ne_ta/translate/figs-parables/01.md

52 lines
13 KiB
Markdown

दृष्टान्त एउटा छोटो कथा हो, जसले केही सत्यता सिकाउँछ र बुझ्‍न सजिलो, बिर्सन कठिन हुने किसिमले शिक्षा दिन्छ ।
### वर्णन
दृष्टान्त केही सत्यता सिकाउन भनिने एउटा छोटो कथा हो । दृष्टान्तका घटनाहरू हुन सके पनि तिनीहरू वास्तवमा भएका हुँदैनन् । श्रोताले बुझ्‍नुपर्ने शिक्षा(हरू) दिन तिनीहरू भनिन्छ । दृष्टान्तमा कुनै अमुक व्यक्तिको नाम विरलै मात्र हुन्छ । (यसले तपाईंलाई दृष्टान्त के हो र वास्तविक घटनाको विवरण के हो पहिचान गर्न सहायता गर्न सक्छ ।) दृष्टान्तमा [उपमा] (../figs-simile/01.md) र [रूपक](../figs-simile/01.md) जस्ता अलङ्‍कारको प्रयोग गरिन्छ ।
> अनि उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्‍त पनि भन्‍नुभयो: “अन्‍धा मानिसले अन्‍धा मानिसलाई डोर्‍याउन सक्‍दैन, सक्छ र? के तिनीहरू दुवै खाडलमा पर्दैनन्‌ र?” (लूका ६:३९ यूएलटी )
यदि कुनै व्यक्तिसँग आत्मिक समझ छैन भने उसले अरू कसैलाई आत्मिक कुराहरू बुझ्‍न सहायता गर्न सक्दैन भन्‍ने कुरा यो दृष्टान्तले सिकाउँछ ।
### बाइबलबाट लिइएका उदाहरणहरू
> न त मानिसहरूले बत्ती बाल्छन् र यसलाई पाथीले छोप्‍छन्, तर, बरु, सामदानमा राख्‍दछन्, र घरमा हुने सबैको निम्‍ति यसले उज्‍यालो दिन्‍छ । यसरी नै तिमीहरूको ज्‍योति मानिसहरूका सामुन्‍ने चम्‍कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्‌ । (मत्ती ५:१५-१६ यूएलटी)
हामीले परमेश्‍वरको निम्ति जसरी जिउँछौँ सो अन्य मानिसहरूबाट लुकाउनु हुँदैन भनी यो दृष्टान्तले सिकाउँछ ।
>
> त्यसपछि शूले तिनीहरूलाई अर्को दृष्‍टान्‍त प्रस्तुत गर्नुभयो । उहाँले भन्‍नुभयो, “स्‍वर्गको राज्‍य रायोको दानाजस्‍तो हो, जसलाई एक जना मानिसले लगेर आफ्‍नो बारीमा रोप्‍‍यो । त्‍यो बीउहरूमा सबैभन्दा सानो हुन्‍छ । तर जब यो बढ्‌छ, तब त्‍यो सबै सागपातहरूभन्‍दा ठुलो हुन्‍छ र रूख नै भइहाल्‍छ, त्यसैले आकाशका चराचुरुङ्गीहरू आउँछन् र त्‍यसका हाँगाहरूमा गुँड लाउँछन्‌ ।” (मत्ती १३:३१-३२ यूएलटी)
परमेश्‍वरको राज्य सुरुमा सानो देखिन सक्छ, तर त्यो बढेर सारा संसारमा फैलने छ भनी यो दृष्टान्तले सिकाउँछ ।
### अनुवादका रणनीतिहरू
१. यदि दृष्टान्तमा थाहा नभएका वस्तुहरू प्रयोग गरिएको कारण यसलाई बुझ्‍न कठिन हुन्छ भने तपाईंले ती अज्ञात वस्तुहरूको सट्टामा आफ्नो संस्कारका मानिसहरूले जान्‍ने वस्तुहरू प्रतिस्थापन गर्न सक्‍नुहुन्छ । यद्यपि, शिक्षा उही रहोस् भन्‍ने कुरामा सावधान हुनु होला ।
२. यदि दृष्टान्तको शिक्षा स्पष्ट छैन भने, यसले सिकाउन खोजेको कुरालाई परिचयमा राख्‍नुहोस्, जस्तै "येशूले यो कथा दयालु हुनेबारे बताउनुभएको हो ।"
### अनुवाद रणनीतिहरू प्रयोग गरिएका उदाहरणहरू
१. यदि दृष्टान्तमा थाहा नभएका वस्तुहरू प्रयोग गरिएको कारण यसलाई बुझ्‍न कठिन हुन्छ भने तपाईंले ती अज्ञात वस्तुहरूको सट्टामा आफ्नो संस्कारका मानिसहरूले जान्‍ने वस्तुहरू प्रतिस्थापन गर्न सक्‍नुहुन्छ । यद्यपि, शिक्षा उही रहोस् भन्‍ने कुरामा सावधान हुनु होला ।
> येशूले तिनीहरूलाई भन्‍नुभयो, “बत्ती पाथीमुनि वा खाटमुनि राख्‍न भित्र ल्याइँदेैन, ल्याइन्छ त? के **सामदान**माथि राख्‍न भनेर होइन र? “ (मर्कूस ४:२१ यूएलटी)
यदि मानिसहरूले सामदान भनेको बुझ्दैनन् भने घरमा उज्यालो दिनलाई बत्ती राख्‍न प्रयोग गरिने अर्को बुझिने शब्द प्रयोग गर्नुहोस् ।
> > येशूले तिनीहरूलाई भन्‍नुभयो, “बत्तीलाई बालेर पाथीमुनि वा खाटमुनि राख्‍न ल्याइँदैन, होइन र? के यसलाई **अग्लो आलमारी** माथि राख्‍न भनेर होइन र?
>
> त्यसपछि शूले तिनीहरूलाई अर्को दृष्‍टान्‍त प्रस्तुत गर्नुभयो । उहाँले भन्‍नुभयो, “स्‍वर्गको राज्‍य रायोको दानाजस्‍तो हो, जसलाई एक जना मानिसले लगेर आफ्‍नो बारीमा रोप्‍‍यो । त्‍यो बीउहरूमा सबैभन्दा सानो हुन्‍छ । तर जब यो बढ्‌छ, तब त्‍यो सबै सागपातहरूभन्‍दा ठुलो हुन्‍छ र रूख नै भइहाल्‍छ, त्यसैले आकाशका चराचुरुङ्गीहरू आउँछन् र त्‍यसका हाँगाहरूमा गुँड लाउँछन्‌ ।” (मत्ती १३:३१-३२ यूएलटी)
बीउ छर्नुको अर्थ फ्याँक्‍नु हो ताकि तिनीहरू जमिनभरि छरिऊन् । यदि मानिसहरू छर्ने कुरासँग परिचित छैन भने, तपाईंले यसलाई रोप्‍नु भनी लेख्‍न सक्‍नुहुन्छ ।
> > येशूले तिनीहरूलाई अर्को दृष्‍टान्‍त भन्‍नुभयो, “स्‍वर्गको राज्‍य रायोको दानाजस्‍तो हो, जो एक जना मानिसले लगेर आफ्‍नो बारीमा **रोप्‍यो** । त्‍यो बीउहरूमा सबैभन्दा सानो हुन्‍छ, तर जब बढ्‌छ, तब त्‍यो सबै सागपातहरूभन्‍दा ठुलो हुन्‍छ र रूख नै भइहाल्‍छ । आकाशका चराचुरुङ्गीहरू आउँछन् र यसको हाँगाहरूमा गुँड लाउँछन्‌ । ”
२. यदि दृष्टान्तको शिक्षा स्पष्ट छैन भने, यसले सिकाउन खोजेको कुरालाई परिचयमा राख्‍नुहोस्, जस्तै "येशूले यो कथा दयालु हुनेबारे बताउनुभएको हो ।"
> **येशूले तिनीहरूलाई भन्‍नुभयो**, “बत्ती बालेर पाथीमुनि वा खाटमुनि राख्‍न भित्र ल्‍याइँदैन, ल्याइन्छ र? के यसलाई सामदानमाथि राख्‍न भनेर होइन र? (मर्कूस ४:२१ यूएलटी)
>
>> **तिनीहरूले किन खुला रूपमा गवाही दिनुपर्छ भन्‍ने कुरा सिकाउन तिनीहरूलाई एउटा दृष्टान्त भन्‍नुभयो**, “बत्ती बालेर पाथीमुनि वा खाटमुनि राख्‍न भित्र ल्‍याइँदैन, ल्याइन्छ र? के यसलाई सामदानमाथि राख्‍न भनेर होइन र? (मर्कूस ४:२१ यूएलटी)
>
> **त्यसपछि येशूले तिनीहरूलाई अर्को दृष्‍टान्‍त भन्‍नुभयो ।** उहाँले भन्‍नुभयो, “स्‍वर्गको राज्‍य रायोको दानाजस्‍तो हो, जसलाई एक जना मानिसले लगेर आफ्‍नो बारीमा छर्‍यो । त्‍यो बीउहरूमा सबैभन्दा सानो हुन्‍छ, तर जब बढ्‌छ, तब यो बगैँचाका बिरूवाहरूभन्दा ठुलो हुन्‍छ । यो रूख हुन्छ, त्यसैले आकाशका चराचुरुङ्गीहरू आउँछन् र यसका हाँगाहरूमा गुँड लाउँछन्‌ । (मत्ती १३:३१-३२ यूएलटी)
>
>> **त्यसपछि स्वर्गको राज्य कसरी वृद्धि हुन्छ भन्‍ने बारे येशूले तिनीहरूलाई अर्को दृष्‍टान्‍त भन्‍नुभयो ।** उहाँले भन्‍नुभयो, “स्‍वर्गको राज्‍य रायोको दानाजस्‍तो हो, जसलाई एक जना मानिसले लगेर आफ्‍नो बारीमा छर्‍यो । त्‍यो बीउहरूमा सबैभन्दा सानो हुन्‍छ, तर जब बढ्‌छ, तब यो बगैँचाका बिरूवाहरूभन्दा ठुलो हुन्‍छ । यो रूख हुन्छ, त्यसैले आकाशका चराचुरुङ्गीहरू आउँछन् र यसका हाँगाहरूमा गुँड लाउँछन्‌ ।