44 lines
11 KiB
Markdown
44 lines
11 KiB
Markdown
### विवरण
|
|
|
|
केही दुर्लभ खण्डहरूमा, तपाईंले अन्फोल्डिङ्ग वोर्ड अक्षरशः रहेको खण्ड (यूएलटी) वा अन्फोल्डिङ्ग वोर्ड सामान्यीकरण गरिएको खण्ड (यूएसटी) मा देख्नुहुनेछ कि दुई वा सोभन्दा बढी पद सङ्ख्याहरू जोडिएका हुन्छन्, जस्तै, १७-१८ । यसलाई पदको पुल भनिन्छ । यसको अर्थ हो कि पदहरूमा भएको जानकारीलाई पुनः मिलाएर राखिएका छन् ताकि कथा वा सन्देश बढी सजिलो रूपमा बुझ्न सकियोस् ।
|
|
|
|
><sup>२९</sup> होरीहरूका कुलहरू यी नै थिएः लोतान, शोबाल, र सिबोन, र अना, <sup>३०</sup> दीशोन, एसेर, दीशानः सेइरको भूमिमा भएका तिनीहरूका कुलहरूका सूचीअनुसार होरीहरूका कुलहरू यी नै थिए । (उत्पत्ति ३६:२९-३० यूएलटी)
|
|
|
|
<blockquote><sup>२९-३०</sup> मानिसहरूका समूहहरू जो होरका सन्तानहरू थिए, तिनीहरू सेइरको भूमिमा बस्थे । मानिसहरूका समूहहरूका नाउँहरू लोतान, शोबाल, र सिबोन, अना, दीशोन, एसेर, र दीशान हुन् । (उत्पत्ति ३६:२९-३० यूएसटी)</blockquote>
|
|
|
|
यूएलटीको खण्डमा, २९ र ३० का पदहरू अलग्गै छन्, र मानिसहरू सेइरमा बसिरहेको कुराको बारेमा भएको जानकारी चाहिँ पद ३० को अन्तमा छ । यूएसटीको खण्डमा, पदहरूलाई जोडिएको छ, र तिनीहरू सेइरमा बसिरहेको कुराको बारेमा भएको जानकारी चाहिँ सुरुमै छ । धेरै भाषाहरूको लागि यस्तो चाहिँ अझ बढी बुझाइ आउने जानकारीको क्रम हो ।
|
|
|
|
### बाइबलबाट उदाहरणहरू
|
|
|
|
कहिलेकाहीँ यूएलटीमा छुट्टाछुट्टै पदहरू हुन्छन् भने यूएसटीमा चाहिँ पदको पुल हुन्छ ।
|
|
|
|
><sup>४</sup> तापनि, तिमीहरूका माझमा कोही पनि गरिब हुनुहुँदैन (किनकि यहवेले तिमीहरूले अधिकार गर्नलाई उत्तराधिकारको रूपमा दिनुहुने देशमा तिमीहरूलाई निश्चय नै आशिष् दिनुहुनेछ), <sup>५</sup> यदि आज मैले तिमीहरूलाई आदेश दिइरहेका यी सबै आज्ञाहरूको पालना गर्न, तिमीहरूले यहवे तिमीहरूका परमेश्वरको आवाजलाई दिलोज्यानले ध्यान मात्रै दियौ भने, (व्यवस्था १५:४-५ यूएलटी)
|
|
|
|
<blockquote><sup>४-५</sup> यहवे हाम्रा परमेश्वरले तिमीहरूलाई दिइरहनुभएको देशमा तिमीहरूलाई आशिष् दिनुहुनेछ । यदि तिमीहरूले यहवे हाम्रा परमेश्वर र आज मैले तिमीहरूलाई दिइरहेका सबै आदेशहरूको पालना गर्यौ भने, त्यहाँ तिमीहरूको माझमा कोही गरिब मानिसहरू हुनेछैनन् । (व्यवस्था १५:४-५ यूएसटी)</blockquote>
|
|
|
|
यूएलटीमा पनि थोरै पदका पुलहरू छन् ।
|
|
|
|
><sup>१७-१८</sup> एज्राका छोराहरू येतेर, मेरेद, एपेर, र यालोन थिए । मेरेदको मिश्री पत्नीले मिरियम, शम्मै, एश्तमोकाका पिता यिश्बहलाई जन्माइन् । <u>यिनीहरू फारोकी छोरी, बित्याहका छोराहरू थिए जसलाई मेरेदले विवाह गरेका थिए ।</u> मेरेदको यहूदी पत्नीले येरेदलाई जन्माइन्, जो गदोरका पिता भए; हेबेरलाई जन्माइन्, जो सोखोका पिता भए; अनि यकूतीएललाई जन्माइन्, जो जानोहका पिता भए । (१ इतिहास ४:१७-१८ यूएलटी)
|
|
|
|
बित्याहका छोराहरू कुन थिए भनेर अझ बढी प्रस्ट ढङ्गले देखाउनका लागि यूएलटीले रेखाङ्कन गरिएको वाक्यलाई पद १८ बाट पद १७ मा सार्यो ।
|
|
खास क्रम यहाँ दिइएको छ, जुन धेरै पाठकहरूको लागि अलमल्याउने किसिमको छः
|
|
>१७ एज्राका छोराहरूः येतेर, मेरेद, एपेर, र यालोन । तिनले गर्भधारण गरिन् र मिरियम, शम्मै, र एश्तमोकाका पिता यिश्बहलाई जन्माइन् । १८ अनि उनकी यहूदी पत्नीले गदोरका पिता येरेद, सोखोका पिता हेबेर, र जानोहका पिता यकूतीएललाई जन्माइन् । यिनीहरू फारोकी छोरी, बित्याहका छोराहरू थिए जसलाई मेरेदले विवाह गरेका थिए । (१ इतिहास ४:१७-१८ टीएनके)
|
|
|
|
### अनुवादका रणनीतिहरू
|
|
|
|
जानकारीलाई तपाइंको पाठकहरूको लागि प्रस्ट हुने क्रममा राख्नुहोस् ।
|
|
|
|
१. यदि तपाईंले कुनै पदबाटको जानकारीलाई त्यभन्दा अघिल्लो पदबाटको जानकारीभन्दा अगाडि राख्नुभयो भने, दुई पदका सङ्ख्याहरूका बीचमा धर्सा कोर्नुहोस् ।
|
|
२. यदि यूएलटीमा पदको पुल छ, तर तपाईंले हेर्नुहुने अर्को बाइबलमा छैन भने, तपाईंले आफ्नो भाषामा सबैभन्दा उत्तम तवरमा मिल्ने क्रमलाई छान्न सक्नुहुन्छ ।
|
|
|
|
[ट्रान्सलेसन स्टुडियो एप](http://help.door43.org/en/knowledgebase/13-translationstudio-android/docs/24-marking-verses-in-translationstudio)मा पदहरूलाई कसरी अङ्कित गर्ने भनेर हेर्नुहोस् ।
|
|
|
|
### अनुवादका रणनीतिहरू लागु गरिएका उदाहरणहरू
|
|
|
|
१. यदि तपाईंले कुनै पदबाटको जानकारीलाई त्यभन्दा अघिल्लो पदबाटको जानकारीभन्दा अगाडि राख्नुभयो भने, दुई पदका सङ्ख्याहरूका बीचमा धर्सा कोर्नुहोस् ।
|
|
|
|
* **<sup>२</sup> यहवे तिमीहरूका परमेश्वरले तिमीहरूलाई अधिकार गर्न दिइरहनुभएको तिमीहरूको देशको बीचमा तिमीहरूले आफ्नो लागि तीनवटा सहरहरू छान्नुपर्छ । <sup>३</sup> तिमीहरूले एउटा सडक निर्माण गर्नुपर्छ र तिमीहरूको देशको सिमानालाई तीन भागमा बाँड्नुपर्छ, त्यो देश जसलाई यहवे तिमीहरूका परमेश्वरले तिमीहरूलाई उत्तराधिकार गर्ने तुल्याउँदै हुनुहुन्छ, ताकि अर्को व्यक्तिको हत्या गर्ने सबै त्यहाँ भाग्न सकून् ।** (व्यवस्था १९:२-३)
|
|
* <sup>२-३</sup> उहाँले तिमीहरूलाई दिइरहनुभएको देशलाई तिमीहरूले तीन भागमा बाँड्नुपर्छ । त्यसपछि हरेक भागमा एउटा सहर छान । मानिसहरू ती सहरहरूमा सजिलैसँग जान सकून् भनेर तिमीहरूले असल सडकहरू बनाउनुपर्छ । अर्को व्यक्तिको हत्या गर्ने कोही व्यक्ति सुरक्षित हुनलाई यी सहरहरूमध्ये कुनै एउटामा भागेर जान सक्छ । (व्यवस्था १९:२-३ यूएसटी)
|
|
|
|
२. यदि यूएलटीमा पदको पुल छ, तर तपाईंले हेर्नुहुने अर्को बाइबलमा छैन भने, तपाईंले आफ्नो भाषामा सबैभन्दा उत्तम तवरमा मिल्ने क्रमलाई छान्न सक्नुहुन्छ ।
|