र पृथ्वीचाहिँ मेरो <u>पाउदान</u> हो ।" (यशैया ६६:१)
|
|
|
|
>परमेश्वर जाति-जातिहरूमाथि <u>राज्य गर्नुहुन्छ</u>,
|
|
>परमेश्वर आफ्नो पवित्र <u>सिंहासनमा</u> विराजमान हुनुहुन्छ ।
|
|
>अब्राहामका परमेश्वरको प्रजाझैँ जाति-जातिका <u>शासकहरू</u> भेला भएका छन्,
|
|
>किनकि पृथ्वीका <u>राजाहरू</u> परमेश्वरकै हातमा छन् ।
|
|
>उहाँ अति उच्च हुनुहुन्छ । (भजनसंग्रह ४७:८-९)
|
|
|
|
#### परमेश्वरलाई गोठाला र उहाँका मानिसहरूलाई भेडाको नमुनाको रूपमा लिइएको छ
|
|
|
|
> परमप्रभु <u>मेरा गोठाला</u> हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन । (भजनसंग्रह २३:१)
|
|
|
|
उहाँका मानिसहरू भेडा हुन् ।
|
|
> किनभने उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ,
|
|
र हामी <u>उहाँको खर्कका</u> प्रजा, र <u>उहाँका हातका भेडाहरू</u> हौं । (भजनसंग्रह ९५:७)
|
|
|
|
उहाँले आफ्ना मानिसहरूलाई भेडाहरूलाई झैं अगुवाइ गर्नुहुन्छ ।
|
|
>तर उहाँले आफ्ना मानिसहरूलाई <u>भेडाहरूलाई झैँ</u> बाहिर निकालिल्याउनुभयो, र उहाँले तिनीहरूलाई <u>भेडाको बगाललाई झैँ</u> उजाड-स्थानको बीचबाट अगुवाइ गर्नुभयो । (भजनसंग्रह ७८:५२)
|
|
|
|
उहाँ आफ्ना भेडाहरूलाई बचाउनको निम्ति मर्न इच्छुक हुनुहुन्छ ।
|
|
> म असल गोठालो हुँ, म आफ्ना भेडाहरूलाई चिन्छु, अनि मेरा भेडाहरूले मलाई चिन्छन् । जसरी पिताले मलाई चिन्नुहुन्छ, म पितालाई चिन्छु, अनि <u>म भेडाहरूका लागि आफ्नो प्राण अर्पण दिन्छु</u> । (यूहन्ना १०:१४-१५)
|
|
|
|
#### परमेश्वरलाई योद्धाको नमुनाको रूपमा लिएको छ
|
|
|
|
>परमप्रभु नै <u>योद्धा</u> हुनुहुन्छ, (प्रस्थान १५:३)
|
|
|
|
> परमप्रभु <u>शक्तिशाली पुरुषझैँ</u> निस्कनुहुने छ । एक जना <u>योद्धालेझैँ</u> उहाँले आफ्नो जोश देखाउनुहुने छ ।
|
|
> उहाँ कराउनुहुने छ, र ठूलो सोरले <u>युद्ध-ध्वनि</u> उठाउनुहुने छ । उहाँ <u>आफ्ना शत्रुहरूमाथि विजयी हुनुहुने छ ।</u> (यशैया ४२:१३)
|
|
|
|
>हे परमप्रभु, तपाईंको दाहिने बाहुली <u>शक्तिमा प्रतापी</u> थियो,
|
|
>हे परमप्रभु, तपाईंको दाहिने बाहुलीले <u>शत्रुहरूलाई चकनाचूर पार्यो</u> । (प्रस्थान १५:६)
|
|
|
|
>तर <u>परमेश्वरले काँडहरूले तिनीहरूमाथि हान्नुहुने छ</u>,
|
|
>तिनीहरू अचानक <u>घायल हुने छन्</u> । (भजनसंग्रह ६४:७)
|
|
|
|
<blockquote>किनभने तपाईंले तिनीहरूलाई भाग्न विवश पार्नुहुने छ, जब <u>तपाईं ताँदो चढाएको धनुले तिनीहरूलाई ताक्नुहुने छ</u> । (भजनसंग्रह २१:१२)</blockquote>
|
|
|
|
#### अगुवालाई गोठाला र डोर्याइएकाहरूलाई भेडाहरूको नमुनाको रूपमा लिइएको छ
|
|
|
|
>तब इस्राएलका सबै कुल हेब्रोनमा दाऊदकहाँ आएर तिनलाई भने, “हामी तपाईंकै हाड र मासु हौं ।” अघि शाऊल हाम्रा राजा हुँदा पनि तपाईंले नै इस्राएलको सेनालाई लडाइँमा लाने र फर्काएर ल्याउने गर्नुहुन्थ्यो । अनि परमप्रभुले तपाईंलाई भन्नुभयो, तँ नै मेरा प्रजा इस्राएलको <u>गोठालो</u> हुने छस् । तँ तिनीहरूको राजा हुने छस्’। (२ शमूएल ५:१-२)
|
|
|
|
<blockquote> परमप्रभु घोषणा गर्नुहुन्छ, “मेरो <u>खर्कका</u> भेडाहरूलाई नष्ट गर्ने र छरपष्ट पार्ने <u>गोठालाहरूलाई</u> धिक्कार!” (यर्मिया २३:१ )</blockquote>
|
|
|
|
>तपाईंहरू आफ्ना निम्ति र आफ्नो समस्त <u>बगालको</u> निम्ति सावधान रहनुहोस् । पवित्र आत्माले तपाईंहरूलाई <u>बगालका</u> जिम्मावाल बनाउनुभएको हुनाले उहाँले आफ्नै रगतले किन्नुभएको परमेश्वरका मण्डलीको हेरचाह तपाईंहरू गर्नुहोस् । किनभने मलाई थाहा छ, कि म गएपछि डरलाग्दा ब्वाँसाहरू तपाईंहरूका माझमा पस्ने छन्, जसले <u>बगालकालाई</u> बाँकी राख्ने छैनन् । तपाईंहरूकै बीचबाट भर्माउने कुरा बोल्ने मानिसहरू उठ्ने छन्, जसले चेलाहरूलाई आफ्ना पछि लैजाने छन् । (पत्रुस २०:२८-३०)
|
|
|
|
#### आँखालाई बत्तीको नमुनाको रूपमा लिइएको छ
|
|
|
|
संसारका विभिन्न भागहरूमा यस नमुना र दुष्ट आँखाका नमुनाका विभिन्नताहरू पाइन्छन् । बाइबलमा प्रतिनिधित्व गरिएका उपचारसम्बन्धि कुराहरूमा यो नमुनाले तल दिइएका तत्वहरू समेटेको छः
|
|
|
|
मानिसहरूले कुनै वस्तुलाई ती वस्तु वरिपरी भएको प्रकाशको कारण नभइ ती व्यक्तिहरूका आँखाबाट ती वस्तुमा चम्कने प्रकाशको कारणले देख्छन् ।
|
|
|
|
>आँखा शरीरको बत्ती हो । यसकारण यदि तिम्रा आँखा स्वस्थ छन् भने, तिम्रो सारा शरीर उज्यालो हुने छ । (मत्ती ६:२२)
|
|
|
|
आँखाहरूबाट चम्कने यो प्रकाश हेर्ने व्यक्तिको गुणको बाहक हो ।
|
|
>दुष्ट मानिसले खराबीको लालसा गर्छ, त्यसको छिमेकीले <u>त्यसको आँखामा दया</u> देख्दैन । (हितोपदेश २१:१०)
|
|
|
|
#### ईर्ष्या र श्रापलाई कसैलाई दुष्ट आँखाले हेर्ने कुराको नमुनाको रूपमा र निगाहलाई असल आँखाले हेर्ने कुराको रूपमा लिइएको छ ।
|
|
|
|
ईर्ष्या दुष्ट आँखा भएको व्यक्तिको प्राथमिक भावना हो । मर्कूस ७ मा भएको "ईर्ष्या" शब्द ग्रीकको "आँखा" शब्दबाट आएको हो, जसलाई यहाँ दुष्ट आँखा भनेर जनाइएको छ ।
|
|
|
|
>उहाँले भन्नुभयो, “मानिसबाट जे बाहिर निस्कन्छ त्यसैले मानिसलाई अशुद्ध पार्छ। किनकि भित्रबाट, अर्थात् मानिसको हृदयबाट खराब विचार ... <u>ईर्ष्या</u> … । (मर्कूस ७:२०-२२)
|
|
|
|
मत्ती २०:१५ को सन्दर्भलाई हेर्ने हो भने त्यहाँ ईर्ष्याको भावनालाई समेटेको पाइन्छ । “के तिम्रो आँखा दुष्ट छन्?” भन्नुको तात्पर्य “तिमी ईर्ष्यालु छौ?" हो ।
|
|
>मेरो जति छ, त्यो म आफूले चाहेजस्तो गर्न सक्दिनँ र? मेरो उदारतामा <u>तिम्रो आँखा</u> किन जल्ने? (मत्ती २०:१५)
|
|
|
|
यदि कुनै एक व्यक्तिको आँखा दुष्ट छ भने त्यो व्यक्ति अर्को व्यक्तिको पैसामा ईर्ष्यालु हुन्छ ।
|
|
>आँखा शरीरको बत्ती हो। यसकारण यदि तिम्रा <u>आँखा स्वस्थ छन्</u> भने, तिम्रो सारा शरीर उज्यालो हुने छ । तर तिम्रा <u>आँखा खराब छन्</u> भने, तिम्रो सारा शरीर अँध्यारो हुने छ । यसकारण तिमीभित्र भएको उज्यालोचाहिँ अँध्यारो भयो भने, त्यो अँध्यारो कस्तो घोर हुन्छ! “कसैले दुई मालिकको सेवा गर्न सक्दैन । किनभने त्यसले एउटालाई घृणा गर्ने छ र अर्कालाई प्रेम गर्ने छ । अथवा त्यसले एउटाप्रति भक्ति राख्ने छ, र अर्कालाई त्यसले तुच्छ ठान्ने छ । <u>तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ</u> । (मत्ती ६:२२-२४)
|
|
|
|
ईर्ष्यालु आँखा हुने व्यक्तिले कुनै व्यक्तिलाई दुष्ट आँखाले हेरेर श्राप वा मोहनी लगाउने सम्भावना हुन्छ ।
|
|
>हे मूर्ख गलाती हो, कसले तिमीहरूलाई <u>मोहनी लाएर वशमा पार्यो</u>? (गलाती ३:१)
|
|
|
|
असल आँखा भएको मानिसले कसैलाई हेरेर आशिष् दिन सक्छ ।
|
|
|
|
> तपाईंको <u>निगाह</u> ममाथि भए ... (१ शमूएल २७:५)
|
|
|
|
#### रगतलाई जीवनको नमुनाको रूपमा लिइएको छ
|
|
|
|
यस नमुनामा कुनै व्यक्ति वा जनावरको रगतले त्यसको जीवनको प्रतिनिधित्व गर्छ ।
|
|
|
|
>तर मासु त्यसको <u>प्राण दिने रगत</u>समेत नखाओ । (उत्पत्ति ९:४)
|
|
|
|
रगत बगाउनुले मारिनु भन्ने जनाउँछ ।
|
|
|
|
>जसले <u>मानिसको रक्तपात गर्छ</u>, मानिसबाटै त्यसको <u>रक्तपात हुने छ</u>, (उत्पत्ति ९:६)
|
|
|
|
<blockquote>कसैले कुनै मानिसलाई भूलले मारेको भए सभाको सामु त्यसको न्याय नभएसम्म <u>हत्याको</u> बदला लिनेको हातबाट मर्न नपरोस् भनेर त्यो भागेर जानलाई, सारा इस्राएलीहरू र तिनीहरूसँगै प्रवास गर्ने परदेशीहरूका निम्ति ठहरिएका सहरहरू यी नै हुन् । (यहोशू २०:९)</blockquote>
|
|
|
|
रगत रूँदा मारिएको मानिसको बदला लिन प्रकृति आफैं रुन्छ । (यसमा मानवीकरण पनि पर्दछ, किनकि रगतलाई रूने व्यक्तिको रूपमा पनि लिइन्छ । हेर्नुहोस्ः [मानवीकरण](../figs-personification/01.md))
|
|
|
|
>परमप्रभुले भन्नुभयो, “यो तैंले के गरिस्? <u>तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेछ</u> । (उत्पत्ति ४:१०)
|
|
|
|
#### देशलाई स्त्री र त्यहाँ भएका देवताहरूलाई त्यसका श्रीमान्हरूको नमुनाको रूपमा लिइएको छ
|
|
|
|
>तिनको मृत्यु हुनासाथ इस्राएलीहरूले फेरि देवताहरूसित <u>व्यभिचार गर्न लागे</u>, र बाल-बरीतलाई आफ्नो देवता तुल्याए । (न्यायकर्ताहरू ८:३३)
|
|
|
|
#### इस्राएललाई परमेश्वरको छोरोको नमुनाको रूपमा लिइएको छ
|
|
|
|
>जब इस्राएल बालक थियो तब मैले त्यसलाई प्रेम गरें, र मैले <u>आफ्नो पुत्र</u>लाई मिश्रदेशबाट बोलाएँ । (होशे ११:१)
|
|
|
|
#### सूर्यलाई रातमा कुनै ठाउँमा बसेको नमुना दिइएको छ
|
|
|
|
>तिनीहरूको सोरले सारा पृथ्वी गुञ्जायमान छ, तिनीहरूका शब्द पृथ्वीको सीमान्तसम्मै पुगेका छन् । उहाँले आकाशमा <u>सूर्यको निम्ति एउटा वासस्थान</u> बनाउनुभएको छ । ऊ <u>विवाह-मण्डप</u>बाट निस्केको दुलहाजस्तै छ, एक जना विजेताझैँ, जो आफ्नो दौड दौड्नमा हर्षित हुन्छ । (भजनसंग्रह १९:४-५)
|
|
|
|
>तपाईंका युद्धको दिनमा तपाईंका प्रजाले स्वेच्छासाथ आफू-आफूलाई दिइहाल्ने छन् । तपाईं पवित्रताको वैभवमा सुशोभित भई, प्रभातको <u>गर्भबाट</u> तपाईंका जवानहरूको ओसलाई तपाईंले प्राप्त गर्नुहुने छ । (भजनसंग्रह ११०:३)
|
|
|
|
#### द्रुत गतिमा चल्ने कुराहरूलाई पखेटा भएका वस्तुको नमुनाको रूपमा लिइएको छ
|
|
|
|
यो हावा वा आकाशमा चल्ने कुराहरूमा यो मिल्न आउँछ ।
|
|
|
|
सूर्यलाई पखेटा भएको गोलाकार वस्तुको नमुनाको रूपमा लिइएको छ । जसले सूर्यलाई दिनमा पूर्वदेखि पश्चिमसम्म उड्न मदत गर्छ । भजनसंग्रह १३९ मा "बिहानका पखेटाहरू" ले सूर्यलाई जनाउँछ । मलाकी ४ मा परमेश्वरले आफैंलाई "धार्मिकताको सूर्यर" भन्नुभएको छ र सूर्यका पखेटा भएको कुरा गर्नुभएको छ ।
|
|
|
|
><u>प्रभातको पखेटा</u>मा उडेर समुद्रको पल्लो किनारमा गएर बसें भने पनि ... (भजनसंग्रह १३९:९)
|
|
|
|
<blockquote>तर मेरो नाउँको आदर गर्ने तिमीहरूमाथि चाहिँ धार्मिकताको सूर्य <u>आफ्ना पखेटामा</u> आरोग्यता लिएर उदाउने छ । (मलाकी ४:२)</blockquote>
|
|
|
|
हावा द्रुत गतिमा चल्छ र यसलाई पखेटा भएको कुनै वस्तुको नमुनाको रूपमा लिइएको छ ।
|
|
|
|
><u>बतासका पखेटामा</u> सवार भई माथि उड्नुभयो । (२ शमूएल २२:११)
|
|
|
|
<blockquote>उहाँ करूबहरूमाथि सवार भएर उड्नुभयो,
|
|
र <u>बतासका पखेटामा</u> सवार भई माथि उड्नुभयो । (भजनसंग्रह १८:१०)</blockquote>
|
|
|
|
> <u>बतासका पखेटामाथि</u> उहाँ सवार हुनुहुन्छ । (भजनसंग्रह १०४:३)
|
|
|
|
#### व्यर्थतालाई बतासले उडाएर लैजाने कुराको नमुनाको रूपमा लिइएको छ
|
|
|
|
यस नमुनामा बतासले मूल्यहीन/बेकामका कुराहरूलाई बतासले उडाउँछ र ती हराउँछन् भन्ने कुरा बताउँछ ।
|
|
|
|
भजनसंग्रह १ र अय्यूब २७ ले दुष्ट मानिसहरू बेकामका हुन्छन् र लामो समय बाँच्ने छैनन् भन्ने देखाउँछन् ।
|
|
|
|
>दुष्टहरू त्यस्ता हुँदैनन्!
|
|
>तिनीहरू <u>बतासले उडाएर लैजाने भुसजस्तै</u> हुन्छन् । (भजनसंग्रह १:४)
|
|
|
|
><u>पूर्वको बतासले त्यसलाई उडाएर लैजाने छ</u>,
|
|
><u>र त्यसको नाउँ निशानै रहने छैन बतासले त्यसलाई त्यसको घरबाट टाढा उडाई लैजाने छ ।</u> (अय्यूब २७:२१)
|
|
|
|
उपदेशकका लेखकले सबै कुरा व्यर्थ छन् भन्छन् ।
|
|
><u>व्यर्थ नै व्यर्थ</u>,
|
|
><u>पूर्ण रूपमा व्यर्थ,सबै व्यर्थ हुन् ।</u>,
|
|
>पूर्ण रूपमा व्यर्थ,
|
|
>मानिसले आफ्ना सारा कामबाट के लाभ पाउँछ, जसमा त्यसले सूर्यमुनि कठिन परिश्रम गर्दछ? (उपदेशक १:२-३)
|
|
|
|
अय्यूब ३०:१५ मा अय्यूबले आफ्नो सम्मान र समृद्धि गुमेको कुराको गुनासो गर्छन् ।
|
|
|
|
>त्रासमाथि त्रासले मलाई घेर्छ,
|
|
>त्यसले मेरो गौरवलाई <u>बतासले झैँ उडाएर लैजान्छ</u>,
|
|
>मेरो सुरक्षाचाहिँ <u>बादलझैँ हराइहाल्छ</u> । (अय्यूब ३०:१५)
|
|
|
|
#### मानवीय युद्धलाई आत्मिक युद्धको नमुनाको रूपमा लिइएको छ
|
|
|
|
कुनै दुई राष्ट्रहरूबीचको युद्ध हुँदा ती देशका देवताहरू पनि युद्धमा सहभागी थिए भन्ने विश्वास मानिसहरूको थियो ।
|
|
|
|
>त्यस बेला मिश्रीहरूले चाहिँ परमप्रभुले प्रहार गर्नुभएका उनीहरूका आफ्ना जेठा-जेठा सन्तानहरू गाड्न लागेका थिए । किनकि <u>परमप्रभुले उनीहरूका देवताहरूको न्याय गर्नुभएको थियो</u> । (गन्ती ३३:४)
|
|
|
|
<blockquote>अनि तपाईंको आफ्नै जाति इस्राएलजस्तो अरू को छ? पृथ्वीको एउटा त्यस जातिलाई परमेश्वरले नै आफ्नो निम्ति छुटकारा दिनुभयो, जसद्वारा तपाईंले आफ्नो नाउँ फैलाउनुभयो र मिश्रबाट छुट्ट्याउनुभएको आफ्नो प्रजाको बाटोदेखि अरू जातिहरू र <u>उनीहरूका देवदेवताहरूलाई</u> धपाइदिनुभई महान् डरलाग्दा र उदेकका कार्यहरू गर्नुभयो । (२ शमूएल ७:२३)</blockquote>
|
|
|
|
>यसै बीचमा अरामका राजाका अधिकारीहरूले उनलाई यो सल्लाह दिए, “<u>तिनीहरूका ईश्वरहरू त पहाडहरूका ईश्वरहरू हुन् । यसैकारण तिनीहरू हामीहरूका निम्ति साह्रै शक्तिशाली थिए</u> । तर यदि हामीले तिनीहरूसित मैदानमा लडाइँ गर्यौं भने, हामी तिनीहरूभन्दा अझ शक्तिशाली हुने छौं । (१ राजाहरू २०:२३)
|
|
|
|
#### जीवनमा आइपर्ने अवरोधहरूलाई भौतिक सिमानाहरूका नमुनाका रूपमा लिइएको छ
|
|
|
|
तल दिइएका पदहरूले वास्तविक भौतिक सिमानाहरूको बारेमा नभइ कठिनाइहरू वा जीवनमा भएका कठिनाइहरूको बारेमा बताउँछन् ।
|
|
|
|
>उम्कन नसकोस् भनी उहाँले मेरा चारैतिर <u>पर्खाल</u> उठाउनुभएको छ । उहाँले मलाई गह्रुङ्गो साङ्लाले बाँध्नुभएको छ । (विलाप ३:७)
|
|
|
|
<blockquote><u>ढुङ्गाका ढिकाहरूले</u> उहाँले मेरो बाटो थुनिदिनुभएको छ, उहाँले मेरो बाटो बाङ्गो-टेढो बनाइदिनुभएको छ । (विलाप ३:९)</blockquote>
|
|
|
|
><u>सिमानाका रेखाहरू</u> मेरो निम्ति रमणीय स्थानमा परेका छन् । साँच्चै, मैले आनन्दमय पैतृक-सम्पत्ति पाएको छु । (भजनसंग्रह १६:६)
|
|
|
|
#### खतरनाक स्थानहरूलाई साँघुरा स्थानहरूको नमुनाको रूपमा लिइएको छ
|
|
|
|
भजनसंग्रह ४ मा दाऊदले आफ्नो उद्धारको निम्ति परमेश्वरसँग पुकारा गर्छन् ।
|
|
|
|
>हे धार्मिक परमेश्वर, मेरा रक्षक! मैले पुकार गर्दा मलाई जवाफ दिनुहोस्!
|
|
><u>सङ्कष्टमा पर्दा मलाई आश्रय दिनुहोस्</u> ।
|
|
>ममाथि अनुग्रह गर्नुहोस्, र मेरो प्रार्थना सुन्नुहोस् । (भजनसंग्रह ४:१)
|
|
|
|
#### कष्टदायक अवस्थालाई उजाड-स्थानको नमुनाको रूपमा लिइएको छ
|
|
|
|
आफूमाथि आइपरेका दुखद परिस्थितिका कारण पिडामा पर्दा अय्यूबले आफू उजाड-स्थानमा भएको अनुभव गरेका छन् । उजाड-स्थानमा स्यालहरू र सुतुरमुर्गाहरू बस्छन् ।
|
|
>मभित्रको हलचल कहिल्यै थामिँदैन,
|
|
>कष्टका दिनहरू मैले भोग्नुपर्छ ।
|
|
>म कालो भई हिँड्छु तर सूर्यले ता होइन; सहायताको निम्ति बिन्ती गर्नलाई,
|
|
>म सभामा खडा हुन्छु ।
|
|
><u>स्यालहरूको म भाइ भएको छु</u>,
|
|
><u>लाटोकोसेराहरू मेरा साथी भएका छन् </u> । (अय्यूब ३०:२७-२९)
|
|
|
|
#### स्वस्थ रहनुलाई शारीरिक सरसफाइ र दुष्टलाई शारीरिक फोहोरीपनको रूपमा लिइएको छ
|
|
|
|
कुष्टरोग एउटा रोग हो । यदि कसैलाई यो रोग लागेमा उक्त व्यक्ति असुद्ध भएको मानिन्थ्यो ।
|
|
>एक जना कुष्ठरोगी उहाँकहाँ आयो, र उहाँको अगि घुँडा टेकी यसो भन्यो, “हे प्रभु, तपाईंको इच्छा भए <u>मलाई निको पार्न सक्नुहुन्छ</u> ।”
|
|
उहाँले आफ्नो हात पसारेर त्यसलाई छुनुभयो, र भन्नुभयो, “म इच्छा गर्छु, तिमी निको भइजाऊ ।” तुरुन्तै त्यसको <u>कुष्ठरोग निको भइगयोछ</u> । (मत्ती ८:२-३)
|
|
|
|
"अशुद्ध आत्मा" दुष्ट आत्मा हो ।
|
|
> जब <u>अशुद्ध आत्मा</u> मानिसबाट निस्केर जान्छ, त्यो विश्राम खोज्दै ओबानो ठाउँतिर डुलिहिँड्छ, तर कतै पाउँदैन । (मत्ती १२:४३)
|