ne_ta/translate/bita-hq/01.md

132 lines
18 KiB
Markdown

### विवरण
बाइबलमा प्रयोग भएका शरीरका अङ्‍गहरू र मानवीय गुणहरूसम्बन्धि बिम्बहरूको सूची तल दिइएका छन् । शरीरका अङ्‍गहरू र मानवीय गुणहरूसम्बन्धि शब्दले विचारको प्रतिनिधित्व गर्छ । बिम्बको प्रयोग भएका हरेक पदमा उक्त शब्द देखा नपर्न सक्छ, तर त्यस शब्दले प्रतिनिधित्व गर्ने विचारको उपश्थितीचाहिँ अवश्य हुन्छ ।
#### शरीरले मानिसहरूको समूहको प्रतिनिधित्व गर्छ
> तिमीहरू ख्रीष्‍टका शरीर हौ, र हरेक त्‍यसका अङ्गहरू हौ । (१ कोरिन्थी १२:२७)
<blockquote>बरु प्रेमसित सत्‍य बोल्‍दै हरेक कुरामा हामी उहाँसम्‍मै, अर्थात्‌ ख्रीष्‍टसम्‍मै बढ्‌दैजाऔं, जो शिर हुनुहुन्‍छ। उहाँबाट नै सारा शरीर प्रत्‍येक जोर्नीद्वारा जोडिएको र बाँधिएको भई प्रत्‍येक भागले ठीक-ठीक काम गरी सुगठित हुने छ र प्रेममा वृद्धि हुँदैजाने छ । (एफिसी ४:१५-१६) </blockquote>
यी पदहरूमा ख्रीष्टको शरीरले ख्रीष्टलाई पछ्याउने मानिसहरूको समूहको प्रतिनिधित्व गर्छ ।
#### मुहारले कसैको उपश्थितिको प्रतिनिधित्व गर्छ
>के तिमीहरूले मेरो भय मान्‍नुपर्दैन?” परमप्रभु भन्‍नुहुन्‍छ। “के तिमीहरू <u>मेरो उपस्‍थितिमा</u> काम्‍नुपर्दैन? (यर्मिया ५:२२)
कसैको मुहारको अगाडि हुनु भनेको तिनीहरूको उपश्थितिमा वा तिनीहरूसँगै हुनु हो ।
#### मुहारले कसैको ध्यानको प्रतिनिधित्व गर्छ
> यसकारण तिनीहरूसित कुरा गरेर तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: जब इस्राएलका घरानाको कुनै पनि मानिसले आफ्‍नो हृदयमा मूर्तिहरू राख्‍दछ, र आफ्‍नो अधर्मको ठक्‍कर लाग्‍ने ढुङ्गा <u>आफ्‍नो अनुहारको सामुन्‍ने</u> राख्‍तछ, र पनि अगमवक्ताकहाँ जान्‍छ, तब त्‍यसको मूर्तिपूजाअनुसार म परमप्रभु आफै त्‍यसलाई जवाफ दिने छु' ।(इजकिएल १४:४)
कसैको अगाडि केही कुरा राख्‍नु भनेको ध्यान दिएर हेर्नु हो ।
> धेरैले शासकसँग <u>भेटघाट गर्न खोज्‍दछन्</u>, (हितोपदेश २९:२६)
यदि कसैले अर्को व्यक्तिको मुहारको खोजी गर्छ भने उक्त व्यक्तिले ध्यान दिने छ भन्‍ने आशा राख्छ ।
>तपाईं किन <u>आफ्‍नो मुहार लुकाउनुहुन्‍छ</u>, र हाम्रा दु:ख र हामीमाथिको थिचोमिचो बिर्सनुहुन्‍छ?(भजनसंग्रह ४४:२४)
कसैदेखि मुहार लुकाउनु भनेको त्यस व्यक्तिलाई बेवास्ता गर्नु हो ।
#### मुहारले सतहको प्रतिनिधित्व गर्छ
>सारा देश<u>भरि</u> अनिकाल पर्‍यो । (उत्पत्ति ४१:५६)
<blockquote> आफ्‍ना बादलहरू फैलाएर उहाँले पूर्णिमाको <u>चन्‍द्रमा</u>लाई ढाक्‍नुहुन्‍छ । (अय्यूब २६:९) </blockquote>
#### हातले व्यक्तिको काम गर्ने माध्यम वा शक्तिलाई जनाउँछ ।
> नदीले त्‍यसको किनार भत्‍काएझैँ परमेश्‍वरले <u>मेरो हातद्वारा</u> मेरा शत्रुहरूको पङ्‌क्तिलाई भत्‍काइदिनुभयो । (१ इतिहास १४:११)
"परमेश्‍वरले मेरो हातद्वारा मेरा शत्रुहरूको पङ्‌क्तिलाई भत्‍काइदिनुभयो" को अर्थ "मेरा शत्रुहरूको पङ्‌क्तिलाई भत्काउनको निम्ति परमेश्‍वरले मेरो प्रयोग गर्नुभयो ।"
><u>तपाईंकै बाहुलीले</u> आफ्‍ना सारा शत्रुहरूलाई खोजिनिकाल्‍ने छ, र तपाईंका शत्रुहरू जतिलाई तपाईंको <u>दाहिने बाहुलीले पक्रने छ</u> । (भजनसंग्रह २१:८)
"तपाईंकै बाहुलीले आफ्‍ना सारा शत्रुहरूलाई पक्रने छ" को अर्थ "तपा‌‌‌ईंको बाहुलीले तपाईंका सारा शत्रुहरूलाई पक्रनुहुने छ ।
>निश्‍चय नै <u>परमप्रभुको हात</u> बचाउन नसक्‍ने गरी छोटो भएको छैन । (यशैया ५९:१)
“उहाँको हात छोटो भएको छैन" को अर्थ उहाँ कमजोर हुनुहुन्‍न हो ।
#### शिरले अरूमाथि अधिकार चलाउने शासकको प्रतिनिधित्व गर्छ
>परमेश्‍वरले सबै कुरा उहाँका पाउमुनि राखिदिनुभयो, र मण्‍डलीको निम्‍ति उहाँलाई नै सबै कुराको <u>शिर बनाइदिनुभयो</u>, जुन मण्‍डली उहाँको शरीर, उहाँको पूर्णता हो। र उहाँले नै सबै थोक परिपूर्ण पार्नुहुन्‍छ ।(एफिसी १:२२)
<blockquote>पत्‍नी हो, प्रभुको अधीनमा रहेजस्‍तै आ-आफ्‍ना पतिको अधीनमा बस । किनकि पति पत्‍नीको <u>शिर</u> हो, जसरी ख्रीष्‍ट मण्‍डलीको <u>शिर</u> हुनुहुन्‍छ, जुन मण्‍डली उहाँको शरीर हो, र उहाँ स्‍वयम्‌ त्‍यसको मुक्तिदाता हुनुहुन्‍छ । (एफिसी ५:२२-२३)</blockquote>
#### मालिकले कसैलाई काम गर्न प्रोत्साहन दिने व्यक्तिको प्रतिनिधित्व गर्छ
>कसैले <u>दुई मालिकको</u> सेवा गर्न सक्‍दैन। किनभने त्‍यसले एउटालाई घृणा गर्ने छ र अर्कालाई प्रेम गर्ने छ । अथवा त्‍यसले एउटाप्रति भक्ति राख्‍ने छ, र अर्कालाई त्‍यसले तुच्‍छ ठान्‍ने छ । तिमीहरूले परमेश्‍वर र धनको सेवा गर्न सक्‍दैनौ । (मत्ती ६:२४)
परमेश्‍वरको सेवा गर्ने उत्प्रेरणा परमेश्‍वरले दिनुहुन्छ । पैसाको सेवा गर्ने उत्प्रेरणा पैसाले दिन्छ ।
#### नाउँले उक्त नाउँ भएको व्यक्तिको प्रतिनिधित्व गर्छ
>हजूरका परमेश्‍वरले हजूरका छोरा <u>सोलोमनको नाउँ</u> हजूरको भन्‍दा अझ प्रसिद्ध गराऊन्, र उहाँको सिंहासन हजूरको भन्‍दा पनि अझ प्रतापी बनाऊन्‌ । (१ राजाहरू १:४७)
<blockquote> <u>मेरो महान्‌ नाउँमा</u> म शपथ खाँदैछु, कि यहूदाबाट आएका सारा मिश्रदेशभरि नै भएका कुनै यहूदीले पनि "जीवित परमप्रभुको नाउँमा" भन्‍दै कहिल्‍यै <u>मेरो नाउँमा</u> शपथ खाने वा पुकारा गर्ने छैन ।" (यर्मिया ४४:२६) </blockquote>
यदि कसैको नाम महान् छ भन्‍ने कुराले उहाँ महान् हुनुहुन्छ भन्‍ने अर्थ दिन्छ ।
>हे परमप्रभु, तपाईंको दासको विनम्र प्रार्थनामा ध्‍यानसित कान थाप्‍नुहोस्, र <u>तपाईंका नाउँको सम्‍मान</u> गर्न प्रसन्‍न हुने तपाईंका दासहरूको प्रार्थना सुन्‍नुहोस्‌ । (नहेम्याह १:११)
कसैको नाउँको सम्मान गर्नु भनेको त्यही व्यक्तिलाई सम्मान गर्नु हो ।
#### नाँउले कुनै व्यक्तिको प्रसिद्धि वा ख्यातिको प्रतिनिधित्व गर्छ
> तिमीहरूले <u>मेरो पवित्र नाउँलाई</u> आफ्‍ना उपहारहरू र मूर्तिहरूले फेरि कहिल्‍यै अपवित्र गर्ने छैनौ । (इजकिएल २०:३९)
परमेश्‍वरको नाउँलाई अपवित्र पार्नु भनेको उहाँको ख्यातिलाई अपवित्र पार्नु हो अर्थात् मानिसहरूको उहाँ बारेको सोचलाई अपवित्र पार्नु हो ।
>म <u>मेरो महान्‌ नाउँको</u> पवित्रता देखाउने छु, जो ती जातिहरूका बीचमा अपवित्र भएको छ... (इजकिएल ३६:२३)
परमेश्‍वरको नाउँ पवित्र पार्नु मानिसहरूलाई उहाँ पवित्र हुनुहुन्छ भन्‍ने कुरा देखाउनु हो ।
>हामी तपाईंका दासहरू धेरै टाढ़ा मुलुकबाट परमप्रभु तपाईंका परमेश्‍वरको <u>नाउँ</u> सुनेर आएका हौं, किनकि हामीले उहाँको कीर्ति र उहाँले मिश्रदेशमा गर्नुभएको कामको वृत्तान्‍त सुनेका छौं । (यहोशू ९:९)
ती मानिसहरूले परमेश्‍वरको बारेमा सुनेको कुरा बताउनुले यो कुरा देखाउँछ कि "परमेश्‍वरको नाउँको कारण" को अर्थ परमेश्‍वरको ख्यातिको कारण हो ।
#### नाकले रिसको प्रतिनिधित्‍व गर्छ
>हे परमप्रभु, तपाईंको हप्‍कीमा, र तपाईंको <u>नाकबाट</u> निस्‍केको श्‍वासको विस्‍फोटले समुद्रका तहहरू देखा परे,
र पृथ्‍वीका जगहरू प्रकट भए । (भजनसंग्रह १८:१५)
<blockquote>तपाईंका <u>नाकको</u> सासले पानीको थुप्रो लाग्‍यो… । (प्रस्थान १५:८)</blockquote>
>उहाँको <u>नाकबाट</u> धूवाँ निस्‍क्‍यो, र भस्‍मकारी अग्‍नि उहाँको मुखबाट निस्‍क्‍यो... । (२ शमूएल २२:९)
<blockquote>…मेरो तातो रिस दन्‍कने छ, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ । (इजकिएल ३८:१८)</blockquote>
कसैको नाकबाट आउने सास वा धुँवाले उसको प्रचण्ड रिसलाई जनाउँछ ।
#### उठेका आँखाहरूले अहङ्‍कारको प्रतिनिधित्व गर्छ
> तर <u>अहङ्कारी</u> आँखा हुनेहरूलाई तपाईंले झुकाइदिनुहुने छ । (भजनसंग्रह १८:२७)
उठेका आँखाले मानिस अमण्डी छ भन्‍ने देखाउँछ ।
> जब मानिसहरू होच्‍याइन्‍छन्‌ र तपाईंले भन्‍नुहुने छ, ‘यिनीहरूलाई उचाल्‍नुहोस्,’र उहाँले <u>होच्‍याइएकालाई</u> बचाउनुहुने छ । (अय्यूब २२:२९)
झुकेका आँखाहरूले नम्र व्यक्तिलाई जनाउँछ ।
#### कसैको वा केही कुराको छोरामा उसको जस्तै गुणहरू हुन्छन्
> न त कुनै <u>दुष्‍टताको छोराले</u> त्‍यसलाई दु:ख दिने छ । (भजनसंग्रह ८९:२२ख)
दुष्टताको छोराले दुष्ट मानिसलाई जनाउँछ ।
> कैदीहरूको करुण-क्रन्‍दन तपाईंको सामु पुगोस्‌,
> तपाईंको बाहुलीको शक्तिद्वारा <u>मृत्‍युका सन्तानहरूको</u> रक्षा गर्नुहोस्‌ । (भजनसंग्रह ७९:११)
यहाँ अरूले मार्न योजना गरेका व्यक्तिहरूलाई मृत्युका सन्तानहरू भनिएको छ ।
>तिनीमध्‍ये हामी सबै पनि शरीर र मनका इच्‍छा पूरा गरेर आफ्‍नो पापमय स्‍वभावका लालसामा अघि जिउँथ्‍यौं, र बाँकी मानिसजस्‍तै हामी स्‍वभावैले <u>क्रोधका सन्‍तान</u> थियौं । (एफिसी २:३)
यहाँ क्रोधका सन्तानहरूले ती मानिसहरूलाई जनाउँछ जोसँग परमेश्‍वर रिसाउनुभएको छ ।
### अनुवाद रणनीतिहरू
(अनुवाद रणनीतिहरूको निम्ति [बाइबलीय बिम्बविधान - साझा ढाँचाहरू](../bita-part1/01.md))हेर्नुहोस् ।