3.2 KiB
3.2 KiB
स्रोत खण्डको लागि विचार गर्नुपर्ने कुराहरू
स्रोत खण्डको छनोट गर्दा, त्यहाँ थुप्रै कुराहरू छन् जसको विचार गरिनुपर्छः
- विश्वासको कथन - के खण्ड विश्वासको कथनसँग मेल खान्छ ?
- अनुवादका मार्गदर्शनहरू - के खण्ड अनुवादका मार्गदर्शनहरूसँग मेल खान्छ ?
- भाषा - के खण्ड सुहाउँदो भाषामा छ जसलाई अनुवादकहरू र जाँच गर्नेहरूले राम्ररी बुझ्छन् ?
- प्रतिलिप अधिकारहरू, अनुमतिपत्रहरू, र स्रोत खण्डहरू - के खण्ड त्यस्तो एउटा अनुमतिपत्र अन्तर्गत ल्याइएको छ जसले पर्याप्त कानुनी स्वतन्त्रता प्रदान गर्छ ?
- स्रोत खण्डहरू र संस्करण सङ्ख्याहरू - के खण्ड सबैभन्दा पछिल्लो आएको, सबैभन्दा पछि अद्यावधिक गरएको हो ?
- मूल र स्रोत भाषाहरू - के अनुवाद टोलीले स्रोत भाषाहरू र मूल भाषाहरूको बीचमा भएको भिन्नतालाई बुझ्छन् ?
- मूल पाण्डुलिपिहरू - के अनुवाद टोलीले मूल पाण्डुलिपिहरू र खण्डमा हुने भिन्नताहरूको बारेमा बुझ्छन् ?
यो महत्त्वपूर्ण छ कि भाषा समूहमा भएका मण्डलीहरूका अगुवाहरूले त्यो स्रोत खण्ड राम्रो हो भन्ने कुरामा सहमत होऊन् । खुला बाइबल कथाहरू थुप्रै स्रोत भाषाहरूमा http://ufw.io/stories/ मा उपलब्ध छन् । त्यहाँ अनुवादका लागि स्रोतहरूको रूपमा प्रयोग गरिनलाई अङ्ग्रेजीमा बाइबलका अनुवादहरू पनि छन्, र साथै अरू भाषाहरूमा पनि चाँडै हुनेछन् ।