ne_ta/translate/translate-bmoney/01.md

8.4 KiB
Raw Permalink Blame History

वर्णन

पुरानो करारको समयमा सुन र चाँदी जस्ता उनीहरूका धातुहरूलाई तौलन्थे र कुनै कुरा किन्‍नको निम्ति त्यसको निश्‍चित तौल दिन्थे । पछि मानिसहरूले खास धातुको सर्वस्वीकृत मात्रा भएका सिक्काहरू बनाउन थाले । तीमध्ये एउटा डेरिक थियो । नयाँ करारको समयमा मानिसहरूले चाँदी र तामाका सिक्काहरूको प्रयोग गर्थे ।

तल दिइएका दुई वटा तालिकामा पुरानो करार र नयाँ करारमा केही प्रचलित रुपियाँ पैसाका एकाइहरू दिइएका छन् । पुरानो करारको एकाइको तालिकाले कस्तो किसिमको धातु प्रयोग गरिएको थियो र त्यसको तौल कति थियो भन्‍ने देखाउँछ । नयाँ करारको एकाइको तालिकाले कस्तो किसिमको धातु प्रयोग गरिएको थियो र दिनको ज्यालाको हिसाबले त्यसको मूल्य कति थियो भनी देखाउँछ ।

पुरानो करारको एकाइ धातु तौल
डेरिक सुनको सिक्का ८.४ ग्राम
शेकेल विभिन्‍न किसिमका धातुहरू ११ ग्राम
तोडा विभिन्‍न किसिमका धातुहरू ३३ किलोग्राम
नयाँ करारको एकाइ धातु १ दिनको ज्याला
दिनार/दिनारी चाँदीको सिक्‍का १ दिन
ड्रेक्मा चाँदीको सिक्‍का १ दिन
माइट तामाको सिक्का १/६४ दिन
शेकेल चाँदीको सिक्‍का ४ दिनहरू
तोडा चाँदी ६, दिनहरू

अनुवादको सिद्धान्त

आधुनिक रुपियाँ पैसाको मूल्य प्रयोग नगर्नुहोस् किनकि यिनीहरूको मूल्य वर्ष-वर्षमा बदलिरहन्छन् । यिनीहरूको प्रयोग गर्नाले बाइबलको अनुवादलाई पुरानो र गलत तुल्याउँछ ।

अनुवादका रणनीतिहरू

पुरानो करारको रुपियाँ पैसाको मूल्य त्यसको तौलमा आधारित थियो । त्यसैले पुरानो करारका तौलहरू अनुवाद गर्दा बाइबलीय तौल हेर्नु होला । नयाँ करारको रुपियाँ पैसाको मूल्यलाई अनुवाद गर्ने रणनीतिहरू तल दिइएको छन् ।

१. बाइबलको शब्द प्रयोग गर्नुहोस् र यसको उच्चारणसँग मिल्ने किसिमले हिज्‍जे पनि उल्लेख गर्नुहोस् । (शब्दहरूको नक्कल वा सापटी हेर्नुहोस्)

२. यो कस्तो किसिमको धातुले बनेको थियो र कति वटा सिक्‍काहरू प्रयोग गरिएका थिए त्यसको हिसाबले रुपियाँ पैसाको मूल्य बताउनुहोस् ।

३. बाइबलको समयका मानिसहरूले एक दिन काम गर्दा आर्जन गर्न सक्‍ने ज्यालाको हिसाबमा रुपियाँ पैसाको मूल्य बताउनुहोस् ।

४. बाइबलका शब्दहरू प्रयोग गर्नुहोस् र पाठ्यांश वा पादटिप्पणीमा सो सरहको परिमाण दिनुहोस् ।

५. बाइबलको शब्द प्रयोग गर्नुहोस् र पादटिप्पणीमा त्यसको व्याख्या गर्नुहोस् ।

अनुवाद रणनीतिहरू

अनुवादका रणनीतिहरूलाई लूका ७:४१ मा प्रयोग गरिएको छ ।

  • एउटाले पाँच सय दिनारी र अर्काले पचास दिनारी ऋण लिएका थिए । (लूका ७:४१ यूएलटी)

१. बाइबलको शब्द प्रयोग गर्नुहोस् र यसको उच्चारणसँग मिल्ने किसिमले हिज्‍जे पनि उल्लेख गर्नुहोस् । (शब्दहरूको नक्कल वा सापटी शब्दहरू हेर्नुहोस्)

“एउटाले ५०० दिनारी र अर्काले ५० दिनारी ऋण लिएका थिए ।” (लूका ७:४१ यूएलटी)

२. यो कस्तो किसिमको धातुले बनेको थियो र कति वटा सिक्‍काहरू प्रयोग गरिएका थिए त्यसको हिसाबले रुपियाँ पैसाको मूल्य बताउनुहोस् ।

“एउटाले ५०० चाँदीको सिक्का र अर्काले ५० चाँदीको सिक्का ऋण लिएका थिए ।” (लूका ७:४१ यूएलटी)

३. बाइबलको समयका मानिसहरूले एक दिन काम गर्दा आर्जन गर्न सक्‍ने ज्यालाको हिसाबमा रुपियाँ पैसाको मूल्य बताउनुहोस् ।

“एउटाले ५०० दिनको ज्याला र अर्काले ५० दिनको ज्याला ऋण लिएका थिए ।”

४. बाइबलका शब्दहरू प्रयोग गर्नुहोस् र पाठ्यांश वा पादटिप्पणीमा सो सरहको परिमाण दिनुहोस् ।

“एउटाले ५०० दिनारी१ र अर्काले ५० दिनारी२ ऋण लिएका थिए । “

पादटिप्‍पणी यस्तो देखिन्छः

[१] ५०० दिनको ज्याला [२] ५० दिनको ज्याला

५. बाइबलको शब्द प्रयोग गर्नुहोस् र पादटिप्पणीमा त्यसको व्याख्या गर्नुहोस् ।

“एउटाले ५०० दिनारी१ र अर्काले ५० दिनारी ऋण लिएका थिए ।” (लूका ७:४१ यूएलटी)

[१] एक दिनार एक जना मानिसले एक दिनमा कमाउने चाँदीको मात्रा थियो ।