9.6 KiB
वर्णन
दशमलव बिन्दु वा दशमलव अल्प बिराम कुनै अङ्क पूर्ण सङ्ख्याको एउटा भाग हो भन्ने जनाउन उक्त सङ्ख्याको बायाँपट्टि प्रयोग गरिन्छ । उदाहरणको निम्ति .१ मिटर पूर्ण सङ्ख्या नभइकन एक मिटरको दशौँ भाग मात्र हो र .५ मिटर पाँच मिटर होइन, तर एक मिटरको दश भागको पाँच भाग हो । ३.५ मिटर एक मिटरको दशौँ भागको तिन र सात भाग हो । यस्ता सङ्ख्याहरूको प्रयोग युएसटी मा गरिन्छ ।
केही देशहरूमा दशमलव बिन्दुको प्रयोग गरिन्छ भने कति देशहरूमा दशमलव अल्प विरामको प्रयोग गर्नुहोस् । यसैले दशमलव अल्प विरामको प्रयोग गर्ने देशहरूले "३.७ मिटर" लाई "३,७ मिटर" लेख्छन् । केही संस्कृतिका मानिसहरूले भिन्नको प्रयोग गर्न रुचाउँछन् । (हेर्नुहोस् भिन्नहरू)
युएसटीमा सङ्ख्याका भागहरूलाई दशमलवमा वा भिन्नमा लेखिन्छ । मिटर, ग्राम, लिटर जस्ता नापतौलमा दशमलवको प्रयोग गरिन्छ ।
युएसटीमा प्रयोग गरिएको दशमलव
दशमलव | भिन्न | सामान्य भिन्न |
---|---|---|
.१ | एकको दशौँ भाग | |
.२ | दुईको दशौँ भाग | एकको पाचौँ भाग |
.३ | तिनको दशौँ भाग | |
.४ | चारको दशौँ भाग | दुईको पाचौँ भाग |
.५ | पाँचको दशौँ भाग | एक आधा |
.६ | छको दशौँ भाग | तिनको दशौँ भाग |
.७ | सातको दशौँ भाग | |
.८ | आठको दशौँ भाग | चारको पाचौँ भाग |
.९ | नौको दशौँ भाग | |
.२५ | पच्चिसको को एक सयौँ भाग | एक चौथाइ |
.७५ | पचहत्तरको एक सयौँ भाग | तिन चौथाइ |
यो अनुवादको विषय हुनुको कारण
- यदि अनुवादकहरूले युएसटीमा भएको नापतौलको प्रयोग गर्न चाहन्छन्, तिनमा प्रयोग गरिएको दशमलव सङ्ख्याको प्रयोगलाई बुझ्नुपर्छ ।
- अनुवादकले ती सङ्ख्याको अनुवाद पाठकहरूले बुझ्ने तरिकाले गर्नुपर्छ ।
बाइबलबाट उदाहरणहरू
सङ्ख्याका भागहरूको बारेमा बताउन युएलटीमा भिन्नको प्रयोग गरिएको छ र युएसटीमा दशमलवको प्रयोग गरिएको छ । नापतौलकोको बारेमा कुरा गर्दा बाइबलीय दुरीर बाइबलीय तौल, र बाइबलीय आयतनयुएलटी र युएसटी बिचको फरक भनेको नै तिनीहरूमा प्रयोग गरिएको फरक प्रणाली हो, ताकि युएलटी र युएसटीमा प्रयोग गरिएको सङ्ख्याको प्रणाली फरक होस् ।
तिनीहरूले बबुल काठको एउटा सन्दूक बनाऊन् । त्यसको लमाइ दुई हात आधा, चौडाइ एक हात आधा र उचाइ एक हात आधाको होस् । (प्रस्थान २५:१० यूएलटी)
युएलटीमा "आधा" भनेर भिन्नको प्रयोग गरिएको छ । यसलाई दशमलवमा पनि लेख्न सकिन्छः .५ ।
तिनीहरूले बबुल काठको एउटा सन्दूक बनाऊन् । त्यसको लमाइ एक मिटर, चौडाइ ०.७ मिटर र उचाइ ०.७ मिटरको होस् । (प्रस्थान २५:१० यूएसटी)
युएसटीमा दशमलव ०.७ को प्रयोग गरिएको छ । यो सातको दशौँ भाग बराबर हो ।
दुई हात आधा लगभग एक मिटर जति हो ।
एक हात आधा लगभग ०.७ मिटर वा एक मिटरको सातको दशौँ भाग हो ।
अनुवाद रणनीतिहरू
- भिन्न मात्र, दशमलव मात्र, वा दुबै कुनको प्रयोग गर्ने निर्णय गर्नुहोस् ।
- युएलटी वा युएसटी वा अन्य प्रकारको नापतौलको प्रणाली कुनको प्रयोग गर्ने निर्णय गर्नुहोस् ।
- यदि तपाईंले भिन्न र युएलटीमा प्रयोग भएको नापतौलको प्रणाली प्रयोग गर्ने निर्णय गर्नुभयो भने, युएलटीमा भएको सङ्ख्या र नापतौललाई अनुवाद गर्नुहोस् ।
- यदि तपाईंले दशमलव र युएसटीमा प्रयोग Iभएको नापतौलको प्रणाली प्रयोग गर्ने निर्णय गर्नुभयो भने, युएसटीमा भएको सङ्ख्या र नापतौललाई अनुवाद गर्नुहोस् ।
१. यदि तपाईंले दशमलव र युएलटीमा प्रयोग भएको नापतौलको प्रणाली प्रयोग गर्ने निर्णय गर्नुभयो भने, युएलटीमा भएको भिन्नलाई दशमलवमा परिवर्तन गर्नुहोस् । २. यदि तपाईंले भिन्न र युएसटीमा प्रयोग भएको नापतौलको प्रणाली प्रयोग गर्ने निर्णय गर्नुभयो भने, युएसटीमा भएको दशमलवलाई भिन्नमा परिवर्तन गर्नुहोस् ।
अनुवाद रणनीतिहरूका प्रयोगका उदाहरणहरू
१. यदि तपाईंले दशमलव र युएलटीमा प्रयोग भएको नापतौलको प्रणाली प्रयोग गर्ने निर्णय गर्नुभयो भने, युएलटीमा भएको भिन्नलाई दशमलवमा परिवर्तन गर्नुहोस् ।
- तेलमा मुछेको डेढ पाथी मसिनो पीठो, र आधा माना तेल ल्याओस् । (लेवी १४:१० यूएलटी)
- “ तेलमा मुछेको १.५ पाथी मसिनो पीठो, र .५ माना तेल ल्याओस् । "(लेवी १४:१० )
२. यदि तपाईंले भिन्न र युएसटीमा प्रयोग भएको नापतौलको प्रणाली प्रयोग गर्ने निर्णय गर्नुभयो भने, युएसटीमा भएको दशमलवलाई भिन्नमा परिवर्तन गर्नुहोस् ।
- तेलमा मुछेको ६.५ लिटर मसिनो पीठो, र एक तिहाइ लिटर तेल ल्याओस् । (लेवी १४:१० यूएसटी)
- “तेलमा मुछेको साढे छ लिटर मसिनो पीठो, र एक तिहाइ लिटर तेल ल्याओस् ।”