ne_ta/translate/figs-metonymy/01.md

8.0 KiB

वर्णन

आफ्नै नामद्वारा नभइ यससँग नजिकबाट सम्बन्धित वस्तु वा विचारको नामद्वारा चिनिने अलङ्‍कारलाई लक्षणा भनिन्छ । लक्षणा आफूसँग सम्बन्धित कुनै अर्को वस्तु वा विचारको सट्टामा प्रयोग गरिएने एउटा शब्द हो।

. . . र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ। (१ यूहन्‍ना १:७ख यूएलटि)

रगतले ख्रीष्टको मृत्युलाई जनाउँछ।

यसै गरी खाइसक्‍नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्‍नुभयो, “यो कचौरा तिमीहरूका निम्‍ति बगाइएको मेरो रगतमा स्‍थापित गरिने नयाँ करार हो। (लूका २२:२० यूएलटि)

कचौराले कचौरामा भएको दाखरसलाई जनाउँछ।

लक्षणाको प्रयोग निम्‍नानुसार गरिन्छ

  • कुनै कुरालाई छोटकरीमा जनाउँदा।
  • कुनै अमूर्त विचारलाई त्यससँग सम्बन्धित भौतिक वस्तुको नामद्वारा जनाउँदा।

यो अनुवादको विषय हुनुको कारण

बाइबलमा अक्सर गरेर लक्षणाको प्रयोग गरिएको छ। केही भाषा बोल्ने मानिसहरूले लक्षणाको प्रयोग नगरिने हुनाले तिनीहरूले त्यसलाई नचिन्‍न सक्छन्। यदि तिनीहरूले लक्षणाको प्रयोगलाई पहिचान गर्न सक्दैनन् भने खण्डले भन्‍न खोजेको कुरालाई बुझ्‍ने छैनन् वा खण्डलाई गलत तरिकाले बुझ्‍न पनि सक्छन् जुन झन् नराम्रो कुरा हो। लक्षणाको प्रयोग केलाई जनाउनको लागि गरिएको हो भन्‍ने कुरा मानिसहरूले बुझ्‍न जरुरी हुन्छ।

बाइबलबाट उदाहरणहरू

परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुने छ। (लूका १:३२ख यूएलटि)

यहाँ सिंहासनले राजाको अधिकारलाई जनाउँछ। "राजकीय अधिकारको", "शासन" वा "राज्यकाल" का निम्ति प्रयोग हुने लक्षणा "सिंहासन" हो। यसको अर्थ परमेश्‍वरले उहाँलाई दाऊद पछिका राजा बनाउनुहुने छ।

तुरुन्‍तै तिनको मुख खुल्‍यो (लूका १:६४क यूएलटि)

मुखले बोल्ने शक्तिलाई जनाउँछ। यसको अर्थ उनी फेरि बोल्न सक्ने भए हुन्छ।

आइलाग्‍ने क्रोधबाट भाग्‍न तिमीहरूलाई कसले चेताउनी दियो? (लूका ३:७ख यूएलटि)

"दण्ड" को लक्षणा "क्रोध" वा "रिस" हो। परमेश्‍वर मानिसहरूसँघ अत्यन्तै क्रोधित हुनुभयो, यसैले उहाँले तिनीहरूले दण्ड दिनुहुने छ।

अनुवादका रणनीतिहरू

मानिसहरूले लक्षणालाई बुझ्छन् भने यसको प्रयोग गर्नुहोस्। यदि बुझ्दैनन् भने केही विकल्पहरू दिइएका छन्।

(१) लक्षणाको साथमा यसले जनाउने वस्तुको पनि प्रयोग गर्नुहोस्।

(२) लक्षणाले प्रतिनिधि गर्ने वस्तुको नामको मात्र प्रयोग गर्नुहोस्।

अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू

(१) लक्षणाको साथमा यसले जनाउने वस्तुको पनि प्रयोग गर्नुहोस्।

  • यसै गरी खाइसक्‍नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्‍नुभयो, “यो कचौरा तिमीहरूका निम्‍ति बगाइएको मेरो रगतमा स्‍थापित गरिने नयाँ करार हो। (लूका २२:२० यूएलटि)
  • “यसै गरी खाइसक्‍नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्‍नुभयो, “यो दाखरसको कचौरा तिमीहरूका निम्‍ति बगाइएको मेरो रगतमा स्‍थापित गरिने नयाँ करार हो। ”

यस पदमा दोस्रो लक्षणा पनि छ: कचौरा, (यसमा रहेको दाखमद्यको प्रतिनिधित्व गर्दै) ख्रीष्टले हाम्रो लागि बगाउनुभएको रगतसँग गरिएको नयाँ करारलाई पनि प्रतिनिधित्व गर्दछ।

(२) लक्षणाले प्रतिनिधित्व गर्ने चीजको नाम प्रयोग गर्नुहोस्।

परमप्रभु परमेश्‍वरले तिनलाई तिनका पिता दाऊदको सिंहासन दिनुहुनेछ। (लूका १:३२ख यूएलटि)

"परमप्रभु परमेश्‍वरले तिनलाई तिनका बुबा दाऊदको राजाको अख्तियार दिनुहुनेछ।"

वा:

“परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँका पुर्खा राजा दाऊदजस्तै राजा बनाउनुहुनेछ।” आउँदै गरेको क्रोधबाट भाग्‍न तिमीलाई कसले चेतावनी दियो? (लूका ३:७ख यूएलटि) “परमेश्‍वरको आउँदै गरेको दण्डबाट भाग्‍न कसले चेतावनी दियो?

केही सामान्य लक्षणाहरू बारे जान्‍नको लागि, बाइबलीय रूपकहरू— सामान्य लक्षणाहरू हेर्नुहोस्