ne_ta/translate/translate-dynamic/01.md

63 lines
8.5 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

### परिचय
हामीले शब्दानुवादलाई नजिकबाट नियाल्यौँ । अब हामी भावानुवादलाई नियाल्ने छौँ । यी अनुवादहरूलाई यसो पनि भनिन्छः
* अर्थमा आधारितअनुवाद
* उक्तियुक्त अनुवाद
* गतिशिल
### मुख्य विशेषताहरू
स्रोत पाठको संरचनालाई नभइ अर्थलाई प्राथमिकता दिनु नै यसको प्रमूख विशेषता हो । यसर्थ, यसमा **अर्थलाई स्पष्ट बनाउन पाठको संरचनालाई परिवर्तन गर्न सकिन्छ** । भावानुवादमा गरिने परिवर्तनहरू निम्‍नानुसार छन्ः
* लक्षित भाषाको व्याकरणसँग मेल खानेगरी शब्दको क्रमलाई परिवर्तन गरिन्छ ।
* वैदेशिक व्याकरणीय संरचनालाई स्वभाविकमा परिवर्तन गरिन्छ ।
* लक्षित भाषाको स्वभाविक वहावको क्रममा मेल खाने बनाउनको निम्ति औचित्य वा परिणामहरूलाई परिवर्तन गरिन्छ ।
* वाक्पद्धतिलाई परिवर्तन गर्ने वा व्याख्या गरिन्छ ।
* अरू भाषाका शब्दको व्याख्या वा अनुवाद गरिन्छ । ("गलगथा" = "खोपडीको स्थान")
* स्रोत पाठमा भएका कठिन वा असामान्य शब्दहरूको साटोमा उस्तै अर्थ दिने सामान्य शब्दहरूको प्रयोग गरिन्छ ।
* लक्षित संस्कृतिमा थाहा नभएका शब्दहरूको ठाउँमा उस्तै अर्थ दिने शब्दहरू वा वर्णनको प्रयोग गरिन्छ ।
* लक्षित भाषामा प्रयोगमा नआउने संयोजक शब्दहरूको ठाउँमा लक्षित भाषाको आवश्यकता पूरा गर्ने किसिमका शब्दहरूको प्रयोग गरिन्छ ।
* मूल अलङ्‍कारजस्तै अर्थ दिने किसिमका अलङ्‍कारहरूको प्रयोग गरिन्छ ।
* पाठको अर्थ बुझाउनको निम्ति निहित जानकारी समेटिन्छ ।
* अस्पष्ट वाक्यांशहरू वा संचरनाहरूलाई व्याख्या गरिन्छ ।
### भावानुवादका उदाहरणहरू
भावानुवाद कस्तो देखिन्छ? उही पदलाई भिन्‍न संस्करणहरूले कसरी अनुवाद गरेका छन् ती हेरौँ ।
लूका ३:८ मा *बप्तिस्मा दिने यूहन्‍नाले बप्तिस्मा लिन आएका आफैँलाई धर्मी ठान्‍ने मानिसहरूलाई हप्काउँछन् ।*
पदको पहिलो आधा खण्डको **ग्रीक** पाठलाई तल दिइएको छ ।
>Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας
हरेक ग्रीक शब्दको त्यही क्रममा विकल्पसहितको **नेपाली** अनुवाद तल दिइएको छ ।
>गर/बनाओ/फलाओ त्यसैले फलहरू मिल्दो/सुहाउँदो को पश्‍चाताप
#### शब्दानुवाद
शब्दानुवादमा शब्दको क्रमलाई सकेसम्म ग्रीक भाषाको क्रमको आधारमा राखिन्छ ।
>यस्तो फलहरू फलायो जुन पश्‍चातापका योग्य छन् । (लूका ३:८ यूएलटी)
परिवर्तित शब्दानुवादमा "फलहरू" र "पश्‍चाताप" शब्दहरूलाई जस्ताको तस्तै राखिएको छ । शब्दको क्रम पनि ग्रीकसँग लगभग मिल्छ । मूल पाठमा के छ भन्‍ने कुरा अनुवादकलाई देखाउनको निम्ति युएलटीको निर्माण गरिएको हो । तर यही अर्थलाई तपाईंको भाषामा यसरी व्यक्त गर्नु स्वभाविक नहुन सक्छ ।
#### भावानुवाद
भावानुवादमा अर्थलाई स्पष्ट पार्नको निम्ति अनुवाददकले शब्दको क्रमलाई परिवर्तन गर्न सक्छ । तल दिइएका तिन भावानुवादलाई हेर्नुहोस्ः
लिभिङ् बाइबलबाटः
>…योग्य कामहरू गरेर पापबाट फर्केको प्रमाणित गर ।
न्यु लिभिङ् अनुवादबाटः
>तिमीहरू आफ्ना पापहरू फर्केर परमेश्‍वरतिर फर्केका छौ भन्‍ने कुरालाई आफ्नो जीवनबाट प्रमाणित गर ।
अनफोल्डिङ् सिम्प्लिफाइड टेक्टस्‌बाट
>तिमीहरूका पापमय व्यवहारबाट साँच्चै नै फर्केका छौ भन्‍ने कुराहरू देखाउने कुराहरू गर !
माथि दिइएका अनुवादकहरूमा नेपाली भाषामा स्वभाविक वहावको निम्ति शब्दको क्रमलाई परिवर्तन गरिएको छ । "फलहरू" भन्‍ने शब्दको पानि प्रयोग गरिएको छ । लिभिङ् बाइबल अनुवादमा युएलटी अनुवादमा प्रयोग गरिएका कुनै पनि शब्दको प्रयोग गरिएको छैन । "फलहरू" को साटोमा भावानुवादमा "कामहरू" वा "तिमीहरूको जीवन" को प्रयोग गरिएको छ । पदमा प्रयोग गरिएको "फलहरू" शब्दलाई कुनै मानिसले गर्ने कार्यको रूपकको रूपमा प्रयोग गरिएको छ । (हेर्नुहोस् [रूपक](../figs-metaphor/01.md)।)
यी अनुवादहरूले अर्थलाई ध्यान दिएका छन्, शब्दहरूलाई मात्र होइन । यिनमा "पश्‍चाताप" को साटो "पापहरूबाट फर्केर" वा "पापमय व्यवहारबाट फर्केका" बोधगम्य वाक्यांशहरूको पनि प्रयोग गरिएको छ वा "आफ्ना पापहरूबाट परमेश्‍वरतिर फर्केका" को प्रयोग गरिएको छ । भावानुवादमा अर्थ थप स्पष्ट पारिएको छ ।