22 lines
7.8 KiB
Markdown
22 lines
7.8 KiB
Markdown
### प्रारूपहरूको अर्थ बदलिन्छ
|
|
|
|
अक्षरशः गरिएका अनुवादहरूले स्रोत पाठ्यखण्डको प्रारूपलाई लक्षित खण्डमा कायम राख्छन् । केही अनुवादहरूलाई यसो गर्न इच्छा हुन सक्छ किनभने, जसरी हामीले “प्रारूपको महत्त्व” भन्ने शिक्षण भागमा देख्यौँ, खण्डको प्रारूपले खण्डको अर्थलाई असर गर्छ । तापनि, हामीले याद राख्नुपर्छ कि विभिन्न समाजबाटका मानिसहरूले प्रारूपहरूको अर्थलाई फरक-फरक ढङ्गले बुझ्छन् । विभिन्न समाजहरूमा, एउटै प्रारूपलाई निकै फरक तरिकाहरूमा बुझिन सक्छ । त्यसैकारण मूल प्रारूपलाई कायम राखेर अर्थलाई परिवर्तन हुन नदिन सम्भव छैन । अर्थलाई जोगाउने एउटै मात्र तरिका भनेको मूल प्रारूपलाई एउटा नयाँ प्रारूपमा बदल्नु हो जसले पुरानो प्रारूपले पुरानो समाजमा प्रवाह गरेको उही अर्थलाई नै नयाँ समाजमा प्रवाह गर्छ ।
|
|
|
|
### विभिन्न भाषाहरूले शब्दहरू र वाक्यांशहरूका विभिन्न क्रमहरूलाई प्रयोग गर्छन्
|
|
|
|
यदि तपाईंले आफ्नो अनुवादमा स्रोत शब्द क्रमलाई कायम राख्नुभयो भने, तपाईंको भाषा बोल्ने मानिसहरूका लागि त्यो बुझ्ने धेरै अप्ठेरो हुनेछ, र कहिलेकाहीँ असम्भव हुनेछ । तपाईंले लक्षित भाषाको स्वभाविक शब्द क्रमलाई प्रयोग गर्नैपर्छ ताकि मानिसहरूले खण्डको अर्थ बुझ्न सकून् ।
|
|
|
|
### विभिन्न भाषाहरूले विभिन्न वाक्पद्धतिहरू र अभिव्यक्तिहरूको प्रयोग गर्छन्
|
|
|
|
हरेक भाषाको त्यसको आफ्नै वाक्पद्धतिहरू र अन्य अभिव्यक्तिहरू हुन्छन्, जस्तो कि, शब्दहरू जसले आवाजहरू वा भावनाहरूलाई प्रतिनिधित्व गर्छन् । यी कुराहरूको अर्थलाई व्यक्त गर्नका लागि, तपाईंले एउटा वाक्पद्धति वा अभिव्यक्ति छान्नुपर्छ जसको लक्षित भाषामा उही अर्थ हुन्छ, केवल हरेक शब्दलाई अनुवाद मात्रै गर्ने होइन । यदि तपाईंले हरेक शब्दलाई अनुवाद मात्रै गर्नुभयो भने, वाक्पद्धति वा अभिव्यक्तिले गलत अर्थ दिनेछ ।
|
|
|
|
### केही शब्दहरूसँग मिल्ने शब्दहरू अन्य समाजहरूमा हुँदैनन्
|
|
|
|
बाइबलमा त्यस्ता कुराहरूका लागि थुप्रै शब्दहरू छन् जुन कुराहरू अब छैनन्, जस्तो कि प्राचीन वजनहरू (स्टेडिया, क्यूबिट), पैसा (दिनारीअस, स्टेटर) अनि नापहरू (हिन, एफा) । धर्मशास्त्रमा उल्लेख गरिएका जनावरहरू संसारका केही भागहरूमा नभएका हुन सक्छन् (फ्याउरो, ऊँट) । अरू शब्दहरू केही समाजहरूमा नजानिएका हुन सक्छन् (हिउँ, खतना) । त्यस्ता अवस्थाहरूमा यी शब्दहरूका लागि सामान्य रूपमा मिल्ने शब्दहरू राख्न सम्भव हुँदैन । मूल अर्थलाई प्रवाह गर्नका लागि अनुवादकले अर्को तरिका भेट्टाउनुपर्ने हुन्छ ।
|
|
|
|
### बाइबल चाहिँ बुझियोस भन्ने अभिप्राय गरिएको थियो
|
|
|
|
धर्मशास्त्रको गवाही आफैँले नै देखाउँछ कि तिनीहरू बुझियोस् भनेर लेखिएका थिए । बाइबल तीनवटा भाषाहरूमा लेखिएको थियो किनभने परमेश्वरका जनहरूले प्रयोग गर्ने भाषा विभिन्न समयहरूमा फरक-फरक थियो । जब यहूदीहरू निर्वासनबाट फर्केर आए र हिब्रू भाषा याद थिएन, पूजाहारीहरूले पुरानो करारका लेखहरूलाई आइमेकमा अनुवाद गरे ताकि तिनीहरूले बुझ्न सकून् (नहेमिया ८:८) । पछि, जब नयाँ करार लेखियो, त्यो साझा क्वाइनी ग्रीकमा लेखिएको थियो, जुन चाहिँ त्यस समयमा अधिकांश मानिसहरूले बोल्ने भाषा थियो, र हिब्रू वा आरमेइक वा पुरानो ग्रीकमा लेखिएको थिएन, जुन बुझ्न सामान्य मानिसहरूलाई बढी कठिन हुने थियो ।
|
|
|
|
यी र अन्य कारणहरूले देखाउँछन् कि परमेश्वरले उहाँको वचन मानिसहरूले बुझेको चाहनुहुन्छ । त्यसैले हामी जान्दछौँ कि हामीले बाइबलको अर्थलाई अनुवाद गरेको उहाँ चाहनुहुन्छ, प्रारूपलाई पुनरुत्पादन गरेको होइन । धर्मशास्त्रको अर्थ चाहिँ प्रारूपभन्दा बढी महत्त्वपूर्ण छ ।
|