ne_ta/translate/translate-terms/01.md

56 lines
18 KiB
Markdown

### जान्‍नुपर्ने महत्त्वपूर्ण शब्दहरू
**टिपोटः** यी यस निर्देशन पुस्तिकामा प्रयोग गरिएका शब्दहरू हुन् । अनुवादको निर्देशन पुस्तिकालाई प्रयोग गर्नका लागि अनुवादकले यी शब्दहरू बुझ्‍न आवश्‍यक हुन्छ ।*
**पदावली** - एउटा शब्द वा वाक्यांश जसले कुनै कुरा, विचार, वा कार्यलाई जनाउँछ । उदाहरणका लागि, कसैको मुखमा तरल पदार्थ खन्याउने कुराको लागि अङ्ग्रेजीमा भएको शब्द चाहिँ “पिउनु” हो । कसैको जीवनको महत्त्वपूर्ण फड्कोलाई अङ्कित गर्ने उत्सवलाई जनाउने पदावली “यात्राको संस्कार” हो । पदावली र शब्दको बीचमा भएको भिन्‍नता यो हो कि पदावलीमा थुप्रै शब्दहरू हुन सक्‍छन् ।
**खण्‍ड** - खण्‍ड भनेको केही त्यस्तो कुरा हो जुन वक्ताले वा लेखकले कुनै श्रोता वा पाठकलाई भाषाको माध्यमद्वारा प्रवाह गरिरहेको छ । वक्ता वा लेखकको मनमा केही कुरा हुन्छ, त्यसैले त्यो अर्थलाई व्यक्त गर्नका लागि उसले वा उनले भाषाको कुनै प्रारूपलाई छान्छन् ।
**सन्दर्भ** - प्रश्‍नमा परेको शब्द, वाक्यांश, वा वाक्यको वरिपरि रहेका शब्दहरू, वाक्यांशहरू, वाक्यहरू, र हरफहरू । सन्दर्भ भनेको तपाईंले जाँच गरिरहनुभएको खण्‍ड अंशको वरिपरि रहेको खण्‍ड हो । एकल शब्दहरू र वाक्यांशहरूको अर्थ तिनीहरू विभिन्‍न सन्दर्भहरूमा भएअनुसार बदलिन सक्‍छ ।
**प्रारूप** - भाषाको संरचना जसरी त्यो पृष्‍ठमा देखिन्छ वा जसरी त्यो बोलिन्छ । “प्रारूप”ले त्यो भाषा कसरी मिलाइएको छ भन्‍ने कुरालाई जनाउँछ-यसले शब्दहरू, शब्द क्रम, व्याकरण, वाक्‍पद्धतिहरू, र खण्‍डको संरचनाको अन्य कुनै पनि विशेषताहरूलाई समावेश गर्छ ।
**ब्याकरण** - वाक्यहरूलाई कुनै भाषामा एकसाथ राखिने तरिका । यसले विभिन्‍न भागहरूको क्रमसँग सरोकार राख्‍छ, जस्तो कि यदि कुनै क्रियापद अगाडि वा अन्तिममा वा बीचमा रहन्छ ।
**नामपद** - एक प्रकारको शब्द जसले एक व्यक्ति, स्थान, वा थोकलाई जनाउँछ । एउटा उचित नामपद भनेको व्यक्ति वा स्थानको नाउँ हो । भाववाचक नामपद भनेको त्यस्तो कुनै कुरा हो जसलाई हामी देख्‍न वा छुन सक्‍दैनौँ, जस्तो कि “शान्ति” वा “एकता ।” यसले कुनै विचार वा केही कुरा हुनुको अवस्थलाई जनाउँछ । केही भाषाहरूले भाववाचक नामपदको प्रयोग गर्दैनन् ।
**क्रियापद** - एक प्रकारको शब्द जसले कुनै कार्यलाई जनाउँछ, जस्तै, “हिँड्नु” वा “आइपुग्‍नु ।”
**परिमार्जक** - एक प्रकारको शब्द जसले अर्को शब्दको बारेमा केही कुरा बताउँछ । विशेषणहरू र क्रियाविशेषणहरू दुवै परिमार्जकहरू हुन् ।
**विशेषण** - एक प्रकारको शब्द जसले नामपद शब्दको बारेमा केही कुरा भन्छ । उदाहरणको लागि, “अग्‍लो” शब्दले नामपद शब्द “मानिस”को बारेमा यहाँ दिइएको वाक्यमा केही बताउँछ । *म एउटा अग्‍लो मानिसलाई देख्‍छु*
**क्रियाविशेषण** - एक प्रकारको शब्द जसले क्रियापदको बारेमा केही कुरा भन्छ । उदाहरणको लागि, “ठूलो आवाजमा” भन्‍ने शब्दले क्रियापद शब्द “बोल्‍यो”को बारेमा यहाँ दिइएको वाक्यमा केही कुरा बताउँछ । *त्यस मानिसले मानिसहरूको भीडको सामु ठूलो आवाजमा बोल्‍यो*
**वाक्‍पद्धति** - एउटा अभिव्यक्ति जसले थुप्रै शब्दहरूलाई प्रयोग गर्छ र जसले ती शब्दहरूलाई छुट्टाछुट्टै प्रयोग गर्दा तिनीहरूले दिन अर्थभन्दा एकसाथ राखिँदा समग्रमा केही फरक अर्थ दिन्छ । वाक्‍पद्धतिहरूलाई अक्षरशः अनुवाद गर्न सकिँदैन, अर्थात्, एक-एक शब्दहरूको अर्थका साथ अनुवाद गर्न सकिँदैन । उदाहरणको लागि, “उसले बाल्टिनलाई लात हान्यो” भनेको अङ्ग्रेजीमा भएको एउटा वाक्‍पद्धति हो जसले अर्थ “ऊ मर्‍यो” भन्‍ने हुन्छ ।
**अर्थ** - खण्‍डले पाठकलाई वा श्रोतालाई प्रवाह गर्न कोसिस गरिरहेको मूलभूत विचार वा अवधारणा । वक्ता वा लेखकले भाषाका विभिन्‍न प्रारूपहरूलाई प्रयोग गरेर उही अर्थलाई प्रवाह गर्न सक्‍छन्, र विभिन्‍न मानिसहरूले उही भाषाको प्रारूपलाई सुनेर वा पढेर विभिन्‍न अर्थहरू बुझ्‍न सक्‍छन् । यसरी तपाईंले देख्‍न सक्‍नुहुन्छ कि प्रारूप र अर्थ एउटै कुरा होइनन् ।
**अनुवाद** - कुनै लेखकवा वक्ताले स्रोत भाषाको प्रारूपमा व्यक्त गरेको उही अर्थलाई लक्षित भाषाको प्रारूपमा व्यक्त गर्ने प्रक्रिया ।
**स्रोत भाषा** - त्यो भाषा जस*बाट* अनुवाद गरिँदै छ ।
**स्रोत खण्‍ड**- त्यो खण्‍ड जस*बाट* अनुवाद गरिँदै छ ।
**अक्षित भाषा** - त्यो भाषा जस*मा* अनुवाद गरिँदै छ ।
**अक्षित खण्‍ड**- अनुवादकद्वारा बनाइँदै गरिएको खण्‍ड जसै उसले वा उनले अर्थलाई स्रोत खण्‍डबाट अनुवाद गर्छन् ।
**मूल भाषा** - त्यो भाषा जसमा बाइबलको खण्‍डलाई सुरुमा लेखिएको थियो । नयाँ करारको मूल भाषा ग्रीक हो । अधिकांश पुरानो करारको मूल भाषा हिब्रू हो । तापनि, दानिएल र एज्राका केही भागहरूको मूल भाषा आरमेइक हो । कुनै भाषाबाट कुनै खण्‍डलाई अनुवाद गर्नका लागि मूल भाषा सधैँ नै सबैभन्दा ठ्याक्‍कै मिलेको भाषा हो ।
**वृहत बोलचालको भाषा** - एउटा भाषा जुन कुनै विशाल क्षेत्रमा र धेरै मानिसहरूद्वारा बोलिन्छ । अधिकांश मानिसहरूका लागि, यो तिनीहरूको पहिलो भाषा हुँदैन, तर तिनीहरूको भाषा समुदाय बाहिर रहेका मानिसहरूसँग कुरा गर्न तिनीहरूले प्रयोग गर्ने भाषा हुन्छ । केही मानिसहरूले यसलाई व्यापारको भाषा भन्छन् । अधिकांश बाइबलहरू वृहत बोलचालको भाषालाई स्रोत भाषाको रूपमा प्रयोग गरेर अनुवाद हुनेछन् ।
**अक्षरशः गरिइको अनुवाद** - एउटा अनुवाद जसले परिणामस्वरूप अर्थ बदलिन गएपनि स्रोत खण्‍डमा भएको प्रारूपलाई लक्षित खण्‍डमा पुनरुत्पादन गर्न ध्यानकेन्द्रित गर्छ ।
**अर्थमा आधारित अनुवाद (वा परिवर्तनशील अनुवाद)** - एउटा अनुवाद जसले परिणामस्वरूप प्रारूप बदलिन गएपनि स्रोत खण्‍डमा भएको अर्थलाई लक्षित खण्‍डमा पुनरुत्पादन गर्न ध्यानकेन्द्रित गर्छ ।
**पाठ्यांश** - बाइबलको एउटा खण्‍ड जसको बारेमा कुरा गरिँदैछ । यो एउटा पद जत्तिकै सानो हुन सक्‍छ, तर सामान्यतया यो थुप्रै पदहरू हुन्छ जसको समग्रमा एउटा विषय हुन्छ वा एउटा कथा बताउँछन् ।
**गेटवे भाषा** - गेटवे भाषा (जीएल) भनेको वृहत बोलचालको भाषा हो जसमा हामीले हाम्रा सबै अनुवादका साधनहरूलाई अनुवाद गर्नेछौँ भनेर हामीले पहिचान गरेको भाषाहरूमध्येमा एउटा हो । गेटवे भाषाहरूको सङ्ग्रह चाहिँ सबैभन्दा सानो सङ्ख्याका भाषाहरू हुन् जसद्वारा दोभाषे वक्ताहरूद्वाराको अनुवादबाट सामग्रीलाई संसारको अरू हरेक भाषामा प्रदान गर्न सकिन्छ ।
**अरू भाषा** - अरू भाषाहरू (ओएलहरू) भनेका संसारका सबै भाषाहरू हुन् जुन गेटवे भाषाहरू होइनन् । हामी हाम्रा बाइबल अनुवादहरूलाई गेटवे भाषाहरूमा अनुवाद गर्छौँ ताकि मानिसहरूले बाइबललाई अरू भाषाहरूमा अनुवाद गर्नका लागि ती साधनहरूको प्रयोग गर्न सकून् ।
**अन्तिम-प्रयोगकर्ताको बाइबल** - यो एउटा बाइबल हो जसले लक्षित भाषामा स्वभाविक ढङ्गमा बताउन सक्‍ने गरेर मानिसहरूले अनुवाद गरेका छन् । यो मण्‍डलीहरू र घरहरूमा प्रयोग गर्नका लागि बनाइएको हो । त्यसको विपरीतमा, यूएलटी र यूएसटी चाहिँ बाइबलहरू हुन् जुन अनुवादका साधनहरू हुन् । तिनीहरूले कुनै पनि भाषामा स्वभाविक ढङ्गमा बताउँदैनन्, किनभने यूएलटी एउटा अक्षरशः गरिएको अनुवाद हो र यूएसटीले वाक्‍पद्धतिहरू र भाषाका अलङ्कारहरू प्रयोग गर्दैन, जसलाई एउटा स्वभाविक ढङ्गमा बताउने अनुवादले प्रयोग गर्ने थियो । यी अनुवादका साधनहरूको प्रयोग गरेर, एक अनुवादकले अन्तिम-प्रयोगकर्ताको बाइबल उत्पादन गर्न सक्‍छ ।
**सहभागी** - एक सहभागी भनेको वाक्यमा भएका अभिनेताहरूमा कुनै एउटा हो । यो चाहिँ कार्य गरिरहेको व्यक्ति हुन सक्‍छ, वा त्यो कार्य प्राप्‍त गरिरहेको व्यक्ति हुन सक्‍छ, वा कुनै किसिमले सहभागिता जनाइरहेको भनेर उल्‍लेख गरिएको व्यक्ति हुन सक्‍छ । एक सहभागी कुनै एउटा वस्तु पनि हुन सक्‍छ जसलाई वाक्यको कार्यमा सहभागिता जनाइरहेको भनेर बताइएको छ । उदाहरणको लागि, यहाँ दिइएको वाक्यमा, सहभागीहरूलाई रेखाङ्कन गरिएको छः <u>जन</u><u>मेरी</u>ले <u>एन्ड्रिउ</u>लाई <u>एउटा पत्र</u> पठाए । कहिलेकाहीँ सहभागीहरूलाई उल्‍लेख नगरिकनै छोडिन्छ, तर तिनीहरू अझै पनि कार्यको हिस्‍सा हुन् । यस्तो खण्‍डमा, सहभागीलाई *आफैँ बुझिएको* हुन्छ । उदाहरणको लागि, यहाँ दिइएको वाक्यमा, त्यहाँ केवल दुई सहभागीहरूलाई मात्र उल्‍लेख गरिएको छः <u>एन्ड्रिउ</u>ले <u>एउटा पत्र</u> प्राप्‍त गरे । पठाउनेहरू, जन र मेरी आफैँ बुझिएका छन् । केही भाषाहरूमा, स्वतः बुझिएका सहभागीहरूलाई उल्‍लेख गर्नैपर्छ ।