ne_ta/intro/uw-intro/01.md

40 lines
9.3 KiB
Markdown

वचन प्रकटीकरण परियोजना अस्तित्वमा रहनुको कारण यही हो कि हामी **सबै भाषामा बिना अवरोध बाइबलीय सामाग्रीहरू** भएको देख्‍न चाहन्छौँ ।
येशूले आफ्ना चेलाहरूलाई मानिसका हरेक समूहलाई चेला बनाउने आज्ञा दिनुभयोः
>“येशू तिनीहरूकहाँ आएर भन्‍नुभयो, “स्‍वर्ग र पृथ्‍वीमा समस्‍त अधिकार मलाई दिइएको छ । यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्‍माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ । म युगको अन्‍त्‍यसम्‍म सधैँ तिमीहरूका साथमा छु।” (मत्ती २८: १८-२०)
हरेक भाषा बोल्‍ने मानिसहरू स्वर्गमा हुने छन् भन्‍ने प्रतिज्ञा गरिएको छः
>“यसपछि कुनै मानिसले गन्‍न नसक्‍ने एउटा ठूलो भीड, जो हरेक जाति, सबै कुलहरू, मानिसहरू र भाषा बोल्‍नेबाट थियो, सेता पोशाक पहिरेर हातमा खजूरका हाँगा लिई सिंहासन र थुमाको सामुन्‍ने उभिरहेको मैले देखें । ” (प्रकाश ७:९)
परमेश्‍वरको वचन आफ्नै हृदयको भाषामा बुझ्‍नु जरुरी छः
>“विश्‍वास सुनाइबाट आउँछ र त्यो ख्रीष्टको वचन सुनाइबाट आउँछ ।” (रोमी १०:१७)
### हामी यो कसरी गर्छौँ?
**सबै भाषामा बिना अवरोध बाइबलीय सामाग्रीहरू** उपलब्ध गराउने हाम्रो लक्ष्य कसरी प्राप्त गर्छौँ?
* [वचन प्रकटीकरण परियोजना](https://unfoldingword.bible/) - समान विचार भएका संस्थाहरूसँग काम गरेर
* [विश्‍वासको अभिव्यक्ति](../statement-of-faith/01.md) - समान विश्‍वास भएकाहरूसँग काम गरेर
* [अनुवादका निर्देशक सिद्धान्तहरू](../translation-guidelines/01.md) - अनुवादको साझा सिद्धान्तको प्रयोग गरेर
* [खुला अनुमति पत्र](../open-license/01.md) - By releasing everything we create under an open license
* [गेटवे भाषाका रणनीति](../gl-strategy/01.md) - बाइबलीय सामाग्रीहरू अनुवादको लागि ज्ञात भाषामा उपलब्ध गराएर
### हामी के गर्छौँ?
* **सामाग्री** - हामी सित्तैमा बिना अबरोध अनुवादको निम्ति बाइबलीय सामाग्रीहरू उपलब्ध गराउँछौँ । सामाग्रीहरू र अनुवादको पूर्ण सूचीको लागि http://ufw.io/content/ हेर्नुहोस् । केही नमूनाहरू तल दिइएका छन्ः
* **खुला बाइबल कथाहरू** - सुसमाचार र चेलापनको लागि सृष्टिदेखि प्रकाशसम्मका ५० ओटा प्रकाशित, अडियो र भिडियोमा रहेका कालक्रमिक मूख्य कथाहरू समेटिएको सानो बाइबल (हेर्नुहोस् http://ufw.io/stories/).
* **बाइबल** - खुला अनुमति पत्र मार्फत बिना अवरोध अनुवाद, प्रयोग र वितरणको लागि उपलब्ध गराइएको एक मात्र परमेश्वरको प्रेरणामा लेखिएको, त्रुटिरहित, प्रयाप्त र आधिकारिक परमेश्वरकोको वचन (हेर्नुहोस् http://ufw.io/bible/).
* **अनुवाद टिप्पणीहरू** - अनुवादकका लागि भाषिक, सांस्कृतिक र व्याख्यात्मक सहायता । यिनीहरू खुला बाइबल कथाहरू र बाइबलका लागि उपलब्ध छन् ।(हेर्नुहोस् http://ufw.io/tn/).
* **अनुवाद प्रश्‍नहरू** - आफूले गरेको अनुवाद सही तरिकाले बुझिएको छ कि छैन भनेर जाँच्‍नको लागि अनुवादक र जाँचकीहरूले सोध्‍ने प्रश्‍नहरू । यिनीहरू खुला बाइबल कथाहरू र बाइबलका लागि उपलब्ध छन् । (हेर्नुहोस् http://ufw.io/tq/).
* **अनुवाद शब्दहरू** - छोटो वर्णन , समेटिएका महत्त्वपूर्ण बाइबलीय शब्दहरूको सूची, अन्य सन्दर्भहरू र अनुवाद सहयोगी सामाग्रीहरूको सूची । खुला बाइबल कथाहरू र बाइबलको निम्ति उपयोगी । (हेर्नुहोस् http://ufw.io/tw/).
* **सामाग्रीहरू** - हामी सित्तैमा उपलब्ध हुने र खुला अनुमति पत्र भएका अनुवाद, जाँच, र वितरणसँग सम्बन्धित सामाग्रीहरूको सृजना गर्छौँ । सामाग्रीहरूको पूर्ण सूचीको निम्ति http://ufw.io/tools/ मा हेर्नुहोस्ः
* **डोर ४३** - अनुवाद र जाँचको लागि सहकार्य गर्ने अनलाइन प्लेटफर्म हो साथै यो वचन प्रकटीकरणको निम्ति सामाग्री व्यवस्थापन प्रणाली पनि हो । (हेर्नुहोस् https://door43.org/)।
* **अनुवाद स्टुडियो** - यो अफलाइनमा रहेर अनुवाद गर्न सकिने मोबाइल र डेस्कटप एप हो । (हेर्नुहोस् http://ufw.io/ts/)
* **अनुवाद किबोर्ड** - यो प्रयोगकर्ताहरूलाई आफ्नो अनुकुल आफ्नो भाषाको किबोर्ड सृजना गरेर प्रयोग गर्ने वेभ र मोबाइल एप हो । (हेर्नुहोस् http://ufw.io/tk/).
* **वचन प्रकटीकरण एप** - योअनुवादको वितरण गर्ने मोबाइल एप हो (हेर्नुहोस् http://ufw.io/uw/)।
* **अनुवाद केन्द्र** - बाइबल अनुवादको विस्तृत जाँच गर्न सक्षम तुल्याउने एउटा कार्यक्रम (हेर्नुहोस् http://ufw.io/tc/).
* **तालिम** - हामी मातृभाषाका अनुवादक समूहहरूलाई तालिम दिनको लागि सामाग्रीहरूको सृजना गर्छौँ । अनुवाद एकेडेमी हाम्रो प्राथमिक तालिम सामाग्री हो । हामीसँग अडियो रेकर्डिङ्ग र तालिम सामाग्रीहरू छन् । तालिम सामाग्रीहरूको पूर्ण सूचीको लागि http://ufw.io/training/ हेर्नुहोस् ।