ne_ta/checking/authority-level1/01.md

8 lines
2.1 KiB
Markdown

### अधिकार तह १ : अनुवाद समूहबाट पुष्टि
यहो तहको उद्देश्य अनुवादमा शुद्धताको सुनिश्‍चितता गर्नको निम्ति मानक ख्रीष्टियान सिद्धान्त र दिशानिर्देशहरूप्रति अनुवाद समूहको सहमति छ भन्‍ने कुराको पुष्टि गर्नु हो । यस तहमा प्रकाशित सामाग्रीले भाषा समुदायका सदस्यहरूलाई अनुवादमा सुधारको निम्ति सल्लाह दिने खुला निमन्त्रणा दिँदै सक्रिय परियोजनाको रूपमा वृहत्तर समुदायमा पुग्‍ने कुरामा जोड दिन्छ ।
यो तह पूरा गर्नको निम्ति अनुवाद समूहले [विश्‍वासको अभिव्यक्ति](../../intro/statement-of-faith/01.md)ले आफ्नो विश्‍वासलाई प्रतिबिम्बित गर्छ र अनुवादित सामाग्री यससँग मेल खान्छ भन्‍ने कुराको दाबी गर्छ ।
अनुवादक (वा समूह) यो कुराको दाबी गर्छ कि अनुवाद [अनुवाद मार्गनिर्देशनहरू](../../intro/translation-guidelines/01.md)बमोजिम गरिएको छ र अनुवादको प्रक्रियामा उपलब्ध व्याख्या तथा अनुवाद नोटहरू र अनुवाद शब्दहरूजस्ता अनुवाद जाँचसम्बन्धि सामाग्रीहरूको प्रयोग गरिएको छ ।