ne_ta/translate/figs-grammar/01.md

19 lines
4.4 KiB
Markdown

व्याकरणका दुई मूख्य भागहरू हुन्छन्ः शब्दहरू र संचरना । वाक्यांश, उपवाक्य र वाक्यहरू निर्माण गर्नको निम्ति शब्दहरूलाई मिलाएर राख्‍ने कुरा संरचनाभित्र पर्छ ।
**शब्दवर्ग** - कुनै एक भाषामा प्रयोग हुने सबै शब्दहरू शब्दवर्गभित्र पर्छन् । (हेर्नुहोस् [शब्दवर्ग](../figs-partsofspeech/01.md))
**वाक्यहरू** - हामीले बोल्दा हाम्रा विचारहरूलाई वाक्यहरूमा व्यक्त गर्छौँ । एउटा वाक्यमा प्रायः कुनै एक घटना वा अवस्था वा कुनै कुराको अस्तित्वको बारेमा पूर्ण विचार हुन्छ । (हेर्नुहोस् [वाक्य संरचना](../figs-sentences/01.md))
* वाक्यहरू अभिव्यक्ति, प्रश्‍नहरू, आज्ञाहरू, वा विस्मय जनाउने हुन सक्छन् । (हेर्नुहोस् [विस्मयादिबोधक](../figs-sentencetypes/01.md))
* वाक्यमा एउटाभन्दा धेरै उपवाक्यहरू हुन सक्छन् । (हेर्नुहोस् [वाक्य संरचना](../figs-sentences/01.md))
* केही भाषामा कर्तृ र कर्म दुबै किसिमका वाक्यहरू हुन्छन् । (हेर्नुहोस् [कर्तृ वा कर्म](../figs-activepassive/01.md))
**सम्बन्धवाचक** - यसले दुई नाम बिचको सम्बन्धलाई देखाउँछ । अङ्ग्रेजीमा यसलाई जनाउन 'of' वा "'s" को प्रयोग गरिन्छ जसलाई नेपालीमा 'को' भनेर अनुवाद गरिन्छ । उदाहरणको लागि, "the love of God (परमेश्‍वरको प्रेम)" वा "God's love (परमेश्‍वरको प्रेम)" । अङ्ग्रेजीमा सम्बन्धवाचक जनाउनको निम्ति "'s" को प्रयोग पनि गरिन्छ । सम्बन्धवाचक सर्वनामको प्रयोग गरेर पनि यसलाई व्यक्त गर्न सकिन्छ । उदाहरण, “his love (उहाँको प्रेम) ।” (हेर्नुहोस् [सम्बन्धवाचक](../figs-possession/01.md))
**कथनहरू** - अरू कसैले व्यक्त गरेको कुरालाई रिपोर्ट गर्दा कथनको प्रयोग हुन्छ ।
* उद्धरणका दुई भाग हुन्छन्ः कसैले भनेको कुराको जानकारी र उक्त व्यक्तिले भनेको कुरा । । (हेर्नुहोस् [कथनहरू र उद्धरण मार्जिन](../writing-quotations/01.md))
* कथन प्रत्यक्ष र अप्रत्यक्ष गरेर दुई किसिमका हुन्छन् । (हेर्नुहोस् [प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू](../figs-quotations/01.md))
* उद्धरणभित्र अन्य उद्धरणहरू पनि हुन सक्छन् । (हेर्नुहोस् [उद्धरणभित्रका उद्धरणहरू](../figs-quotesinquotes/01.md))
* कुनै कुरा कसले भनेको हो भन्‍ने कुरा स्पष्ट पार्ने कार्य उद्धरणले गर्दछ । (हेर्नुहोस् [उद्धरण चिन्हहरू](../figs-quotemarks/01.md))