29 lines
4.0 KiB
Markdown
29 lines
4.0 KiB
Markdown
### अर्थका तहहरू
|
|
|
|
एउटा असल अनुवादमा चाहिएको कुरा भनेको लक्षित भाषामा भएको अर्थ स्रोत भाषामा भएको जस्तै एउटै हुनु हो ।
|
|
|
|
बाइबलसहित गरेर, कुनै पनि पाठ्यखण्डमा भएको अर्थको थुप्रै विभिन्न तहहरू हुन्छन् । यी तहहरू हुन्ः
|
|
|
|
* शब्दहरूको अर्थ
|
|
* वाक्यांशहरूको अर्थ
|
|
* वाक्यहरूको अर्थ
|
|
* हरफहरूको अर्थ
|
|
* अध्यायहरूको अर्थ
|
|
* पुस्तकहरूको अर्थ
|
|
|
|
### शब्दहरूको अर्थ हुन्छ
|
|
|
|
खण्डको अर्थ शब्दहरूमा हुन्छ भनेर सोच्न हामी बानी भएका छौँ । तर यो अर्थ हरेक शब्द कुन सन्दर्भमा छ भन्ने कुराद्वारा नियन्त्रित हुन्छ । अर्थात्, एकल शब्दहरूको अर्थलाई वाक्यांशहरू, वाक्यहरू, र हरफहरूसमेत गरेर त्यसभन्दा माथिका तहहरूद्वारा नियन्त्रित गरिएको हुन्छ । उदाहरणको लागि, “दिनु” जस्तो एकल शब्दको निम्न सम्भावित अर्थहरू हुन सक्छन्, जुन सन्दर्भमा (माथिल्ला तहहरू) भर पर्छः
|
|
|
|
* उपहार प्रदान गर्नु
|
|
* ढल्नु वा तोडिनु
|
|
* समर्पण गर्नु
|
|
* छोड्नु
|
|
* स्वीकार गर्नु
|
|
* जुटाउनु
|
|
* इत्यादि ...
|
|
|
|
### अझ ठूलो अर्थ बनाउने
|
|
|
|
हरेक शब्दको हरेक सन्दर्भमा के अर्थ हुन्छ भनेर अनुवादकले निधो गर्नुपर्छ, अनि त्यसपछि त्यही अर्थलाई अनुवादित खण्डमा पुनरुत्पादन गर्नुपर्छ । त्यसको अर्थ हो कि शब्दहरूलाई एक्लाएक्लै अनुवाद गर्न सकिँदैन, तर वाक्यांशहरू, वाक्यहरू, हरफहरू, र अध्यायहरू, जसको ती शब्दहरू एक हिस्सा हुन्छन्, तिनमा भएका अन्य शब्दहरूसँग तिनीहरू जोडिँदा खेरी तिनीहरूले दिएको अर्थको साथमा मात्रै अनुवाद गर्न सकिन्छ । यसै कारणले गर्दा अनुवादकले त्यसलाई अनुवाद गर्नु थाल्नु पूर्व पूरै हरफ, अध्याय, वा पुस्तक पढ्नै पर्छ । अझ ठूला तहहरू पढेर, हरेक तल्ला तहहरू पूर्णतामा कसरी मिल्छन् भनेर उसले बुझ्नेछ, अनि हरेक भागलाई त्यसरी अनुवाद गर्नेछ जसले माथिल्ला तहहरूमा सबैभन्दा बढी मिल्ने बुझाइ आउने गरेर अर्थलाई प्रवाह गर्नेछ ।
|