ne_ta/translate/grammar-connect-logic-goal/01.md

80 lines
14 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

**तार्किक सम्बन्धहरू**
केही जोडनेकुराहरूले दुई वाक्यांशहरू, खण्डहरू, वाक्यहरू, वा पाठको टुक्राहरू बीच तार्किक सम्बन्धहरू स्थापना गर्छन्।
#### **लक्ष्य (वा उद्देश्य) सम्बन्ध**
#### विवरण
लक्ष्य सम्बन्ध भनेको तार्किक सम्बन्ध हो जसमा दोस्रो घटना पहिलो घटनाको उद्देश्य वा लक्ष्य हो। कुनै कुरालाई लक्ष्य सम्बन्ध बनाउनको लागि, कसैले पहिलो घटनालाई दोस्रो घटना निम्त्याउने उद्देश्यले गर्नुपर्छ।
## यो अनुवादको समस्या हुनुको कारण
धर्मशास्त्रमा, लक्ष्य वा उद्देश्य या त पहिलो वा दोस्रो बताउन सकिन्छ। तर केही भाषाहरूमा, त्यो तार्किक सम्बन्ध बुझ्‍नको लागि लक्ष्य वा उद्देश्य सधैं एउटै स्थितिमा (पहिलो वा दोस्रो) हुनुपर्दछ। तपाईंले (अनुवादक) दुई भागहरू बीचको सम्बन्ध बुझ्‍न र तपाईंको भाषामा सही रूपमा संवाद गर्न आवश्यक छ। यसले दुई घटनाहरूको क्रम परिवर्तन गर्न आवश्यक हुन सक्छ। एउटा अर्कोको लक्ष्य वा उद्देश्य हो भनेर संकेत गर्नका लागि विशेष शब्दहरू पनि आवश्यक हुन सक्छ। अङ्ग्रेजीमा लक्ष्य सम्बन्धलाई संकेत गर्नका लागि सामान्यतया प्रयोग हुने शब्दहरू "को निम्ति," "ताकि" वा " यसैले" हुन्। यो महत्त्वपूर्ण छ कि अनुवादकले लक्ष्य सम्बन्धलाई संकेत गर्ने शब्दहरू चिन्‍न र त्यस सम्बन्धलाई प्राकृतिक रूपमा अनुवाद गर्नु महत्त्वपूर्ण छ।
### ओबिएस र बाइबलबाट उदाहरणहरू
> > तिनी क्रोधित भइन् र योसेफलाई झूटो आरोप लगाइन् ताकि उसलाई गिरफ्तार गरियोस् र जेल पठाइयोस्। (कथा ८ फ्रेम ५ ओबीएस)
महिलाको झूटो आरोपको लक्ष्य वा उद्देश्य योसेफलाई गिरफ्तार गरी जेल पठाउनु थियो।
यसै बीचमा तिनको छोरा गिदोन **मिद्यानहरूको उपस्थितिबाट लुक्नको लागि** दाखको कुण्डमा गहूँ चुट्दैथिए। (न्यायकर्ताहरू ६:११ख यूएलटि)
यहाँ नामयोगी वाक्यांश "को निम्ति" बाट सुरु हुन्छ।
> अब यदि मैले तपाईंको नजरमा कृपा पाएको छु भने, मलाई तपाईंको मार्गहरू देखाउनुहोस् ताकि **म तपाईंलाई चिन्‍न सकूँ र तपाईंको नजरमा अनुग्रह पाउन सकूँ**। याद राख यो राष्ट्र तिम्रो जनता हो। (प्रस्थान ३३:१३ यूएलटि)
> > मोशाले परमेश्‍वरलाई चिन्‍ने र परमेश्‍वरको अनुग्रह खोज्‍न जारी राख्‍ने मोशाको लक्ष्य वा उद्देश्यको लागि परमेश्‍वरले उहाँलाई परमेश्‍वरका मार्गहरू देखाउन चाहनुहुन्छ।
उसको लागि पोकोहरूबाट केही निकाल्न र उसलाई **बटुल्नको लागि** छोड्न निश्‍चित हुनुहोस्, र उसलाई हप्काउनु हुँदैन! (रूथ २:१६ यूएलटि)
बोअजको लक्ष्य वा उद्देश्य मानिसहरूलाई तिनीहरूको पोकोबाट अनाज निकाल्न र रूथलाई बटुल्न (बटुल्न) छोड्न निर्देशन दिनु थियो।
गोठालाहरूले एक-अर्कालाई भने, "हामी साँच्चै बेथलेहेमसम्म जाऔं, **र परमप्रभुले हामीलाई बताउनुभएको यो कुरा हेरौं**।" (लूका २:१५ यूएलटि)
बेथलेहेम जाने उद्देश्य के भएको थियो त्यो हेर्नु थियो। यहाँ उद्देश्य चिन्ह लगाइएको छैन र गलत बुझिएको हुन सक्छ।
"… यदि तपाईं जीवनमा प्रवेश गर्न चाहनुहुन्छ भने, आज्ञाहरू पालन गर्नुहोस्।" (मत्ती १९:१७ख  यूएलटि)
आज्ञाहरू पालन गर्ने लक्ष्य जीवनमा प्रवेश गर्नु हो।
त्‍यसबाट दायाँ वा देब्रे नफर्कनुहोस् **ताकि** तपाईं हिँड्नुभएको हरेक कुरामा **बुद्धिमान्‌ हुन सक**। (यहोशू १:७ग यूएलटि)
मोशाले इस्राएलीहरूलाई दिएका निर्देशनहरूबाट पछि नहट्नुको उद्देश्य तिनीहरू बुद्धिमानी होस् भन्‍ने थियो।
तर जब दाखको बोट खेती गर्नेहरूले छोरालाई देखे, तिनीहरूले आपसमा भने, ‘यो उत्तराधिकारी हो। आउनुहोस्, हामी उसलाई मार्न **र उसको उत्तराधिकार लिऔं**।’ त्यसैले तिनीहरूले उसलाई लगेर दाखबारीबाट फालिदिए र मारिदिए। (मत्ती २१:३८-३९ यूएलटि)
दाख खेती गर्नेहरूको उद्देश्य उत्तराधिकारीलाई मार्नु थियो ताकि तिनीहरूले आफ्नो उत्तराधिकार लिन सकून्। ति दुवै घटनाहरूले योजनाको कुरा बताउँछन्, तिनिहरू एउटै शब्द "र" ले जोडेको छ। "यसैले" शब्दले पहिलो घटनाको वृत्तान्त बुझाउँछ, तर दोस्रो घटनामा त्यो कुरा (लक्ष्य वा उद्देश्य) उल्लेखित छैन।
#### **अनुवादका** **रणनीतिहरू**
यदि तपाईंको भाषाले पाठमा जस्तै लक्ष्य वा उद्देश्य सम्बन्धहरू प्रयोग गर्दछ भने, त्यसपछि तिनीहरूलाई जस्तै प्रयोग गर्नुहोस्।
(१) यदि लक्ष्य कथनको निर्माण अस्पष्ट छ भने, यसलाई अझ स्पष्टमा परिवर्तन गर्नुहोस्।
(२) यदि कथनहरूको क्रमले लक्ष्य कथनलाई पाठकका लागि अस्पष्ट वा भ्रमपूर्ण बनाउँछ भने, क्रम परिवर्तन गर्नुहोस्।
#### **​लागू गरिएका अनुवाद रणनीतिहरूका उदाहरणहरू**
(१) यदि लक्ष्य कथनको निर्माण स्पष्ट छैन भने, यसलाई अझ स्पष्टमा परिवर्तन गर्नुहोस्।
"उनको लागि पोकाहरूबाट केही तान्‍नुहोस् र **उनीलाई बटुल्नको लागि** छोड्नुहोस्, र उसलाई हप्काउनु हुँदैन!" (रूथ २:१६ यूएलटि) "उनको लागि पोकाहरूबाट केही तान्‍नुहोस् र छोड्नुहोस् **ताकि उसले यसलाई बटुल्न सकोस्**, र उनीलाई हप्काउनु हुँदैन!"
गोठालाहरूले एक-अर्कालाई भने, "हामी साँच्चै बेथलेहेमसम्म जाऔं, र परमप्रभुले **हामीलाई बताउनुभएको यो कुरा हेरौं**।" (लूका २:१५ यएलटि)
गोठालाहरूले एक-अर्कालाई भने, "हामी साँच्चै बेथलेहेमसम्म जाऔं **ताकि हामीले यो घटेको कुरा देख्‍न सकौं**, जुन परमप्रभुले हामीलाई बताउनुभएको छ।"
(२) यदि कथनहरूको क्रमले लक्ष्य कथनलाई पाठकको लागि अस्पष्ट वा भ्रमपूर्ण बनायो भने, क्रम परिवर्तन गर्नुहोस्।
> "… यदि तपाईं **जीवनमा प्रवेश गर्न** चाहनुहुन्छ भने, आज्ञाहरू पालन गर्नुहोस्।" (मत्ती १९:१७ख यूएलटि)"
>
> "… यदि तपाईं जीवनमा प्रवेश गर्न चाहनुहुन्छ भने आज्ञाहरू पालन गर्नुहोस्।" वा: "… आज्ञाहरू पालन गर्नुहोस् ताकि तपाईं जीवनमा प्रवेश गर्न सक्नुहुन्छ।"
> तर जब दाखको बोट खेती गर्नेहरूले छोरालाई देखे, तिनीहरूले आपसमा भने, ‘यो उत्तराधिकारी हो। आउनुहोस्, हामी उसलाई मार्न र उसको उत्तराधिकार लिऔं।’ त्यसैले तिनीहरूले उसलाई लगेर दाखबारीबाट फालिदिए र मारिदिए। (मत्ती २१:३८-३९ यूएलटि)
(१) र (२)
> तर जब दाखको बोट खेती गर्नेहरूले छोरालाई देखे, तिनीहरूले आपसमा भने, ‘यो उत्तराधिकारी हो। आउनुहोस्, हामी उसलाई मार्न **र उसको उत्तराधिकार लिऔं**।’ त्यसैले तिनीहरूले उसलाई लगेर दाखबारीबाट फालिदिए र मारिदिए। (मत्ती २१:३८-३९ यूएलटि)
> > तर जब दाखको बोट खेती गर्नेहरूले छोरालाई देखे, तिनीहरूले आपसमा भने, ‘यो उत्तराधिकारी हो। आउनुहोस्, हामी उसलाई मारौं **ताकि हामीले उसको उत्तराधिकार लिन सकौं**।’ त्यसैले तिनीहरूले उसलाई लगे, दाखबारीबाट बाहिर फालिदिए र उसको उत्तराधिकार लिन सकून् भनेर उसलाई मारे।