ne_ta/translate/figs-youformal/01.md

10 KiB

तपाईंले https://ufw.io/figs_youform मा उपलब्ध भिडियो हेर्न सक्‍नुहुन्छ ।

वर्णन

केही भाषाहरूले "तिमी"को औपचारिक रूप र "तिमी"को अनौपचारिक रूप बिच भिन्‍नता छुट्टाउँछन् । यो पृष्ठ विशेषतः यसरी भिन्‍नता छुट्टाउने भाषाको निम्ति हो ।

केही संस्कारहरूमा, आफूभन्दा ठुलो वा उच्च अधिकार भएको व्यक्तिसँग कुरा गर्दा औपचारिक "तपाईं, हजुुर" रूप र आफ्नै उमेरको वा आफूभन्दा सानो वा कम अधिकार भएको व्यक्तिसँग कुरा गर्दा अनौपचारिक "तिमी, तँ" रूप हुन्छन् । अरू संस्कारहरूमा चाहिँ, नचिनेका मानिसहरूसँग कुरा गर्दा औपचारिक "तपाईं, हजुर" रूप प्रयोग गर्छन् र आफ्नो परिवार र नजिकका साथीहरूसँग कुरा गर्दा अनौपचारिक "तिमी, तँ" रूप प्रयोग गर्छन् ।

  • बाइबल हिब्रू, आरामेइक र ग्रीक भाषामा लेखिएको थियो र ती भाषाहरूमा "तिमी" का औपचारिक र अनौपचारिक रूप छैनन् ।

अनुवादका विषय हुनुका कारणहरू

  • बाइबल हिब्रू, आरामेईक र ग्रीकमा लेखिएको थियो । यी भाषाहरूमा "तिमी"को औपचारिक र अनौपचारिक रूपहरू छैनन् ।
  • अंग्रेजी र अन्य धेरै स्रोत भाषाहरूमा "तिमी"को औपचारिक र अनौपचारिक रूपहरू छैनन् ।
  • "तिमी"को औपचारिक र अनौपचारिक रूपहरू भएका भाषाममा स्रोत पाठ्यपुस्तकको रूपमा प्रयोग गर्दा, अनुवादकहरूले उक्त भाषामा ती रूपहरूलाई कसरी प्रयोग गरिन्छ भनी बुझ्‍नुपर्ने हुन्छ ।
  • उनीहरूको भाषामा उपयुक्त रूप चुन्‍नको निम्ति अनुवादकहरूले दुई वक्ताहरू बिचको भिन्‍नता बुझ्‍नुपर्ने हुन्छ ।
  • येशूसँग बोल्ने मानिसहरूले "तिमी"को प्रयोग गर्दा कहिलेकाहीँ खास अनुवादकहरूलाई कठिन हुन्छ । येशू परमेश्‍वर हुनुभएको हुनाले, उहाँसँग कुरा गर्दा केही मानिसहरूले सदैव औपचारिक रूप प्रयोग गर्न चाहन्छन्, तर येशूप्रतिको भावनाहरू र वास्तविक सम्बन्धलाई पहिचान गर्नु महत्त्वपूर्ण हुन्छ । फरिसी र सदुकीहरू पहिले येशूका शत्रुहरू भएका हुनाले उनीहरूले उहाँसँग खास आदरसाथ बोल्ने सम्भावना थिएन । साथै, येशू पिलातससँग हुनुहुँदा, उहाँलाई आदरपूर्वक होइन अपराधीको रूपमा व्यवहार गरियो ।

अनुवादका सिद्धान्तहरू

  • वक्ता र उसले कुरा गरिरहेको व्यक्ति वा मानिस बिचको भिन्‍नता बुझ्नु ।
  • वक्ता जुन व्यक्तिसित बोलिरहेको छ त्यसप्रतिको उसको मनोभाव बुझ्‍नु ।
  • तपाईंको भाषामा उक्त सम्बन्ध र मनभावको निम्ति उयुक्त हुने रूप चुन्‍नुहोस् ।

बाइबलबाट लिइएका उदाहरणहरू

परमप्रभुले मानिसलाई बोलाउनुभयो र त्यसलाई भन्‍नुभयो, "तँ कहाँ छस्?" (उत्पत्ति ३ः९ यूएलटी)

मानिसमाथि परमेश्‍वरको अधिकार छ, त्यसैले "तिमी"को औपचारिक र अनौपचारिक रूपमा भएका भाषाहरूले यहाँ सम्भवत अनौपचारिक रूपमा प्रयोग गर्छन् ।

सम्माननीय थियोफिलस, सुरुदेखि नै सबै थोकको सावधानीपूर्वक अनुसन्धान गर्न, तपाईंलाई एउटा क्रमबद्ध विवरण लेख्‍न मलाई पनि असल लाग्यो, ताकि तपाईंलाई सिकाएका कुराहरूका बारे तपाईंलाई यथार्थता थाहा होस् । (लूका १ः३-४ यूएलटी)

लूकाले थियोफिसलाई "सम्माननीय" भने । थियोफिलस सम्भवत लूकाले अत्यन्त आदर गर्ने उच्च ओहदामा रहेका व्यक्ति थिए भन्‍ने कुरा यसले दर्शाउँछ । "तिमी"को औपचारिक रूपमा भएका भाषा बोल्नेहरूले सम्भवत त्यो रूप यहाँ प्रयोग गर्छन् ।

'हे स्वर्गमा हुनुहुने हाम्रो पिता, तपाईंको नाउँ पवित्र होस् ।' (मत्ती ६ः९ख यूएलटी)

यो खण्ड येशूले आफ्ना चेलाहरूलाई सिकाउनुभएको प्रार्थनाको खण्ड हो । परमेश्‍वर अधिकारमा रहनुभएको हुनाले केही संस्कारहरूमा "तिमी"को औपचारिक रूप प्रयोग गरिन्छ । केही संस्कारमा "तिमी"को अनौपचारिक रूप प्रयोग गरिन्छ किनभने परमेश्‍वर हाम्रो पिता हुनुहुन्छ ।

अनुवाद रणनीतिहरू

"तिमी"को औचारिक र अनौपचारिक रूप भएका भाषाहरूका अनुवादकहरूले उनीहरूको भाषामा "तिमी"को उपयुक्त रूप चुन्‍नको निम्ति दुई वक्ताहरू बिचको सम्बन्ध बुझ्‍नुपर्ने हुन्छ ।

"तिमी"को औपचारिक वा अनौपचारिक रूप प्रयोग गर्ने भनी निर्णय गर्ने

१. वक्ताहरू बिचका सम्बन्दहरूलाई ध्यान दिनु ।

  • के एउटा वक्ताको अर्को वक्तामाथि अधिकार रहन्छ?
  • के एउटा वक्ता अर्को वक्ताभन्दा उमेरमा पाको छ?
  • के वक्ताहरू परिवारका सदस्यहरू, नातेदारहरू, साथीहरू, चिनजान नभएका व्यक्तिहरू वा शत्रुहरू हुन्?

२. यदि तपाईंसँग भएको बाइबल "तिमी"को औपचारिक र अनौपचारिक रूप भएको भाषाको हो भने, यसले कुन रूप प्रयोग गर्छ सो हेर्नुहोस् । स्मरण रहोस्, त्यो भाषाका नियमहरू तपाईंको भाषाका नियमहरूभन्दा फरक हुन सक्छन् ।

अनुवाद रणनीतिहरू प्रयोग गरिएका

अंग्रेजीमा "तिमी"को औपचारिक र अनौपचारिक रूपहरू छैन, त्यसैले अंग्रेजीमा "तिमी"को औपचारिक र अनौपचारिक रूपहरू प्रयोग गरेर कसरी अनुवाद गर्ने भनी हामीले देखाउन सक्दैनौँ । कृपया, माथि दिइएका उदाहरणहरू हेर्नुहोस् र छलफल गर्नुहोस् ।