ne_ta/translate/writing-symlanguage/01.md

55 lines
12 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

### विवरण
बोली र लेखनमा प्रयोग गरिने प्रतीकात्मक भाषा भनेको अरू चीजहरू र घटनाहरूको प्रतिनिधित्व गर्नको निम्ति प्रतीकहरूको प्रयोग गर्नु हो । प्रतीकात्मक भाषा बाइबलमा भएका भविष्यवाणी र कवितामा अधिक देखिन्छ, विशेष भविष्यमा हुने घट्ने घटनाहरू जुन दर्शनहरू र सपनाहरू हुन् । यद्यपि मानिसहरूलाई प्रतीकको अर्थ तुरून्तै थाहा नहुन पनि सक्छ तर पनि यसलाई अनुवादमा राख्नु महत्त्वपूर्ण छ।
>"यो मुट्ठो खा । तब गएर इस्राएलको घरानालाई भन्‌।” (इजकिएल ३:१ यूएलटी)
यो एउटा सपनामा थियो । मुट्ठो खानु भनेको पुस्तकमा के लेखिएको थियो त्यो राम्ररी पढ्न र बुझ्‍नको लागि प्रतीक हो, र यी परमेश्‍वरका वचनहरू आफैंमा स्वीकार गर्नु हो।
#### प्रतीकवादका उद्देश्यहरू
* प्रतीकवादको उद्देश्य मानिसहरूलाई घटनाको महत्त्व वा गहनता बुझ्‍नको लागि अन्य धेरै नाटकीय शब्दहरूको प्रयोग गर्नु हो।
* प्रतीकवादको अर्को उद्देश्य भनेको केही मानिसहरूलाई केही चीजको बारेमा बताउनु र प्रतीकवादलाई नबुझ्‍नेहरूको लागि साँचो अर्थ लुकाउनु हो।
#### यो अनुवादको विषय हुनुको कारण
आज बाइबल पढ्ने मानिसहरूलाई भाषा साङ्‍केतिक हो भनेर थाहा पाउन गाह्रो हुन सक्छ र तिनीहरूलाई प्रतीकले के जनाउँछ भनेर थाहा नहुन सक्छ।
#### अनुवाद सिद्वान्तहरू
* साङ्‍केतिक भाषा प्रयोग गर्दा सङ्‍केतलाई अनुवादमा राख्नु महत्त्वपूर्ण हुन्छ।
* मूल वक्ता वा लेखक गरेभन्दा बढी प्रतीकलाई व्याख्या नगर्नु महत्त्वपूर्ण छ, किनकि उसले त्यतिबेला बाँचिरहेका सबैले यो सजिलै बुझून् भन्‍ने चाहना नराख्‍न सक्छ।
### बाइबलबाट उदाहरणहरू
> “त्‍यसपछि राती दर्शनमा मैले देखें र मेरो अगि भयङ्कर र डरलाग्‍दो र अत्‍यन्‍तै शक्तिशाली **चौथो** **पशु** थियो। यसका **ठूला-ठूला फलामका दाँतहरू** थिए। त्‍यसले आफ्‍नो शिकारलाई चकनाचूर पारी खाइदिन्‍थ्‍यो र बाँकी रहेकालाई खुट्टाले कुल्‍चीमिल्‍ची पार्थ्‍यो। अघिका पशुहरूभन्‍दा त्‍यो फरक थियो र त्‍यसका **दश वटा सीङहरू** थिए। (दानिएल ७:७ यूएलटी)
रेखांकित प्रतीकहरूको अर्थको वर्णन तल दानियल २:२३-२४ देखाइएको छ। जनावरहरूले राज्यलाई प्रतिनिधित्व गर्छन्, फलामका दाँतहरूले शक्तिशाली सेनाको प्रतिनिधित्व गर्छन्, र सीङ्हरूले शक्तिशाली नेताहरूलाई प्रतिनिधित्व गर्छन्।
> तिनले मलाई यसरी बताए: चौथो जनावरचाहिँ पृथ्‍वीमा देखा पर्ने **चौथो राज्‍य** हो। योचाहिँ अरू राज्‍यहरूभन्‍दा फरक हुनेछ र समस्‍त पृथ्‍वीलाई कुल्‍चीमिल्‍ची पारी निल्‍ने छ । दश सीङहरू त्‍यस राज्‍यबाट आएका **दश राजाहरू हुन्‌**। त्‍यसपछि पहिलेको भन्‍दा फरक, अर्को राजा खडा हुने छ । उसले तीन राजाहरूलाई दबाउने छ। (दानिएल ७:२३-२४ यूएलटी)
> मसँग बोल्‍नेलाई हेरौं भनेर म पछि फर्केँ। फर्केर हेर्दा सात वटा **सुनका सामदान** देखेँ । र सामदानहरूका माझमा मानिसको पुत्रजस्‍तै हुनुहुन्थ्यो… उहाँको दाहिने बाहुलीले **सात वटा** **ताराहरू**, पक्रिराखेको थियो, र उहाँको मुखबाट **धारिलो दुईधारे तरवार** निस्‍केको थियो…। मेरो दाहिने हातमा तिमीले देखेका यी सात तारा र सुनका यी सात सामदानको रहस्‍य यो हो: **सात तारा सात मण्‍डलीका स्‍वर्गदूतहरू** र **सात वटा सामदानचाहिँ सात मण्‍डलीहरू** हुन्‌ ।” (प्रकास १:१२, १६, २० यूएलटी)
यो परिच्छेदले सात बत्तीहरू र सात ताराहरूको अर्थ बुझाउँदछ। दुईधारे तरवारले परमेश्‍वरको वचन र न्यायको प्रतिनिधित्व गर्दछ।
### अनुवाद रणनीतिहरू
१. पाठलाई प्रतिकहरूसहित अनुवाद गर्नुहोस्। अक्सर वक्ता वा लेखकले पछि अनुच्छेदमा अर्थको व्याख्या गर्दछन्।
२. प्रतीकहरूसहित पाठलाई अनुवाद गर्नुहोस्। त्यसपछि पाद टिप्पणीहरूमा प्रतीकहरूको वर्णन गर्नुहोस्।
### प्रयोग गरिएका अनुवाद रणनीतिका उदाहरणहरू
१. पाठलाई प्रतिकहरूसहित अनुवाद गर्नुहोस् । अक्सर वक्ता वा लेखकले पछि अनुच्छेदमा अर्थको व्याख्या गर्दछन् ।
* त्यस व्यकत्तिले यो भन्योः 'जसै चौथो पशु चाहिँ पृथ्वीमा एक राज्य हुनेछ जुन अन्य राज्यहरूभन्दा फरक हुनेछ। त्‍यसले आफ्‍नो शिकारलाई चकनाचूर पारी खाइदिन्‍थ्‍यो र बाँकी रहेकालाई खुट्टाले कुल्‍चीमिल्‍ची पार्थ्‍यो। अघिका पशुहरूभन्‍दा त्‍यो फरक थियो र त्‍यसका दश वटा सीङहरू थिए। (दानिएल ७:७ युएलटि) तिबाट दशवटा राजाहरूको उदय हुनेछ, र अर्कोचाहिँ तिनिहरूपछि आउनेछ।ऊचाहिँ अघिल्लाहरूभन्दा फरक हुनेछ, तिनजना राजाहरूलाई पराजय गर्नेछ। (दानिएल ७:२३-२४ युएलटि)
२. प्रतीकहरूसहित पाठलाई अनुवाद गर्नुहोस्। त्यसपछि पाद टिप्पणीहरूमा प्रतीकहरूको वर्णन गर्नुहोस्।
* त्यसपछि राती दर्शनमा मैले देखें र मेरो अगि भयङ्कर र डरलाग्‍दो र अत्‍यन्‍तै शक्तिशाली **चौथो पशु** थियो। यसका **ठूला-ठूला फलामका दाँतहरू** थिए। त्‍यसले आफ्‍नो शिकारलाई चकनाचूर पारी खाइदिन्‍थ्‍यो र बाँकी रहेकालाई खुट्टाले कुल्‍चीमिल्‍ची पार्थ्‍यो। अघिका पशुहरूभन्‍दा त्‍यो फरक थियो र त्‍यसका **दश वटा सीङहरू** थिए। (दानिएल ७:७ यूएलटी)
* त्यसपछि राती दर्शनमा मैले देखें र मेरो अगि भयङ्कर र डरलाग्‍दो र अत्‍यन्‍तै शक्तिशाली चौथो पशु१ थियो। यसका ठूला-ठूला फलामका दाँतहरू२ थिए। त्‍यसले आफ्‍नो शिकारलाई चकनाचूर पारी खाइदिन्‍थ्‍यो र बाँकी रहेकालाई खुट्टाले कुल्‍चीमिल्‍ची पार्थ्‍यो। अघिका पशुहरूभन्‍दा त्‍यो फरक थियो र त्‍यसका दश वटा सीङहरू3 थिए ।
* फुटनोटहरू यस्तो देखिन्छन्:
* [१] जनावर राज्यको प्रतिक हो ।
* [२] फलामका दाँतहरू राज्यका शक्तिशाली सैनिकको प्रतिक हो ।
* [३] सीङहरू शक्तिशाली राजाहरूको प्रतिक हो ।